20110302

नेता कृष्णप्रसाद भट्टराईको शरीरले रगत समेत लिन छोडेकोछ !

Updated News....
पूर्व प्रधानमन्त्री नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नर्भिक अस्पतालमा उपचार गरिरहेका भट्टराई मंगलबार रातिदेखि बोल्न छोडेका छन् । भट्टराईको शरीरले रगत समेत लिन छोडेको उपचारमा संलग्न कित्सकहरुले जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईलाई मस्तिष्कमा समेत समस्या देखिएको उपचारमा संलग्न चिकित्सक भरत रावतले जानकारी दिएका छन् ।।
सन्त नेता, नेपाली कङ्रेसका संस्थापक नेता, पूर्व सभापति, पूर्व प्रधानमन्त्री, गिरिजाबाबुबाट नराम्ररी धोका खाएका, बास्तबमै नेपालको राजनीतिक ईतिहास मा बिपी र गणेशमान पछीको स्वच्छ छबिको महान नेता किशुन जि जिबन कै अन्तिम श्वास फेर्दै !
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अचेत (सेमी कोमा) भएका छन्। उनको बिहानैदेखि मृगौलाले काम गर्न छाडेको छ भने चिकित्सकहरु उनलाई कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)राखेर उपचार गर्दा समेत सुधार हुन नसक्ने बताएका छन्। थापाथलीस्थित नर्भिक अस्पताल स्रोतका अनुसार भ्यान्टिलेटरमा राखेर भट्टराईको अवस्थामा सुधार ल्याउन कठिन भएको भन्दै नराख्‍ने निर्णय
गरिएको छ। भट्टराईका आफन्तहरुले उनलाई भेन्टिलेटरमा राख्‍नुपर्ने या नपर्ने निर्णय स्वयं चिकित्सकहरुले नै लिन आग्रह गरेका थिए। 'भेन्टिलेटरले सास फेर्नमात्र सघाउने हो, मुटु र मृगौलालाई यसले कुनै सहयोग पुर्‍याउँदैन। त्यसैले कतिसमयसम्म भेन्टिलेटरमा राख्‍ने भन्ने प्रश्न उठ्छ,' उपचारमा संलग्न चिकित्सक भारत रावतले भने। नर्भिक अस्पतालमा भर्ना भएका भट्टराईको स्वास्थ्य खस्किँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। मुटु, मृगौला र फोक्सोसम्बन्धी रोगबाट लामो समयदेखि पीडित भट्टराई उन्नाइस दिनअघि नर्भिक भर्ना गरिएको थियो।


3 comments:

  1. Mohan Baral/ NC, USAMarch 2, 2011 at 11:25 AM

    We are very much saddened from this news. O MY Very Lar listion our pray and get back the life of great honorable leader Kishunji.

    ReplyDelete
  2. yeap he is like real shri krshna.I this he still support monarchy like paras,do the math.

    ReplyDelete
  3. Very sad news.May God bless to recover our great honarable leader kishunji.
    Biswo N.Bhandari
    USA

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक