20111202

बाबुराम राजमा दोहोरो भिडन्त, दुईको ज्यान गयो, स्वतन्त्र सभासद बबन सिंह माथि फेरि अपहरण र हत्याको अभियोग

प्रहरी र सशस्त्र समुहबीच दोहोरो भिडन्त हुँदा कञ्चनपुरको दैजी गाविसमा शुक्रबार साँझ दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा एक प्रहरी र एक शसस्त्र समुहका सदस्य भएको प्रहरीले बताएको छ । भिडन्तमा प्रहरी सहायक निरीक्षक भङ्गीलाल राना र एकजना नाम नुखुलेका सशस्त्र समुहका सदस्यको ज्यान गएको हो । असई रानाको घाँटीमा गोली लागेको प्रहरीले बताएको छ । सशस्त्र समुहका सदस्यको भने पहिचान खुल्न सकेको छैन । भिडन्तमा दुई जना घाईते भएका छन । प्रहरी हवल्दार प्रेमबहादुर चन्द र सशस्त्र समुहका श्रीराम डगौरा घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि कैलाली स्थित सेती अञ्चल अस्पताल धनगढी ल्याईएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । प्रहरी हवल्दार चन्दको छातीमा एक गोली लागेको छ भने सशस्त्र समहुका डगौराको कञ्चटमा दुई गोली लागेको छ । गस्तिमा रहेको प्रहरीको टोलीमाथि एक्कासी शसस्त्र समुहले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको नेपाल प्रहरीका सुदुरपश्चिम प्रमुख विश्वजीत सिंह शाहीले जानकारी दिनुभयो । घट्नाका बारेमा विस्तृत विवरण खुल्न सकेको छैन । घटना लगतै प्रहरीले कञ्चनपुरका सुरक्षा व्यवस्था कडा पारेको छ । पूर्वपश्चिम राजमार्गमा प्रहरीले चेकजाँच कडा पारेको जनाएको छ । केहिदिन अघि कञ्चनपुरको सुडामा हतियारधारी समुहले
लुटपाट गरेपछि प्रहरीले उनीहरुको खोजी कार्य तिब्र पारिरहेका बेला प्रहरीको गस्ति टोली माथि नै गोली प्रहार भएको हो । गोली प्रहारको घट्नापछि जनजीवन त्रसित भएको छ । स्वतन्त्र सभासद बबन सिंह माथि फेरि अपहरण र हत्याको अभियोग लागेको छ । सभासद सिंहले अपहरण गरि हत्याको प्रयास गरेको भन्दै बीरगञ्ज निवासी राजेशमान सिंहले जाहेरी दिनु भएको छ । सभासद सिंहसँगै हत्या अभियोग लागेका लाल बाबु शास्त्री र रवि शास्त्रीलाई पक्राउ गरी उपहरण तथा शरिर बन्धक उद्योग मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । न्यूरोडमा ज्योतिष कार्यालय संचालन गरेर बसेका उनीहरु दुबैको घर भारत भएको प्रहरीको भनाई छ । सभासद बबन सिंहलाई महानगरीय प्रहरी परिसरमा उपस्थित हुन शुक्रबार व्यवस्थापिका संसद सचिवालयमा पत्राचार गरेको प्रहरीले बताएको छ । प्रहरीको ‘मस्ट वान्टेड’ सूचिमा रहेका सिंह भूमिगत अवस्थामै रौतहट जिल्लाबाट सभासदमा विजयी हुनुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक