20110508

अमेरिका बस्दै आएकी पूजा चन्दका नयाँ श्रीमान् !

उता नेपालमा अहिले कि बिन लादेनको चर्चा छ कि त भुवन केसीको ! २५ वर्षे छोरीकी आमा रहेकी शर्मिला डंगोललाई भुवनले आफ्नो घरमा भित्र्याइसके !

 पहिलो विवाह सफल हुन नसकेपछी सम्बन्धविच्छेद गरेर विगत पाँचवर्षदेखी अमेरिका बस्दै आएकी नेपाली चलचित्र जगतकी सुप्रसिद्ध नायिका, अन्तराष्ट्रिय कलाकार मन्च कि कार्यकारी सदस्य  पूजा चन्दले नयाँ श्रीमान् पाएकी छिन् । चन्दले पतिका रूपमा द एन्जेल्स ब्याण्डका गायक तथा लिडिङ गितारिष्ट राजु लामा लाई भेट्टाएकी छिन् । लामा पनि पाँचवर्षदेखि अमेरिकाको बाल्टिमोरमा नै बस्दै आएका छन् ।
शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच राजु र पूजाको बीच स्वयम्वर गरेका छन्  । गायक लामा र पूजाले औंठी साटासाट गरेपछी स्वयम्वर कार्य सम्पन्न भएको थियो । स्वयम्वर कार्यक्रममा चन्दकी
आमा र छोरीसहित नजिकका आफन्त र साथीहरू पनि उपस्थित थिए । गायक लामाले तीनमहिनाभित्र नै आफूहरुले अमेरिकामा विहे गर्ने बताएका छन् । पहिलो पति सुरजसँगको बैबाहिक
जीवनबाट पुजाले एक छोरी छन, जो अहिले उनीसँगै अमेरिकामा बस्छिन् । यो जोडी को सम्बन्ध कहिलै नबिग्रोस ! नब जोडीलाई हार्दिक बधाई र सुखद जिबनका लागि शुभकामना !





उता नेपालमा अहिले कि बिन लादेनको चर्चा छ कि त भुवन केसीको !


नेपालमा अहिले कि बिन लादेनको चर्चा छ कि त भुवन केसीको । २५ वर्षे छोरीकी आमा रहेकी शर्मिला डंगोललाई भुवनले आफ्नो घरमा भित्र्याइसकेको जानकारी दिएकी उनकी पूर्वपत्नी सुस्मिता बमजनको धुँवादार अन्तर्वार्ता एक पत्रिकामा छापिएपछि शर्मिलाका हालका पति रत्नसिंह डंगोल छाँगाबाट खसेझैं भएका छन् । रत्नसिंहले आफ्नो सम्पत्तिसहित भुवनले श्रीमती उडाउन सक्ने सम्भावना देखेर श्रीमतीको नाउँमा रहेका सबै सम्पत्ति रोक्का गर्न प्रहरीसित हारगुहार गरेपछि यो फिल्मको पटाक्षेप भएको हो ।यो घटनाको सबैभन्दा रमाइलो पक्ष के छ भने, रत्नसिंहले शर्मिलालाई प्रहरी कार्यालयमै झिकाएर भुवनसित नभाग्न सल्लाह दिएका थिए । शर्मिलाले चाहिँ आफ्नो नहुने बेइज्जती भइसकेको र अब पछाडि र्फकन नसक्ने जानकारी दिँदै बरु आफूसित भएको रकम बाँडफाँड गर्न राजी भएको बताएकी छन् ।
 
शर्मिला भुवनसितै जीवन बिताउने निर्णयमा पुगेपछि प्रहरीले शर्मिलाको बैंक खाता रोक्का गरी त्यो रकमलाई चार भाग लगाउन सहयोग गर्ने भएको छ । शर्मिलाको रकमलाई उनका श्रीमान्, छोरी र छोरा तथा शर्मिला गरी चार भाग लगाउने तयारी भएको हो ।

जावलाखेलकी स्थायी बासिन्दा तथा कुपण्डोलमा बुटिक सञ्चालक रहेकी शर्मिलालाई नै भुवनले किन रोजे ? अहिले थुप्रै हल्लाहरु बजारमा आएका छन् । तीमध्ये एउटा भरपर्दो हल्लाचाहिँ भुवन केसी अहिले कंगाल भएका कारण उनले मालदार अर्थात् आफैं कमाएर श्रीमान्लाई खुवाउन सक्ने युवतीको खोजीमा थिए र त्यो सम्भावना शर्मिलामा देखेपछि उनी त्यतातिर लम्किएका हुन् ।
 
महँगो जीवनशैली र ऐयासी भुवनका तर्फबाट शर्मिलाका सम्बन्धमा गर्लफ्रेन्ड हुनुको जानकारीबाहेक अरु थप सूचना चुहिएको छैन । उनले अहिले आफ्नो मोबाइल पनि अफ गरेका छन् तर विश्वस्त सूत्रका अनुसार शर्मिलालाई बिहे गर्ने योजनाअनुरूप नै कलाकार निर्मल शर्माको रेस्टुराँमा बिहे भोज खुवाउनका लागि उनले अर्डर गरिसकेका छन् । भोजको मिति भने खुलिसकेको छैन । तर, पछिल्लो समयमा शर्मिलाका पतिको प्रहरी उजुरीपछि भने बिहे भोज सर्ने सम्भावना छ ।

के छ सुस्मिताको अन्तर्वार्तामा ?
भुवन केसीकी पूर्वपत्नी सुस्मिताले शर्मिला डंगोललाई भुवनले घर ल्याइसकेको दाबी गरेकी थिइन् । यसलाई उनले चौथो विवाह भएको पनि बताएकी थिइन् । सुस्मिताका अनुसार विजया मल्ल, सुस्मिता बम्जन, सम्झना खड्कापछि शर्मिला चौथी श्रीमती हुन् । "फेरि अर्को एकजनाको दुःखको दिन सुरुभएजस्तो लाग्छ," भुवन र शर्मिलाबारे पूर्वपत्नी सुस्मिताले टिप्पणी गरिन्, "धेरैले शर्मिलालाई गर्लफ्रेन्ड मात्र भनेका छन् तर त्यसो होइन । भुवनले त शर्मिलालाई घर ल्याइसक्नुभएको छ । भुवनको बानी नै हो मुर्गी फेला पारेपछि विवाह भइरहन्छ ।"
 
भुवन र आफूबीच सन् २००१ मै डिभोर्स भइसकेको र त्यही बेलादेखि अहिलेसम्म शारीरिक सम्पर्क पनि नभएको उनले अन्नपूर्ण दैनिकसितको कुराकानीमा बताएकी छन् । "हामीबीचको विवाह औपचारिकरुपमा भएको होइन तर डिभोर्सचाहिँ सन् २००१ मै भएको हो," सुस्मिताको भनाइ छ, "विवाह नभए पनि कानुनी रूपमा डिभोर्स गरेका हौं । मसित कागज नै छ । बीचमा छोराको भविष्य नबिगि्रयोस् भनेर हामी सँगै बस्यौं । त्यसपछि मेरी आमाको लगानीमा फिल्महरु बनाएका कारण ती सबैको जिम्मेवारी मेरो काँधमा थियो र एकै छानामुनि बस्नु बाध्यता थियो । तर, त्यतिबेलादेखि हामीबीच सेक्स भएको छैन ।"
 
भुवनसँग छुट्टएिर बस्न थालेदेखि राहत महसुस गरिरहेको बताउँदै सुस्मिताले भुवनलाई संसारकै 'झुर' मान्छे भएको आरोप पनि लगाएकी थिइन् । भुवनसँगको बिहेलाई उनले जीवनमा आफूले गरेको सबैभन्दा ठूलो भूलको संज्ञा दिएकी छन् । भुवन केसीलाई अहिलेको भुवन केसी र सुपरस्टार बनाउन आफूले ठूलो भूमिका खेलेको पनि उनको दाबी छ । "अहिलेको भुवन केसी सुस्मिताले बनाएको हो," उनले गर्वका साथ भनेकी छन्, "चलचित्र 'करोडपति'भन्दा अगाडि उहाँको भविष्य चौपट भइसकेको थियो । मेरै बलबुतामा 'करोडपति' बनाएर उहाँलाई ब्युँताइदिएकी हुँ ।"
 
चलचित्र बनाउन आफ्नी आमाबाट लिएको १३ लाख ऋण भुवनले अहिलेसम्म नतिरेको सुस्मिताले खुलासा गरेकी छन् । "फिल्म बनाउने पैसा नपुग्ने भएकाले मेरी आमाले मेरै मुख हेरेर केही कागज नगरी १३ लाख रुपैयाँ लगानी गरिदिनुभएको थियो," अहिले सुस्मिता झलझली सम्झिरहेकी छन्, "चलचित्र चलेपछि दिन्छु भनेको अहिलेसम्म एकपैसा हिसाबकिताब छैन । पछिल्लो चलचित्र 'साथी म तिम्रो' चलेपछि फिर्ता दिन्छु भन्नुभएको छ । दिनुभएन भने कानुनी उपचारमा जान्छु ।"
डिभोर्स भएदेखि अहिलेसम्मको सब घर खर्च आफूले बेहोरिरहेको पनि उनले बताएकी छन् । "छोराको पढाइदेखि चलचित्रमा लगानी मेरै पैसाबाट भयो । हाम्रो डिभोर्स भएयता पनि अनमोलको अध्ययनलगायतका सबै खर्च आफैं बेहोरेकी छु । भुवनले त अहिलेसम्म छोरालाई मैले पठाइदिएको चामल खाँदै आउनुभएको छ भने अरु के कुरा गर्नु ?" आफ्नो विवाह गर्ने उमेर अझै नघर्किसकेको सुस्मिताले दाबी गर्दै भनेकी छन्, "यदि मलाई बुझ्ने र माया गर्ने मान्छे भयो भने विवाह हुनसक्छ तर पहिलेजस्तो हतारमा मान्छे रोजेर फुर्सदमा पछुताउने कामचाहिँ गर्दिनँ ।"
अनी अन्त्यमा हाम्रो भनाइ :
कलाकारहरु राष्ट्रका सम्पत्ती हुन, यिनिहरुले गर्ने हरेककुराले समाज मा प्रत्यक्ष्य असर गर्छ त्यसैले सबै कलाकार ले सोंचेर बिचार  गरेर विवाह गरुन, कसैको डिभोर्स नहोस्, सबैको सुमधुर सम्बन्ध होस्, अब देखी कुनै कलाकार को डिभोर्स भएको दु:खद समाचार सुन्नु नपरोस ।    
 **********************************
  अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America" 


1 comment:

  1. badhai 6 puja chand lai ,kinaki mero manparne kalakar hunuhu6 oha

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक