20110327

बुटवलमा बम विस्फोट हुदा एक को मृत्‍यु , १९ जना घाईते !

Breaking News.......
बुटवलको मिलनचोकमा आज बेलुका बम विस्फोट हुदा कम्तीमा एक को मृत्‍यु, १९ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार रुपन्देहीको भैरहवाबाट बुटवलतर्फ आईरहेको लु १ ख ३६६६ नं को माईक्रोबसमा राखिएको बम बेलुका ६ बजेतिर विस्फोट भएको हो । बुटवलको मिलनचोकस्थित मिलन चलचित्र मन्दिर अगाडि राजमार्गमा भएको बम विस्फोटका घाईतेहरुलाई लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । घाईतेमध्ये कतिपय अंगभंग भएका छन् । अहिले मिलनचोक र आसपासमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले थप दुर्घटना हुन नदिन सुरक्षा सर्तकता अपनाएको छ ।  बसमा लागेृको आगो दमकलले नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीका अनुसार भैरहवाबाट बुटवलका लागि हिडेको माईक्रोबसको पछाडिको भागमा रहेको बम बुटवल मिलनचोकमा यात्रुलाई ओराल्ने क्रममा सामान निकाल्दै गर्दा विस्फोट भएको हो । सो माईक्रोबसमा कति यात्रु सवार थिए भन्नेबारेमा केही खुल्न सकेको छैन । सुरक्षा मजबुत पार्न र घाईतेको उद्धार गर्न व्यस्त रहेकाले प्रहरीले आधिकारिक
जानकारी दिने सकेको छैन । यस्तै रुपन्देहीको भैरहवा लुम्बिनी सडकखण्डको गोनााहा ४ बेथरीभन्दा उत्तरपट्टि प्लाष्टिकको बोरामा बेरेर राखिएको बेवारिसे बम फेला परेको छ । बेवारिसे बम बुटवलबाट गएको नेपाली सेनाले निस्क्रिय पारेको छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक