20111001

कती सम्म बोल्न सकेका है लाजै पचाएर हेर्नुस् त ! "ज्ञानेन्द्रको निर्देशनमा वैद्य पक्षले पार्टी फुटाउन खोज्योः मन्त्री"

नालायक माओवादीहरु आफु आफु बिच लड्छन अनी बिच मा तान्छन चुप लागेर बसेको, ओरालो लागेको हरिण पूर्व राजा ज्ञानेन्द्र शाहलाई, कती सम्म बोल्न सकेका है लाजै पचाएर हेर्नुस् त ! हुन त यिनिहरुलाई के को लाज के को शरम ! समाचार आँफै हेर्नुस् र मुल्याङ्कन गर्नुस् यहाँ भन्दा बढी भन्न मन लागेन हामीलाई !   
काठमाडौं, असोज १४ — संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य गोपाल किराँतीले पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा मोहन वैद्य पक्षले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ । ज्ञानेन्द्रको निर्देशनमा वैद्य पक्षले पार्टी फुटाउन खोज्योः संस्कृति मन्त्री किराँती 
सुनसरीको इटहरीमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले पूर्व राजा ज्ञानेन्द्र शाहको सम्बन्ध र साँठगाँठ पार्टीका केही नेतासँग बढ्न थालेको बताउनुभयो । ज्ञानेन्द्रको इशारा र निर्देशनमा पार्टी फुटाउने कोशिसमा वैद्य पक्ष लागेको किराँतीको  आरोप छ । किराँती प्रचण्ड निकट नेता हुनुहुन्छ । मन्त्री किराँतीले हिन्दी फिल्ममा जस्तो २४ घण्टाभित्रमै नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जादूमय परिवर्तन गर्न नसक्ने बताउनुभयो । मन्त्री किराँतीले रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्तिलाई राजनीतिको गलत खेती गर्नेहरुले बंग्याएको दाबी गर्नुभयो ।

2 comments:

  1. yo gadhale yo bhanda aru ke nai bhanna janeko chha ra ?aaja sojha sajha janatalai aarthik ra maanasik roopma lutna lai nai communist hudai MAOWADI bhayo.yo bhanda ahgi aafu kun dharatalma t

    ReplyDelete
  2. yo gadha lai mala lagauna jutta sankalan garnu paryo. j man lagchha tyahi barbaraudo raichha, yaslai upachar garna patan manasik hospital ma bharna garne ho ki sathi ho.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक