20111219

कांग्रेसले बन्द शान्तिपूर्ण बनाउन कार्यकर्तालाई निर्देशन दिएपनि बन्दकर्ता तोडफोडमा उत्रिए, काठमाडौं सहित देशभरको जनजीवन कष्टकर

नेपाली कांग्रेसले आह्वान गरेको बन्दका कारण काठमाडौं सहित देशभरको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण मुख्य राजमार्ग, सहायक मार्ग र शहरका भित्री सडकमा समेत गाडी चलेका छैनन् । कांग्रेसले बन्द शान्तिपूर्ण बनाउन कार्यकर्तालाई निर्देशन दिएपनि बन्दकर्ता तोडफोडमा उत्रिएका छन् । काठमाडौंको तिलगंगा र मित्रपार्कमा सोमबार सोमबार बिहानै तीनवटा गाडीमा तोडफोड आगजनी भएको छ । बन्दकर्ताले बा ९ च ३७२० नम्बरको भ्यानमा आगजनी तथा बा १ ज ८५० नम्बरको पर्यटक गाडी र बा १ ज १६३ नम्बरको ट्याक्सीमा तोडफोड गरेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी लगायतका मुख्य शहरका बजार पसल पनि बन्द छन् । उद्योग कलकारखान, स्कूल क्याम्पस बन्दका कारण सुनसान छन् । सडकका ठाउँठाउँमा कांग्रेस कायकर्ताले बिहानै देखि प्रदर्शन गरिरहेका छन् । कारागारभित्र भएको आक्रमणबाट ज्यान
गुमाएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई शहीद घोषणा गर्न माग गर्दै कांग्रेसले सोमबार नेपाल बन्द आह्वान गरेको हो । बन्द फिर्ता लिन चौतर्फी दबाब आएपनि कांग्रेसले आजको बन्द कायमै राख्ने निर्णय गरेको हो । बन्दले सबैभन्दा बढी दैनिक ज्याला गरेर गुजारा चलाउने वर्गलाई अप्ठेरो बनाएको छ । काम विशेषले गन्तव्यमा पुग्नुपर्नेहरु पैदल हिंड्न बाध्य छन् ।

नेपाली कांग्रेसको नेपाल बन्दले राजधनीको जनजीवनमा कस्तो प्रभाव पार्‍यो। हेर्नुहोसकेशव थोकर र विजय गजमेरको फोटो फिचर : 
 

 

 

 

 

 

 





भिडियो पनि हेर्नुहोस :


उपत्यका बाहिर :

बन्द सफल पार्न बाग्लुङ बजारमा सोमबार बिहान टायर बाल्दै नेपाली कांग्रेसका कार्यकर्ता। तस्बिर : दिलीप पौडेल


बाराको सिमरामा यातायात अवरोध गर्दे नेपाली कांग्रेसका कार्यकर्ता। तस्बिर : उपेन्द्र लामिछाने

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा बन्द गर्दै हिंडेका कांग्रेस कार्यकर्ता। बन्दले जिल्लाभरिको जनजीवन प्रभावित भएको छ। तस्बिर : ध्रुव दंगाल नागरिक

1 comment:

  1. Bibek Ojha

    Ram sir namaste..yo maile lekhko 1 paragraph ramro bhaye choto bhaye ni tapaiko site ma rakhna mil6 bhane kehi sandesh mulak hunthyo ki..ekpalta herera reply garidinuhosh la sir..ma bhabishya ma ni tapaiko site ko lagi mero lekh haru pathai rakhne chhu.एउटा सजाय भोगी रहेको अपराधी शिव पौडेल जेल भित्रै मारिए तर उनी कुनै राजनैतीक दलको मान्छे भएर उनलाई शहीद बनाउनुपर्छ ,लाखौं क्ष्यतिपुर्ती दिनुपर्छ अनी उ लगायतका उस्का साथीहरुको मुद्दा फिर्ता गर्नु पर्छ भनेर सडक बल्यो,देशभरी हलचल भयो र यि मागहरु पुरा हुने पनि भये | यही घटना बिच कालिकोटमा अर्को घटना घट्यो,कालिकोटका मान बहादुर सुनार लाई कसैको चुल्होमा छोएको निउमा कुटेर मारियो | यो समाचार हाम्रा पत्रीकाहरुको कुनै कुनो मा आयो अनी त्यो त्यही हरायो | न कुनै राजनीतिक दल ले उनी हाम्रो मान्छे हो भन्यो , न कसैले त्यो घटनाको बारे आवाज उठायो | एउटा अपराधीको लागि हजारौ नेपाली सडकमा सानको साथ पार्टीको झन्डा देखाउदै हुल्दुङ्ग गरे तर कालिकोटका सुनार परिवार एक्लै रोये | येस्तो महान कार्य जारी राखौ नेपाली हो पछी धोती लाएर हिंड्नु परेको दिन थाहापाउनेछौ | माओवादी सांसद ढुङेलको मुद्दा फिर्ता गर्नु हुन्न भनेर हिजो चम्किने काङ्रेस्सले न हिजो को सोच्यो न भोली को र सोच्दैनन पनि किनभने, ल अब आन्दोलन भन्दा आँखा चिम्लेर सडकमा आउने संसारका सबैभन्दा मुर्ख मानिस आज पनि नेपालमा छन र सधैं हुनेछन | अब नेपालीलाई जन्मदर्ता गर्दा बाबुआमाको नाम मात्र होइन उ कुन पार्टीको भनेर लेख्नु पर्ने दिन पनि आउनेछ | बहुदलिय राजनीति देखी नेपालमा भ्रस्ट्चारले चरम सिमा नागेको पनि थाहा छ् ,माओबदी बिद्रोहले देशमा हत्याहिन्सा को बिउ रोपेको नि थाहा छ तर पनि हामी तिनीहरुकै झन्डा बोकेर कुर्लिन पाउदा सच्चा लोक्तान्त्रिक नागरिक भएको महसुस गर्छौ | येस्तो महान हाम्रो लोकतन्त्रलाई नि मेरो सलाम | तर कैले सम्म?? कहिले सम्म आफ्नो इमान बेचेर बैमानको पछी लाग्ने ??? धेरै ढिलो त भयो तर अझै पनि बितिसकेको पक्कै छैन | आफ्नो देशको अलिकती पनि माया छ भने हामीले यि दलालहरुको झन्डा फालेर देशको झन्डा बोकेर शान्ति र सम्भिधानको लागि जुटौ | ३०० बर्ष लामो समय देखी जरो गाडेको राजसंस्था त हामीले सजिलै फाल्यौ भने छेरौटि लाग्दा दिल्ली पुग्ने येस्ता भुसुनाहरु फाल्न हामीले नेपाली आमाको सच्चा नागरिक भएर रगत र पसिना बगाउन सिक्नु मात्र पर्छ ति भुसुनाहरु आँफै बगेर जानेछन | लौ न साथीहो, हेर्दा हेर्दइ स्वर्गको टुक्रा नर्क भईसक्यो त ! नाक थुनेर कैले सम्म बाच्ने हो ????

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक