20110829

संबिधान नबनाउने सभासद्को फेरी ३ महिना म्याद थप, १७ हजार को ज्यान लिने दोस्रा नायक पैतिसौं प्रधानमन्त्री

भारतले मधेसी दललाई मनाएर बाबुरामलाई प्रधानमन्त्री बनाइदियो, देश झनै अन्यौलतामा !
   व्यवस्थापिका स‍ंसदको साँझको बैठकले स‍ंविधान सभाको म्याद तीन महिना थप गरेको छ। म्याद थपको व्यवस्था गरिएको अन्तरिम संविधान २०६३ को दसौँ संशोधन विधेयकलाई संसदले दुई तिहाई बहुमतले पारित गरेपछि संविधान सभाको म्याद अब मंसिर १४ सम्म हुन पुगेको छ। संविधान संशोधनका लागि भएको
मतदानमा ५४१ सभासद उपस्थित भएकोमा विधेयकको पक्षमा ५३७  मत र विपक्षमा ४  मत परेको थियो। राप्रपा नेपालले संशोधनको विपक्षमा मत दिएको थियो। देशका ३५ औँ प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराईले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यसैगरी आजै उपप्रधान तथा गृहमन्त्रीका रुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रधानमन्त्री भट्टराईले शपथ गराएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत संसद्का साना दलको समर्थनमा माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित भएका छन्। संसद्मा आइतबार अपराह्न भएको चुनावमा उनले प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र पौडेलभन्दा १ सय ५ मत बढी ल्याए। मताधिकार रहेका ५ सय ९१ मध्ये ५ सय ७५ सभासदको मत खसेकामा भट्टराईले ३ सय ४० ल्याए भने पौडेलले २ सय ३५।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक