20110510

जब नेपाली चेली निशा मिश्र कतार स्थित अस्पतालमा दुई हातले मुख छोपेर भक्कानो छोडेर रोइन्

रवि रोषी / दोहा कतार आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन आईपुगिन् तव उनी छांगोबाट खसेको जस्तो भईन् । उनीलाई विगत सत्र दिन देखि नित्य जाँच पड्ताल गर्दै आएका डक्टरले उनकै अगाडि बाँच्ने सम्भावना न्युन भएको भन्दै नेपाल जान आग्रह गरेपछि अहिले उनको र उनको परिवारमा आँसुको भेल रोकिएको छैन । आज भन्दा ४ बर्ष पहिले लोग्नेले छोडेर अर्को विहे गरेपछि
उनी माइतीको आश्रयमा बस्दै आएकी थिइन् । बडो कष्टको साथ पैसाको जोहो गरेर कतार आएकी उनी नेपालबाट मेनपावरले ब्युटिपार्लरको लागि मासिक १००० भनेर पठाए पनि आठ सय भन्दा नदिएको बताउने उनी अहिले म मेरो लागि होइन, मेरो छोराको लागि भने पनि बाँच्न चाहन्छु भनी सहयोगको याचना गरेकी छिन् । झापा गरामनी ४ माइती भएकी निशालाई विहे भएको ३ बर्षमा नै विराटनगरवासी उनका पतिले छोडेपछि माइतीघरमा बस्दै आएकी छिन् । माइतीको आर्थिक अवस्था एकदम नाजुक भएको र आमा एकजना विद्युत प्राधिकरणमा पियनको जागिरबाट घर चलाउँदै आएको हुनाले नेपाल फर्किएपछि उनको उपचार गरेर बाँच्ने आशा नरहेको बताउँदै कतार स्थित हमाद मेडिकल अस्पतालको बेड नं. ६३५ मा दुई हातले मुख छोपेर भक्कानो छोडेर रोइन् । यदि मलाई नेपाली चेली सम्झिएर मलाई बचाउन चाहनुहुन्छ भने तपाईंहरुलाई मेरो धेरै आशिष लाग्ने छ भन्दै कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा सामाजिक संस्थाहरुसंग सहयोगको लागि यो सन्देश पुर्याइदिन आग्रह गरिन् । त्यहाँ कार्यरत भारतीय डक्टरलाई भेटेर परामर्श लिँदा यसको उपचार भारतमा सहज संग हुने तर यहाँ ठूलो रकम लाग्ने भएको हुनाले नेपाल पठाउन खोजिएको बताउने उनले निशाको मुटुको दाहिने भागमा मासुको झिल्ली मात्र पलाएको हुँदा त्यसको लागि मुटु प्वाल पारेर कृत्रिम संयन्त्र जडान गरेमा लामो समय बाँच्न सक्ने बताए । २३ बर्षीया निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९००० रियाल बराबर ( एकलाख असी हजार रुपैँया नेपाली ) को औषधी निशुल्क उपलब्ध गराउने भएको पनि निशाले बताईन् यदि दयालु मुटु भएको कोहि नेपाली दाजुभाईहरु हुनुहुन्छ भने मलाई आर्थिक सहयोग गर्नुहोस् उनले भनिन् । पतिले छोडेपनि छोराको लागि भनेर माइतीमा बसेर बाँचेकै थिएँ । नाबालक छोरालाई शिक्षा दीक्षा दिएर बालिग र योग्य बनाउछु भन्ने मेरो सपना पुरा गर्न भने पनि मलाई सहयोग गर्नुहोस् , यो मेरो सहयोगको सन्देश सवैमाझ पुर्याएर सहयोग गर्नुहुनेछ भन्ने आशा लिएकी छु उनले भनिन् । उनको थप उपचारार्थ तथा नेपाल पठाउने व्यवस्थाको लागि कतारका व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं र लक्ष्मण खतिवडा तथा प्रवासी नेपाली झापाली सम्पर्क मञ्चले आर्थिक सहयोग संकलन गरी पिडित निशालाई तीन चार दिनमा नै नेपाल पठाउने तयारीमा लागेको बताएका छन् ।

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com



अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक