20110309

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले विगतको सहमति उल्लंघन गरेको आरोप लगाए

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले विगतको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै उनले औपचारिकरूपमा माओवादी लडाकू र शिविरहरू विशेष समितिको मातहतमा आएको भनिए पनि वास्तविकरूपमा उनीहरू अझै विशेष समितिको मातहत नआएका कारण सहमति उल्लङ्घन भएको बताए । शान्तिप्रक्रिया अगाडि बढाउने विषयमा विगतमा भएका सहमति र सम्झौताको पूर्णरूपमा पालना हुनुपर्ने उनको भनाइ थियो । पौडेलले संविधान लेखन र शान्तिप्रक्रियालाई टुङ्ग्याउने विषयमा नेपाली काङ्ग्रेस सक्रियपूर्वक कटिबद्ध रहने पनि बताए । शान्तिप्रक्रिया संविधान निर्माणको महत्वपूर्ण पाटो भए पनि शान्तिप्रक्रिया र राज्य पुनरसंरचनाका विषयमा गम्भीर गृहकार्य नभएको उल्लेख गर्दै उनले तत्काल राज्य पुनरसंरचना आयोग गठन गर्न मागसमेत गरे । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक