20110317

भारतीय आशिर्बाद र निर्देशन ग्रहण गर्न मधेसिनेताहरु भारतमा !

चाइनाका अधिकारी सँग बिशेष भेटघाट र छलफल गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार सिङ्गापुर !
कसैलाई चाइना को मोह छ त कसैलाई भारतको, नेपाल र नेपालीको मोह कसलाई छ र खोइ ?? 
एसिया प्यासेफिक फाउन्डेसनको बैठकमा सहभागी हुन उहाँ बुधबार दिउँसो १ बजे सिङ्गापुर जानुभएको उहाँका निजी सहायक समीर दाहालले जानकारी दिनुभयो । सिल्क एयरको विमानबाट
एक्लै सिङ्गापुर जानुभएका माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार स्वदेश र्फकने कार्यक्रम छ ।बिस्वस्त स्रोतका अनुसार वहाँ चाइना जाँदा हल्ला हुने डरले सिङापुर जानुभएको र त्यहा चाइनाका अधिकारी सँग बिशेष भेटघाट र छलफल गर्ने कार्यक्रम छ ।    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसवादी तीन दलका अध्यक्षहरू बुधबार भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । मोर्चाका अनुसार भारतीय सरकारको निमन्त्रणामा मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका अध्यक्षहरू दिल्ली जानुभएको हो । मोर्चाको बैठकबाट मधेसको अधिकारका लागि जनविद्रोह गर्ने निर्णय गरिसक्नुभएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर तथा सद्भावनाका अध्यक्ष राजेन्द्र महतो दिल्ली जानुलाई मधेसको राजनीतिमा त्यसलाई चासोको रूपमा लिइएको छ । प्रधानमन्त्री पदमा साझा उम्मेदवारीसमेत दिइसकेका मोर्चा राजनीतिक छलफलकै लागि औपचारिक रूपमा भारत गएको यो पहिलोचोटि हो । नयाँदिल्ली उड्नुअघि सद्भावना पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र महतोले भन्नुभयो- हामी भारत सरकारको निमन्त्रणामा दिल्ली जाँदैछौँ, त्यहाँ उच्चपदस्थ नेता तथा पदाधिकारीहरूसँग मधेसको अधिकार तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ । क-कसलाई भेट्नुहुन्छ भन्ने जिज्ञासामा उहाँले त्यहाँका सरकार पक्षले जो जोसँग भेट गराउँछ ती सबैसँग भेट्ने बताउनुभयो । मधेसको अधिकारबारे भारतको दृष्टिकोण बुझ्नका लागि पनि मोर्चाको भारत भ्रमणले राम्रो काम गर्ने विश्वास आफूहरूलाई लागेको बताउँदै उहाँले मधेसको राजनीतिलाई भारतसँग जोडेर उठाइएको भ्रमपूर्ण कुराहरूलाई समेत चिर्न सफल हुने विश्वास प्रकट गर्नुभयो । त्यहाँ मधेसमा भइरहेको सशस्त्र द्वन्द्वको बारेमा समेत छलफल हुने उहाँले बताउनुभयो । बुधबार अपराहृन ३ः१५ बजेको इन्डियन एयरलाइन्सबाट दिल्ली जानुभएका उहाँहरूको औपचारिक भ्रमण चार दिनको रहेको छ । ३ गतेदेखि ६ गतेसम्म त्यहाँका नेता तथा पदाधिकारीहरूसँग भेटघाट तथा छलफल हुनेेछ । त्यसपछि आ-आˆनो केही व्यक्तिगत कार्यहरू सिध्याएर आ-आˆनै तरिकाले फर्किने अध्यक्ष महतोले बताउनुभयो । हाल मोर्चा बाहिर मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल रहेका छन् । फोरमले सरकारमा जानका लागि विभिन्न चरणमा छलफल अगाडि बढाइसकेको छ भने तमलोपा नेपालले सरकारमा नजाने निर्णय गरिसकेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक