20110417

अमेरिकाको टेक्सास अस्टिनमा जब नेपाली हरु एक भएर यसरी नेपाली नयाँ बर्ष मनाउन जुटे, तब नाच्यो सिंगो अस्टिन !

कस्तो एकता, कस्तो हार्दिकता, कस्तो एक अर्कामा सहयोग गर्ने शैली, माहुरीहरु जसरी काम मा जुट्ने शैली, हरेकले काम को भाग खोजिरहेछ, तर्किन होइन ! यस्तै देखियो टेक्सासमा । हेम सरिता पाठक प्रतिस्ठानको आयोजना, नेपाली नयाँ बर्षको उपलक्ष्य, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य एबम लोक दोहोरी गायक रामप्रसाद खनालको प्रमुख आतिथ्य र बिशेष प्रस्तुती, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्ले सहितका दर्जनौं बिसिस्ठ पाहुना हरु, टेक्सास अस्टिनका माहुरी रुपी नेपाली दाजुभाइ दिदिबहिनीहरुको सहभागिता, हेम सरिता प्रतिस्ठानको सौजन्यतामा नेपालकै स्वादको नेपाली खाना, बास्तबमा उदाहरणिय थियो यो कार्यक्रम । कार्यक्रमको बाँकी फोटो र भिडियोमै हेरौं Read more »:
अस्टिन बासी नेपालीले न त खुट्टा तान्न, न त कुरा काट्न जानेका रहेछन, मुखमा राम राम बगलिमा छुरा बोक्ने हाम्रा केही स्वार्थी नेपाली हरु जसले अगाडि ठीक्क र पछाडि कैंचि चलाऊंछन, यता आयो डकार्यो उता गयो उडायो, उता गयो डकार्यो यताको लाई उडायो गर्ने चलन पनि त्यहा रहेनछ । एक ले अर्को लाई सम्मान र सहयोग गर्ने, पुरानाहरुले नयाँ लाई सहयोग गरेर पार लगाउने अस्टिनबासीको बानी देख्दा लाग्यो सबै तिर यस्तै भैदिए कस्तो राम्रो हुन्थ्यो हगी ! तर हामी बाँदरे प्रब्रिती बाट ग्रसित नेपाली उनिहरु सँगबाट सिक्ने हिम्मत कहाँ गर्न सकौँला र !  - Photos and videos by Debendra Parajuli, Austin Texas









For more videos and Photos please click this link below :http://www.nepalmother.com/2011/03/blog-post_30.html





http://www.facebook.com/photo.php?fbid=1792323979417&set=a.1792293458654.93425.1579182726&type=1#!/media/set/fbx/?set=a.1752298962035.2086542.1075726279


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

3 comments:

  1. Thank you Hem-Sarita prathistan for organizing such an memorable event among Greater Austin Nepalese community.Thank you Hem Daju, Sarita didi,abam chori haru Jeny and Sony and of course all the great hand behind the scene including Deepak Uncle.

    ReplyDelete
  2. मैले राम प्रसाद खनाल लाई टिभी मा मात्र हेर्थे, अस्टिनमा देख्न र वहाँका 6/7 वटा गीत सुन्दा लाग्यो खनाल जी साँचै महान हुनुहुन्छ, वहाँका कारण कार्यक्रम को रोचकता नै बेग्लै भयो धन्यवाद यो अबसर जुटाइदिने हेम पाठक जी लाई पनि।
    - Bidya, Austin, TX

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक