20111225

प्रचन्ड भन्छन : "रुकमाँगद कटवाल र राष्ट्रपतीले गर्दा त्यतिबेला हाम्रो सत्ता कब्जा सफल हुन सकेन तर जन बिद्रोहबाट ढिलो चाँडो सत्ता कब्जा गरेरै छाड्छौँ त्यसमा हामी बिच बिबाद छैन" सबैलाई चेतना भया !

Breaking News
“हाम्रो नेतृत्वको सरकारले राजीनामा दिएपछि गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ता लिने प्रयत्‍न नगरिएको होइन। तर, हाम्रो पटकपटकको सचेत प्रयत्नका बावजुद तत्काल जनविद्रोह सफल हुन सकेन”
“…..आजको नेपालको अवस्थामा जनताको संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधिनता र संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन। ” 
 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले जनबिद्रोह गरी सत्ता कब्जा गर्ने पार्टीको प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन् । शनिवारबाट सुरु भएको केन्द्रीय समिति वैठकमा प्रतिबेदन पेश गर्दै प्रचण्डले सेनापति प्रकरण लगत्तै संकटलाई क्रान्तिकारी रुपान्तरण गर्दै जनबिद्रोहबाट सत्ता कब्जा गर्ने प्रयास भएपनि त्यो सफल हुन नसकेको स्वीकारेका छन् । शान्ति र संबिधानलाई नै पार्टीले पुरा गरोस भन्ने जनचाहाना रहकाले त्यो तथ्यलाई अबमूल्यन गर्न नमिल्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ । त्यही कारण बाबुराम नेतृत्वको सरकार बनाउनुपरेको भन्दै प्रचण्डले शान्ति प्रकृयालाई निष्र्कषमा पुर्‍याउनु आत्मसर्मपण वा वर्ग समन्वय नभएको बताएका छन् । यही सरकारलाई पुर्नगठन गरी राष्ट्रिय स्वरुपको बनाउन प्रस्ताव गर्दै प्रचण्डले पार्टीभित्र पार्टीको स्वरुप मर्दै गएको र गुटभित्र उपगुट र उपगुटभित्र ब्यक्तिहरु हावी हुँदै गएको बताएका छन् । वैद्य पक्षले भने प्रचण्डको १० बुँदे प्रतिबेदन अध्ययनपछि लिलित जवाफ पेश गर्ने बताएको काठमाण्डौंबाट प्रकाशित बिभिन्न पत्रपत्रिकामा उल्लेख छ ।

"आज पार्टीको संगठनात्मक स्थिति भयावह रुपले विघटित र विसर्जित भइरहेको छ। क्रान्तिका लागि सर्वहारा वर्गको लडाकु अग्रदस्ताको भूमिका खेल्ने, नयाँ ढंगको पार्टीको त कुरै छाडौँ, पार्टी हुनुको नाताले पूरा गरिने न्यूनतम औपचारिकताको पनि स्खलन भइरहेको छ। यथार्थमा पार्टी मरिरहेको छ, गुटहरु मौलाइरहेका छन्, गुटहरुभित्र पनि उपगुटहरु अझ झाङ्गिएका छन् र उपगुटहरुभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ। सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी, जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, लेबी, कोटा, आर्थिक पारदर्शिताको त्याग, बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेकै छ। के यो कित्ता ! के त्यो कित्ता ! सर्वत्र व्यक्तिगत स्वार्थ हावी हुँदै गइरहेको छ।
अन्तरविरोध चर्किएर पार्टीको अन्य राजनीतिक पक्षसँगको राजनीतिक संघर्षमा नकारात्मक असर परेको छ। शान्ति, संविधान र सरकारको नेतृत्व लिन पार्टीको हैसियत कमजोर भएको छ। यस प्रकारको अवस्थाको अविलम्ब अन्त्य गर्न सकिएन भने पार्टीको औचित्यमाथि नै प्रश्न उठ्नेछ।"
माओवादी अध्यक्ष प्रचण्डले पटक पटकको स्थगनपछि हिजो बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावका केही अंश हुन् माथिका यी वाक्य। पार्टी अध्यक्ष आफैले स्वीकारेका यी शब्दले प्रष्ट पार्छ- माओवादी कस्तो स्थिति बेहोरिरहेको छ अहिले। हुन पनि आफ्नै पार्टीका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनी भाषण ठोकिहिँड्छन् अर्को पक्षका माओवादी नेताहरु अहिले। जसरी कांग्रेसमा कोइराला, पौडेल र देउवा जस्ता गुट छन्; जसरी एमालेमा नेपाल, खनाल र ओली जस्ता गुटहरु छन्, त्यसरी नै माओवादी पनि गुटबन्दीमा फँसेको छ। प्रचण्ड पक्ष र वैद्य पक्ष मुख्य रुपमा माओवादीमा देखापर्ने गुट हुन्। त्यसबाहेक यहाँ भट्टराई गुट पनि छ। नारायणकाजी श्रेष्ठको पनि अर्को गुट छ। हुँदाहुँदा केही समयअघि एमाले छाडेर माओवादी प्रवेश गरेकाहरुले समेत गुट बनाएर छुट्टै भेला गरेको समाचार आएको थियो। प्रचण्ड कै प्रतिवेदनमा भनिए जस्तो व्यक्तिगत स्वार्थले यसमा उत्प्रेरकको भूमिका खेलेको छ।
आर्थिक पारदर्शिताको के कुरा गर्नु, नभएका लडाकूको नाममा राज्यकोषबाट असुलेको रकम कसको खल्तीमा गएको छ ? भएकै लडाकुको नाममा राज्यले दिने भत्तामा पार्टीले कटाएको रकम कहाँ पुगेको छ र कसरी खर्च भएको छ? यी सब कुरा पार्टी कै मान्छेलाई पनि थाहा छैन, हामी जस्ता बाहिरियालाई थाहा हुने कुरै भएन।
“शान्ति, संविधान र सरकारको नेतृत्व लिन पार्टीको हैसियत कमजोर भएको छ र यस प्रकारको अवस्थाको अविलम्ब अन्त्य गर्न सकिएन भने पार्टीको औचित्यमाथि नै प्रश्न उठ्ने” उनको भनाई पनि तीतो सत्य हो। हेर्नुस् त संविधान निर्माणमा उठेका विवादहरुको समाधान गर्न प्रचण्डको नेतृत्वमा बनेको विवाद समाधान उपसमितिले यसअघि जुटाएका कतिपय सहमतिमा समेत वैद्य पक्षले यस्तो हुँदै हुँदैन भन्दै अड्को थाप्ने काम अहिले गरिरहेको छ।
प्रचण्डले आफ्नो प्रतिवेदनमा जनविद्रोह गरेर सत्ता लिने प्रयास गरेको तर असफल भएको स्वीकार गरेका छन्। प्रतिवेदनमा उनले लेखेका छन्-
“हाम्रो नेतृत्वको सरकारले राजीनामा दिएपछि गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ता लिने प्रयत्‍न नगरिएको होइन। तर, हाम्रो पटकपटकको सचेत प्रयत्नका बावजुद तत्काल जनविद्रोह सफल हुन सकेन”
रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाउने निर्णयलाई राष्ट्रपतिले अस्वीकार गरेपछि प्रचण्डले राजीनामा दिएका थिए। त्यसपछि माधव नेपालको नेतृत्वमा माओवादी बाहेकको सरकार बनेको थियो। राष्ट्रपति र माधव नेपालको सरकारको विरोधमा माओवादीले चरणवद्ध आन्दोलन थालेको थियो। ‘कठपुतली सरकार’ भन्दै माओवादीले जनविद्रोह गर्ने भन्दै देशभरबाट मानिसहरु र कार्यकर्ता राजधानी थुपारेर अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो। राजधानीका चोकचोकमा उनीहरुले कब्जा जमाएका थिए। पार्टी प्यालेस, सार्वजनिक र निजी, व्यवसायिक भवनमा उनीहरु बसेका थिए। लगातारको बन्दबाट दिक्क भएर मानिसहरु सरकारको विरोधमा उत्रिएलान्, ‘जनविद्रोह’ होला र सत्ता परिवर्तन होला भनेर माओवादीले सोचे पनि त्यसो हुन सकेन। उल्टै माओवादीको बन्दविरुद्धै विद्रोह हुने स्थिति देखा पर्‍यो र अनिश्चितकालीन भनिएको बन्द फिर्ता लिन बाध्य भयो।
जनविद्रोहलाई माओवादीका केही नेताले रोमान्टिक शब्दका रुपमा लिने गरेका छन्। जनविद्रोह भनेको गरेर हुने कुरा हैन, आफै हुने कुरा हो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेरेर यो हुन्छ। त्यतिबेला जनविद्रोह गर्नुपर्छ भन्ने मोहन वैद्य नै थिए। त्यतिबेला जनविद्रोह गर्न खोजेर पनि असफल भएको हो भन्ने तथ्य उनले स्वीकारेका छन् कि छैनन्, त्यो स्पष्ट छैन। प्रचण्डको यो प्रतिवेदनलाई अस्वीकार गर्दै सोमबार अर्को प्रस्ताव ल्याउने बताएका वैद्यले यसबारे केही लेख्लान् त ?
जनविद्रोहको वास्तविकता त्यही भए पनि ‘ब्रेनवास’ गरिएका कार्यकर्ताका लागि मीठो गुलियो चखाउन यो शब्दको बारम्बार प्रयोग गरिरहनु पर्ने बाध्यता नेतृत्व गर्नमा हुन्छ। कति कार्यकर्ता त त्यो असफल जनविद्रोहबाटै सचेत भइसकेका छन्। उनीहरु नेतृत्वले अब भन्दैमा पत्याउनेवाला छैनन्। तर कार्यकर्तालाई भुलाउन यो शब्द दस्तावेजमा नै भए पनि राख्‍न बाध्य हुन्छन् उनीहरु। पालुङटार बैठकमा प्रचण्ड र भट्टराईको दस्तावेजमा पनि त्यही थियो कुरा।
प्रचण्डले हिजो राखेको प्रतिवेदनमा पनि अन्ततः जनविद्रोहमा नै जाने कुरा छ। उनले लेखेका छन्-
“…..आजको नेपालको अवस्थामा जनताको संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधिनता र संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन। ”
केन्द्रीय समितिको बैठकले गर्ने निर्णयले तत्काल उनीहरुको पार्टीले कस्तो बाटो अपनाउने भन्ने निर्धारण गर्नेछ। प्रचण्डले समस्या समाधानका दस वटा प्रस्ताव ल्याएका छन्, जसलाई तपाईँले पत्रपत्रिकाहरुमा पढ्नु भयो नै होला। वैद्यले यसलाई अस्वीकार गरी अर्को प्रस्ताव सोमबार ल्याउँदैछन्। बैठकले जुन निर्णय गर्छ, त्यसैले देशको शान्ति प्रक्रिया र संविधान निर्माणको भाग्य तय गर्नेछ।

‘केही गर्ला कि भन्ने आशा भएको बाबुराम भटराईले पनि इतिहासकै जम्बो मन्त्रीमण्डल र भ्रष्टहरुको सरकार बनाए'- अध्यक्ष खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले इतिहासकै जम्बो मन्त्रिमण्डल र भ्रष्ट मन्त्रीहरुको नेतृत्व गरेर प्रधानमन्त्री बाबुराम भटराईले नेपाली कम्युनिष्ट आन्दोलनको बद्‍नाम गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री भटराईको चामत्कारिक व्यक्तित्व खुइलिसकेको टिप्पणीसमेत गरे।

पार्टी सुदृढिकरण तथा जनपरिचालन अभियान अर्न्तगत आइतबार धरानमा कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाको उद्‍घाटन समारोहलाई सम्बोधन गदै अध्यक्ष खनालले यस्तो आरोप लगाएका हुन्।

‘केही गर्ला कि भन्ने आशा भएको बाबुराम भटराईले पनि इतिहासकै जम्बो मन्त्रीमण्डल र भ्रष्टहरुको सरकार बनाए'-अध्यक्ष खनालले भने-‘मन्त्रीहरु विकास, निर्माणको योजनामा हाकाहाकी कमिसन माग्छन्, यस्तो जम्बो र भ्रष्टहरुको सरकारको नेतृत्व गरेर बाबुराम भटराईले नेपाली कम्युनिष्ट आन्दोलन र कम्युनिष्टहरुकै बद्‍नाम गरे।'



सात बुँदे सहमतिको अन्तिम बुँदा राष्ट्रिय सहमतिको सरकार बनाउने भएकोले पनि वर्तमान सरकार कामचलाउ सरकार भएको जिकिर गदै खनालले यो सरकारले महत्वपूर्ण विषयहरुमा निर्णय गर्न नसक्ने दाबी गरे।

‘सहमति बमोजिम राजनीतिक रुपमा यो सरकार कामचलाउ भइसकेको छ, त्यसैले यसले विपा सम्झौताजस्तो ठूलठूला र महत्वपूर्ण निर्णय कसरी गर्न सक्छ?'-उनले भने-‘राष्ट्रिय सहमतिको लागि अब भट्टराईले बाटो छाड्नुपर्छ।'

वर्तमान सरकारलाई निकम्माको संज्ञा दिदै उनले जनतालाई शान्ति सुरक्षा दिन नसकेको र भ्रष्टाचारलाई मौलाउने अवसर दिएकोले पनि भट्टराई सरकारको औचित्य सकिएको उनले बताए।

राजधानीमा दिनदहाडै सुनचाँदी व्यवसायी मारिएको र लमजुङ र कालिकोटमा दलित किसोरकिसोरीको हत्या भइरहेपनि सरकारले मौनता साधेको उनले आरोप लगाए।

‘शान्तिसुरक्षा दिन नसक्ने र भ्रष्टचार बढाउने यो निकम्मा सरकारको अब के काम?'-सरकारको कडा आलोचना गदै उनले भने।

वर्तमान सरकार शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने र संविधान निर्माण गर्ने प्रतिवद्धताका साथ बनेको उल्लेख गदै एमाले अध्यक्ष खनालले अहिले भने सरकार ‘आउट अफ ट्रयाक' हुँदै गएको बताए। शान्ति र संविधान निर्माणको प्रतिवद्धता जनाएको भएपनि वर्तमान सरकार शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन र संविधान लेखनमा ढिलाइ गरिरहेको आशंका जताए। ‘स्वेच्छिक अवकाश रोजिसकेको लडाकुहरुलाई यो सरकार किन विदाइ गर्न सकिरहेको छैन?'-आक्रोशित हुँदै खनालले भने-‘समायोजनमा जाने इच्छा प्रकट गरेकोलाई पनि नेपाली सेनाको जिम्मा लगाएर मापदण्डवमोजिमका लडाकुलाई समायोजनामा लैजान सरकारले ढिलाई गरेर शान्तिप्रक्रियालाई नै अवरोध पुर्‍याइरहेको छ।' शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने क्रममा शिविरमा नभएका लडाकुहरुको नाममा निकासा भएको करोडौं रकम भ्रष्टाचार भएकोले त्यसको पनि सत्यतथ्य छानबिन हुनुपर्ने उनले माग गरे।

एकीकृत माओवादीले नेपाली समाजको प्रधानअन्तरविरोधको पहिचान र विश्लेषण गर्न नसकेको साथै कांग्रेसले पनि पूँजिपति वर्गको हितमा मात्रै ध्यान दिनेगरेकोले यी दुवै पार्टीबाट मुलुकको आमुल परिवर्तन सम्भव नभएको खनालको भनाई थियो। साथै, मधेशी मोर्चाले पनि मधेशका मुट्ठिभर जमिन्दारहरुको मात्रै प्रतिनिधित्व गर्ने भएकोले एमालेले मात्रै आमूल परिवर्तनको नेतृत्व गर्नसक्ने दाबी गरे।

एमालेले पार्टीमा एकताको सन्देश दिनको लागि घोषणा गरेको देशव्यापी सृदृढिकरण तथा जनपरिचालान अभियानको आइतबार धरानमा कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला गदै उद्‍घाटन गरेको हो। दुई दिनसम्म हुने भेलामा कोशी अञ्चलभरिका करिब ५ सय अगुवा कार्यकर्ताहरु सहभागी छन्। भेलालाई एमाले केन्द्रीय अध्यक्ष झलनाथ खनाल, उपाध्यक्षद्धय विद्यादेवी भण्डारी, वामदेव गौतम, महासचिव इश्वर पोख्रेल र नेता केपी ओलीले प्रशिक्षणात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक