20110921

अन्तराष्ट्रिय कलाकार मँचको वाशिङ्टन डिसीमा पनि डिसी म्याट्रो च्याप्टर गठन , अन्यत्र पनि बिस्तारको क्रम जारी

संसारभर रहेका कलाको जुनसुकै बिधाका इच्छुक कलाकारहरुलाई संपर्कमा आउन अन्तराष्ट्रिय कलाकार मँचको आव्हान
संसार भर शाखा उपशाखा गठन गर्दै अन्तराष्ट्रिय स्तरको कलाकार सन्जाल बनाउने अभियानका साथ अगाडि बढेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना भएको छ। अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष
रामप्रसाद खनालको उपस्थितीमा भर्जिनियाको सेन्टिलीमा सम्पन्न कलाकारहरुको एक भेलाबाट अन्तराष्ट्रिय कलाकार मँचको डिसी म्याट्रो च्याप्टरको अध्यक्षमा गायक एबम बाद्यबादक मुरारी नराल, उपाध्यक्षमा कलाकार रामचन्द्र लामिछने, महासचिबमा बाद्य बादक राजन अधिकारी, कोशाध्यक्षमा गायक शुसील श्रेष्ठ, निर्बाचित हुनुभएको छ। कार्य समितिको सदस्यहरुमा न्रित्यँगना गीता सुबेदी, लोक तथा दोहोरी गायक द्वय कमल खनाल र रमेश परियार, गीतकार सकुल कोइराला, कलाकारहरु ठाकुर ढकाल, रमेश कोइराला निर्बाचित हुनुभएको छ। कार्यक्रममा मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले नब निर्बाचित डिसी म्याट्रो च्याप्टर परिवारलाई बधाई दिदै कुनै राजनीतिक बिचारबाट नभै कला र सन्स्क्रितीको बिचार  बाट प्रेरित भै काम गर्न नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो । सो अबसरमा नब निर्बाचित सबैले आफ्नो मन्तब्य राख्दै अन्तराष्ट्रिय कलाकार मँचलाई अगाडि बढाउने प्रतिबध्दता जाहेर गर्नुभएको अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपाल द्वारा प्रकासित प्रेस रिलिजमा जनाइएको छ।
डिसी म्याट्रो च्याप्टर का अध्यक्ष मुरारी नराल, कोसाध्यक्ष शुसील श्रेष्ठ र महासचिब राजन अधिकारी को कला यी भिडियोमा देख्न सक्नुहुन्छ ।


स्मरण रहोश संसार का बिभिन्न देश मा अन्तरराष्ट्रिय कलाकार मँच का १० भन्दा बढी शाखा गठन भैसकेका छन भने अरु देश मा पनि गठन गर्ने क्रम जारी छ । यस अघी केन्द्रिय समिती यसरी बिस्तार गरिएको थियो हेर्नुस् त्यो समाचार पनि तल : 

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार सम्मिलित 48 सदस्यीय नयाँ कार्यकारी समिती निर्माण गर्दै अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती पुनर्गठन 

 

करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देश हरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय  रुपमा काम गरिरहेको,  हाल सम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तराष्ट्रिय कलाकार मँच पुनर्गठन/बिस्तार गरिएको छ । अन्तरास्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य, चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा सन्स्क्रिती सँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र शलभ, सरोज खनाल रहनुभएको छ ।
मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल
रहनुभएको छ ।  
  • मँचको केन्द्रिय कार्य समितिका सम्मानित सदस्य (Honorable Member) हरुमा सुप्रसिद्ध चलचित्र नायिकाहरु शर्मिला मल्ल, सारँगा श्रेष्ठ, पूजा चन्द, हाँस्य नायक दीपक राज गिरी, नारायण त्रिपाठी, चर्चित कलाकार दीपा श्री निरौला, गोपाल अधिकारी (ट्वाकेन्द्र), नेपाली पप स्टारहरु राम श्रेष्ठ, सन्जीब प्रधान, सरिश्मा आमात्य, प्यारोडी किंग रतन सुबेदी, लोकप्रिय गायक गायिकाहरु ममता दीप बिम, सपना श्री, रोशन गुरुङ, जगदीश  समाल, दिनेश भण्डारी, पवन ओली, बरिस्ठ कलाकारहरु हरी सिवाकोटी, रचना सिंह, अनिल पाण्डे, बरिस्ठ बाद्य बादकहरु राज कपुर, तिलक श्रेष्ठ , राजेन्द्र कर्ण, बिमल बुढाथोकी, न्रित्य स्टार, निर्देशक, कोरियोग्राफरहरु श्याम खड्गी, बिजय नकर्मी, यज्ञमान शाक्य, नब प्रतिभा मध्येबाट कलाकार जेनी पाठक, कानुनी सल्लाहकारमा अमेरिकाका लोकप्रिय युबा कानुनब्यबसायी डिल्ली भट्ट, प्रेस सल्लाहकारमा अमेरिकाका पत्रकार प्रदीप थापा मगर रहनुभएको छ । यो कार्य समिती पुनर्गठन गर्दा पुरानो कार्यसमितीका साथीहरु र थप कलाकार साथीहरु समेटेर पुनर्गठन गरिएको अन्तरास्ट्रिय कलाकार मँचले जनाएको छ। मन्च ले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै केन्द्रिय समिती बिस्तार गर्ने, हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म १० वटा शाखा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनाल का अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ। निकट भबिस्यमै मन्च मा आबद्ध सबै कलाकारले डिसी मेट्रो एरियामा र अमेरिकाका बिभिन्न शहरमा बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्न तयारी शुरु गरेको प्रबक्ता प्रकाश नेपाल ले बताउनुभयो । मन्चका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु   वा www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ । मन्चको वेब साइट छिट्टै अपग्रेड गरिने र यस कार्यका लागि मन्चका नब निर्बाचित सचिब एबम प्रबक्ता प्रकाश नेपाललाई ( जो सिनियर सफ्टवयर इन्जिनियर पनि हुनुहुन्छ ) कार्य समितिले जिम्मेवारी सुम्पेको छ । यसै बिच अन्तराष्ट्रिय कलाकार मन्चको नेपाल शाखाका अध्यक्ष बरिस्ठ कलाकार शिवहरी पौडेलले नेपाल शाखा बिस्तार गर्न लागिएको र केही दिन भित्रै यो कार्य सम्पन्न गरिने बताउनुभएको छ भने क्यानाडामा पनि अन्तराष्ट्रिय कलाकार मन्चको क्यानाडा शाखा गठन भएको छ ।                                                                           अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकी नियम कानुन अनुसार यसरी दर्ता भै सरकारी मान्यता प्राप्त छ : 


             

विश्व भर नै कलाकारको एउटा ठुलो सन्जाल बनाउने निती, क्यानाडामा पनि स्थापना भयो अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा

विश्वका अन्य मुलुकका साथै अमेरिकाको बिभिन्न स्टेटमा समेत  शाखाहरु विस्तार गर्दै अगाडी बढी रहेको  अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा अहिले क्यानाडामा पनि स्थापना भएको छ | सो शाखाको  अध्यक्ष्यमा  चलचित्र नायक, निर्माता, कलाकार  इश्वर थापा, उपाध्यक्षमा कलाकार कमल थपलिया, सचिवमा गायिका तथा कवयत्री राधिका खरेल (वहा हाल एन आर एन क्यानाडाको कोषाधक्ष्य पनि हुनुहुन्छ) भने सदस्य हरुमा
गायक रामकाजी मोक्तान,  तेन्जिंग भुटिया हुनुहुन्छ,. अन्य क्यानाडा बासी नेपाली कलाकार हरु पनि छिट्टै संस्थामा संलग्न  हुने क्रममा छन् भने सल्लाहकारहरुमा तेक्वान्दो खेलाडी तथा कलाकार राजकुमार राई, मन्च का केन्द्रिय
सदस्य हरि सिवाकोटी , एनआरएन क्यानाडाका अध्यक्ष्य डा. बिनोद के.सी हुनु हुन्छ | क्यानाडाकालागि नेपाली राजदुतलाई पनि बिशेष आमन्त्रित सल्लाहकारका रुपमा आमन्त्रण  गरिएको छ। अध्यक्ष्य थापाले केही समयभित्रै यसलाई अझ बिस्तार गरी क्यानाडाका सबै कलाकारहरुलाई समेटेर अगाडि बढीने बताउनुभयो । मँचको केन्द्रिय कार्य समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले नब निर्बाचित क्यानाडा शाखाका सबै कलाकारहरुलाई बधाई दिदै गीत, संगीत, कला, सँस्क्रिती र कलाकारहरुको विश्वब्यापी सन्जाल बनाउने अभियानमा क्यानाडा शाखाले पनि महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वाश ब्यक्त गर्नु भएको छ।  स्मरण रहोस् हाल सम्म संसार का बिभिन्न देश हरु र अमेरिका मा समेत गरी अन्तरराष्ट्रिय कलाकार मँचका १० वटा शाखा गठन एबम बिस्तार भैसकेका छन भने अन्य देश हरु, शहरहरुमा समेत यो मँच का शाखा हरु बिस्तार हुने क्रममा छन । 

  • मन्च ले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ ।  विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनाल का अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ।  मन्चका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु   वा www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ ।   for more detail about International Artists Forum please visit this site too

http://iafusa.blogspot.com/

 

अन्तराष्ट्रिय कलाकार मँचको अत्यन्त जरुरी सुचना !

अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु,
अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दै छौ संसार भर। इच्छुक कलाकार ले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेट मा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षा का लागि योगदान दिन सक्नुहुन्छ ।
- राम प्रसाद खनाल, अध्यक्ष - 703-419-0924
- रमेश उप्रेती - महा सचिब - 443-824-2166
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141
ईमेल : internationalartistsforum@gmail.com

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक