20110515

फेरी अर्का सभासदको कुकर्म हेर्नुस् त, होइन के भाको यी भत्ता र सुबिधाका "भोके" र भतुवा सभासदहरुलाई !

माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ अघि राष्ट्रिय सहमतिको सरकारको आवस्यक रहेको बताए !
संवैधानिक समिति र व्यवस्थापिका संसद्को बैठकमा नाराबाजी र तोडफोड गर्दै आएका दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले आज पनि आफ्नो कार्यशैलिलाई निरन्तरता दिँदै आफूले नै लगाएको सर्ट च्यातेका छन् । पासवानले सभापति निलाम्बर आचार्यमाथि हातपात प्रयास गरेका छन्। उनले सभापति आचार्यले बैठक सञ्चालनका लागि बनाएको नोट र आफूले लगाएको कमिज र पेटी-गञ्जी पनि बैठकमै च्यातेका छन्। बैठकको निर्णय पुस्तिका च्यात्ने प्रयास गरे पनि त्यो भने भेटेका थिएनन्।आइतबार बिहान सिंहदरवारमा बसेको संवैधानिक समितिको बैठककोनिर्णय सुनाउन लाग्दा सभापति निलाम्बर आचार्यको हातबाट निर्णय पुस्तिका खोसेर च्यात्ने प्रयास गरेपछि पाशवानललई आचार्यले मार्सल लगाउन आदेश दिएपछि पासवानलाई मर्यादा पालकले रोक्न खोजेपछि उनले आक्रोसमा आएर आफूले लगाएको सर्ट च्यातेका हुन् । प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाललगायतका शीर्ष नेता उपस्थित बैठकको एजेन्डा विवाद समाधान उपसमितिको म्याद थप र राज्यपुनर्संरचना समितिको कामबारे छलफल
भएको थियो । दाहालले विषयगत समितिबाटै सवै समस्या टुंग्याउँदै लैजाउनुपर्ने बताएका थिए । पौडेलले मागहरुलाई विशेष जोड दिएर प्रक्रियागतरुपमै समाधान गर्दै जानुपर्नेमा जोड दिए। प्रधानमन्त्री खनालले भने समितिको माग सरकारले भन्दा पनि संविधानसभाबाटै पूरा गर्नुपर्नेखालका भएकाले समितिको बैठक सुचारु गर्न आग्रह गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विवाद समाधान उपसमितिको म्याद जेठ १३ गतेसम्मका लागि थप गर्ने निर्णय गर्‍यो भने अल्पसंख्यक समूदायका अधिकार सुनिश्चित गर्न माग गर्दै संवैधानिक समिति र व्यवस्थापिका संसद्को बैठक अबरुद्ध पार्दै आएका चार सभासद्को माग सम्वोधन गर्न सर्वदलीय बैठक बोलाउने र कार्यदल गठन गरी वार्ता गर्ने निर्णय गर्‍यो । पासवानले यसअघि संसद् भवनको चौथो तल्लाबाट आफू बसेको कुर्सी फ्यालेका थिए ।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ अघि राष्ट्रिय सहमतिको सरकारको आवस्यक रहेको बताएका छन् । आइतबार सुनसरीको विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भट्टराईले वर्तमान सरकारले नै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्ने बताउँदै यही सरकारलाई ग्रहण गर्न नसके नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने जोड दिए । भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणकालागि माओवादीले अन्यदलहरुसँग छलफल गरिरहेको समेत बताए। शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन संविधान सभाको म्याद एक वर्ष थप्न आफूहरुले प्रस्ताव गरेको भन्दै भट्टराईले संविधान नबनाउन म्याद थप्न लागेको हल्ला निराधार भएको बताए । तोकिएको समयमा संविधान नबनेपछि म्याद थपेर भए पनि संविधान बनाउनका लागि सो प्रस्ताव गरिएको उनले बताए । भट्टराईले एकपक्षीय अडानले राजनीतिक मुठभेड निम्त्याउने खतरा हुने भएकाले द्वन्द्व समाधानका लागि आफूहरु सहमतिको राष्ट्रिय सरकार निर्माणको पहलमा जुटेको बताए।

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक