20110517

हज्जारौं निर्दोश नेपालीलाई कथित जनयुद्धका नाममा घांटी रेट्न लगाउने प्रचन्ड र बाबुराम बिचराहरु अब आफ्नैबाट असुरक्ष्यित !

Exclusive news.......
हिजो हज्जारौं निर्दोश नेपालीलाई कथित जनयुद्ध का नाम मा घांटी रेट्न लगाउने प्रचन्ड र बाबुरामहरु बिचरा अब आफ्नै पालित पोसित माओवादी नामका सुन्ड मुन्ड गुण्डाहरुबाट असुरक्ष्यित हुन थाल्नुभएछ दु:ख लाग्यो । हत्याहिँसा आतंक कहिलै टिक्दैन, यो ढिलो चाँडो अन्त्यहुन्छ, संसारको ईतिहासले यही भन्छ। अरुलाई अपहरण, हत्या गर्न आदेश दिने बाबुराम भट्टराई आज एउटा आफ्नै माओवादी गुण्डाको धम्किले काप्नु भएको छ, माओवादी पार्टी भित्रै हलचल भएको छ । अहिले आफुलाइ पर्दा यस्तो हुने कमरेड बाबुराम भट्टराई र प्रचन्ड महासयहरु ! तपाईंहरुले कहिलै नेपाली जनताको बारेमा सोँच्नुभएको छ जसले
तपाईंको पार्टीका हज्जारौं यस्तै गुण्डा र अपराधीबाट दिनहु धम्की खेप्दै जिउन वाध्य छन ?! आतंक ले एक पछी अर्को सबैलाई खान्छ, अन्त्यमा कोही बाँकी रहदैन, तसर्थ तपाईंहरुको बुद्धी समयमै फिरोस, अब पनि सत्ता कब्जा, जनबिद्रोहको नौटँकी होइनकी शान्ती र प्रजातन्त्र प्रती प्रतिबद्ध हुनुस् त्यसैमा तपाईंहरुको, नेपाल र नेपालीको भलाई छ, होइन भने तपाईंहरुलाई अरुकसैले मार्नुपर्ने छैन, तपाईंका चेला चपेटाहरुनै तपाईंको लागि काफी छन, त्यो धेरै पछाडि जान पर्ने देखिदैन । हामी तपाईंहरु शकुशल भएको र नेपाल पनि शान्त भएको देख्न चाहन्छौं ।तपाईंहरुले दुनियाँ लाई मारेपनी, दु:ख दिए पनि, हामी चाहदैनौँ तपाईंहरुले पनि त्यस्तै नियती भोग्नु परोस, तपाईंहरु सुरक्ष्यित रहनुहोला । यसैबिच पार्टि कार्यकर्ता तथा नेताहरुको सुरक्षा गर्नुपर्ने तथा राजनीतीक ढाकछोपमा गुण्डागर्दि र आपराधिक गतिविधि गर्नेलाई कारवाहि गर्नुपर्ने माग गर्दे माओवादी सम्बध्द मजदुरहरुले माओवादी केन्द्रिय कार्यलय पेरिसडाँडा मा प्रदर्शन गरेका छन् । करिव एक घण्टासम्म मजदुरहरुले वनारावाजी सहित प्रदर्शन गरेका थिए । उनिहरुले उपाध्यक्ष डा.बाबुराम भट्टराईमाथि ज्यान मार्ने धम्की दिनेलाई कडा कारवाहीको माग पनि गरेका छन् । पार्टी अध्यक्ष प्रचण्ड निकटका शालिकरामजम्मरकट्टेलका सहयोगी जनक वर्तौलाले हिजो पार्टी कार्यालयको छतमा पसेरकेही दिनमै बाबुरामलाई सिध्याउने धम्की दिएको सार्वजनिक भएपछि उनिहरु प्रदर्शनमा उत्रेका हुन । सो धम्कीपछि उपाध्यक्ष डा.भट्टराईको सुरक्षाका लागि सरकारका तर्फबाट थप सुरक्षाकर्मीको व्यवस्था गरिएको छ भने पार्टिले पनि वाईसिएलको संख्यमा बृद्दि गरेको छ ।
माओवादीका प्रवक्ता दिनानाथ शर्माले केही अनुशासनहीन, उच्छृङ्खल एवम् अराजक व्यक्तिले माओवादी केन्द्रीय कार्यालयमा गई पार्टि उपाध्यक्ष बाबुराम भट्टराईको हत्या गर्ने जाल बुनिरहेको खुलासा भएपछि त्यसको घोर निन्दा गर्दै पार्टी दुःखित र चनाखो भएको जनाएका छन् ।  प्रवक्ता शर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो षडयन्त्रबारे थाहा पाएर बेलैमा पार्टीनेतृत्वलाई जानकारी गराउने भट्टराईका  सुरक्षामा खटिएकासुरक्षाकर्मी र जनमुक्ति सेनाप्रति धन्यवाद पनि दिएका छन् ।   साथै घटनामा संलग्न व्यक्तिहरूलाई छानविन गरी अनुशासनको दायराभित्र ल्याउनु पार्टीको दायित्व भएको ऊल्लेख छ ।
माओवादी उपाध्यक्षका बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की आएको बिषयलाई लिएर गृह जिल्ला गोरखामा उनी पक्षधर कार्यकर्ताले कोणसभा गरि बिरोध जनाएका छन् ।
मंगलबार दिउँसो करिव चार बजे सदरमुकामको हरमटारी चोकमा कोणसभा गरि सोमबार सार्वजनिक भएको घट्नाको बिषयमा बिरोध जनाएका हुन् ।
संस्थापन पक्षधरका कार्यकर्ताको उपस्थिती नरहेको कार्यक्रममा भट्टराई निकट मानिएका दुई कार्यकर्ताले मात्र कोणसभालाई सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा भट्टराईको ज्यान मार्ने योजना बनाएका जनक गर्तौलालाई पक्राउ गरी कारवाही गर्न सरकारसंग माग गरेका थिए ।
सभामा बोल्ने भट्टराई निकटका जिल्ला नेता यानप्रसाद भट्टले आफूहरुले गुट उपगुटको कार्यक्रम गरेको नभई गैरराजनीतिक तत्वको बिरोधमा कोणसभा गरेको बताए । ‘काल कोठरीभित्र बसेर बुनेका तानाबानाले आज मुलुकका मानब समुदायलाई स्तब्ध बनाएको छ’ उनले भने, ‘त्यसको भर्त्सना गर्न यो कार्यक्रमको आयोजना गरिएको हो ।’
अर्का बक्त्ता रमेश पोखरेलले पार्टीमा भएको गैरराजनीतिक तत्वहरुसंग जुनसुकै वेला लड्न तयार रहेको बताउदै पार्टी नेतृत्वसंग त्यस्ता ब्यक्तिलाई संरक्षण नगर्न अनुरोध गरे । कार्यक्रममा माओवादीमा लागेका करिब पचास कार्यकर्ता र दुई सय सर्वसाधारणको उपस्थिती रहेको थियो ।

चोर, डाँका हत्यारासम्म धमाधम माओवादीमा प्रवेश गर्ने होड निकै चलेको छ, पछिल्लो समयमा। यस्ता कलंकित पात्रहरू माओवादीमा प्रवेश गर्न किन तँछाड–मछाड गरिररहको छन् भन्ने तथ्यको सानो रहस्य भने केही दिनअघि खुलेको छ। दरबारमार्गस्थित क्यासिनो अन्नामा चौथो 'ग्रेड' अर्न्तगत कनिष्ठ क्यासियर पदमा कार्यरत माओवादीमा आबद्ध हत्या अभियोगी एक कार्यकर्तासँग मात्र चार करोडभन्दा बढीको सम्पत्ति रहेको प्रमाण भेटिएपछि तँछाड–मछाडको रहस्य खुलेको हो।
यसरी पक्राउ पर्ने हत्या अभियोगी हुन्, क्यासिनो अन्नाका माओवादी भातृ संगठनका पूर्व इकाइ अध्यक्ष कल्पदीप राई। वैशाख २६ गते राति आठ बजे आफ्नै सहकर्मी तथा क्यासिनो अन्नाका इकाई कोषाध्यक्ष ज्ञानुमान डंगोललाई गौंडा ढुकेर मरनासन्न हुन्जेल कुटेपछि माओवादी अन्ततः राईलाई पक्राउ गरी कारबाही गर्न बाध्य भएको हो। राई प्रचण्ड पक्षका मजदुर नेता शालिकराम जम्कट्टेलका खास भित्रिया हुन्। उता कुटाइ खाने डङ्गोल भने बाबुराम भट्टराई पक्षका। जुनसकै पार्टीमा भए पनि अपराधी भनेको अपराधी नै हो, मौका मिल्ना साथ उसले कसैलाई पनि छोड्दैन भन्ने ज्ञान पनि डंगोल घटनापछि माओवादीलाई भएको हुनुपर्छ। यसअघि एक दर्जन बढी गम्भीर प्रकृतिका अपराधमा मुछिएका राईलाई माओवादीले संरक्षण गर्दै आएको थियो। विगतका अपराध गरकै बेला माओवादीले राईलाई कानुनी कठघरामा उभ्याउन सहयोग गरेको भए शायद २६ गते उसका हातबाट आफ्नै एक बफादार कार्यकर्ता मरणासन्न हुने गरी कुटिनबाट बच्ने थिए। को हुन् राई? सल्यान जिल्ला जन्म घर भएका राई हाल ललितपुरको लामाटारमा दुई रोपनी क्षेत्रफलको जमिनमा बनेको घरमा बस्छन्। जबकि भत्तासहित उनको मासिक तलब १० हजार मात्र छ। ०६० सम्म उनी एमालेको विद्यार्थी संगठनमा आबद्ध थिए। ०६० को वार्ताकालमा राई माओवादीको सम्पर्कमा पुगे। त्यसबेला माओवादीले मजदुर र विद्यार्थी क्षेत्रमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएका थिए। माओवादी भइसकेर पनि चार महिना अघि सुरेन्द्र पाण्डे अर्थमन्त्री रहेका बेला एक भेटमा राईले म पनि एमाले नै हुँ भन्दै पुरानो कार्ड देखाएर आफ्नो स्वार्थी चरित्र भजाएका थिए। टयाक्सी ड्राइभर, ठेकेदारहरूको कुल्लीको हाजिर राख्ने काम गर्दै उनी होटल क्षेत्रमा छिरेका थिए। करिब ३२ वर्षका राईका दुई छोरी छन्। तीन वर्ष अघिसम्म उनी 'घर ज्वाइँ' बसेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनी नौ महिनाबाहेक निरन्तर होटल इकाईका अध्यक्ष रहँदै आएका थिए। कति छन् अभियोग? जिल्ला प्रहरी कार्यालय काठमाडौं, धादिङ र विभिन्न प्रहरी वृत्तहरूमा गरी करिब एक दर्जन किटानी जोहरी परेका छन् उनी विरुद्ध। तर जम्कट्टेल पक्षको दबाबमा प्रहरीले डङ्गोल कुटपिटको मात्र मुद्दा दायर गरेको छ राईमाथि। वैशाख ३१ गते सभासद्समेत रहेका जम्कट्टेल र अर्का मजदुर नेता बाबुराम गौतम उनलाई भेट्न हनुमानढोका पुगेका थिए। प्रहरीले भेट गर्न नदिएपछि जेठ १ गते केही मजदुरहरूलाई जबरजस्ती हुनमानढोका लगेर राईको पक्षमा नाराबाजी गर्न लगाएका थिए जम्कट्टेलहरूले। ०६६ असोजमा काठमाडौ स्युचारटारका दुई युवा निर्मल पन्त र पुष्कर डङ्गोललाई माओवादीले धादिङमा अपहरण गरी हत्या गरेका थियो। त्यो हत्यामा संलग्न रहेको भन्दै राईलगायत १७ जनाविरुद्ध किटानी जाहेरी परेको छ। सभासद्समेत रहेका जम्कट्टेलको निर्देशनमा युवाद्वयको हत्या भएको थियो। जम्कट्टेलमाथि पनि यो हत्यामा किटानी जाहेरी परेको छ। त्यसै गरी राईकै नेतृत्वमा दरबार मार्गस्थित उडल्याण्ड होटलका मालिक हरिलाल श्रेष्ठलाई अपहरण गरी जर्बजस्ती डेढ करोडको कागज गर्न लगाएको मुद्दा पनि प्रहरीमा दर्ता छ। प्रचण्ड सरकारका पालामा क्यासिनोमा छापा मार्न गएको प्रहरीको सञ्चारसेट राईले खोसेर बेपत्ता पारेका थिए। त्यसबेला माओवादीकै दबाबमा होटलले राईलाई जोगाउँदै ६० हजार रुपैयाँ तिरेको थियो। त्यस्तै राईले होटल हायातका इकाई अध्यक्ष (जो भट्टराई निकट हुन्) मुक्ति दाहाल, अन्ना क्यासिनोकै अर्जुनलाल श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको उजुरी पनि प्रहरीकोमा पुगेको छ। कसरी जोडे सम्पति? सामान्य परिवारका राईले कसरी चार करोडभन्दा बढी सम्पति जोर्न सफल भए? कुन–कुन कालो खेलमा उनले हात हालेका थिए? निकै चासोको विषय बनेको छ, यतिखेर यो घटना। त्यही बुझ्नका लागि प्रहरीले उनको अन्य पाटो अनुसन्धान गरिरहेको छ। राईको सम्पति उजागर भएपछि होटलका इकाइ अध्यक्षले त त्यति धेरै सम्पती जोहो गरिसकेका रहेछन् भने त्यसभन्दा बढी चलखेल गर्ने माओवादी नेताहरूले कति सम्पति कुम्ल्याएर लुकाएका होलान्? अनुसन्धानको विषय बनेको छ। स्रोतका अनुसार राईको नेतृत्वमा क्यासिनोका वाउन्सरहरूको एउटा समूह नै लुटपाट धन्दामा लागेको थियो। उनीहरूको लुटपाट शैली पनि अचम्मको थियो। क्यासिनोमा कसैले जुवा जितेपछि राईको निर्देशनमा वाउन्सरहरूको एउटा समूह होटलको गेटमा बस्दथ्यो। जुवामा जितेको व्यक्ति निस्कन लागेका बेला गेटमै पैसा लुटिन्थ्यो। जुवामा जितेको पैसा लुटिएको हुनाले लुटिने व्यक्तिले पनि प्रहरीमा उजुरी गर्न सक्दैन थिए। यद्यपि योजनामा लुटिएको घटनाको एक दर्जन उजुरी दरबारमार्ग प्रहरी प्रभागमा दर्ता भएका छन्। राईले घर खरिद गरेको कथा पनि निकै रमाइलो छ। स्रोतका अनुसार तीन वर्ष पहिले उनले लामाटारमा जग्गासहितको घर ३६ लाख रूपैयाँमा किन्ने सहमति गरी ३ लाख दिएर बैना गरे। तर डेड वर्षसम्म उनले घर धनीलाई बाँकी पैसा दिएनन्। माओवादीले लुकाएको कालो धनकै कारण राजधानीमा दिन दिनै जग्गाको मूल्य आकासिँदै गएपछि थुप्रै ग्राहक त्यो घर खरिद गर्न पुगेर ६८ लाख रुपैयाँसम्म दिने भए। त्यसपछि घर धनीले दुई वर्षसम्म पैसा दिनुभएन, अब वैना फिर्ता लैजानुस् मले घर अरुलाई नै बेच्ने भएँ भनेका थिए। तर, राईले आफू माओवादी भएकाले पुरानै मूल्यमा घर नदिए जे पनि गर्न सक्ने भन्दै धम्की दिएपछि ३६ लाखमै घरधनी घर छोड्न बाध्य भएका थिए। त्यो घर जग्गाको मूल्य मात्र अहिले तीन करोडभन्दा माथि पुगेको छ। यसबाहेक राजधानीका उद्योगी व्यापारी अपहरण गरेर र टेलिफोनमा धम्क्याएर पनि राईले लाखौं पैसा कुम्ल्याएका उनका सहकर्मीहरूको भनाइ छ। उनलाई पक्राउ गर्न गएको प्रहरी टोली उनको आलिशान घर देखेर अचम्ममा परेको थियो। 'सर्वहारा वर्गको मुक्तिभन्दा हाम्रो अर्को कुनै स्वार्थ छैन। मृत्यु वा मुक्तिबाहेक निजी सम्पती जोड्न हामी लागिपर्ने छेनौं' एकीकृत नेकपा माओवादीले युद्धकालमा यसै भनेर हजारौ गरिब जनताका छोरीछोरीहरूलाई आफ्नो पछि लगाएको थियो। तर, त्यही पार्टीका नेताहरूको आरामदायी जीवन र सम्पतिको त कुरै छोडौं, छोटे कार्यकर्ताहरूसमेतले करोडांै सम्पति जोडेको पाइएपछि विगतको वाचा 'उडायो सपना सबै हुरी'ले भन्ने गीतमा रूपान्तरण भएको छ।
एमालेका नेता केपी शर्मा ओलीले माओवादीका आफ्नै कार्यकर्ताले पार्टीकै वरिष्ठ नेताको हत्या योजना बनाउनु पार्टी भित्रको हिंसात्मक प्रवृतिको पछिल्लो उदाहरण भएको बताएका छन् ।
सोमवार पार्टीकै एक कार्यकर्ताले उपाध्यक्ष डा. बाबुराम भट्टराईको हत्या गर्ने षडयन्त्र गरिरहेको खुलासा भएको थियो ।
मदन–आश्रितको १८औं स्मृति दिवसको अवसर पारेर मंगलवार बाजुराको कोल्टीमा आयोजित आमसभामा बोल्दै ओलीले पार्टी भित्रकै जिम्मेवार कार्यकर्ताले नै खुलेआम आफ्ना बरिष्ठ नेताको हत्या योजना बनाएको घटनाले उनीहरु भित्रको हिंसात्मक मनोवृतिको पुष्ट्याई गरेको बताए । 'उनीहरु भित्रको हिंसात्मक मनोवृति संविधान निर्माणको प्रमुख बाधक हो' उनले भने, ‘माओवादीले शान्ति चाहेकै छैन् ।’
लेखक दयालबहादुर शाहीको प्रेरणाले आफु दुर्गम बाजुरा आएको बताउँदै ओलीले अहिलेको सरकारले जतिसुकै अवधि म्याद थपेपनि संविधान जारी गर्न नसक्ने ठोकुवा गरे । ‘२२ दल सम्मिलित सरकारले त सविधान बनाउन सकेन भने दुई दलको सरकारले संविधान बनाउन सक्ने कुरै छैन्’ उनले भने । संविधान निर्माण गर्नका लागि सबै दल सम्मिलित सरकार अनिवार्य रहेकोमा उनले जोड दिएका छन् ।
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । (If you want to Buy, Sale Home and Property in America ! I can Help you !) हाम्रा ग्राहकको सुबिधालाई ध्यानमा राखी हामीले स्थाईरुपमा आफ्नै Plumber/Handyman को पनि ब्यबस्था गरेका छौं । किचन, बाथ, ड्राइभ वे, स्टोर रुम, झ्याल, ढोका, ड्राइवाल, रुफ, प्लम्बिङ, पेन्ट सम्बन्धी काम लाइसेन्स प्राप्त ब्यक्तिबाट राम्रो डिलमा गराउनु परेमा पनि हामी तपाईंलाई सहयोग गर्न सक्छौं । - Ram Prasad Khanal - Realtor®, Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : rampdkhanal@gmail.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com/

2 comments:

  1. Bhadauma aankha futeko gorule jailetaile hariyo dekhcha bhane jhai maobadiko aalochana garnubhanda
    pahile aafno chhatima haat rakhera satya bolnu hola .poorbagrahi bhayera tikatippani garne haisyet tapainsanga chhaina.Be careful.OK

    ReplyDelete
  2. Moist feel it is serious matter to kill Bhaburam buy what is non-serious matter when they killed innocent people when they run so called people 's war.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक