20110323

अब त अत्ती नै भयो : ए एन ए बोस्टनमा भुक्तानी दिएर पैसा नभएका कारण बाउन्स भएका यि र यस्ता चेक बाट ठगी गर्ने ए एन ए नेत्रित्व लाई ठगी को मुद्दा दिने तयारीमा कलाकारहरु !

पैसा नभएका चेक काटेर कलाकारलाई चुना लगाउनु, आज सम्म भुक्तानी नहुनु लाई ए एन ए को नेत्रित्वको नालायकी पन र भ्रस्टाचार नभनेर के भन्ने ? कलाकारहरुको यो प्रश्नको उत्तर छ ए एन ए का नेता हौँ भन्ने हरुसँग ??        
 "यसरी नै पैसा नभएका चेक दिएर ए एन ए को नेत्रित्वले कलाकार र अन्य थुप्रैलाई बोस्टन मा ठगी गरेको छ,  यती हिसाब मिलाउन नसक्ने नालायकहरु अझ फुर्ती गर्दै भन्दैछन  हामी हौँ ए एन ए का अगुवा आधिकारिक आदी आदी  ! अगुवा होइन बरु नालायक भगुवा भन्या भए मिल्थ्यो कि, आची गर्ने लाई भन्दा देख्ने लाई लाज भनेको यही होइन र ??? हामी ठगिएका सबैका विवरण सहित मुद्दा दायर गर्ने तयारीमा छौं कलाकार हरु, मुद्दा दायर गर्ना साथ प्रेस सम्मेलन मार्फत ए एन ए का भगुवा हरुको भन्डाफोर गर्न सिंगो कलाकार टिम सहित उपस्थित हुनेछौं प्रतिक्ष्या गर्नुस् !" - यि भनाइ हुन न्यू योर्क का ए एन ए बाट ठगिएका एक कलाकारका !
अब हाम्रो भनाइ - ए एन ए का नाम मा बिभाजित भएर नौटँकी गर्दै गर्नुभएका दुबै गुटका सबै संलग्न महासय हरु ! ए एन ए बोस्टन सम्मेलनको गाइजात्रा का बिषयमा हामी आजसम्म मौन छौं सबै देखेर भोगेर र जानेर पनि ! किनकी नेपाली नेपाली बिच को कुरा मिलोस बाहिर न आओश भन्ने हाम्रो चाहना थियो , आर्थिक घोटालाको पराकास्ठ, नालायक नेत्रित्व का बिषयमा हामी बोली खर्च गर्न आबस्यक ठान्दैनौँ । अहिले बिभाजित भएर प्रेस रिलिज जारी गर्दै एक आपस मा हिलो छ्यापाछ्याप् गर्नुको सट्टा मिलेर बिगत
का गल्ती सच्चाउदै ए एन ए को शाख लाई बचाइ राख्न दुबै गुटलाई फेरी आग्रह सबै नेपालीको तर्फबाट । कोठा भित्र बसेर र षड्यन्त्र गरेर एक आपस मा  तपाईं हरु जसरी लड्दै हुनुहुन्छ यो सबै नेपालीका लागि लाज लाग्दो र बिडम्बनाको कुरा हो। हामी फुटेको ए एन ए होइन जुटेको मिलेको र एक भएको ए एन ए हेर्न लालायित छौं। कुनै गुटको पनि हिम्मत छ भने बोस्टनमा चेक काटेर भुक्तानी दिएर चेक साट्न जाँदा चेक बाउन्स भएका यि र यस्ता चेक कलाकार का भुक्तानी अबिलम्ब गरियोस होइन भने सिंगो ए एन ए टिम उप्पर ठगी को केश हामी सबै कलाकार ले र अन्य यसै गरी ठगिएकाहरुले अमेरिकामा गरे के हुन्छ भन्ने शायद यहाँ हरुलाई सम्झाइरहनु नपर्ला । यो नेपाल होइन, नेपालको जस्तो फोहोरी राजनीति यहाँ नगर्न सबै पक्ष लाई हामी सचेत गराउँदै भुक्तान गर्न बाँकी सबै कलाकार को चेक अनुसार कै भुक्तान गर्न अन्तिम चेतावनी सहित सबै पीडित कलाकार र ठगिएकाहरुका तर्फबाट हामी पुन बिनम्र आग्रह गर्दछौं। फेरी पनि दुबै पक्षलाई मिलेर एक भएर अघी बढ्न आग्रह गर्दै समस्याको समाधान गर्ने नै सक्ष्यम नेता हुने मा जोड दिन चाहन्छौं ।  आजका लागि हामीले कसैको नाम उल्लेख गरेनौ किनकी अझैपनी समस्याको समाधान होस् र सबै मिलुन एक होउन भन्ने हाम्रो मनसाय छ एक भए सबै समस्या पनि समाधान हुने छन तर माखो मार्ने उपती नभएका, पैसा नभएका चेक काटेर अमेरिका मा पनि ठगी गर्ने हरु, यिनका मतियार हरु अब सबै अमेरिकि कठघरामा उभ्याइदा चाल् पाउने छन अर्का ठगिएका एक कलाकारले न्यू योर्क बाट हामीलाई बताए र थपे सबै चेक जम्मा भएका छन अब भुक्तानी नभए केही दिन भित्रै हामी मुद्दा दायर गर्छौ। 
                    

2 comments:

  1. Boston convention ka lagi Medini adhikari ra simon dhungana dubai uttikai jimmewar chhan, dubai pani mathiko obhano bannu bhanda baru milera samasyako samadhanka lagi pahal garnuparne ho ki jasto lagchha malai ta !
    - Prem Sharma DC

    ReplyDelete
  2. Kamala Khatri
    Baltimore, MD

    I am 100% agree with this news. both group are doing wrong. save ANA and stop your dirty politics in ANA by both group.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक