20110321

सभासद् डिबी कार्कीलाई जेल हाल्ने विशेष अदालतले गरेको फैसलाप्रति वामदेवको असन्तुष्टि, माओवादीलाई गृह मन्त्रालय नदिने एमाले स्थायी समितिको निर्णय गलत : एमाले उपाध्यक्ष वामदेव गौतम

Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda (R) gestures as he talks to journalists while Deputy Prime Minister Bamdev Gautam looks on in Kathmandu on September 18, 2008 after arriving from a five-day official visit to India. Newly-republican Nepal's prime minister is trying to redefine the landlocked nation's traditional foreign policy pulling closer to China and standing up to India.
एमाले उपाध्यक्ष वामदेव गौतमले एकीकृत माओवादीलाई गृह मन्त्रालय नदिए शान्ति प्रकि्रया र संविधान लेखन अनिश्चित हुने बताएका छन्। हिजो लमजुङ सदरमुकाम बेशी सहरमा आयोजित
पत्रकार सम्मेलनमा उनले माओवादीलाई गृह मन्त्रालय नदिने एमाले स्थायी समितिको निर्णय गलत भएको बताए। सबै दलहरुसँगको छलफलपछि सरकारलाई पूर्णता दिने उनको भनाई छ। सभासद् डिबी कार्कीलाई जेल हाल्ने विशेष अदालतले गरेको फैसलाप्रति उनले असन्तुष्टि जनाएका छन्। कार्कीले इन्सपेक्टर बनाइदिने भन्दै घुस लिएको भए तत्कालीन गृह मन्त्रीमाथि पनि छानबिन गरिनुपर्ने उनले बताए। त्यतिबेला एमालेकै नेता भीम रावल गृहमन्त्री थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक