20111207

" पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य अन्ततोगत्वा मिल्ने, माओवादीको विवाद नाटक " - गगन थापा

प्रधानमन्त्रीले पछि खरिद गरिएको सुविधासम्पन्न नयाँ मुस्ताङ म्याक्स गाडी चढ्न थाले
कांग्रेस युवा नेता गगन थापाले माओवादीको विवादलाई नाटकको संज्ञा दिएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य अन्ततोगत्वा मिल्ने दाबी गरे । प्रेस युनियन काभ्रेको १३ औं साधारणसभा बुधबार उद्‌घाटन गर्दै नेता थापाले शान्ति र संविधानमा माओवादीले प्रतिबद्धता जनाए पनि उसमा सत्ता कब्जाको धङधङी रहेको आरोप लगाए । ‘माओवादीको विवाद नाटकमात्र हो,’ गगनले भने, ‘पार्टी राजनीतिभन्दा माथि उठेर शान्ति र संविधान पूरा गर्छु भन्ने प्रचण्ड फेरि अन्तिम लक्ष्य सत्ता कब्जा नै हो भनेर बोल्नुले नाटक हो भन्ने पुष्टि गर्छ ।’ थापाले माओवादीले लडाकुको नाममा अर्बौं रकम लुटेको आरोप लगाए । हुँदै नभएका लडाकुको पैसा लिने, लडाकुबाट हजारौं रुपियाँ उठाउने माओवादी एसियाकै धनी सर्वाहारा पार्टी भएको
ठोकुवा गरे । उनले माओवादी युद्धले मुलुक पचासौं वर्षपछि परेको बताए । नेता थापाले चितवन घटनामा प्रशासनको पनि संलग्नता रहेको आरोप लगाए । हत्या आरोपमा कारागारमा रहेका तरुण दलका जिल्ला अध्यक्षले सुरक्षाबारे जानकारी गराउँदा पनि प्रशासनले वास्ता नगरेको उनको भनाइ थियो । उनले पौडेल छुट्ने आधार तयार भएपछि आक्रमण भएको दाबी गरे । ‘हामीले एमालेले पर्शुराम बस्नेतलाई लुकाएजस्तै लुकाउन सथौं, माओवादीले बालकृष्ण ढुंगेललाई जस्तै संरक्षण गर्न सक्थ्यौं,’ उनले भने, ‘तर दोषि भए कारबाही हुनुपर्छ भनेरै पौडेललाई जेल पठाएका हौं ।’

संघीय मामिला तथा संस्कृति राज्यमन्त्री सुष्मा शर्माले 'मुस्ताङ म्याक्स' गाडी चढ्न थालेकी छन् । जम्बो मन्त्रिपरिषद् बनेपछि गाडी अपुग भएकाले सरकारले प्रधानमन्त्री बाबुराम भट्टराईले पहिला चढ्दै आएको मुस्ताङ म्याक्स शर्मालाई दिएको हो ।


प्रधानमन्त्रीले पछि खरिद गरिएको सुविधासम्पन्न नयाँ मुस्ताङ म्याक्स गाडी चढ्न थालेपछि पुरानो मुस्ताङ म्याक्स जगेडामा थियो । त्यही गाडी राज्यमन्त्री शर्मालाई दिइएको गृह मन्त्रालयका अधिकारीले जनाए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक