20110624

जब अमेरिकामा रहेका दुबै गुटका काङ्रेसीहरुले नेपालबाट अमेरिका स्वास्थ्य परिक्ष्यणका लागि आएका नेपाली काङ्रेसका सभापति शुसिल कोइरालालाई धुरुधुरु रुवाए !!!

कङ्रेस सभापति शुसिल कोइराला न त कुनै दिन कुर्सिका लागि मरी हत्ते गरे, न त मन्त्री, प्रधानमन्त्री बन्न लालायित भए । निस्ठाको राजनीति गर्ने एक कङ्रेसी नेताको रुपमा चिनिने यि कोइराला बरु अलिकती कम्जोर, सबैको चित्तबुझाउन खोज्दा आफु  सधैं तल पर्ने र सबैलाई तह  लगाउन नसक्ने देखिए,  पछील्लो समयमा आएर यिनी माओवादी आतंकका बिरुद्ध डेटर अडानका साथ लडे तर कृष्ण सिटौला जस्ता कङ्रेस भित्रका माओवादीहरुको सिकार बने । शुसिल कोइराला को अडान अहिले नेपालका लागि आबस्यक छ तर बिडम्बनाको कुरा नेपाली कङ्रेस भित्रका कुर्सिका भोकाहरु, सुजाता, शेर बहादुर र रामचन्द्र प्रब्रितिले उनलाई सधैं ब्रेक लगाइरहेको छ। नेपालमा हरेक दिन यही प्रब्रितिको सिकार बनेर रोइरहेका यि कमजोर तर सच्चा नेता अहिले अमेरिकामा रहेका छुद्र कङ्रेसिहरुका कारण रोइरहेका छन । स्वास्थ्य परिक्ष्यण गराउन आएका यि बिचरा नेताको अमेरिका मा दुई गुटमा बिभाजित कङ्रेसिहरुले हुर्मत लिइरहेकाछन र उनी अमेरिकामा पनि कङ्रेसीहरुको चर्तिकला देखेर धुरुधुरु रुन र नेपाल सम्झनमै ब्यस्त छन ।  सभापति कोइराला कार्यकर्ताकै सामु अमेरिकामा रोएका छन् । उपचारका क्रममा अमेरिकामा रहेका सभापति कोइराला कार्यकर्तको व्यवहार प्रति दुःखित हुँदै उनीहरुकै अगाडी रोएका हुन् । बिहीबार दिउँसो स्लोन क्याटरिङ क्यान्सर सेन्टरमा नियमित चेकअफ पछि निवासमा फर्किएका सभापति कोइरालालाई आ-आफनो आयोजनामा हुने कार्यक्रममा सहभागी हुन विवादित दुवै पक्षले दबाब दिएपछि भावुक हुदै कोईराला रोएका थिए । आदर गर्नुपर्नेमा कार्यकर्ताहरुको अभद्रताले पार्टी सभापति साह्रै दुखित भएका हुन् । आदर गर्नुपर्नेमा कार्यकर्ताहरुको अभद्रताले पार्टी सभापति विवादित सबैपक्ष सहभागी भएको कार्यक्रममा सभापति कोईराला भावुक देखिएका थिए । कार्यक्रममा बोल्दै कोईरालाले दुई हात जोडेर विवादित पक्षहरुलाई मिल्न आब्हान गरे । "यो झगडा के का लागि ?"। 
शुसिल दाईलाई हाम्रो आग्रह : शुशिल दाई, हामी आग्रह गर्दछौँ झलनाथले जस्तो माओवादीका अगाडि घुँडा नटेक्नुहोला, तपाईंको अडान कायमै रहोस्, यदी तपाईंले खुट्टा छोडे कुनै कङ्रेसिको भर छैन, उनिहरुपनी प्रचन्डका पछाडि दौडन सक्छन कुर्सिका लागि, हामी कङ्रेसी होइनौ तर नेपाली जनता हौँ, राष्ट्र र राष्ट्रियता भन्दा ठुलो केही छैन, यहाँको कङ्रेसी गाइजात्रा हेरेर रूने, अमेरिकाका सय दुइसय मान्छेका भेलामा भासण गर्ने, दुई गुटमा बाडिएर, दुई वटा जनसंपर्क समिती खोलेर अमेरिकामा पनि जगत हँसाउने कङ्रेसिहरुका बिच भासण भुसण गर्नुभन्दा बरु छिट्टै नेपाल फर्केर शान्ती र संबिधानका लागि जुट्न, माओवादीका अगाडि कुनै हालतमा नझुक्न र नेपालको अस्तित्व बचाइ राख्न तपाईंको भूमिका होस्, तपाईंको शिघ्र स्वास्थ्य लाभ होस्, तपाईं पनि बाँच्नुस् र राष्ट्रलाई पनि बचाऔं यही आग्रह । तपाईंलाई हामी छिटो अमेरिकाबाट नेपाल फर्काउन चाहन्छौ किनकी यो समयमा तपाईंको खाँचो नेपालमा छ ।         
 

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक