20110729

माओवादीको पदाधिकारी बैठकले आफ्ना मन्त्रीहरुको सपथ नगाएर प्रधानमन्त्री खनालले पुरै माओवादी पार्टीको अपमान गरेको ठहर

   नारायणकाजी श्रेष्ठको घर केहीदिन यता प्रहरीको घेरामा
माओवादीको पदाधिकारी बैठकले आफ्ना मन्त्रीहरुको सपथ नगाएर प्रम खनालले पुरै माओवादी पार्टीको अपमान गरेको ठहर गरेको छ। आज पेरिस डाँडामा भएको बैठकले मन्त्री थप्ने/घटाउने अधिकार सम्बन्धित दलको हुने समेत ठहर गरेको छ। बैठकले शनिवार मन्त्री सपथबारे प्रम खनालबाट अन्तिम धारणा माग्ने भएको छ। आफ्नै दल र प्रतिपक्षी कांग्रेसको दबाबमा प्रधानमन्त्री खनालले माओवादीले सिफारिस गरेका २४ मन्त्री र राज्यमन्त्रीको शपथ गराउन सकेका छैनन् । उनको घरमा टन्नै सुरक्षा दस्ता छन् । दिन,रात र विहान गरेर फरुक फरक अनुहारका सुरक्षाकर्मी उनलाई विन्ति चढाउन आईपुग्छन । उनी अर्थात उधारो गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश । तर जागिर बचाईदिन,सरुवा वा बढुवा गराईदिन आग्रह गर्न भने ति प्रहरीले एकाविहानै त्यहा पुगेका होइनन, नत रातविरात त्यही बसेका हुन । तर सुरक्षाको कारण देखाउदै
नेकपा माओवादीले उपप्रधान तथा गृहमन्त्रीका लागि सिफारिस गरेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर केहीदिन यता प्रहरीको घेरामा परेको छ । गत साउन ८ गते माओवादीले उनलाई गृहमन्त्रीमा सिफारिस गरेलगत्तै एक भ्यान सुरक्षाकर्मी उनको घरमा पुगेका हुन् । ललितपुरकेा झम्सिखेलस्थित सपथ नखाएका गृहमन्त्री श्रेष्ठको घरमा करिव १२ जना सुरक्षाकर्मीको तैनाथी बढेपछि रमिता बनेको बताउँछन स्थानीय बासिन्दा । नाम उल्लेख नगर्ने सर्तमा एक जना स्थानीयले भने टिभीमा हर्दा सपथका लागि सहमति नभएको समाचार आउछन् यहा नेता ज्युलाई गृहमन्त्रीलाई भन्दा चर्का सुरक्षा छ । पार्टीका अरु नेतालाई जनसेनाले सुरक्षा दिँदा एक जना प्रहरीको मात्रै भरमा हिडडुल गर्ने नेताका घरमा अहिले रातदिन प्रहरीको तैनाथि बढेपछि स्थानीयबासिन्दा आफूहरुको पनि सुरक्षा बढेको बताउछन् । पार्टीबाट गृहमन्त्रीमा सिफारिस भएपनि प्रधानमन्त्री र प्रमुख सत्ता साझेदार एमालेले स्वीकार नगर्दा उनी उधारो गृहमन्त्रीमात्रै बन्ने सम्भावना बढेको छ । श्रेष्ठ निकट स्रोतका अनुसार अहिले सरकार र माओवादीलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएकाले पनि कडा सुरक्षा चाहिएको हो । उनी निकट स्रोतले नेपाली हेडलाइन्सलाई भन्यो फेरी यही सरकारका उर्जामन्त्री आक्रमणमा परेको नजिर पनि विर्सिनुभएन नि । हामी त खटाएको ठाउामा आउने हो उधारो भएपनि नगद भएपनि गृहमन्त्रीमा सिफारिस भएको भनेर सुरक्षाका लागि खटाइयो त्यसैले हामी आयौ यो हाम्रो जिम्मेवारी हो, एकजना प्रहरीले भने । तर, मन्त्री भइन्छ या भईदैन पहिल्यै मन्त्रीको जस्तो सान भयो उनकेा भनाई उधृत गर्दै स्रोतले भन्ये । पदमा नपुगी गृहमन्त्रालय मातहतका प्रहरीको सुरक्षामा बस्नुपर्दा उनलाई भित्रभित्रै अप्ठेरो लागेको उनको पारिवारिक स्रोतले बताएको छ । करिव एक बर्षअघि घरमा चोरी हुदा पनि श्रेष्ठले थप सुरक्षाकर्मी मागेका थिएनन ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, १३ वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese in America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                                  
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

1 comment:

  1. maan bhaeko party ko po apamaan hunchha.kunai maan nai nabhaeko party ko keko apamaan??????????

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक