20110908

"मान्छे मार्ने डाक्टर" बाबुराम भट्टराईको सरकारको राष्ट्रघाती निर्णय, अब नेपाली राष्ट्रिय पोशाक पनि हरियो !

भारतीय गुलामी गर्दै मधेसी माग अनुसार नेपाली राष्ट्रिय पोशाक खारेज !
- Sanat Sharma, Kathmandu
गच्छेदार र जेपी जस्ता भ्रस्टाचारी सँग साँठ गाँठ गर्दै प्रधानमन्त्री बनेर मुस्ताङ गाडीको नाटक गर्ने अनी अरु नेता जस्तो होइन भन्ने बाबुराम हेर्दै जानुस् झन खतरनाक प्रधानमन्त्री हुन सक्छन नेपालका लागि, ज्यान बचाउने डाक्टर को पो विश्वाश गर्न सकिन्छ यि त मान्छेको ज्यान लिने डाक्टर पो त, अझ यस्तालाई राम्रो देख्ने हाम्रा महान बुद्धिजिबीहरु देख्दा पो आश्यर्य लाग्छ बा ! के थाहा बाबुराम को प्रसँशा गर्ने हरुलाई, उनी हरुका आफन्त जन का घाँटी रेटिएको भए, अपहरणमा परेको भए, यिनिहरुबाट पीडित भएको भए पो थाहा हुन्थ्यो, यस्तै नेपाली कुबुद्धिले गर्दा झुण्डाउनु पर्नेहरु आज देशका नायक भएका छन भने नायक बन्नुपर्नेहरु खलनायक बनाइएका छन । आज दौरा सुरुवाललाई राष्ट्रिय पोशाक मान्ने गरी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेको निर्णय प्रधानमन्त्री बाबुराम भट्टराई
नेतृत्वको सरकारले खारेज गरेको छ । मन्त्री परिषद विस्तार भएपछि विहीबार पहिलो पटक बसेको मन्त्री परिषदको बैठकले मधेसी मोर्चासँग भएको चार बुँदे सहमति अनुसार दौरा सुरुवाललाई राष्ट्रिय पोशाक बनाउने निर्णय खारेज गरेको हो । यो निर्णय सँगै अब नेपालको राष्ट्रिय पोशाक छैन । आफु आफूले लगाउने लुगानै राष्ट्रिय पोसाक हुने छ । आजको बैठकमा प्रधानमन्त्रीकोतर्फबाट तत्तकाल नेपाली जनतालाई राहत दिने गरि राहत कार्यक्रम प्रस्ताव भएकोमा मधेसी दलहरुले आफूहरुसँग सल्लाह नै नगरी कार्यक्रम ल्याएको भन्दै आपत्ति प्रकट गरेपछि राहत कार्यक्रम भने पारित हुन सकेन । मोर्चाबाट सरकारबाट सहभागी मन्त्रीहरुले मधेसवादी दलहरुसँग छलफल नै नगरी सयूक्त सरकारको अवधारणा विपरित कार्यक्रम ल्याएको र त्यसमा
मधेसलाई राहत दिने र चार बुँदे सम्झौतामा भएका विषय पनि छुटेको भन्दै आलोचना गरेका थिए । त्यपछि बैठकले अर्थमन्त्री वर्षामानपुन, स्वास्थ्यमन्त्री राजेन्द्र महतो, भौतिक योजना मन्त्री हृदयेश त्रिपाठी र उर्जामन्त्री पोष्टबहादुर बोगटी सहभागी रहेको एक समिति गरेको छ । जसले आज दिनभरी छलफल गरेर राहत कार्यक्रमलाई संसोधन गर्ने छ । आजैको मन्त्री परिषदको बैठकले सरकारको प्रवक्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई तोकेको छ । त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा दिपेन्द्र बहादुर क्षेत्री सदस्यहरुमा जनक साह, शिवकुमार राईलाई नियुक्त गर्ने, प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामरिझन यादव र राजनीतिक सल्लाहकारमा देबेन्द्र पौडेललाई र परराष्ट्र मन्त्रालयका कामु सचिवमा दुर्गा भट्टराईलाई नियूक्त निर्णय गरेको छ । परराष्ट्र सचिव मदनकुमार भट्टराई जापानको राजदुतमा नियूक्त हुने निश्चित भएकोले कामु सचिव नियूक्त गरिएको हो । मन्त्री परिषदको भ्रमणले संयूक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री १३ सदस्यीय टोलीको नेतृत्व गर्दै आगामि असोज २ गतेबाट आफ्नो भ्रमण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ । त्यस्तै संसदमा प्रस्तुत समावेसी विधेयकलाई फिर्ता लिएर त्यसलाई परिमार्जन गरि प्रस्तुत गर्ने निर्णय पनि भएको बताईएको छ ।

2 comments:

  1. yedi baburam le sachhai nai bharatko isarama daura suruwal khoseko bhaye baburam ko rajniti sakiyo bhane hunchha.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक