20110617

प्रचण्डको हातमा छैन माओवादी, खुल्ला चुनौती दिदै अरु नेता !

उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेका  माओवादी सभासद बालकृष्ण ढुंगेललाई सर्वोच्चको यस्तो आदेश !
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले भन्दैमा आफूहरुको सुरक्षामा रहेका लडाकू नफर्काउने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले पार्टीमा छलफल गरेर आधिकारीक निर्णय नगरी गरिएको लडाकू र हतियार फिर्ता आफूरुलाई स्वीकार नभएको बताए । सुरक्षामा रहेका लडाकू र हतियार फिर्ता गर्नु भनेको निशस्त्रीकरणको सुरुवात भएको भन्दै उनले सेना समायोजन अगाडि नबढी हतियार नबुझाउने बताए । पार्टीभित्र अन्तरद्वन्द्व रहेको स्वीकार गर्दै सचिव गजुरेलले शान्ति प्रक्रियालाई कुनै असर नपार्ने दावी गर्नुभयो । उनले असार ५ गते भित्र शान्ति प्रक्रियाका मुलभुत विषयमा सहमति बन्न नसक्ने दावि समेत गरे । यता  सभासद बालकृष्ण ढुंगेललाई जेल चलान गर्न माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले बिपक्षीहरुका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले
निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा छलफलका लागि आगामी असार १२ गते अदालतमा उपस्थित हुन सभासद ढुंगेलसहितका बिपक्षीहरुलाई निर्देशन दिएको हो । साथै, निवेदकको माग बमोजिम ‘आदेश किन जारी गर्न नपर्ने हो’ भन्ने कारण सहित १५ दिनभित्र लिखित जबाफ समेत पेश गर्न सर्वोच्चले आदेश दिएको छ । सभासद ढुंगेललाई दुईबर्ष अघि नै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपनि आदेश कार्यान्वयन नभएपछि मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले एड्भोकेसी फोरमको कानुनी सहयोगमा जेठ ३१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा संविधानसभा सदस्यको पद खारेजी गरी सेवा सुविधा तत्काल रोक्न संविधानसभाका अध्यक्ष र मानवअधिकार उल्लंघन जस्तो गम्भीर मुद्दामा दोषी ठहरिएका सभासद ढुंगेललाई संविधानको धारा १५१ वमोजिम माफी गर्ने भनि सार्वजनिक वक्तव्य दिएकोमा गृहमन्त्रीलाई बिपक्षी बनाइएको थियो । रिट निवेदनमा सर्वोच्चको फैसला कार्यान्वयनमा प्रभाव पार्ने गरी आममाफीजस्ता उन्मुक्ति नदिनका लागि अन्तरिम आदेश मागिएको छ । सभासद ढुंगेलमाथि २०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारी गाविस ७ स्थित खहरे दोभानमा स्थानीय उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेको अभियोग छ । हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्मकैदको फैसलालाई सर्वोच्चले सदर गरेको थियो । अदालतको फैसलापछि पनि सभासद ढुंगेल अहिलेसम्म जेल चलान भएका छैनन् । ढुंगेल ओखलढुंगा क्षेत्र नम्बर २ का माओवादीका सभासद हुन्

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक