20110306

हजारौँको उपस्थितिमा प्यारा नेता किशुन जी को राजकीय सम्मानका साथ दाहसंस्कार सम्पन्न ! नराम्ररी गाली खाए किशुन जी लाइ भुल्ने कङ्रेसीहरुले लक्ष्मणसिंह खड्काको मुखबाट, सबैको मुख रातो पिरो !

सन्त नेता कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भट्टराईको पार्थिव शरीरमा गोपालप्रसाद भट्टराईका छोरा प्रमोदले दागबत्ती दिए। उनीसँगै अमिता
कपाली र शरदसिंह भण्डारीले उनलाई सघाएका थिए। पशुपति आर्यघाटमा प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेता तथा हजारौं शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो।

“देशको सच्चा र आदर्श नेतालाई जिउंदो छौन्जेल अपमान मरेपछी तिमीहरुको झन्डा ओढाएर सम्मान ?? गोहिका आसुँ झार्न तिमीहरुलाई लाज लाग्दैन ?? २०५६ सालमा गिरिजाले घोक्र्याएर प्रधानमन्त्री पदबाट निकाल्दा कहाँ थियौ तिमेरु ? अहिले यहाँ आएर फूल चढाउन आउन लाज छैन ? त्यतिबेला कोही बोल्न सक्यौ तिमेरु ? अन्तर्घात गरेर चुनावमा हराउँदा एक शब्द बोल्न सक्यौ तिमीहरु ? अहिले आएर खुब महान नेता भनेर रुन आएका, हेर हेर लाज नभा’का सालाहरु, ?” किसुनजीलाई अन्तिम श्रद्धाञ्जलि दिन दशरथ रंगशाला पुगेका कांग्रेस कार्यकर्ताहरुलाई यस्ता शब्दवाण प्रहार गरेर गाली गरिरहेका थिए लक्ष्मणसिंह खड्का। मरिसकेपछि सबले महान नेता भन्दै प्रशंसा गरिरहेका बेला कटु सत्य बोलिरहेका थिए यी खड्काले। हुन त सत्य कुरा, राम्रो कुरा कसलाई पो पच्छ र ! सत्य बोल्नेलाई आजकाल पागल भन्ने चलन छ, त्यसैले यी खड्कालाई पनि हामीले  पनि पागलै भनिदिउँ कि क्याहो हामीलाई त त्यस्तै पो लाग्यो !!! नयाँ नेपालमा, सँघीय गणतान्त्रिक नेपालमा किशुन जी जस्ता पुराना बिचार भएकाको समर्थनमा बोल्ने यो खड्का पागल नभएर के त हगी ??!!

2 comments:

  1. Nepali congresslai badnaam garaaune sabaibhandaa
    dherai G.P.Koirala,S.Koirala,S.B.Deuba,R.C.Paudel
    ra R.S.Mahat hoon.Aroota yiniharule padaayekaa
    andhobhakta chelaa ta hoonni.Yestaa netaaharooko
    haatmaa netrityo sumpanunai Nepalra ra Nepaliko
    laagi durbhagya ho.Moorkhalai vote dineharoopani
    mahamoorkha bhannu parchha.Aba 114 seat Ke sochera
    dinu bhayo ye nepali ho? Hunata ma kunai partyko
    karyakarta ta hoina tara satya bolnupardaa ma yehi
    bhanchoo.Don't you've sovereign power to uproot
    them from politics permanently? Otherwise again you
    have to face the worst problem in near future.

    ReplyDelete
  2. haha @Anonymous :
    http://www.youtube.com/watch?v=vSDNY9pmVtU
    yo drisya hernu... yedi tapai pani yinai drisya jastai gardai baseko kunai din ho bhane ta maile jati bujaye pani mannu hunna tara sachhi buddi bhako ho , kunai party tira nalagi ramro desh chalaune party ko soch bhako ho bhane ek patak sochnu aru neta le bhrastachar gare, bikash garenan hola tara maobadi le kati binash gare, kati manche mare, marne ta maryo ni j bhaye pani .... khair chaddeu yestai tapai jasta le garda maobadi jasta ku tato haru le khub support payeka chan.. jaba samma desh ma maobadi rahancha Nepal ra Nepali janta ma hauguji rahancha , ani kahile bikash huna sakdaina..

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक