20110210

"मैलै झापड हानेको १५ दिनमा प्रधानमन्त्री त भए, तर मन्त्रीमण्डल विस्तार गर्न नसकेर फेरि नाटक देखाइरहेकाछन्"- देवीप्रसाद रेग्मी

झापड काण्डबाट चर्चामा आएका सुनसरी भरौल-१ निवासी देवीप्रसाद रेग्मीले प्रधानमन्त्री झलनाथ खनालसित गफ गर्न बालुवाटार नजाने बताएका छन् । उनले गफ गर्ने भए खनाल नै आफूकहाँ आउनुपर्ने बताए । प्रधानमन्त्री खनालले मंगलबार बिबिसी नेपाली सेवालाई अन्तर्वार्ता दिनेक्रममा आफूलाई सार्वजनिक कार्यक्रममा झापट हान्ने रेग्मीसित गफ गर्ने इच्छा व्यक्त गरेका थिए । अन्तरर्वार्ताका क्रममा उनले भनेका थिए, 'ती मान्छेले मलाई झापट हानेर बालुवाटार पुर्‍याइदिए । म उहाँलाई आह्वान गर्छु, आउनुस् सँगै बसेर गफ गरौँ ।' रेग्मीले भने खनालले बोलाउँदैमा जाने मान्छे आफू नभएको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, 'मैलै झापड हानेको १५ दिनमा प्रधानमन्त्री भए, तर मन्त्रीमण्डल विस्तार गर्न नसकेर फेरि नाटक देखाइरहेका छन् । यसरी नै झगडामै अल्भिन्छन्
 भने फेरि झापड मात्र सधैँका लागि चेत्ने गरी कारबाही गरिनुपर्छ ।' झापड सारा नेपालीको आँसुको शक्ति हो भन्दै रेग्मीले सो आँसुको आफू पुजारीमात्र भएको बताए । 'प्रधानमन्त्रीले कुरा गर्न बालुवाटार बोलाउने बित्तिक्कै ठूलो मान्छे भएँ भनेर चुपचाप कुद्ने मान्छे होइन देवीप्रसाद,' उनी गर्जे, 'मैले आफू र आफ्ना छोराबुहारीका लागि मात्र ज्यानको प्रवाह नगरी खनाललाई झापड हानेको पनि होइन'

2 comments:

  1. No man prospered in these leader's leadership but themselves.They look handsome,they wear expensive cloth,their kids study in prestigios universities and still they roar they work for poor people.DEvi is a representation of grievances of all nepalese people.

    ReplyDelete
  2. You are correct Devi prasad gee you will be a star one day and hopefully all the polotical leader will learn lesson from this ''Jhappad'' and we all Nepaleeses people has to support person like in 100 % all the support for you throughly

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक