20111006

पूर्व राजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामवरण, प्रधानमन्त्री बाबुराम, काँग्रेसका सभापति सुशील कोइराला, शेरबहादुर देउवा लगायतले दशैंको अवसरमा शुभकामना सन्देश दिदै के के भने हेर्नुस्

पूर्व राजा ज्ञानेन्द्र शाहले सनातनदेखि मनाउँदै आएको वडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेबसेका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिएका छन् । विजया दशमीको अवसरमा सुभकामना सन्देश दिंदै पूर्व राजा शाहले मर्यादाको प्रतिपालना, मूल्य मान्यताको जगेर्ना, समुदायमा आपसी सद्भावना तथा असतमाथि सत्को विजय नै दसैँ पर्वको सौम्य आदर्श हो भनेको छ । सन्देशमा उहाँले नेपाल मौलिक संस्कृति, धर्म र स्वाभिमानयुक्त अखण्ड राष्ट्रिय सम्प्रभुतासहितको स्वतन्त्र, सुन्दर राष्ट्र भएकाले हामीबीचको सद्भाव र विविधताको एकता कायमै रहनुपर्दछ भन्ने आफ्नो मान्यता रहिआएको उल्लेख गर्दै प्रजातन्त्रलाई सुदृढ
गरी आमजनतालाई प्रजातान्त्रिक प्रणालीको प्रतिफल प्रदान गर्नु यतिखेरको युगीन आवश्यकता हो भनेका छन् । आपसी फुट, द्वन्द्व, विभाजन र मनोमालिन्यलाई हटाई राष्ट्रिय सद्भाव एवम् सामान्जस्यका साथ हिमाल, पहाड र तराईको सर्वाङ्गीण समुन्नति भएमा नै हाम्रो राष्ट्रियता र प्रजातन्त्र सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै पूर्वराजा शाहले सन्देशमा भन्नुभएको छ–राष्ट्र र जनताको हितमा एक जिम्मेवार पात्रका नाताले आफूबाट सदा
झंै राष्ट्रिय धर्मको प्रतिपालना हुने कुरा पुनः अवगत गराउन चाहन्छु ।

राष्ट्रपति रामवरण यादवले विजया दशमीको अवसरमा दिएको शुभकामना सन्देशमा संविधान बनाउन ढिलाइ नहोस् भन्ने कामना गरेका छन्। सन्देशमा शान्ति प्रक्रियाको निरूपण र नयाँ संविधानको निर्माणमा भएको निरन्तरको विलम्बका कारण सामाजिक र आर्थिक समृद्धितर्फ फड्को मार्ने नेपाली जनताको उत्कट अभिलाषा अद्यपि कुण्ठित अवस्थामै रहेको उल्लेख गर्दै जनचाहना र राष्ट्रिय आवश्यकता अनुरूपको संविधान बनाई त्यसमार्फत राज्यका संस्था एवम् संरचनाहरू पुनःस्थापित र सुदृढ तुल्याउन अरु ढिलाई नहोस् भन्नेतफै सबैको ध्यान जानु जरुरी भएको उल्लेख छ। शुभकामना सन्देशमा विभिन्न भाषा, संस्कृति, परम्परा र भू-क्षेत्रबीच भाइचारा, मेलमिलाप र सुसम्बन्ध कायम गर्ने हाम्रा चाडपर्वले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख छ। परम्परा र सांस्कृतिक धरोहरको रूपमा रहेका यस्ता पर्वहरूको संरक्षण र सम्बर्द्धनबाट अन्ततः राष्ट्रिय एकताको जग बलियो बनाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। राष्ट्रपतिले अहिलेको सङ्क्रमणकालीन अवस्थाबाट स्थायित्वतर्फ अघि बढ्न श्री दुर्गा भवानीले हामी सबैलाई शुभाशिष दिऊन् भन्ने कामना पनि गरेका छन्।
उनले मुलुकको स्वतन्त्र इतिहासप्रति गौरवान्वित रही राष्ट्रिय एकता र अस्मिताको संरक्षण गर्नु हरेक नेपाली नागरिकको परम कर्तव्य भएको उल्लेख गर्दै सन्देशमा सङ्क्रमणकालीन अवस्थाको दुरूपयोग गरी राष्ट्रिय एकता र अखण्डतामा आँच पुर्‍याउने खालका सम्भाव्य क्रियाकलापप्रति सधैँ सचेत र सजग रहन पनि हार्दिक अपिल गरेका छन्। हालैको भूकम्प तथा बाढीपहिरोले गर्दा विपत्तिमा परेका परिवारप्रति हार्दिक सहानुभूति प्रकट गर्दै राष्ट्रपति यादवले सन्देशमार्फत त्यस्ता परिवारको चिन्ता र कष्ट न्यूनीकरण गर्न आ-आफ्नो स्थानबाट सहयोग पुर्‍याउन नेपाल सरकारलगायत सबैसँग आग्रहसमेत गरेका छन्।

प्रधानमन्त्री बाबुराम भट्टर्राईले समस्त नेपालीलाई आपसमा सद्भाव र मेलमिलाप कायम राखी मुलुकलाई प्रगति पथमा लैजान विजया दशमीले प्रेरणा प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । हिन्दूहरूको महान् चाड विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण् नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिदैं उनले परम्परादेखि चलिआएको यो पर्व हाम्रो संस्कृतिको धरोहरको रूपमा स्थापित रहेको उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपालका विभिन्न चाडपर्वहरू हाम्रो सामाजिक सम्बन्ध र साँस्कृतिक सौहार्द्रताका धरोहरहरू रहेको र यसले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन्। विजया दशमीको उपलक्ष्यामा शुभकामना सन्देश दिँदै सभापति कोइरालाले मुलुक अहिले अत्यन्त जटिल समस्याहरूको अगाडि उभिएकाले ती समस्याहरूको उचित समाधान गरेर देशमा दिगो शान्ति कायम गर्ने, राष्ट्रिय हितको सम्बर्द्धन गर्ने तथा लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधानको निर्माण गर्न इतिहासले हामीलाई सुम्पेको गुरुत्तर जिम्मेवारीप्रति सचेत भएर पूरा गर्न सक्यौ भने मात्र देशलाई शान्त, समृद्ध र समुन्नत नेपालमा रूपान्तरण गर्न सकिने उल्लेख गरेका छन्। उनले हामी सबैको सामूहिक प्रयत्न, सहकार्य एवम् एकता र मेलमिलापबाट मात्र देशबाट रोग, भोक, अशिक्षा, अभाव, गरिबी, बेरोजगारी आदि यावत विसङ्गतिहरूको निराकरण गर्न सकिने बताएका छन्। सन्देशमा भनिएको छ- संसारभरि शान्तिको सन्देश फैलाउने हाम्रो देश आज आफै अशान्तमा रहेको स्थितिप्रति संवेदनशील भएर, एकता र मेलमिलापको रूपमा मनाइने विजया दशमीलाई हामीले हाम्रा कामकारबाहीहरूको समीक्षा गर्ने, केही त्रुटीहरू भएका छन् भने सच्चाउँदै जाने र हामीहरूका बीचमा केही मतभेदहरू छन् भने तिनीहरूलाई बिर्सेर, देशको सर्वाङ्गिण हितमा संलग्न हुने पर्वको रूपमा स्मरण गर्नसके यसको उपादेयतामा अझ वृद्धि हुनेछ। यसैगरी काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामना सन्देशमा नेपालमा बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै विशिष्ट धार्मिक, साँस्कृतिक, रितिरिवाज र विविध परम्परा रहेकाले हामीहरूबीच परापूर्वकालदेखि रहँदै आएको आपसी मेलमिलाप र एकतालाई यस पर्वले अझ बलियो पार्ने विश्वास व्यक्त गरेका छन्।

यसैगरी काँग्रेसका वरिष्ठ नेता एवम् पर्ूवप्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको शुभकामना सन्देशमा नेपालमा बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै विशिष्ट धार्मिक, साँस्कृतिक, रितिरिवाज र विविध परम्परा रहेकाले हामीहरूबीच परापर्ूवकालदेखि रहँदै आएको आपसी मेलमिलाप र एकतालाई यस पर्वले अझ बलियो पार्ने विश्वास व्यक्त गरेका छन् ।

माओवादी अध्यक्ष पुुष्पकमल दाहालले सम्पर्ूण्ा नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

दशैंको अवसरमा शुुभकामा दिदैं उनले भनेका छन् नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध देश हो । हामी हाम्रो इतिहास, परम्परा, संस्कार र संस्कृत्रि्रति गर्व गर्न चाहन्छौं र विविध भाषा, धर्म, संस्कार, संस्कृत्रि्रति आपसी एकता, सद्भाव र सम्मान गर्दै राष्ट्रिय एकतालाई समृद्ध गर्दै आएका छौं । नेपाली जातिका सबै चार्डपर्वप्रति हाम्रो समान सम्मान भएको कुरा प्रष्ट गर्न चाहन्छौं ।

राष्ट्रिय जनशक्ति अध्यक्ष एवम् पर्ूव प्रधानमन्त्री र्सर्ूयबहादुर थापाले माता नवदर्ुगा भवानीको प्रेरणा र सहयोगबाट संक्रमणकालीन अन्धकार तथा अन्योललाई चिरेर स्पष्ट मार्गमा अग्रगमनको यात्रा जारी राख्न सफलता मिल्ने आशा र विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उहाँले नेपाली जनताको महान चाड वडादसैंको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पर्ूण्ा नेपाली दिदी बहिनी एवम् दाजुभाईमा हार्दिक शुभकामना दिएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक