20111114

कठै हामी नेपालीहरुको स्वदेश र बिदेश जतापनी बेहाल : साउदी अरबमा नेपाली महिला माथि सामुहिक बलात्कार !

घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँच्चिएको छ । साउदीको राजधानी रियादमा कपिलवस्तुकी २६ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरी नेपाली दूतावासको गेटअगाडि फालिएको थियो । दुई महिनाअघि पनि बलात्कारमा परेकी एक युवती शरण खोज्दै दूतावास आइपुगेकी थिइन् । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पीडितलाई एक अस्पतालमा उपचार गराइराखिएको छ । ‘सामूहिक बलात्कार गरी बिहान ३ बजेतिर दूतावासको गेटअगाडि ल्याएर फालिएको रहेछ,’ उनले भने, ‘बाटोमा हिंड्ने बटुवाले थाहा पाएपछि स्टाफ बस्ने क्वार्टरमा घन्टी बजाइदिएपछि मात्रै जानकारी भयो ।’ दूतावासले सूचना पाएलगत्तै प्रहरीको साथ लिई अस्पतालमा लगिएको र आवश्यक प्रमाण सुरक्षित राखिएको जनाएको छ । ‘पीडित सामान्य अवस्थामा आइनसकेकाले घटना विवरणबारे पूरै जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडित बोल्न सक्ने अवस्थामा नरहेकाले सोधपुछ भएको छैन ।’ उनका अनुसार पीडितको स्पोन्सर पत्ता लागेकाले दोषी पक्राउ हुने
सम्भावना प्रबल छ । ‘उनी काम गर्ने घरमालिक पत्ता लागिसकेकाले प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस घटनामा प्रमाण दरिलो रहेकाले अभियुक्त पक्राउ हुने र कानुनी कारबाही गर्न सकिने स्थिति छ ।’ उपचारपछि पीडितलाई न्याय दिलाएर मात्र स्वदेश पठाइने पनि उनले बताए ।

स-सम्मान तपाईंको नाम आजिबन प्रकाशन गर्छौँ हामी, नेपाल मदर डट कम चलाऊन सहयोग गर्नुहुन्छ कि !





संसार भरी छरिएर रहेका नेपालीहरुको साझा अनलाइन पत्रिका नेपाल मदर डट कम चलाऊन तपाईं पनि सहयोग गर्नुहुन्छ कि ! क्रेडिट कार्डबाट DONETE बटन क्लिक गरी वा तलको लिँक क्लिक गरी सहयोग गर्ने हरेक सहयोगदाताको हामी नेपाल मदर डट कममा आजिबन नाम, ठेगाना र सहयोग रकम प्रकाशन गर्नेछौं । 200 डलर भन्दा माथि सहयोग गर्नेको फोटो सहित आजिबन नाम प्रकाशन गर्नेछौं ।https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=Gzm7hTT8_ktdvim12eyZXIFul2yjpXtBDzR8nlNm6GHfL4KGWP_40IyIy2e&dispatch=5885d80a13c0db1f8e263663d3faee8db2b24f7b84f1819343fd6c338b1d9d60
कृपया सहयोग पठाउना साथ हामीलाई info@nepalmother.com मा ईमेल पनि गरिदिनुहोला है

1 comment:

  1. Hamro deshma 10 barsha ko jana yudda le deshko balatkar bhayo. Arko 4 barsha rajnitik parti harule balatkar gardai chhan deshlai. Huna ta, Nepal lai sadhain balatkarko samana garnu pareko chha - 200 barsha Shaha harule, 103 barsha Rana harule balatkar matrai gare.
    Aba, hamiharulai balatkar garne palo Arab, Pakistani, Dhoti haruko ho.
    Achhamma lagchha, hamra didi bahini harulai kina dar nalageko, Arab, Libya, Sudan, Somaliya jana.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक