20110615

समाचार सुनेर नहाँस्नुस है ! मान्छेको आचिबाट बनाएको मासु रे !

 
खाद्यान्न समस्याको यस्तो विकराल परिस्थितीमा एक जापानी अनुसन्धानकर्ताले मानिसको दिसाबाट कृतिम मासु उत्पादन गरी प्रसंसनिय काम गरेका छन् । मानिसको ट्वाइलेट खेतीपाती तथा ग्याँस उत्पादनमा
प्रयोग भएको त सुनेको, देखेकै हो । तर यस्तो घिनलाग्दो बस्तुबाट पनि खान योग्य चिज बनेको चाहि सायद विश्वमै पहिलो घटना हो । जापानमा मानिसको दिसा र ढलले लतपतिएको माटोमा उल्लेख्य मात्रामा पाइने प्रोटिनलाई प्रोसेसिङ गरी कृतिम मासु बनाइएको ओकायामा प्रयोगशालाका बैज्ञानिकले बताए । माटोमा रहेको ब्याक्टेरियाहरुमध्ये धेरै मानिसको दिसाबाट आउने उनले प्रष्ट पारे । उत्पादनका क्रममा ब्याक्टेरियाहरुलाई अधिकतम ताप दिइने हुदा स्वास्थ्यलाई नकरात्मक असर नगर्ने र यसको स्वाद गाइको मासु खाएजस्तो हुने उनले थपे । रातो फुड कलरले कृतिम मासुलाई प्राकृतिक रङ्ग दिएको छ । पौष्टिक तत्वको हिसाबले उक्त मासुमा ६३ प्रतिसत प्रोटिन, २५ प्रतिसत कार्बोहाइड्रेड, ९ प्रतिसत मिनरल र ३ प्रतिसत लिपिड रहेको दाबी गरिएको छ । यो कृतिम मासु खाद्यन्न संकटको राम्रो सावधान हुने धेरैले अनुमान गरेका छन् । तर दुर्गन्धित दिसाजस्तो वस्तुबाट बनेको उत्पादन कतिले उपभोग गर्ने हुन्, यसमा भने शङ्का नै छ ।

4 comments:

  1. i am glad, nepal ko dherai cities haru clean hune bhayo aba.....

    ReplyDelete
  2. the best way to keep our beautiful rivers clean.

    ReplyDelete
  3. तपाँई को सल्लाहा प्रति म आभारी छु।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक