20111114

इतिहासको सवैभन्दा ठुलो मन्त्रीमण्डल वनाएको आलोचना खेपिरहेका प्रधानमन्त्री भट्टराईले आफुले पनि कतिपय मन्त्रीहरुलाई नचिन्ने वताए !

अहिलेसम्ममा सवैभन्दा धनी मन्त्रीमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार
प्रधानमन्त्री डा. वावुराम भट्टराईले आफुले पनि कतिपय मन्त्रीहरुलाई नचिन्ने वताउनुभएको छ । इतिहासको सवैभन्दा ठुलो मन्त्रीमण्डल वनाएको आलोचना खेपिरहेका प्रधानमन्त्री भट्टराईले सोमवार फाइरसाइड कार्यक्रममा कुरा गर्दै दलीय आधारमा वन्ने गठवन्धन सरकारमा दलहरुले सिफारिस गर्ने व्यक्तिलाई मन्त्री वनाउनु पर्ने भएकोले धेरै मन्त्री आफुले नचिनेको र नाम समेत पनि थाहा नभएको वताउनुभयो । म ती मन्त्रीहरुको पृष्ठभूमि समेतका वारेमा पनि जानकार छैन, जे सिफारिस आयो, त्यसअनुसार मन्त्री वनाउन वाध्य थिए, मेरो वाध्यता जनताले वुझिदिनुभएको होला – प्रधानमन्त्री भट्टराईले भन्नुभयो – ठुलो सरकार वनाउनु मेरो रहर होइन वाध्यता हो, प्रधानमन्त्री भट्टराईले जनतामा निरासा र आक्रोस वढेको प्रति आफु सचेत भएको भन्दै यसलार्इृ चिर्न आफु लाग्ने वताउनुभयो । यस्तो वेला अव नैतिकताको कुरा गर्ने कि मुलुकलाई द्वन्द्ववाट निकास दिने ? – प्रधानमन्त्री भट्टराईको
प्रश्न थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण वुझाउने मन्त्रीहरुमा अहिलेसम्ममा सवैभन्दा धनी मन्त्रीमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार देखिनु भएको छ ।

सुचना तथा सञ्चार मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारको सुनसरीको भलुवा–८ मा दुई कट्ठा ७ धुरमा निमिर्त दुईकोठे टिनको छाना भएको घर र चार कोठाको भूइंर्तले पक्की घर तथा श्रीमती निर्मला गच्छदारको नाऊमा मोरङको विराटनगर–१५ मा १७.२ धुरमा पांच कोठाको पक्की घर निर्माणाधिन, सुनसरीको भलुवा–८ मा २ कट्ठा ७ धुर जग्गा, भलुवा, सिमरिया, तनमुना गाविसमा सगोलमा ७ बिघा १४ कट्ठा ६ धुर पुख्र्यौली जग्गा रहेको छ ।
उपप्रधानमन्त्री गच्छदारकी श्रीमती निर्मलाको नाऊमा नै मोरङ विराटनगर– १५ मा १७.२ धुर जग्गा र विराटनगर–७ मा ७ धुर जग्गा तथा छोरा सुभाष गच्छदारले अमेरिकामा कमाएको रु २० लाखबाट ललितपुरको बुङमती–७ मा १३ आना जग्गा, पुख्र्यौली, दाइजो तथा स्वआर्जनबाट सुन ९१ तोला, चांदी ३०० तोला सञ्चित रहेको विवरणमा उल्लेख छ ।
ट्रक व्यवसाय एवम् बिक्री, कृषि, टोयटा गाडीको भाडा, तलबभत्ता आम्दानीबाट सिन्सियर सेभिङ कोअपरेटिभमा दुई लाख ७७ हजार रुपिंया र राष्टिय वाणिज्य बैंक भोटाहिटीमा आठ लाख १७ हजार रुपिया रहेको विवरणमा उल्लेख छ । उपप्रधानमन्त्री गच्छदारको श्रीमती निर्मलाको नाऊंमा रावा बैंक विराटनगरमा ७१ हजार रुपिंया, नेपाल बङगलादेश बैंकमा एक लाख ९६ हजार रुपिंया, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा चार लाख ७९ हजार रुपिया तथा सिन्सियर सेभिङ कोअपरेटिभमा एक लाख ५६ हजार रुपिंया रहेको विवरणमा उल्लेख छ ।

श्रीमती निर्मलाको नाऊमा नै माछापुच्छरे बैंकमा १०० कित्ता र एनएसएलएमडीमा ७० कित्ता सेयर तथा र छोरा सुमन गच्छदार र सुभाष गच्छदारको नाऊमा विराट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, तथा सुभाषको नाऊमा नै विराट इनर्जी कम्पनी दर्ता गरेको छ ।
गच्छदारसंग बा६प ६०८० नम्बरको सवारीसाधन एक र बा२प ९६५६ नम्बरको सांसद सुविधाबाट खरिद गरेको सवारीसाधन तथा पुरानो टिभी, भिसिडी, भिडियो क्यामरा, अडियो, राइफल एक र बाह्रबोरको बन्दुक एक थान रहेका छन् ।

अर्थमन्त्री वर्षमान पुन अनन्तको सम्पत्ति भने गच्छदारको तुलनामा धेरै कम रहेको छ । अर्थमन्त्री पुनले वुझाएको आफ्नो सम्पत्ति विवरणमा इर्खाराम पुनमगरको नाऊमा रोल्पा जंकोट–१ मा सगोलमा रहेको तीनवटा घर, तीर्थमाली पुनको नाऊमा सगोलको दाङ हरिद्ववार गाविस–६ मा रु दुई लाख तीन हजारमा किनेको ६७४.२३ वर्गमिटर जग्गा र इर्खाराम पुनमगर तथा तीर्थमाली पुन (मातापिता) को नाऊमा रहेको सगोलको ७५ हजार ४२५ वर्गमिटर जग्गा रहेको छ ।
अर्थमन्त्री पुनसंग सुन १५ तोला, चांदी आधा केजी सगोलको पुख्र्यौली र नगद बुबाआमासंग रु सात लाख जग्गा बिक्रीबाट प्राप्त रहेको उल्लेख छ । मन्त्री पुनको नाममा एभरेष्ट बैंकमा रु ४० हजार र श्रीमती ओनसरी घर्तीको नाउमा सोही बैंकमा रु ३५ हजार तलबबाट प्राप्त सञ्चित रकम रहेको उल्लेख गरिएको छ । मन्त्री पुनलाइृ पार्टीले दिएको एक हलुका सवारीसाधन र आफ्नै पारिश्रमिकबाट दुई लाख रुपिंयामा खरिद गरेको मोटरसाइकल एक थान रहेको छ ।
मन्त्री पुनसंग कम्प्युटर डेस्कटप एक, ल्यापटप एक, पार्टीबाट प्राप्त ल्यापटप एक र उपहारवाट प्राप्त नोटबुक एकथाना रहेका छन् ।
मन्त्री गच्छदार पछि स्वास्थ मन्त्री राजेन्द्र महतोसंग धेरै सम्पत्ति देखिएको छ । मन्त्री महतोसंग श्रीमतीे शैलकुमारी देवीको नाऊमा काठमाडौं महानगरपालिका–९ मा पांच आना र सर्लाही विष्णुपुर–६ मा एक कट्ठा १८ धुर जग्गामा घर रहेको छ ।
मन्त्री महतोको सर्लाही ववरगन्ज गाविसमा चार बिघा १२ धुर र बेला गाविसमा १४ कट्ठा जग्गा रहेको छ । शैलकुमारी देवीको नाऊंमा धनुषा, वेगासिपुर गाविसमा एक बिघा १३ कट्ठा १८ धुर र काठमाडौं मच्छेगाऊमा एक रोपनी ६ आना २ पैसा जग्गा र राघवेन्द्र महतोको नाउंmमा काठमाडौं बाडभञ्याङ गाविसमा दुई रोपनी नौ आना जग्गा रहेको छ ।
मन्त्री महतोको ९५ तोला सुन, ३ किलो चांदी र नगद एभरेष्ट बैंकमा चार लाख दुई हजार रुपिंया, नेपाल बैंक मलङगवामा दुई लाख ५८ हजार रुपिंया र शैलकुमारी देवीको नाममा कृषि विकास बैंक गौशालामा ७४ हजार रुपिंया रहेको छ ।
मन्त्री महतोसंग एक थान वलेरो जीप रहेको छ ।
मन्त्री लेखराज भट्टको सम्पत्ति विवरण्ँ
वाण्ँिज्य तथा आपूति र्मन्त्री लेखराज भट्टको सम्पत्ति विवरण्ँमा निर्मला भट्टको नाउ“मा कैलाली जिल्ला गेटा गाविस–३ मा दुईवटा पक्की घर तथा दुई बिघा पैतृक जग्गा रहेको छ। त्यसैगरी उनीस“ग पार्टीबाट प्राप्त महिन्द्रा स्करपियो बा००१अ२१ नम्बरको जीप रहेको छ ।
वातावरण मन्त्री हेमराज तातेडसंग धर्मचन्द तातेडको नाऊमा सप्तरीमा १२ कठ्ठा पैतृक जग्गा, सप्तरीको जगतपुर–२ र ६ मा दुई बिघा चार कट्ठा ५ धुर पैतृक र पत्नी जयश्वरी तातेडको नाऊंमा सप्तरीमा एक बिघा १० कट्ठा रहेको छ।

मन्त्री तातेडको पैतृक तथा दाइजोबाट प्राप्त सुन १२ तोला, चादी २५० तोला रहेको तथा एभरेष्ट बैंकमा दुई हजार रुपिया, एसविआई बैंकमा दुई हजार रुपिंया, सनराइज बैंक राजविराजमा ११ हजार रुपिंया तथा नेपाल बैंकमा ११ हजार रुपिंया नगद रहेको छ । मन्त्री तातेडसंग कृषि विकास बैंकको ८५ कित्ता सेयर रहेको छ भने सप्तरी जिल्ला कञ्चनपुर गाविसमा सगोलको तातेड राइस, आयल एण्ड फ्लोर मिल एक रहेको छ । 

स-सम्मान तपाईंको नाम आजिबन प्रकाशन गर्छौँ हामी, नेपाल मदर डट कम चलाऊन सहयोग गर्नुहुन्छ कि !





संसार भरी छरिएर रहेका नेपालीहरुको साझा अनलाइन पत्रिका नेपाल मदर डट कम चलाऊन तपाईं पनि सहयोग गर्नुहुन्छ कि ! क्रेडिट कार्डबाट DONETE बटन क्लिक गरी वा तलको लिँक क्लिक गरी सहयोग गर्ने हरेक सहयोगदाताको हामी नेपाल मदर डट कममा आजिबन नाम, ठेगाना र सहयोग रकम प्रकाशन गर्नेछौं । 200 डलर भन्दा माथि सहयोग गर्नेको फोटो सहित आजिबन नाम प्रकाशन गर्नेछौं ।https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=Gzm7hTT8_ktdvim12eyZXIFul2yjpXtBDzR8nlNm6GHfL4KGWP_40IyIy2e&dispatch=5885d80a13c0db1f8e263663d3faee8db2b24f7b84f1819343fd6c338b1d9d60
कृपया सहयोग पठाउना साथ हामीलाई info@nepalmother.com मा ईमेल पनि गरिदिनुहोला है

1 comment:

  1. Dear friends,Currently, not even 35% of Nepal's children can read or write. Many children are illiterate and are unable to attend school due to economic problem. Often, these children without schooling are forced to support their family economically in their early teens. Nepali children are desperate to attend school, but their parents often are unable to afford the fees or use their limited incomes to send their children to school. Laxmi Pratisthan (Nepal) is implementing the United for Education project to provide scholarships to children in need. Your gift will cover all school fees, uniforms, and supplies necessary for one child to attend school for one year.
    US$100

    Laxmi Pratisthan(Nepal)
    (A Memorial NGO Working For Social Transformation )
    Golf Courts Marga-203
    Tilganga-8, Kathmandu, Nepal
    Phone: 977-1-4489481
    Fax: 977-1-4492439
    Email : laxmipratisthan@gmail.com
    URL : www.laxmipratisthan.org

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक