20111108

ललितपुरको धापाखेलमा ४० वर्षीय श्रबण खड्कालाई राति करिब ८ बजे मोटरसाइकलमा घर जाने क्रममा गोली हानि हत्या

ललितपुरको धापाखेलमा मोटरसाइकलबाट घर जाँदै गरेका एक पुरुषलाई आज राति अज्ञात समूहले गोली हानी हत्या गरेको छ। धापाखेल - ९ त्रिबेणीघाट स्थित ललितपुर जिल्ला झरुवारासी - ३ घर भई हाल काठमाडौँको ठमेलमा कपडा पसल गरी बस्ने ४० वर्षीय श्रबण खड्कालाई राति करिब ८ बजे मोटरसाइकलमा घर जाने क्रममा गोली हानिएको थियो। प्रहरीका अनुसार ५ जनाको समूहले उनको छातिमा गोली हानी घाइते बनाएका थिए। उनका आफन्तहरूले खड्कालाई बीएन्डबी अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको हो। घटनामा संलग्न अभियुक्तहरुको तत्काल प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको छ प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक