20110522

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रोको सिद्धिचरण जयन्ती तथा कबिगोस्ठी सम्पन्न !

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डि.सी. मेट्रो च्याप्टरको आयोजनामा मे २२ आइतबार कविवर सिद्धिचरण जयन्ती तथा कवि गोष्ठी सम्पन्नभ भयो । बाल कविताहरुलाई पनि स्थान दिइएको सो कवि गोष्ठीमा डेढ दर्जन कविहरुले आआफ्ना कविताहरु प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा बाल सर्जकहरु संजय शर्मा, अनिशा दवाडी, आस्था बन्जारा, आशिस सुवेदी, अनुसा सुवेदी र अजय शर्मालाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा कविहरु होमनाथ सुवेदी, दुर्गा अर्याल, आनन्द प्रसाद शर्मा, दुर्गा रिजाल, खिमानन्द आचार्य, कविन्द्र सिटौला, जगदीशनाथ पराजुली, रामप्रसाद खनाल, मञ्जु निरौला, प्रेम संग्रौला, प्रकाश नेपाल, गुणराज लुइटेल, गोपाल रेग्मी, सकुल कोइराला, विजय थापा लगायतले आआफ्ना कविताहरु बाचन गर्नु भएको थियो । ८५ वर्षीय वृद्धा गंगाकुमारी लुइटेलले कृष्ण भजन र ८१ वर्षीय मनमाया सिटौलाले संगीनी गीत प्रस्तुत गर्नु भएको थियो ।

अरु थुप्रै फोटो र भिडियोका लागि यहाँ Read more » मा क्लिक गर्नुस् र भित्र जानुस्














( प्राबिधिक कारणले आजका फोटो र भिडियोहरु को गुणस्तर कमसल भएको मा माफि चाहन्छौं - सम्पादक )
समाचार: गुणराज लुइटेल, फोटो तथा भिडियो: शकुल कोइराला/नेपाल मदर डट कम

1 comment:

  1. धेरै उट्टसाहप्रद पाइयो कार्यक्रम । निरन्तरताको अपेक्षा सहित शुभकामना ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक