20110310

कठै नेपालको सुरक्षा ! जेलभित्रै भारतीय अपराधीद्वारा गोली प्रहार, युनुश अस्पताल भर्ना, नेपाल प्रहरी सम्भवत संसार कै नालायक प्रहरी होला भनेर कसरी नभन्ने यसै भन्दैछन घटना सुन्ने र भोग्नेहरु ! ??

Breaking News..............
नक्कली भारु कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परी केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीमाथि आज बिहान गोली प्रहार भएको छ। कडा सुरक्षा व्यवस्था रहने त्रिपुरेश्वरको केन्द्रीय कारागरमा बिहान १० बजेपछि कैदीहरुलाई भेटघाट गर्ने कक्षमा भेट्न भनी आएका एक व्यक्तिले गोली हानेका हुन्। काठमाडौं प्रहरी प्रमुख पुष्कर कार्कीले गोली प्रहार भएको पुष्टि गर्दै घटनामा संलग्न एकजनालाई हतियार सहित पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका व्यक्ति अहमद खान भारतीय नागरिक रहेको र उनले आफूलाई १५ लाख रुपैयाँ दिएर मार्न पठाएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। युनिसका बाबु सलिम मिया अन्सारीले प्रहरीको मिलेमतोमा गोली प्रहार भएको आरोप लगाएका छन्। बायाँ हातमा गोली लागेर घाइते भएका
 अन्सारीको अहिले नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।
अन्सारी नेशनल टेलिभिजनका संचालक हुन्। त्रिपुरेश्वरको केन्द्रीय कारागरलाई अति संवेदनशील स्थलका रुपमा कडा सुरक्षाको व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजदेखि नेपाली डनहरुसम्मलाई यहीँ राखिएको छ। यहाँ कैदी भेट्न आउनेले विभिन्न चरणमा सुरक्षा जाँच पार गर्नुपर्छ। खैनी, बिडी, चुरोट, लाइटर, मोबाइल जस्ता सामान बाहिरै राखेर मात्र भित्र कैदीलाई भेट्न दिइन्छ। यस्तो अवस्थामा कसरी हतियार भित्र लग्न खान सफल भए, गम्भीर प्रश्न उठेको छ। प्रहरीले बताए अनुसार चेन गेटभित्र अन्सारी र बाहिर उनलाई भेट्न भनी आएका खान थिए। खानले चेनगेट भित्रै हात घुसाएर पेस्तोलबाट गोली प्रहार गरेका हुन् । डिएसपीको कमान्डमा करिब ९० प्रहरीको सुरक्षा घेरामा रहेको केन्द्रीय कारागारमा २ वटा चेकिङ प्वाईन्ट पार गरेर युनुस अन्सारी माथि गोली प्रहार भएपछि त्यहाँको सुरक्षा रणनीति नांगिएको छ। यो कारागारमा डिएसपी पुष्कर केसीको कमान्डमा एक सय बढी प्रहरी खटिएका छन्। प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुरक्षाको दुबै पोष्ट पार गरेको थियो। कारागार प्रहरीले आगन्तुकको साथमा रहेको सामान्य सामाग्री समेत साथमा लैजान दिदैन। त्यस्तो स्थानमा भारतीय नागरिक जज्जित सिंहले सहजै आधुनिक पेस्तोलसहित भेटघाट कक्षमा पुगेर गोली हाने। कारागारका कैदीलाई भेट्न जान आगन्तुकलाई प्रारम्भमा प्रहरीले कहाँ जाने ? कसलाई भेट्ने जस्ता जानकारी लिएपछि कारागारको दायाँ स्थानमा रहेको चेकिङ प्वाईन्टमा पुग्नुपर्छ। महिला र पुरुष आगन्तुकको शरीर खानतलासी लिने, उनीहरुको साथमा रहेका मोबाइल लगायतका सामाग्री सोही स्थानमा राखेपछिमात्र आगन्तुकलाई बन्दी भेट्न पाउने व्यवस्था छ। कडा सुरक्षा व्यवस्था भएको स्थानमा कसरी हतियारधारी व्यक्ति पुगेर गोली हान्न भ्याए? प्रहरी आफैं अचम्भित छ। केन्द्रीय कारागारमा जेलर क्षेत्रबहादुर भण्डारीले घटनाको बारे केही बोल्न चाहेनन्। उनको कार्यकक्षमा पुगेका पत्रकार सामु उनी घोसे मुन्टो लगाएर बसिरहे। प्रहरीका केन्द्रीय प्रवक्ता नवराज ढकालले घटनामा सुरक्षामा कमजोरी रहेको स्विकारे। उनले भने, 'सुरक्षामा त्रुटी भएकै हो, हामीले त्यसलाई समेत अनुसन्धानको दायरामा ल्याएका छौं।'एक वर्षअघि अर्का संचार उद्यमी जमिम शाहको हत्या भएपछि छानबिनका लागि गठित प्रहरी टोलीले दिएको प्रतिवेदनमा अन्सारीको हत्या गर्न आएकाहरुले जमिम शाहको हत्या गरेको उल्लेख छ। प्रतिवेदनमा नक्कली भारुको कारोबार संलग्न भएको आरोपमा अन्सारी पक्राउ परेपछि सिंहदरबार प्रभाग हिरासतमा रहँदा एकपटक र काठमाडौं जिल्ला अदालत लैजाने क्रममा चारपटक हत्याको प्रयास भएको उल्लेख छ। भीड र प्रहरी सक्रियता कारण प्रयास असफल भएको हो, प्रतिवेदनमा उल्लेख छ। पटक पटक हत्याको प्रयासबाट बचेका अन्सारीलाई जेलभित्रै गोली प्रहार भएपछि नेपाल प्रहरीमाथि धेरैले औंला ठड्याएका छन्। भारतीय मिडियाहरुले अन्सारीको सम्बन्ध कुख्यात अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग रहँदै आएको टिप्पणी गर्दै समाचार दिँदै आएका छन्। तर त्यसलाई अन्सारीले नकार्दै आएका थिए। जमीम साहमाथि पनि भारतीय मिडियाको यस्तैखाले दृष्टिकोण राख्दै आएका थिए।
'दुई महिना अघि भेट्न जाँदा उस (युनिस)ले 'मलाई खतरा छ' भनेको थियो, मैले यो कुरा जेल प्रशासनलाई जानकारी दिएको पनि थिएँ। तर केही गरेनन्,' नर्भिक अस्पताल परिसरमा छोराको अनुहार हेर्न छटपटिरहेका बाबु सलिम मियाँले भने। सलिममात्र होइनन् यहाँ पुगेका सबैमा एक किसिमको त्रास देखिन्छ, 'सुरक्षा कहाँ छ त ?' अपरेसन कक्षमा डाक्टरहरु सक्रिय रहँदा हस्पिटल परिसरमा आफन्त र सर्वसाधारणको भीड बढेको छ। 'केन्द्रीय कारागार नै असुरक्षित छ भने अन्यत्र कहाँ सुरक्षा छ सरकारले बताइदिनुपर्‍यो,' अस्पताल हातामा भेटिएका राजेन्द्र सिंहले भने। अस्पताल पुगेका आफन्तहरुले खुलेरै हत्या प्रयासमा 'भारत'को हात रहेको दावी गरेका छन्। सलिमले मिया अन्सारीले एक महिनादेखि आफूलाई छोरा भेट्न समेत नदिएको दावी गरेका छन्। 'छोरा भेट्न समेत नपाएका सलिमका छोरा युनिसलाई बन्दुकसहित गएका मानिसले कसरी भेट गर्न पाए ?' अस्पताल पुग्ने जो कोही पनि यस्तै प्रश्नमा अल्झिएका छन्। अस्पताल प्रशासनले केही सल्यकृयापछि उनको अवस्थाबारे पत्रकारलाई जानकारी दिने बताएको छ। यसअघि नै उनी खतरामुक्त रहेको जानकारी प्रहरीले दिएको थियो। युनिसका बाबु सलिम मिया अन्सारीले प्रहरीसँगको मिलेमतोमा युनुसमाथि गोली प्रहार भएको आरोप लगाएका छन्। 'हामीलाई युनिससँग भेट्न एक महिनादेखि दिइएको छैन,' पूर्व मन्त्रीसमेत रहेका सलिम मियाले भने, 'परिवारका सदस्यलाई भेट्न नदिने तर गोली लिएर गएका व्यक्तिलाई भेट्न कसरी दियो ?'उनले एक महिनाअघि नै छोरा युनिसमाथि हुनसक्ने संभावित खतराबारे जेल प्रशासन र प्रहरीलाई सचेत गराए पनि उचित ध्यान नदिएको आरोप लगाए। 'नेपालका प्रहरीले भारतबाट तलब लिन्छन् कि नेपालबाट ?' अस्पताल परिसरमा आक्रोशित मुद्रामा सञ्चारकर्मीहरुसँग प्रस्तुत हुँदै सलिमले भने, 'भारतीय दूतावास र नेपाल प्रहरीका राजेन्द्रसिंह भण्डारीको संलग्नतामा गोली हानिएको हो।'

1 comment:

  1. म अंतरारास्त्रिय कानुन मा शोध पत्र गर्दैछु र मेरो शोध क्ष्येत्र मध्यपूर्व र दक्षिण एशिया हो जक्सको आधार मा मलाइ यो नेपाल को घटनाले केहि तान्यो र लेख्ने जमर्को गरेकी हु !

    नेपाल मा अहिले इराक, अफगानिस्तान, इरान तथा काश्मिर बाट आतंकबादी मुसलमान हरु को ओइरो लागेको छ, सरकार पैसा मा बिकेको छ, त्यसैले उनीहरु को ग्यांग वार र आतंकको स्लीपर सेल बनाउनेकाम का लागि नेपाल स्वर्ग भएको छ; अब त यी नेपालि नागरिक पनि भैसके होलान

    अहिले सन्सार को सबै देश हरु मा आतंग्क्बाद को समस्या छ, जहा जहा मुसलमान पुगेका छन्, त्यहा आतंक के आकाश छोएको छ, यिनीहरु ले इन्डोनेशिया, अस्ट्रेलिया, युरोप देखि अमेरिका समेत भयावह पार्न थालेका छन्, यो भनिरहने कुरो हैन तर हामि नेपालि हरु गहन निद्रा मा छौ र नेता हरु मालामाल कमिशन खान मा व्यस्त छन् ; देश का कैयन भाग मा नेपालि जनता पखालागेर कुपोषण ले मरिरहेका बेला यी बिदेशी मुसलमान हरुले साउदी अरेबियामा हज गर्न करोडौ रकम पाउछन, यता हाम्रा दलाल हरु नाबालिग नेपालि दिदि बहिनि हरु यिनै आतंकबादी हरु लाइ सप्लाई गर्न व्यस्त छन् ! कस्तो बिडम्बना !

    नेपाल का काश्मिरी मुसलमान हरु, जस्तै जमिम शाह, र अन्य मिर्जा दिल साबेग, सलिम मिया अन्सारी आदी हरु दाउद को लागि काम गर्छन; उनीहरु को काम पैसाको लागि हत्या गर्नु, हतियार र लागु औषध तस्कर गर्नु र अल्केदा, लस्कर ए तोइबा जस्ता को लागि बम पड्काउने सामग्री वारि पारि गर्नु हो; नेपाल मा यिनीहरु ले हामि जस्ता अज्ञानी हरु लाइ यो काम का लागि भर्ति पनि गर्ने वा धर्म परिवर्तन गराई मुसलमान बनाउने काम पनि गर्न थालेका छन् ; एक चोटी मानिस मुसलमान भएपछी मानिस एकोहोरो हुन्छ, धर्मान्ध हुन्छ र बिबेक शुन्य हुन्छ

    भोलि नेपाल जिहादी हरु को हात मा नजाला भन्न सकिन्न तेस्पछी भारत् मा भएका घटना हरु यहा पनि हुन थाल्नेछ

    जमिम शाह, मिर्जा र अहिले अन्सारी को छोरा लाइ गोलि हान्ने छोटा राजन हो, जसको फेरी आफ्नै दुश्मनी छ, उनिहरुको बीच लेन देन को हिसाब मा भएका यी घटना हरु हुन्

    यस्तो तस्करी र हत्या तस्करी रोक्न सबै भन्दा पहिले यी इराकी, इरानी, तथा काश्मिरी आतंकबादी हरु लाइ लखेट्नु पर्छ र नेपाल लाइ शुद्धिकरण गर्नु पर्छ नभए नेपाल जिहादी हरु को हात मा जाने पक्का छ !

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक