20111221

झन्डावाल सरकारी गाडी लिएर मन्त्री बिहानै नुहाउन जान्छन् अनि दिउँसो सुकेको कट्टु उठाउन पनि सरकारी गाडीमै पँधेरामा पुग्छन् !

झन्डावाल सरकारी गाडी लिएर मन्त्री बिहानै नुहाउन जान्छन् अनि दिउँसो सुकेको कट्टु उठाउन पनि सरकारी गाडीमै पँधेरामा पुग्छन् भन्ने कुरा थाहा पाउँदा यो साता सिन्धुलीवासीले आश्चर्य माने । प्रसंग सिन्धुली घर भई मोरङको ८ नम्बर क्षेत्रबाट संविधानसभामा निर्वाचित युवा तथा खेलकुदराज्यमन्त्री गोपी अछामीको हो । मन्त्री भएपछि सिन्धुलीतिर झन्डावाल गाडीमा बाक्लै देखिने गरेका राज्यमन्त्री अछामीले यसपालि जिल्लामा निकै रमाइलो गरे । मंसिर २९ गते पुरानो झाँगाझोलीमा दाहालको देवालीमा निम्ता मान्न पुगेका राज्यमन्त्री अछामीका साथमा प्रचण्डपक्षीय माओवादी जिल्ला इन्चार्ज वसन्त माझी र सर्वोच्चले जन्मकैदसहित
सर्वस्वहरणको फैसला सुनाएका सभासद् बालकृष्ण ढुंगेलसमेत थिए । मन्त्री अछामीले ढुंगेललाई काठमाडौंबाटै गाडीमा लिएर गएका थिए । उनीहरू सह-इन्चार्ज राजन दाहालको निम्तामा उनैका घरमा पुगेका थिए । पुस १ गते बिहान मन्त्री अछामी सरकारी गाडीमा सभासद् ढुंगेल र अन्य गाउँका कार्यकर्तासमेत हालेर तीन किमि तल पर्ने मूलकोट बेंसीमा नुहाउन झरे । मन्त्रीको समूह जापानी बाथरुमको तातोपानीमा नुहाइ-धुवाइ सकेर चियापानपछि झन्डावाल गाडी धुलो उडाउँदै गाउँतिरै फर्कियो । गाउँमा खाना खाएपछि अपराह्न मन्त्रीको गाडी फेरि मूलकोट झर्‍यो । उनीहरू गाडीसहित क्याम्पमा छिरेर त्यहाँ एकछिन पनि नरोकिई नुहाएर सुकाइएका कट्टु र गन्जी टिपेर रातमाटातिर हुइँकिए । एकपटक नुहाउन र अर्कोपटक कट्टु उठाउन मन्त्री आफैँ आएको देखेपछि स्थानीयवासीले उदेक मानेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक