20110701

ए एन ए सम्मेलन शुरु, यस्तो रह्यो उद्घाटन समारोह, हेर्नुस् भिडियो र फोटोहरु ! पूर्व अध्यक्ष्यहरु सम्मेलनमा अनुपस्थित !


ए एन ए भित्रको गुटबन्दी र बिबादको असर यसरी देखियो, बिबाद र गुटबन्दी नगरी दुबै पक्ष मिलीदिएका भए कती राम्रो हुँदो हो, यसमा दुबै पक्षले ध्यान दिउन, हाम्रो जस्तै उपस्थित सबैको एउटै भनाइ थियो "हामीलाई फुटेको होइन जुटेको ए एन ए चाहिन्छ, जुँगाको लडाईं लड्नेहरु होइन निस्वार्थी नेत्रित्व चाहिन्छ ।"  उदघाटन समारोहका फोटोहरु र भिडियोहरु आफै यसरी बोल्छन हेर्नुस् भित्र .....!
फोटोहरु स्लाइड शो मा हेर्नुस् !





उदघाटन समारोहमा भन्दा बरु कबिता महोत्सबमा बरु उपस्थिती अलिकती राम्रो देखियो तर यो पनि प्रयाप्त थिएन,  किनकी यो अन्तरराष्ट्रिय कबिता महोत्सब थियो ! हेर्नुस् भिडियो र फोटोहरु आँफै यसै बोल्छन ।  

फोटोहरु स्लाइड शो मा हेर्नुस् !


ANA Media Forum's Photo



ANA sanghiyata Forum





अरु कार्यक्रम खल्ला भए पनि अन्तराष्ट्रिय कबिता महोत्सब र रातिको ट्यालेन्ट शो अत्यन्त आकर्सक थियो र प्रसँसा गर्न योग्य थियो, यस्तो राम्रो कार्यक्रम तर हल आधा खाली देख्दा मन खिन्न हुन्थ्यो !  

डिसीमा एएनएको २९ औं सम्मेलन जारी
वासिङ्टन डिसी, असार १७ ।
एसोसिएन अफ नेपलिज ईन अमेरिका (एएनए)को २९ औं सम्मेलन शुक्रबारदेखि विधिवतरुपमा शुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माले स्थानीय मेरियट होटलमा एक भव्य समारोहवीच सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
पहिलो दिन नै अमेरिकाको ५० राज्य तथा क्यानाडाबाट गरी १ हजार ५० जनाले रजिस्ट्रेसन गराइसक्नुभएको छ  । यसमा थप सदस्य आउने क्रम जारी छ । सम्मेलनको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा थप ७ सयको सहभागिता रहेको छ ।
उत्तर अमेरिकामा बसोवास गर्दै आएका नेपालीहरुको सबैभन्दा पुरानो संगठन एएनएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत शर्माले नेपाली डायस्पोराले एकजुट भएर नेपालको विकासमा सहयोग गर्नुपर्ने बताउनु भयो । ‘एकताले अमेरिकामा रहेका नेपालीहरुलाई नेपालको पर्यटन, व्यापार र लगानी प्रोत्साहित गर्न सघाउ पु¥याउनेछ’ शर्माले भन्नुभयो । यस्ता कार्यक्रमले नेपाल र अमेरिका दुवै ठाउमा महत्वपूर्ण भुमिका खेल्न सक्ने कुरामा उहा“ले जोड दिनुभयो । नेपाल र अमेरिकावीचको सहयोग अभिबृद्धि हुदै गएको बताउ“दै उहा“ले ७ बर्ष अघि बन्द भएको पिस कोर भोलिन्टियर छिटै शुरु हुने जानकारी समेत दिनुभयो । नेपालमा दैवी प्रकोप उद्दारका लागि अमेरिकी सरकारबाट ठूलो सहयोग प्राप्त हुन लागेको उहाले बताउनुभयो ।
आयोजकहरुले सम्मेलनलाई भेटघाट, मनोरन्जन, विचार विमर्श र राष्ट्रियताप्रतिको लगावको समिश्रणका रुपमा लिएको बताएका छन् । ‘एकता र आपसी समन्वय’ लाई मूल नारा बनाएको यसपटकको एएनएको उद्घाटन कार्यक्रममा वाणिज्यदुत एवम कलाकार प्रेमराजा महत, गायिका नलिना चित्रकार, खेम संग्रौला, न्हुन्छेमान डंगोल लगायतका कलाकारले नेपालको राष्ट्रिय गान गाएका थिए भने स्थानीय कलाकार आस्था श्रेष्ठले अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गर्नुभएको थियो ।
एएनए स्वतन्त्र कार्यदलका अध्यक्ष छेवाङ लामाले आपसी मनमुटाव बिर्सन सके नेपाली डायस्पोराले नेपाल र नेपालीहरुको हितमा धेरै काम गर्न सक्ने बताउनु भयो । सम्मेलन तयारी समितिका संयोजक हेमन्त श्रेष्ठले विविध कारणवश यसपटक तीन महिनाभित्र सम्मेलनको तयारी चुनौतीपुर्ण रुपमा पुरा भएको जानकारी दिनुभयो । कार्यक्रममा सभापतिको रुपमा एएनए अध्यक्ष सिमोन ढुङगानाले एएनएलाई समय सापेक्षिक परिवर्तन गर्नु पर्ने आवश्यकतामा जोड दिनु भएको थियो ।
यसपटक एएनएमा नौलो अध्यायको रुपमा ‘मीठो भेटघाट’ कार्यक्रम राखिएकोले युवा युवतीहरुको उल्लेखनीय उपस्थिति रहेको छ । 
औपचारिक उद्घाटनपछि एएनएलाई संघीय प्रणालीमा लैजाने सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका विशेष आकर्षण हुनुहुन्थ्यो अमेरिकी संसदको तल्लो सदन कँग्रेसका उम्मेदवारी घोषणा गरेका दर्शन रौनियार । कार्यक्रममा एएनएलाई उत्तर अमेरिका र क्यानडामा विस्तार गर्न संस्थालाई संघीय स्वरुपमा लैजाने बारे छलफल भएको थियो । जुन छलफलबाट प्राप्त सुझावहरुलाई एएनए नेतृत्व समक्ष प्रस्तुत गरिनेछ ।
यसैगरी शुक्रवार नै नेपाली बाल बालिकाहरुलाई अमेरिकी मिडियामा कसरी अवसर दिलाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर मिडिया च्याट एण्ड मिडिया ट्य्राकको आयोजना गरिएको थियो ।
यसैगरी सिएनएनमा कार्यरत् जोन साञ्जालिकले पनि मिडिया अनुभव बारे चर्चा गर्नुभएको थियो । शुक्रवार नै साहित्यकार गोबिन्द गिरी प्रेरणाको संयोजकमा पुस्तक प्रर्दशनी गरियो । यसैगरी बालबच्चाहरुको किड्स क्याम्प,फुटबल,भलिबल,बास्केटबल लगायतका खेलकूद प्रतियोगिता,प्रतिभा प्रदर्शन र उत्तर अमेरिका नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

नुवाकोटका कवि तामाङलाई उत्कृष्ठ पुरस्कार
यस बर्षको हेम सरिता भानुभक्त काब्य पुरस्कार नुवाकोटका कवि रामबहादुर तामाङको कविता ‘सम्बोधन’ लाई प्रदान गरिने भएको छ । १ हजार अमेरिकी डलर राशी र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी शर्मा मुडभरी मोतिराम काब्य पुरस्कार क्यानाडामा वसोबास गर्दै आउनु भएकी भावना पोखरेको कविता ‘चराहरु’ लाई दिइने भएको छ । दोस्रो स्थानको यो पुरस्कारमा ३ सय डलर र प्रमाणपत्र रहेको छ । यसैगरी पोखराका शरण आ“शुले बशुन्धरा गणेश रोक्का देवकोटा काब्य पुरस्कार जितेका छन् । यसमा २ सय डलर नगद र प्रमाणपत्र रहेको छ । नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा सम्मेलनस्थलमा भएको अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०११ को अवसरमा यो पुरस्कारको घोषणा गरिएको हो । नेपाली साहित्यको कविता विधामा प्रदान गरिने यो पुरस्कार सम्भवतः सबैभन्दा बढी धनराशीको हो ।
संसारभरबाट २ सयभन्दा बढि कवितामध्येबाट कविता छानिएका हुन् । नेपालबाट आएका बरिष्ठ साहित्यकारहरुको उपस्थितिमा आयोजित कवि गोष्टीकौ क्रममा विजयी कविवहरुको घोषणा गरिएको थियो । गोविन्द सिंह रावतको संयोजकत्वमा रहेको छनौट समितिले कविता चयन गरेको हो ।

नेपाली साहित्य प्रतिष्ठानको  निम्तोमा आउनु भएका बरिष्ट कवि एवं कवयित्रीहरु क्रमशः चन्द्रकला नेवा, पद्यमावती सिंह, विश्वविमोहन श्रेष्ठ, ललिता दोशी, गोविन्द गिरि प्रेरणा, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदीलगायतले कविता वाचन गर्नु भएको थियो । विजयी कविहरुलाई वेग्लै समारोहवीच पुरस्कार हस्तान्तरण गरिने छ ।

प्रथम पुरस्कारका प्रायोजक एवं हेम सरिता पाठक साहित्य प्रतिष्ठानका संस्थापक हेम पाठकले देशबाट टाढा रहेपनि नेपाललाई सहयोग गर्ने हात अघि बढाउने प्रयाश आफूले थालेको बताउनु भएको थियो । नेपाली दुतावासका प्रथम सचिव आनन्द शर्माको प्रमुख आतिथ्य तथा बशन्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम हेमन्त श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

- GUNARAJ LUITEL
Media Coordinator
29th ANA Convention, Washington DC, USA
TEL: 703-720-0360

Please wait for more video and photo

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक