20110531

वरिष्ठ गीतकार डा. राममान तृषितको ७१ वर्षको उमरेमा निधन

trisitअन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै वरिष्ठ गीतकार डा. राममान तृषितको ७१ वर्षको उमरेमा निधन भएकोमा गहिरो दु:ख प्रकट गर्नुभएको छ। वहाँले यस दु:खद घडीमा वरिष्ठ गितकार डा. राममान तृषित प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार मा हार्दिक समबेदना पनि प्रकट गर्नुभएको छ । । तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । लामो समय चिकित्सा पेशामा सक्रिय रहेका तृषितलाई स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित थिए । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । मान्छेको मायाँ यहाँ, मैले पुन्य मन पराएँ या पाप मन पराएँ जस्ता दर्जनौं चर्चित गित लेखेका तृषितको श्रीमती र एक छोरा
छन् ।

गीतकार राममान तृषित प्रति हार्दिक श्रद्धान्जली
नेपाली साहित्यका प्रशिद्ध गीतकार डा.राममान तृषितको आज मे ३१, २०११ मंगलबार बिहान सवा चार बजे निधन भएको समाचारले हामी सबैलाई स्तब्ध पारेको छ | गीतकार तृषितको निधनबाट नेपाली साहित्य जगतले एउटा सशक्त साहित्यकार गुमाएको छ | यसबाट नेपाली साहित्यको क्षेत्रमा पर्न गएको अपुरणीय क्षतिको गम्भीर महशुस गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यसमिति एवं सम्पूर्ण अनेसास परिवार यस घटनाप्रति गहिरो शोक प्रकट गर्दछ । यस दुखद घडीमा शोक-सन्तप्त सबैप्रति धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भन्दै स्व. तृषितको आत्माको चिर-शान्तिको कामना समेत गर्दछौं |   
        "मैले पुण्य मन पराएँ, या पाप मन पराएँ.."
लगायत दर्जनौ कालजयी गीतका रचनाकार डा.तृषित छिन्नलता गीत पुरस्कार, व्यथित काब्य पुरस्कार, नातिकाजी सम्मान आदिबाट समेत सम्मानित हुनुहुन्छ |

- ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास केन्द्रिय कार्यसमिति
एवं सम्पूर्ण अनेसास परिवार
*************

हार्दिक श्रद्धाञ्जली

नेपाली साहित्यका प्रशिद्ध तथा लोकप्रिय गीतकार डा. राम मान तृषित’ को ७१ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं | थुप्रै गीत / कविता र मुक्तक संग्रह हरु प्रकाशित गरिसक्नु भएका डा. राम मान तृषित गो द बा चौथो , छिन्नलता पुरस्कार, व्यथित काब्य पुरस्कार, महाकबी देबकोटा सम्मान , शुरभी नवरत्न श्रस्टा सम्मान का साथै अरु थुप्रै बिभिन्न सम्मान तथा पुरस्कार बाट सम्मानित भैसक्नु भएको छ | मान्छे को माया यहाँ खोला जस्तै र अरु थुप्रै सदाबहार र कालजयी गीतका गीतकार डा. तृषित को निधन ले नेपाली साहित्य आकाशमा एक अपुरणीय क्षति पुगेको छ | उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्न  चाहन्छौं|

बसन्त श्रेष्ठ
अध्यक्ष्य
नेपाली साहित्य प्रतिस्थान , उत्तर अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक