( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110131

तपाईंको मन मुटु छुने केही पुराना सदाबहार हिन्दी गीतहरु !

यी गीतले हसाउन, रुवाउन, मनोरन्जन दिन, जे पनि गर्न सक्छन गीत संगीत मन पराउनेहरुलाई !
















































आज पनि छैन कुनै उत्साहजनक समाचार : सबैलाई चहियो प्रधानमन्त्री, माओवादी, काँग्रेस र एमालेले सरकारको नेतृत्व दावी गरेपछि !

"जेठ १४ मा नयाँ संविधान जारी हुन नसके मुलुकमा भयङ्गकर दुर्घटना", प्रदर्शनमा उत्रिएका किरात समुदाय र प्रहरीबीच झडप
प्रमुख तीन दलका शीर्ष नेताहरुको शान्ति प्रकृया र सहमतीय सरकार निर्माणको बिषयमा छलफल गर्न बसेको बैठक आधा घण्टा नपुग्दै सकिएको छ । माओवादी, काँग्रेस र एमाले नेताहरुले सरकारको नेतृत्वमा दावी गरेपछि बैठकमा शान्तिप्रकृयाका बारेमा छलफल नै हुन सकेन । यसले दलहरु सत्ता बाहेक अरु कुनै पनि विषयमा छलफल गर्न नचाहेको स्पष्ट भएको छ । माओवादीले विना सर्त सरकारको नेतृत्व आफुलाई सुम्पनु पर्ने अडान राखेको छ भने काँग्रेस र एमाले सरकारको नेतृत्व आफुले नपाउने हो भने माओवादीले लडाकु समायोजनको खाकामा सहमति जनाएर काम सुरु गर्नुपर्ने अडान राखेका छन् । अगामी बुधबार संसदमा

20110130

Exclusive News...प्रचन्डले पनि झलनाथ ले झै झन्डै झापड खाएका बाबै ! बँचाए वाइसियल र माओवादीकै कार्यकर्ताले, प्रचन्डको पनि सातो गयो ! हरेक पार्टिका मै हुँ भन्ने नेताहरुलाई अब गाला जोगाउन गार्हो !

प्रचन्डलाई थप्पड हान्न प्रयास गर्ने माओवादी सहिदका पिता, उनी भन्छन "सहिदका नाममा पैसा कुम्ल्याउने कुर्सीको भोका लाई त्यहाँ थप्पड लाउछु भन्या रोके मोराहरुले" 

20110129

के तिमीहरु ज्युंदै छौ त ?? : छ सय एक ज्युँदा हौँ भन्ने सभासद हरुलाई मुर्दाभन्दै र चुनौती दिँदै एक नेपाली ले यसरी श्राध्द गरे



६०१ को श्राद्ध ― संविधानसभाका ६०१ सदस्यहरुले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै वर्दियाका राकेश कुमार शर्माले विरोध स्वरुप विहिबार चितवनमा सभासदहरुको श्राद्ध गर्दै।

20110128

बिदेश भ्रमण भन्दा खुत्रुक्क मर्छन् नेपालका राष्ट्रपतिदेखी प्रधानमन्त्री, मन्त्री, हाम्रा नेता हरु, कस्तो बिडम्बना हगी हामी नेपाली को !

सात महिनाको समयमा पनि देशले सरकार बनाउन नसकेको र फेरि पनि प्रधानमन्त्री निर्वाचनको प्रकि्रया शुरु भएको अवस्थामा राष्ट्रपति डा. रामवरण यादव दशदिने भारत भ्रमणका लागि बिहीबार प्रस्थान गर्नुभएको छ। विदेश भ्रमणमा भएको समयमा राष्ट्रमा सामान्य संकट पर्दा पनि राष्ट्राध्यक्ष फर्कने सामान्य अन्तर्राष्ट्रिय प्रचलन भएकोमा राष्ट्रपति यादव भने बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न आ³वान गर्दै विदेश प्रस्थान गर्नुभएको हो। १७ सदस्यीय टोलीको नेतृत्व गर्दै अपराह्न ४ बजे काठमाडौंबाट कोलकाता प्रस्थान गर्नुभएका राष्ट्रपति यादवलाई प्रधानमन्त्री माधवकुमार नेपालसहित उच्चपदस्थ सरकारी अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गर्नुभएको थियो। राष्ट्रपतिको भ्रमणमा सवारीसाधन रोकिँदा सर्वसाधारणले लामै हैरानी बेहोर्नुपरेको थियो भने सार्वजनिक सवारी लामो समय प्रभावित भएको

नेपालको अशान्ति र चिन्ता लाग्दो राजनीतिक अवस्था बाट अत्यन्त चिन्तित नेपाली बाबाले नेपाल र नेपालीका लागि माता सँग बिशेष प्राथना गर्दैहुनुहुन्छ, सबैलाई माता बिन्दबासिनिको पूजा आराधाना गर्न आग्रह

हिन्दूहरुका महान गुरु, जगदाचार्य नेपाली बाबा नेपालबाट हिजो मात्रै भारतको बिन्ध्याचल स्थित माता बिन्दबासिनी मन्दिर पुग्नुभएको छ । भोली हुने माता बिन्दबासिनी को बिशेष श्रीँगार तथा पूजा आराधानाका क्रममा नेपाली बाबा त्यहा पुग्नुभएको हो । नेपालको अशान्ति र चिन्ता लाग्दो राजनीतिक अवस्था बाट अत्यन्त चिन्तित नेपाली बाबाले त्यहा नेपाल र नेपालीका लागि माता सँग बिशेष प्राथना गर्दैहुनुहुन्छ र भोली बिस्व भर छरिएर रहेका सबै नेपाली लाई माता बिन्दबासिनिको पूजा आराधाना गर्न आग्रह गर्नुभएको छ । यसका अलावा सबै हिन्दूहरुलाई संसार कै शान्ती र बिग्रदो पर्याबरण बचावट का लागि माता सँग प्राथना गर्न आग्रह गर्नुभएको छ । भोली बिन्ध्याचलमा हुने उक्त पूजा बिशेष र महत्वपूर्ण एबम ठुलो पूजा आराधाना हुने नेपाली बाबाले नेपाल मदर डट कम लाई टेलिफोन मा बताउनुभयो । उक्तबिशेष पूजा पछी नेपाली बाबा बनारस, मुम्बई, द्वारका, दिल्ली हुँदै नेपाल फर्किने कार्यक्रमा छ । हाल बाबा

20110127

चितवनस्थित माओवादी लडाकुको शक्तिखोर शिविरमा मानिसहरूको भेला गराएर प्रचण्डले आफ्नो शक्ति प्रदर्शन गरे कि शान्ति स्थापना प्रक्रियाको नयाँ ढोका खोले?
- देवप्रकाश त्रिपाठी
चितवनस्थित माओवादी लडाकुको शक्तिखोर शिविरमा मानिसहरूको भेला गराएर प्रचण्डले आफ्नो शक्ति प्रदर्शन गरे कि शान्ति स्थापना प्रक्रियाको नयाँ ढोका खोले? माओवादी लडाकुलाई अनमिनको बहिर्गमनपश्चात् विशेष समितिमातहत ल्याउने क्रममा आयोजित समारोहलाई बढाइचढाई बुझ्ने या प्रचार गर्ने कार्यलेयसरी प्रश्न उठाउन सकिने या उठाउनुपर्ने स्थिति बनाएको छ। मार्क्सवाद, लेनिनवाद, माओवाद र स्टालिनवादबाट

20110126

नागरिक पार्टी भयौँ अब प्रधानमन्त्री हामीलाई नै चाहिन्छ भनी बार्गेनिङ गर्ने माओवादीद्वारा आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण

माओवादीका कार्यकर्ताहरुको एक समूहले आपसी विवादका कारण मंगलबार राति उदयपुरको लाफागाँउ गाविसका आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण गरेका छन् । स्थानीय रामबहादुर राईको विवाहमा भोज खान गएका ७६ वर्षीय धनबहादुर राईलाई कुटपिट गरेको विषयमा विवाद हुँदा माओवादीले लाफागाँउ –१ का ४५ बर्षीय कांग्रेस कार्यकर्ता डिक बादुर थापा, एमाले गाँउ कमिटीका अध्यक्ष २८ वर्षीय कमल राई, एमाले कार्यकर्ता ३० वर्षीय पर्शुराम थापा, १६ वर्षीय केशर राई, २५ वर्षीय कर्णबहादुर राई उनका बुबा अन्दाज, चुनुकला राई र हस्तबहादु राई सहित छ जनालाई अपहरण गरेका बताइएको छ । अपहरणमा परेका सबैलाई उच्च मावि लाफागाँउ भित्र बन्दक बनाएको जनाइएको छ । माओवादी किरात राज्य समिति सचिवालय सदस्य केदार राई र लाफागाँउ कमिटि इचार्ज चन्द्रकुमार कार्कीको नेतृत्वमा वाईसिएलका एक दर्जज बढी कार्यकर्ताले एमाले कांग्रेस कार्यकर्ताको अपहण गरेको कांग्रेस जिल्ला सदस्य धनबहादुर राइले बताए ।

दु:खद समाचार : मित्र दान बहादुर श्रेष्ठ लाई अल्पायुमै लङ को क्यान्सरले टपक्कै टिपेर सदा सदाका लागि हामीबाट अलग गरी लगेको छ !

क्यान्सरबाट अल्पायुमै निधन भएका दान श्रेष्ठको परिवारलाई सक्दो सहयोग गरौं

दाह सँस्कार अमेरिकाको सेन्टिलिमा करिब ८० जना नेपालीहरुको उपस्थितिमा सम्पन्न       


Updated News.....फोक्सोको क्यान्सर बाट पीडित भै अल्पायुमै निधन हुनुभएका दान बहादुर श्रेष्ठको अन्त्यस्ठी अमेरिकाको सेन्टिलिमा करिब ८० जना नेपालीहरुको उपस्थितिमा सम्पन्न गरियो । नेपाली पन्डित राजेन्द्र खनाल द्वारा हिन्दू परम्परा अनुसार मन्त्रोच्चारण तथा बिधी द्वारा र छोरा अमित द्वारा दाग्बत्ती दिएर श्रेष्ठलाई बिदाइ गरिनुअघी सबै उपस्थित नेपालीले पुष्प गुच्छा सहित अन्तिम श्रदान्जली दिएर वहाँको बिदाइ गरेका थिए । सो अबसरमा १ मिनेट मौन धारण गरिएको थियो । यस्तो दु:खद घडीमा उपस्थित र सहयोग गर्ने सबै नेपाली लाई रामप्रसाद खनालले श्रेष्ठ परिवार को तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दै भन्नु भयो "भन्छन बिहे को जन्ती र मर्दाको मलामी जिबनकै ठुलो साथी हुन्छ, एक आपस मा पर्दा सहयोग को लागि सबै तयार हुनुपर्छ।" सो अबसरमा सागर कंडेलले आर्थिक सहयोग उठिरहेको र सबैले सहयोग गर्न अपिल गर्नुभयो।

20110125

बस सडकबाट तल खस्दा नौजनाको मृत्यु, २७ जना घाइते

गोरखा,  ताप्लेमा मंगलबार दिउँसो भएको बस दर्ुघटनामा नौजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सदरमुकाम गोरखाबाट पाँचखुवा देउराली जाँदै गरेको ना२ख ७२५१ नम्बरको बस ताप्ले-५ को कटुसघारीनजिकै दर्ुघटनाग्रस्त भएको हो । बस सडकबाट डेढ सय मिटर तल खसेको थियो । दर्ुघटनामा घटनास्थलमै सात, गोरखा अस्पतालमा एक र उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा अर्का
 निर्दोश मान्छे मार्ने माओवादीका सात हजार लडाकुलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीमा समायोजन गराइछाड्ने माओवादी हठ, के होला यि लुट्ने, कुट्ने, मान्छे मार्ने, अपराध गर्नेहरुलाई त्यहा भित्र छिराए पछी !!!   
माओवादी सैन्यविभाग प्रमुख वर्षमान पुन अनन्तले सात हजारसम्मको संख्यामा लडाकू समायोजन हुने शर्तमा दलहरुबीच सहमति बन्न सक्ने बताउनुभएको छ। रिपोर्टस्र क्लबको साक्षात्कारमा सोमबार बोल्दै अनन्तले माओवादी संख्यामा अड्किएर बस्ने पक्षमा नरहेको भन्दै कसैले पनि यति वा त्यति संख्यामा

अब फेरी भागबन्डाकै राजनीति : पालैपालो प्रधानमन्त्री बन्न र लिन माओवादी, एमाले र कङ्रेस सहमत त भए, फेरी शुरु भयो को पहिला प्रधानमन्त्री बन्ने भन्ने बिबाद !

चक्रीय प्रणालीमा सरकारको नेतृत्व गर्न प्रमुख तीन दल सहमत भए पनि कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा सहमति कायम हुन नसकेपछि सोमबारको तीन दलको बैठक निष्कर्षमा पुग्न सकेन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चक्रीय प्रणालीमा पहिला आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने शर्त राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको हो। संविधानसभा निर्वाचनपछि माओवादी र एमालेले सरकारको नेतृत्व गरिसकेको कारण देखाउँदै अबको नेतृत्व आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरेको छ भने माओवादीले आफ्नो नियन्त्रणमा रहेको माओवादी लडाकूलाई विशेष समितिअन्तर्गत बुझाइसकेको र संविधानसभा निर्वाचनमा सबैभन्दा बढी सिट आफ्नो

20110124

हत्यारा नाइके प्रचन्डलाई फेरी प्रधानमन्त्री बनाउने कुरा !!??

यि र यसै गरी निर्मम तरिकाले मारिएका १५००० भन्दा बढी निर्दोशहरुका साक्ष्यीले माओवादी नेता प्रचन्ड र उनका मतियारहरुलाई अन्तरास्ट्रिय अदालत पुर्‍याउनु पर्ने बेला उनै हत्यारा नाइके प्रचन्डलाई फेरी प्रधानमन्त्री बनाउने कुरा चल्दै छ नेपालमा, कहाँ छ धर्म ? कहाँ छ न्याय ? कहाँ छ कानुन ? कहाँ छ मानबाधिकार ? कहाँ छन मानबाधिकारबादिहरु ? चोरलाई चौतारो साधुलाई शुली भन्या त्यसै त रहेनछ हगी ??!!

अरुलाई मार्ने माओवादीहरु आफै यसरी मारिदै छन !

सरकार माओवादीकै नेतृत्वमा बन्ने : अध्यक्ष प्रचण्ड
 अज्ञात समूहले आइतबार साँझ एक माओवादी कार्यकर्ताको गोली हानी हत्या गरेको छ। रौतहटको सरुअठा गाविस-९ बस्ने माओवादी भोजपुरा राज्यसमिति सदस्य ३५ वर्षीया रुक्साना खातुनलाई हतियारधारी अज्ञात समूहले हत्या गरी फरार भएको हो। प्रहरीले दिएको जानकारीअनुसार तीन-चार जनाको समूहमा आएका हतियारधारीले खातुनलाई गोली हानेका थिए । खेतमा काम गरिरहेकी खातुनको कन्चटमा

अनुशासन उल्लंघनको अभियोगमा सहायक रथी बज्रचार्यसहित नौ सैनिक अधिकृतलाई सैनिक हिरासतमा लिई कोर्ट मार्सल सुरु !

नेपाली सेनाको एउटा प्रसँसनीय कदम, यस्तै गर्नुपर्छ प्रहरीमा पनि !
 नेपाली सेनाका सहायक रथी किरण बज्राचार्यसहित नौजना अधिकृतलाई सैनिक हिरासतमा लिएर कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको छ । अनुशासन उल्लंघनको अभियोगमा सहायक रथी बज्रचार्यसहित नौ सैनिक अधिकृतलाई  सैनिक हिरासतमा लिई कोर्ट मार्सल प्रक्रिया अघि बढाएको सैनिक उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार सोमबार अपराह्न बज्राचार्यसहितका अधिकृतलाई हिरासतमा लिइएको हो । हिरासतमा लिइएका अन्य अधिकृतहरूमा प्रमुख सेनानी प्रेमेन्द्रकिशोर क्षेत्री, सेनानीहरू किरण श्रेष्ठ, पंकज थापा, रामसागर यादव, ध्रुव पण्डित, गोविन्द मैनाली र सहसेनानी राजेश क्षेत्री छन् । स्रोतका अनुसार सहायक रथी बज्राचार्यलाई यान्त्रिक सेवा निर्देशनालय थापाथलीमा हिरासतमा राखिएको छ भने प्रमुख सेनानी क्षेत्रीलाई यान्त्रिक परिवहन गण माइतीघर र

20110123

एमाले अध्यक्ष झलनाथ खनाललाई एक थप्पड मारेकै भरमा !

सहयोगी हातहरू रोगी र असहायका लागि मात्र अघि र्सर्दैनन्, कहिलेकाहीं कानुनको नजरमा 'अभियुक्त' का लागिसमेत अघि र्सछन् । देवीप्रसाद रेग्मी त्यस्ता अभियुक्त बने, जसका नाममा सत्तारुढ दल एमाले अध्यक्ष झलनाथ खनाललाई एक थप्पड मारेकै भरमा 'सहयोगी नेपाली हात' बाट १५ हजार रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ र हुने क्रम जारी छ । गत बिहीबार एमाले इटहरी नगर कमिटीले आयोजना गरेको पार्टर्ीीुदृढीकरण अभियान कार्यक्रममा सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष खनाललाई मञ्चमै थप्पड हानेर 'दर्ुर्व्यवहार' गरेका रेग्मीले गालीभन्दा बढ्ता ताली पाइरहेका छन् । अनुसन्धानका लागि १५ दिन हिरासतमा राखिएका रेग्मीलाई विनार्सत छिटोभन्दा छिटो छाड्नसमेत दबाब बढ्दै गइरहेको छ । 'नेताको गैरजिम्मेवारी कामका विरुद्ध नेपाली जनता जाग्छन् भन्ने उदाहरण उनलाई प्राप्त सहयोग र....

20110122

“हामीलाई धेरै खुशी लागेको छ। यत्रो दिन शिविरमा बस्दा हामीलाई दिक्क लागिसकेको थियो” लडाकू

माओवादी लडाकूहरु सरकार मातहत आएको घोषणा

माओवादी लडाकूहरु घोषणासंगै लडाकूहरुको उनीहरुको पार्टि माओवादीसंग सम्बन्ध विच्छेद हुने ठानिएको छ, राष्ट्रसंघीय निकाय अन्मिनको अनुगमनमा बसेका माओवादीका लडाकूहरु शनिबारदेखि औपचारिक रुपमा सरकारको मातहतमा आएका छन्। सरकारसंगको शान्ति प्रक्रिया अन्तर्गत हतियार

बहिष्कार गरेका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले आत्मालोचना गर्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष मोहन वैद्य 'किरण'ले राखेको प्रस्ताव अस्वीकार

प्रशिक्षण बहिष्कार गरेका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले आत्मालोचना गर्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष मोहन वैद्य 'किरण'ले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो फरक मत प्रशिक्षणमा राख्न पाउनुपर्ने अडान दोहोर्‍याई भट्टर्राईले आत्मालोचनाको प्रस्ताव अस्वीकार गरेका हुन् । बैठकमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यले
एमाले अध्यक्ष्य झलनाथ खनाललाई झापड हान्ने ब्यक्तिलाई मुद्दा चलाईदै, माओवादी, एमाले, काङ्रेसका नेताहरु झापडबाट झस्किदै बिरोधमा उत्रिए, देश बिदेशका  जनता झापड हान्नेको समर्थनमा, हिरो हुँदैछन झलनाथलाई झापड हान्ने रेग्मी, हेर्नुस् भिडियो र समाचार !

20110120

एमाले अध्यक्ष झलनाथ खनाललाई एक ५२ वर्षिय कार्यकर्ताले मञ्चमै पुगेर थप्पड हाने, एक्कासी भीडबाट थप्पड खाएपछि खनाल रातोपिरो !

कार्यकर्ता र जनताको धैर्यता गुम्दैछ, अब नेताहरुलाई देशब्यापी रुपमा यसरीनै झापड् हान्दै सोध्नुपर्ने भएकोछ "खोइ शान्ति र संबिधान ? "
Breaking News..........
पार्टी कार्यक्रममा भाग लिन आएका एमाले अध्यक्ष झलनाथ खनाललाई एक कार्यकर्ताले थप्पड हानेका छन् ।बिहीबार पार्टीको बैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन आएका खनाललाई एमाले पूर्व कार्यकर्ता देवीप्रसाद रेग्मीले मञ्चमै पुगेर थप्पड हानेका हुन् । ५२ वर्षिय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । नेताहरुले देश बिगारेकाले खनाललाई मौका पारेर थप्पड हानेको रेग्मीले बताए । 'नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको ठानेर झापड हानेको हुँ,' प्रहरी नियन्त्रणमा रहेका रेग्मीले सञ्चारकर्मीसित भने । रेग्मी पार्टी प्रवेश गर्ने कार्यकर्ताको लाइनमा मिसिएर खनाल नजिकै पुगेका थिए । झापड हान्दा खनालको चस्मा झरेको थियो । कार्यक्रममा अन्य दलका झण्डै १ हजार कार्यकर्ता एमाले प्रवेश गरेका थिए । एक्कासी भीडबाट थप्पड खाएपछि खनाल रातोपिरो भएका

'प्रचण्ड'ले आफूहरू भारत विरोधी नभएको प्रस्टीकरण दिए तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश-सचिव निरुपमा रावसँग !

कार्यकर्ता र जनतालाई भ्रममा पार्न प्रचण्डका अनेकौँ नाटक : मान्नै पर्छ बा नौटँकी गर्ने प्रचण्डको कलालाई !  
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू भारत विरोधी नभएको प्रस्टीकरण दिएका छन् । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेश-सचिव निरुपमा रावसँग बुधबार भएको भेटमा दाहालले आफूहरू भारत विरोधी नभएको भन्दै सहयोग गर्न आग्रह गरेका हुन् । 'माओवादी भारत विरोधी हुँदै होइन, त्यस्तो प्रचार गलत हो, हामी नेपाल-भारतबीच भएका सन्धि-सम्झौतालाई पुनर्मूल्यांकन गर्नुपर्छ भन्ने पक्षमा मात्र छौं,' रावसँग दाहालको भनाइ थियो । स्रोतका अनुसार उनले विदेश-सचिव रावसँग आफूलाई भारतले प्रधानमन्त्री बन्न असहयोग गरेको गुनासोसमेत गरेका थिए । नयाँ सरकार गठनमा भारतले अवरोध गरेकै कारण ढिलाइ भएकोआरोप लगाउँदै आएका दाहालले रावसँग भने कांग्रेस र एमालेका कारण सरकार गठन हुन नसकेको जिकिर गर्दै भारत दोषी नरहेको बताएका छन् । तपाइँ भारत विरोधी हो भन्ने विदेश सचिव रावको प्रश्नमा

20110119

सत्य खोल्दा राजावादी भएको आरोप लाग्ने सन्त्रास, सहमतिका नाममा देशद्रोही र अधिनायकवादीहरूको "सहमति-आतङ्क"

- देवप्रकाश त्रिपाठी
विगत पौने पाँच वर्षयता फैलिएको ‘सहमति’को आतङ्कले नेपाली राजनीतिमा फेरि एकपटक ठाउँ पाएको छ । सहमतिको सरकार गठनका निम्ति राष्ट्रपतिले (पुनः) सात दिनको समय दिनुभएपछि ‘सहमति-आतङ्क’को अर्को शृङ्खला सुरु भएको हो । सम्भवतः बहुमतीय सरकार गठनको प्रक्रिया सुरु नहुन्जेल यसको ‘आतङ्क’ कायम रहनेछ । सहमति शब्द आफैंमा तटस्थ मानिन्छ र सामान्यतया यसको अर्थ सकारात्मक बुझिन्छ । शब्द आफैंमा सकारात्मक भए पनि पात्र, स्थान र विषयले शब्दार्थ निर्धारण गर्दछ । चोर या अन्य कुनै अपराधीहरूबीच कुनै पनि कुकार्यका लागि सहमति भयो भने त्यस्तो सहमति सदा निन्दनीय हुन्छ । कुनै महिला र पुरुषबीच सार्वजनिक स्थलमा कामलीला प्रदर्शन गर्ने सहमति बन्छ भने त्यसलाई पनि अस्वीकार्य एवम्

कुमार कान्छाको निधन लगत्तै फेरी तीन सय भन्दा बढी चलचित्र तथा टेली चलचित्रमा अभिनय गरेकी कलाकार शान्ति मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा निधन !

 अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै तीन सय भन्दा बढी चलचित्र तथा टेली चलचित्रमा अभिनय गरेकी कलाकार शान्ति मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा भएको दु:खद निधनले मन्च परिवार पुरै स्तब्ध भएको बताउनुभएको छ । यस् दु:खद घडीमा स्वर्गिय कलाकार शान्ति मास्के प्रती हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र वहाँका सम्पूर्ण दर्सक, शुभचितकहरुमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ। कलाकार मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा निधन भएको छ । उनी मुटु रोगबाट पीडित थिइन ।उनके पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको शहीद गंगाला हृदय केन्द्रमा उपचारका क्रममा...

तीन जना निर्दोशलाई रेटी रेटी मार्ने माओवादी हत्याराहरुलाई नपक्र भनेछ नेपालको सर्बोच्च अदालतले ! प्रहरी आफै जिल्ल !

हत्या गरेको अभियोग लागेका ओखलढुंगाका २४ माओवादी नेता तथा कार्यकर्तालाई प्रहरीले अब तत्कालका लागि पक्रन नपाउने भएको छ। ओखलढुंगा जिल्ला अदालतले वारेन्ट जारी गरेको भए पनि सर्वोच्च अदालतले सो आदेश तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई पक्रन नपाउने भएको हो। ओखलढुंगाका कुलबहादुर खत्री जंगवीर राई मोहनकुमार खड्का नारायण गिरी टंकबहादुर खत्री पूर्णबहादुर खड्का विन्दाकुमारी मगरलगायत २४ माओवादी नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति हत्या गरेको आरोप लागेको छ। सो आरोपमा सो जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा पनि विचाराधीन अवस्थामा रहेको छ। सो अदालतले उनीहरुविरुद्ध वारेन्ट जारी गरेको....

अध्यक्ष प्रचन्ड र उपाध्यक्ष किरण अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई कार्वाही गर्ने अन्तिम तयारीमा, भट्टराई पक्षधरहरू प्रतिकारमा

- मान बहादुर थापा
 माओवादीभित्र आन्तरिक विवाद निकै चर्केर गएको छ। पार्टी अध्यक्ष प्रचन्ड र उपाध्यक्ष किरण अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई कार्वाही गर्ने अन्तिम तयारीमा लागेका छन् भने भट्टराई पक्षधरहरू पनि कार्वाही गरिए सशक्त प्रतिकार गर्ने योजनामा रहेको बुझएको छ।  आफ्ना भिन्न मतहरूलाई प्रशिक्षणमा लैजानबाट बन्देज लगाएपछि उपाध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार राजधानीमा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम बहिष्कार गरेका थिए। प्रशिक्षणमा उपाध्यक्ष भट्टराईको भिन्न मत नआएपछि उनी पक्षधर नेता कार्यकर्ताहरूले पार्टी अध्यक्षसँग यसबारेमा बारम्बार जिज्ञासा राखेका थिए। तर प्रचन्डले सम्बोधनको क्रममा ती जिज्ञासाहरूको वास्तै नगरेपछि प्रशिक्षणमा ठूलो विवाद भएको थियो र विवादकै बीचमा सोमबारको प्रशिक्षण समापन भएको थियो।  माओवादीभित्रको विवाद कति उच्च रूपमा चर्केको रहेछ भन्ने तथ्यको एउटा नमुना मंगलबार प्रकाशित जनादेशमा पनि देख्न सकिन्छ। माघ ४ गतेको जनादेशको व्यानरमा उपाध्यक्ष डा. भट्टराईको अन्तर्वार्ता छापिएको छ भने त्यो अंकमा प्रधानसम्पादक कोमलनाथ बरालको नाम हटाइएको छ। अन्तर्वार्तामा उपाध्यक्ष भट्टराईले आफूले प्रशिक्षण बहिष्कार गर्नुको कारण खुलस्त रूपमा बोलेका छन्। जनादेश माओवादीको आधिकारिक पत्रिका मानिन्छ। माओवादीभित्रका विवादहरू अन्य पत्रिकाहरूमा आए पनि यस अघि उनीहरूको आधिकारिक पत्रिकामा यसरी आएका थिएनन्। स्रोतका अनुसार सोमबार साँझ डा. भट्टराईको यस अन्तर्वार्ताको विषयलाई लिएर जनादेश डेक्समा ठूलो विवाद भएको थियो। प्रचन्ड पक्षधर मानिने पत्रिकाका प्रधान सम्पादक कोमलनाथ बरालले “डा. भट्टराईको यो अन्तर्वार्ता कुनै पनि अवस्थामा प्रकाशित गर्न नहुने बरू पत्रिकानै बन्द गर्नुपर्ने, अड्डी कसेका थिए। तर कार्यकारी सम्पादक मनऋषि धिताल लगायतले उपाध्यक्ष भट्टराईको अन्तर्वार्ता प्रकाशित गर्नुपर्ने विचार राखेका थिए। आफ्नो

20110118

"मूल्यमान्यताहरूको पनि ठाडो उल्लंघन र आन्तरिक जनवादमाथि दमन भएको हुनाले त्यसको विरोधस्वरूप मैले प्रशिक्षण बहिष्कार गरेको हुँ"

-माओवादी उपाध्यक्ष बाबुराम भट्टराई
सोमबारदेखि सुरु भएको माओवादीको प्रशिक्षण बहिष्कार गर्नुभयो ? त्यसो किन गर्नुभयो ?
हाम्रो पार्टीको अन्तरिम विधानको धारा-२ (६)को (ख) अनुसार केन्द्रीय समिति र पोलिटब्युरोमा राखिएका मतहरूलाई तलसम्म राख्ने अधिकार हुनेछ भन्ने प्रष्ट प्रावधान छ । त्यसपछि हालसालैको हाम्रो केन्द्रीय समितिले फरक विचारहरूलाई यो प्रशिक्षणका क्रममा पनि तलसम्म लान दिने तर कामकारबाहीमा एक भएर जाने भन्ने निर्णय गरेको थियो । त्यसको विपरीत सोमबारदेखि सुरु भएको हाम्रो पार्टीको प्रशिक्षणमा हामीले राखेको भिन्न मतलाई त्यहाँ राख्न दिइएन । जबकि प्रशिक्षणका क्रममा त्यो राख्न दिइने भन्ने कुरा पहिले नै भइसकेको थियो । हाम्रो पार्टी विधान र केन्द्रीय समितिको निर्णयको उल्लंघन, अन्तरिम जनवादसम्बन्धी सर्वहारा मूल्यमान्यताहरूको पनि ठाडो उल्लंघन र आन्तरिक जनवादमाथि दमन भएको हुनाले त्यसको विरोधस्वरूप मैले प्रशिक्षण बहिष्कार गरेको हुँ । र, पछि कतिपय साथीहरूले पनि बहिष्कार गर्नुभयो भन्ने सुनें तपाईको मत त 'विचारधारा'पत्रिकामा मात्रै प्रकाशित गर्ने भन्ने निर्णय मात्रै भएको हो रे नि ?
हाम्रो पार्टी विधान र केन्द्रीय समितिको पछिल्लो निर्णयमा भिन्न मतलाई तलसम्म प्रवाहित गर्ने....

"प्रचण्डको शक्तिखोरको भिडियो प्रसारण नभएको भए सायद मलाई मृत्युदण्ड हुन्थ्यो होला, म माथी ठुलो षडयन्त्र भइसकेको थियो"

- रुक्मांगद कटवाल

माओवादी जनहत्याराहरु शिविरभित्र सुरक्षित रहेकोमा आर्श्च व्यक्त, संघियताले देश टुक्रने दावी
लण्डन / नेपाली सेनाका अवकास प्राप्त सेनापति रुक्मांगद कटवालले शक्तिखोरको भिडियोले आफुलाई बचाएको बताउनुभएको छ । शक्तिखोरको त्यो भिडियो मिडियामा आएकाले आफु मृत्युदण्डको सजायांबाट मुक्त भएको बताउनुभयो । त्यस अवस्थामा प्रचण्डको भिडियो प्रसारण नभएको भए सायद मलाई मृत्युदण्ड हुन्थ्यो होला, कटवालले...

अमेरिकाको पेन्सिलभेनियामा मोटर दुर्घटनाः डा. कृष्णहरि बराल सख्त घाइते , आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध

नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा. कृष्णहरि बराल अमेरिकाको विभिन्न राज्यहरुको स्थलमार्गबाट भ्रमण गरिरहेको बेला मोटर दुर्घटनामा पर्नु भएको छ । पत्नी श्रीमति सुष्मा बराल, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी सहित चार जनाको टोली उक्त भ्रमणको शिलशिलामा बोष्टनबाट ओहायो गैरहेको बेला यही जनवरी २ २०१० आइतबार साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा अकस्मात उक्त दुर्घटना भएको हो । गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल State Park स्थित Mount Nittany Medical Center मा पुर्याईयो । दुर्घटनामा पर्नेहरुमध्ये श्रीमती बराल स्वप्नील र सन्तोषलाई साधारण उपचारपछि डिस्चार्ज गरिएको छ । तर डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको समाचार छ । वहाँको उपचारको क्रममा डाक्टरहरुले पत्ता लगाए अनुसार केही रक्त-नशाहरु -Artery ruptures_ फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले वहाँलाई तत्कालै हेलिकप्टरबाट Danville, PA स्थित Geisinger...

20110117

माओवादी बिबाद छताछुल्ल : डा‌‌. बाबुराम भट्टराईले बहिस्कार गरे, हिसिला यमीलाई बोल्दाबोल्दै माइक खोसी मञ्चबाटै झारियो

Breaking News.......
भृकुटीमण्डमा भइरहेको माओवादी प्रशिक्षणमा माओवादी नेतृ हिसिला यमीलाई बोल्दाबोल्दै माइक खोसी मञ्चबाटै झारिएको छ। माओवादीका नेवा राज्य इन्चार्ज हितमान शाक्यले यमीलाई मञ्चबाट धकेलर झारेका हुन्। पार्टीकै नेताले दुर्व्यवहार गरेपछि उनले प्रशिक्षण बहिष्कार गरेर बाहिरिएकी छन्। उनले पार्टीमा आन्तरिक जनवादको अभ्यास नभएको भन्दै आफैँ डायसमा गएर अध्यक्षले जवाफ दिनुपर्ने बताएकी थिइन्। यमीको आग्रहलाई बेवास्ता गर्दै प्रचण्डले सम्बोधनमा त्यस बारे कुनै विषय नै प्रवेश नगरी प्रशिक्षण टुंग्याएपछि आक्रोसित बनेकी यमी 'एक हातले ताली बज्दैन', 'आन्तरिक जनवाद, जिन्दावाद!' भन्दै बाहिर निस्किएकी थिइन्। उनको आग्रहपछि बाबुराम पक्षीय सभासद र सहभागीहरुले समेत प्रशिक्षण बहिष्कार गरेका छन्। यमकी आग्रहपछि भट्टराई पक्षका सभासदहरु खिमलाल देवकोटा, हेमराज भण्डारी प्रशिक्षण छाडेका छन्। एकीकृत नेकपा...

हामी नेपालीहरु किन पछी पर्यौँ ? हाम्रो देश किन पछी पर्‍यो ? मान्छेका रगत पिउने प्रचन्ड जस्ताहरु नेता किन बने ?

नेपालीहरु ! कामधाम केहि छैन गोरु जुधाएर बस अब, खाते नेताहरु जस्तै
हामी नेपालीहरु किन पछी पर्यौँ ? हाम्रो देश किन पछी पर्‍यो ?  मान्छेका रगत पिउने प्रचन्ड जस्ताहरु नेता किन बने ? किन माकुनेहरु हार्दा पनि प्रधानमन्त्री बने ? किन ज्ञानेन्द्र खुस्किए ? यि र यस्ता धेरै प्रश्न उठ्छन् खोज्दै जादा । बेरोजगारी, अशिक्षा, गरीबी र यस्तै यस्तै कारणले नेपाली जनता गोरु जुधाएर यसरी राम हेर्न मस्त छन, हेर्नुस् अनी मनन गर्नुस् त यत्रो नेपाली जनसक्ती यसरी कहिले गोरु जुधाएर त कहिले चटके को चटक हेरेर समय बर्बाद गरिरहेका छन अनी हामी उभो लागौंला ! मलाई एउटा रविन सायमीको धेरै बर्श अघिको कार्टुन याद आयो, अमेरिकाले त्यती खेर अग्नी मिसाइल टेस्ट गर्दै थियो, सायमीले नेपालीले बाटा घाटा जताततै आची गर्दै हिंड्ने भएकाले कार्टुनमा भनेका थिए "अमेरिकाले अग्नी मिसाइल टेस्ट गर्‍यो हामी नेपाली हग्नी मिसाइल टेस्ट यसरी गर्दैछौं" हेर्नुस् यि दुई भिडियो र हामी नेपाली को आफै आत्मा मुल्याङ्कन गरौँ !!!

अलबिदा लोकप्रिय गायक कुमार कान्छा !
अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै प्रख्यात गायक कुमार कान्छाको दु:खद निधनले मन्च परिवार पुरै स्तब्ध भएको बताउनुभएको छ । यस् दु:खद घडीमा स्वर्गिय गायक कान्छा प्रती हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त कान्छा परिवार र वहाँका सम्पूर्ण श्रोता...

20110115

राष्ट्रपति डा.रामवरण यादवले एक साताभित्र सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राजनीतिक दललाई आह्वान

राष्ट्रपति डा.रामवरण यादवले एक साताभित्र सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राजनीतिक दललाई आह्वान गरेका छन् । राष्ट्रपति डा. यादवले ७ माघ -शुक्रबार) सम्मको समय दिएर अन्तरिम संविधानको धारा ३८-१) बमोजिम सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न शनिबार अपराह्न व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयले सहमतिको सरकार बनाउन गरेको आह्वानसहितको पत्र शनिबार नै संसद् सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइसकेको छ । सभामुख सुवासचन्द्र नेम्वाङले बिहीबार डा. यादवलाई भेटी यसअघि जारी निर्वाचन प्रक्रिया १६औं चरणपछि अन्त्य भएको औपचारिक जानकारी गराएपछि राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पुनः आह्वान गरेका हुन् । नयाँ प्रक्रियाबारे राष्ट्रपतिले शुक्रबार प्रधानमन्त्री माधवकुमार नेपालसँग...

विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाई माघे सङ्क्रान्ति मनाइँदै

माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाई मनाइँदैछ। ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई 'मकर सङ्क्रान्ति' भन्ने गरिन्छ। आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।यस पर्वमा नेपालका देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा स्नान, दान, तर्पण–श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भिड लाग्छ।लड्डु तथा घ्यू–चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा 'घ्यो–चाकु सँल्हु' भनिन्छ।भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो...

20110114

दैनिक १२ घण्टाको दरले लोडसेडिङ , अझै बढ्न सक्ने संकेत

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणले आइतबारदेखि लागू हुने गरी सातामा ८४ घण्टा विद्युत कटौती गर्ने भएको छ । यसअघि सातामा ७४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । जलासयमा पानीको मात्रा घटेको र जाडोयाममा विद्युतको मागसमेत बढेको कारण देखाउँदै प्राधिकरणले दैनिक १२ घण्टाको दरले लोडसेडिङको अवधि बढाएको हो । सुख्खायाम सुरु हुन अझै दुई महिना बाँकी छँदै दैनिक १२ घण्टाको दरले विद्युत कटौती हुनुले लोडसेडिङको अवधि अझै बढ्न सक्ने संकेत गरेको छ ।
खनाललाई कठपुतली प्रधानमन्त्री बनाउने सम्भावना
माओवादी र एमालेको चेपुवामा परेर धान्न नसकी कांग्रेसका रामचन्द्र पौडेलको प्रधानमन्त्री पदमा दर्ता भएको उम्मेद्वारी फिर्ता भएपछि राजनीतिक वृत्तमा 'वाम गठबन्धन' निर्माणको सम्भावना व्यक्त गर्न थालिएको छ। अहिलेसम्म कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धनलाई समाप्त पारेर वाम गठबन्धन कायम गर्न माओवादी नेतृत्व लागिपरेको पृष्ठभूमिमा वाम गठबन्धनको सम्भावनालाई औंल्याउन थालिएको हो। संसद्मा कायम रहेको वामशक्तिको उपस्थितिले पनि वाम गठबन्धनको सम्भावनालाई औंल्याएको छ। यसमा अहिले आएर एमाओवादी र एमालेको संस्थापन पक्षबीच समझदारी कायम भएको स्थितिले गर्दा सरकारको नेतृत्व गर्ने विषयमा पनि माओवादी र एमालेबीच समझदारी भएमा वाम सरकार बन्न सक्ने....

20110113

.....तर हामी नेपाली भन्दैछौँ-महान् प्रचण्ड जिन्दावाद । जनवादी क्रान्ति जिन्दावाद । जनगणतन्त्र- ल्याउँछौं, ल्याउँछौं !

-देवप्रकाश त्रिपाठी
ब्रह्माजी महान् कि शङ्करजी भन्ने प्रश्नमा विचरण गर्न थालियो भने मानिसका अनेक तर्क, वितर्क र धारणा हुन सक्छन् । विध्वंशक महान् हुन् या सृष्टिकर्ता भन्ने प्रश्नको छिनोफानो भयो भने ब्रह्माजी या शङ्करमध्ये को ठूला हुन् भनी उत्पन्न बहस एवम् विवादको निरूपण हुने विश्वास गर्न सकिन्छ । सनातनीहरू सृष्टिकर्ता ब्रह्माजीको पूजा गर्दैनन्, पूजा संहारकर्ता भगवान् शङ्करको गर्छन् । यसबाट मानिसहरू मृत्युको भयबाट सबभन्दा प्रभावित र प्रेरित हुन्छन् भन्ने सङ्केत मिल्दछ । आफूलाई जसले सृष्टि गर्‍यो त्यसप्रति अनुगृहित रहिरहनुभन्दा ‘खतरा कतापट्टबिाट छ’ त्यससँग रक्षित हुने उपायको खोजी गर्नु मानवीय प्रवृत्ति हो भन्ने बुझिन्छ । तर, एउटा विवेकपूर्ण मानिस यतिसम्म कृतघ्न रहनु कदापि जायज हुन सक्दैन । सृष्टिकर्ता र संहारकर्ताबीचको भिन्नता रात र दिनजत्तिकै हुन्छ, हामी दिनमा आँखा चिम्लेर अँध्यारो हेर्ने....

बाहुन समाज, क्षेत्री समाज, गुरुङ समाज, थारु समाज आदि नामका संस्थाहरु खोलेर भएपनि अध्यक्ष हुने प्रचलन निकै नै लज्जास्पद !

हामीलाई पनि मन पर्‍यो यो लेख ! यस्तैछ मित्र अमेरिकामा पनि !

चन्द्रमामा पुगेपनि नसुध्रने नेपाली

-यात्री/नेदरल्याण्डस्-
रेलको लामो यात्रामा पट्यार लाग्ने हुँदा प्रायःजसो सबैका हातमा पुस्तक वा पत्रिका हुने गर्छ। हुन त रेल र बसमा मात्र नभई पश्चिमाहरु उभिँदा बस्दा वा खाँदा जे गर्दा पनि आफूसँग पुस्तक साथैमा लिन्छन्। पुस्तक पढ्ने उनीहरुको आदत साँच्चै नै तारिफयोग्य छ। सायद शिक्षित समाजको ज्वलन्त उदाहरण पनि यही नै होला। एक दिन एक शहरबाट अर्को शहरका यात्राका क्रममा मेरो अघिल्तिर एक यात्री बसिरहेको थियो। म यहाँ निःशुल्क पाइने दैनिक पत्रिकाको हेडलाइन हेर्दै थिएँ। त्यसैबीच एकजना साथीको फोन आयो। मैले उसलाई नमस्कार गर्दै आफ्नो वार्ता अगाडि बढाएँ। कुराकानी लामै भयो फोन गर्ने साथीसँग। अघिल्तिर बसिरहेको अपरिचित यात्री पटक-पटक मेरो अनुहारमा हेर्ने गर्थ्यो। मलाई समेत अप्ठेरो लागिसकेको थियो तर पनि उताबाट साथीले फोन राख्ने कुरै निकालेन र म आफैले भनिदिएँ- म तिमीलाई पछि फोन गरौँला है।
मैले पुनः आफ्ना नजरहरु पत्रिकातिर नै लगाएँ। एक्कासी उसले मलाई सोध्यो। ह्वार कोम...

20110112

अस्ट्रैलियामा आएको बाढीको बिनास हेर्नुस् त भिडियोमा !

Exclusive Video .....! Oh My God !!!

एउटा अन्तर्वार्ता नेपाल मा अर्को अधिनायकबाद लाद्न अनेकौँ खेल खेलेका र १५ हजार भन्दा बढी को आलो रगत पिएका भनेर चिनिने प्रचण्ड सँग !


हेरौ यो भिडियो र मनन गरौँ यदी हामी नेपाली हौँ भने !

नेकपा एमाले भित्र उत्पन्न तीव्र विवादले एमालेकै सभासद्हरु अन्योलमा, प्रधानमन्त्री नेपाल, केपी ओली र अध्यक्ष खनालबीच विवाद

एमाले भित्र को नौटँकी र बिबादले माओवादीलाई फाईदा, काङ्रेस र एमाले नमिले अब मुलुक माओवादीले कब्जा गर्ने, धिक्कार छ आफूलाई प्रजातन्त्रबादी भनाउने कुर्सिका भोकाहरु हो जसले अधिनायकबादी माओवादीलाई मुलुक फेरी सुम्पिदै छौ !...

20110110

४० डाकालाई एक्लै परास्त गरी रेलका यात्रुको धनमाल र युवतीको इज्जत जोगाएका नेपालका बिष्णुप्रसाद श्रेष्ठलाई भारत सरकारबाट दिइने सौर्य चक्र, सर्बोत्तम जिवन रक्षक पदक र गोडरे फिलिप्स बेभरी अवार्डकालागि प्रस्ताव

भारतीय सैनिकमा कार्यरत नेपालका बिष्णु प्रसाद श्रेष्ठले ४० डाकालाई एक्लै परास्त गरी रेलका यात्रुको धनमाल र युवतीको इज्जत जोगाएका छन्। पैंतीस वर्षीय श्रेष्ठ भारतको राँचीस्थित भारतीय सेनाको ७÷८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट रिटायर्ड भै घर फर्कने क्रममा गत सेप्टेम्बर २ को मध्य रातमा बंगालको चित्तरंजनमा मौरिन एक्सप्रसको रेलमा डाकाहरुले रेलकायात्रीलाई लुट्नेक्रममा उनलाई समेत लुट्ने प्रयास गरेका थिए। डाकाहरुले यात्रीको नगद, मोवाइल लगायत अन्य सामान लुट्दै उनको नजिक पुगे र उनिसँग पनि सामान, पैसा माग्न थाले। त्यसपछि श्रेष्ठले प्रतीकारमा १० जनालाई ढलाए र बलत्कृत हुनआटेकी युवतीलाई जोगाए। श्रैष्ठले घटनामा १ जना डाकालाई रेलकै शौचालयमा थुने भने ३जनाको उनको खुकुरी प्रहारबाट मृत्यु र ८जना घाइते भए। उनले ५० वटा ल्ापटप, २० लाख नगद ,२सय थान मोवाइल सेट, एक दर्जन सुनको सिक्री लुटीनबाट बचाएका थिए। श्रेष्ठले बहादुरी काम गरेको भन्दै निबृत्तबाट फेरी सेवामा प्रवेश गराउँदै कमाण्डिङ ...

प्रधानमन्त्री निर्वाचनमा रामचन्द्र पौडेलको विपक्षमा मतदान गरे एमालेसँगको सहकार्य टुट्ने, माधवकुमार नेपाल नेतृत्वमा सहभागी सबै मन्त्रीहरू फिर्ता हुने कांग्रेस चेतावनी

कांग्रेसले व्यवस्थापिका संसद्मा जारी प्रधानमन्त्री निर्वाचनमा एक्ला प्रत्यासी रामचन्द्र पौडेलको विपक्षमा मतदान गरे एमालेसँगको सहकार्य टुट्ने चेतावनी दिएको छ । कांग्रेसले पौडेलको विपक्षमा मतदान गरेकै दिनबाट माधवकुमार नेपाल नेतृत्वमा सहभागी सबै मन्त्रीहरू फिर्ता हुने जनाउ पनि एमाले नेतृत्वलाई दिएको छ । व्यवस्थापिका संसद्मा बुधबार पौडेललाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान हुँदै छ । मतदानको समय आइसक्दा पनि एमालेले पौडेलको विपक्षमा मतदान गरी अस्वीकृत गर्ने अडान नफेरेपछि कांग्रेसले सहकार्य टुट्ने चेतावनी दिएको हो । कांग्रेस र एमालेका शर्ीष्ानेताहरूबीच सोमबार भएको दर्ुइ चरणको वार्तामा उम्मेदवारी फिर्ता नलिने र एमालेले विपक्षमा मतदान गरे सबै मन्त्री फिर्ता गरी सहकार्य औपचारिक रूपमा टुटाउने बताएको हो । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई अवकाश दिने निर्ण्र्ााथमौती भएको ...

20110109

Shree Swasthani Barta Katha from Part 1 to Part 31

सोमबार सुरु भयो एतिहासिक श्री स्वस्थानी व्रत !

एक महिनासम्म चल्ने यो ब्रतका सुन्नै पर्ने कथाहरु
का पाठकहरुका लागि यहाँ राखिएको छ, तपाईं पनि सुन्ने प्रयास गर्नुस् 

अमेरिकी कंग्रेसकी महिला सदस्यको टाउकोमा गोली प्रहार

एरिजोनामा भएको सो गोलीकान्डमा अरू ६ जनाको ज्यान गएकोछ
अमेरिकी कंग्रेसकी एकजना महिला सदस्यको टाउकोमा गोली प्रहार भएपछि उनी चिन्ताजनक अवस्थामा पुगेको खबर छ। एरिजोनामा भएको सो गोलीकान्डमा अरू ६ जनाको ज्यान गएको बताइएको छ। मोक्रेटिक प्रतिनिधि गाब्रिएल्ले गिफ्फोर्डस्माथि टुक्सन सुपरमार्केटमा एउटा र्सार्वजनिक बैठकका बेला नजिकैबाट गोली प्रहार भएको बताइएको छ । अहिले उनलाई दुखाइ कम गर्ने औषधि दिइएको छ। उपचारमा संलग्न एकजना चिकित्सकले उनले स्वास्थ्यलाभ गर्नेमा आफू निकै आशावादी रहेको बताएका छन्। राष्ट्रपति बाराक ओबामाले यो घटनालाई सिंगै मुलुकको विपत्ति भनेका छन्। गोलीकान्डको घटनालाई लिएर एकजना २२ बर्सर्ेेुवकलाई पक्राउ गरिएको छ। एरिजोनामा बसोबास गर्ने तनावपर्ूण्ा विगत भएका जारेद लघ्नरलाई पक्राउ गरिएको हो । थुपै्र सहपाठीहरूले लघ्नरलाई स्पष्ट रूपमा तनावग्रस्त व्यक्ति भनेका छन्। एक्लै बस्ने ती युवकले थुप्रै सरकारविरोधी भिडियो र सन्देशहरू सोसियल नेटवर्किङ वेबसाइटहरूमा पोस्ट गरेका....

20110107

Exclusive News......! माओवादीले आफ्नै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित १३ भन्दा बढी नेतालाई प्रधानमन्त्रीको प्रस्ताव !

सबैलाई प्रधानमन्त्री बनाउछौँ भन्दै माओवादीद्वारा "फुटाउ र राज गर" को अभियान     
 'मलाई पनि माओवादीले प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए, तर ठाडै अस्वीकार गरिदिएँ,' उपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले विराटनगर पुगेर मुख खोलिन् । माओवादीबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको रहस्य खोल्दै उनले भनिन्, 'माओवादी कहिले सुशील'दा त कहिले शेरबहादुरलाई प्रधानमन्त्रीको ललिपप बाँडिरहेका छन् ।' प्रधानमन्त्रीका लागि माओवादीले प्रस्ताव गरेका सुजाता मात्र एक होइनन् । उनको भनाइ पनि असत्य होइन । उनी त माओवादीले अरू दलभित्र खेल्न अघि सारेको प्रधानमन्त्री राजनीतिको एक मोहोरा हुन् । पर्ूव प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणपछि माओवादीले आफ्नै....

माओवादीको ९ महिने सरकारलाई नालायक भन्दै ओलीले त्यसले आफ्ना परिवारलाई विश्व परिक्रमा गराउनेबाहेक अरु केही काम गर्न नसकेको दाबी

'भर्खरका ठिटालाई क्यान्टोनमेन्टमा राखेर सरकारले दिएको आधा पैसा आफैसँग राखेर सुख सयलमा बाँचिरहेको माओवादी नेतृत्वले विद्रोह गर्ने कुरा कल्पना पनि नगरे हुन्छ'
'विद्रोहको कुरा गर्ने ? तिमीहरुको सत्रु को हो ? कसको छातीमा हान्छौं बन्दूक ? किटान गर्नसक्छौ?'  'पालुङ्टारमा ५/६ हजार भेला पारेर त्यहाँचाहिँ विद्रोहका कुरा गरे पनि केही निर्णय निकाल्न सकेनन्। अहिले काठमाडौं फर्किएर फेरि विद्रोहका धम्की दिइरहेका छन्।' तर विद्रोहमा गए वैशाखकै ताल हुनेछ। त्यतिबेला धन्न ६ दिन आन्दोलन टिक्यो, अब त २ दिन पनि टिक्न सक्दैन। 
माओवादी क्रान्तिकारी हैन, काटमारकारी हो : केपी ओली

20110106

खप्परमा त लिएरै आएका रहेछन माधव कुमार नेपालले !

हेर्दै जाउँ अझ के के देख्न पर्नेहो नेपाली जनताले ! दुबै ठाउँमा चुनाव हारेपनी प्रधानमन्त्री बनेका माधव नेपाल छ महिना भन्दा बढी काम चलाऊ सरकार चलाएर मात्र होइन अब अर्को विश्व रेकर्ड कायम गर्ने तरखरमा !     
प्रधानमन्त्री बनेदेखि नै एकपछि अर्को कीर्तिमान बनाउँदै आएका प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएर पनि पुनः विश्वासको मत लिएर अर्को कीर्तिमान बनाउने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ। प्रधानमन्त्री नेपालले राजीनामा दिएको पुस १६ गते ठीक ६ महिना पुगिसकेको छ। नेपालको इतिहासमै सबैभन्दा लामो समय कामचलाउ सरकार चलाएर कीर्तिमान बनाएका प्रधानमन्त्री नेपाल अब बढीमा एक महिनाभन्दा नकुर्ने मनस्थितिमा पुगेको उनी निकटस्थ स्रोतले जनाएको छ। पुस २५ गतेबाट शुरु हुने संसद अधिवेशनले पनि नयाँ प्रधानमन्त्री दिन नसकेमा माधव नेपालकै सरकारलाई संसदबाट विश्वासको मत दिलाई, राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन लगाउनका लागि संवैधानिक तथा कानुनी परामर्श...

नेपाली बाबा विध्याञ्चल १०८ दिने महायज्ञ गराउँदै !

अब १ महिने क्यानाडा यात्राको तयारी पनि !
नेपालको बिग्रिदो राजनिति  अवस्था सुधार र शान्तिका लागि नेपाली बाबाले भारतको विध्याञ्चलमा धार्मिक महायज्ञ तथा पूजा अर्चना शुरु गर्नुभएको छ । वैदिक विधि अनुसार संस्कृतका विद्धान पण्डितहरु सहित नेपाली बाबाले उक्त धार्मिक महायज्ञको नेतृत्व गर्नुभएको छ । उक्त महायज्ञ १०८ दिनसम्म चल्ने छ । महायज्ञमा माता विन्ध्यवासिनीसँग नेपाल र नेपालीका लागि, नेपालको शान्तिका लागि, संसारकै कल्याणका लागि प्रार्थना  गरिने नेपाली बाबाले नेपाल मदर डट कमसँग टेलिफोनमा बताउनु भयो । बाबाले नेपाल र नेपालीका लागि संसारभर रहेका नेपालीहरुले पनि माता विन्ध्यवासिनीसँग प्रार्थना गरेर सहयोग गर्न आहृवान गर्नु भएको छ । सवैको प्रार्थना र आरधनाले यस कार्यमा सहयोग पुग्ने पनि नेपाली बाबाको भनाई छ । स्मरण रहोस्, सन् २०१२ सम्ममा करिव १३ हजार पण्डितहरुद्वारा वैदिक विधि अनुसार ४० दिनसम्म...
हिजो आज अमेरिकामा नेपाली कुकुर वहुलाएपछि !
- गोविन्द गिरी प्रेरणा
सानोमा हजुर आमाले भन्नुहुन्थ्यो, कुकुर वहुलाएपछि पानीलाई पनि रगत देख्छ । म छक्क पर्थें किन त्यस्तो भएको होला - त्यो कुकुरले पानी छेउ पुगेपछि आँखा चिम्लेर पिए त पानी पानी नै हुन्थ्यो । मेरो वाल सुलभ मनमा त्यस्तो लाग्दथ्यो । वास्तवमा ठूलो भएपछि थाहा भो त्यस्तै हुँदो रहेछ । कुकुर वहुलाउनु भनेको रेविज हो, रेविज लागेपछि कुकुर वहुलाउँछ र मान्छे देख्यो कि टोक्न आइ लाग्छ । अनि मान्छेहरु त्यो वहुलाहा कुकुरलाई विषालु खाना ख्वाएर मारिदिन्छन् । किनभने त्यो वहुला कुकुरले टोक्यो भने मान्छे पनि वहुलाउँछ र वहुला कुकुरले जस्तै पानीलाई रगत देख्छ । कुकुरले वहुलाएपछि पानीलाई किन रगत देख्छ, त्यसको वैज्ञानिक , परावैज्ञानिक वा आध्यात्मिक के कारण छ म जान्दिन तर त्यसले मान्छेलाई पिरोल्ने र जथाभावी टोक्दै हिंड्ने कुरामा म विश्वस्त यसकारण छु कि मैले...

20110105

वामदेवहरूले पछाडिबाट ठेल्ने र प्रचण्डहरूले सहारा दिने भएपछि

रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता हुँदैमा प्रचण्डले झलनाथलाई प्रधानमन्त्री बन्न सहजै सघाउने आशा गर्न सकिँदैन, यदि झलनाथजीमा त्यस्तो आशा पलाएको छ भने त्यो कुनै समय गिरिजाप्रसाद र माधव नेपाललाई उधारो राष्ट्रपति ‘बनाएको’ घटनाभन्दा पृथक हुने देखिँदैन - देवप्रकाश त्रिपाठी
प्रकृतिमा दिन र रातको जति महिमा र महत्त्व छ, साँझ र बिहानीपूर्वको अवस्थाको चर्चाचाहिँ विशेषगरी साहित्यमा हुने गर्छ । साहित्य आफैंमा एउटा सिर्जना र कल्पना हो, साहित्य र्सजकहरूका लागि टड्कारो रात या दिनभन्दा एउटा बेग्लै अन्तरिम काल अर्थात् सन्ध्या र उपबिहानीले विशेष अर्थ राख्ने गर्छ । तर, सामान्य मानिसको जीवनमा उनीहरूको सीधा प्रतीक्षा रात या दिनकै हुन्छ, साँझ या उपबिहानीको...

20110104

नेपालको कानुन : माओवादीले जानुन, हिजडा सरकार माओवादीका अगाडि लत्र्याक लुत्रुक, समातिएको माओवादी नेता खड्गबहादुर विश्‍वकर्माले प्रयोग गर्दै आएको चोरीको गाडी माओवादीलाई नै फिर्ता

माओवादीले हतियार पनि नबुझाउने रे !

कानुनको उपहास :चोरीको पजेरोको साँचो माओवादीलाई फिर्ता गर्दै प्रहरी। तस्बिर:नागरिक

महानगरीय प्रहरी परिसर प्रमुखमा रमेश खरेल रहँदा समातिएको माओवादी नेता खड्गबहादुर विश्‍वकर्माले प्रयोग गर्दै आएको चोरीको गाडी उनी विदामा बसेपछि माओवादीलाई नै फिर्ता दिइएको छ। नागरिकका अनुसार शान्ति मन्त्रालयको त्रुटीपूर्ण पत्रलाई आधार बनाउँदै वरामद भएको चोरीको पजेरो फिर्ता गरिएको हो। प्रहरीले अनुसन्धान अगाडि बढाउन नपाउँदै एआइजी अर्जुनजंग शाहीले महानगरीय....

20110103

नया वर्ष मनाउन जनकपुर आएकी एक २२ बर्षीय युवतीको होटेल मानकीमा बिभत्स हत्या !

फेरी २२ बर्षीय युवतीको रहस्यमय हत्या ! नया वर्ष मनाउन जनकपुर आएकी एक युवतीलाई जनकपुर स्थित होटेल मानकीमा बिभत्स हत्या गरिएको छ । पहाडी मुलकी करिब २२ वषर्य युवतीको अर्धनग्न अवस्थामा विभत्स हत्या गरिएको हो । बिहिवार बेलुका ५ बजे होटेलको ३ सय १३ न.. कोठामा बास बसेकी युवतीलाई आफ्नै साथीले हत्या गरेर फरार भएको होटेल कर्मचारीहरुको भनाई रहेको छ ।  हत्या गरिएको युवतीले एक मात्र राती लगाउने लुगा लगाएको अवस्थामा हत्या भएकोले उ सागै बसेको साथीले हत्या गरेको हुन सक्ने प्रहरीको समेत अनुमान छ । घााटी थिचेर हत्या  पश्चात अनुहारमा ब्लेडाले काटिएको अवस्थामा युवतीको शब फेला परेको प्रहरी निरिक्षक हरि खतिवडाले बताए । होटेल कर्मचारीका अनुसार विहिवार होटेल आउदा...

भारतीय स्वार्थ पूरा गर्न नेपालबाट अनमिन फिर्ता पठाउने षडयन्त्र भएको नेकपा माओवादीका विदेशविभाग प्रमुख कृष्णबहादुर महराको दावी

नचाहँदा नचाहँदै पनि देश र जनताको पक्षमा राष्ट्रपति भूमिका गर्नुपर्ने, प्रहरीले डाँकालाइ संरक्षण दिएको ठहर, सबै दलको बैठकमा मौलिक अधिकार र न्यायाधिश नियुक्ती सम्बन्धमा छलफल भएपनि सहमति हुन सकेन, छातीमा पेस्तोल तेस्र्याएर झोलामा रहेको २९ लाख ५० हजार रुपियाँ लुटियो, यस्तै छन हजुर आजपनी नेपालका समाचार ! .....

World Shortest Men Khagendra Thapa Magar





कलाकारहरु राजनीतिक दलमा प्रवेश गर्ने क्रम चलिरहेका समयमा नायक भुवन केसी एमालेमा प्रवेश !
काठमाडौं ,१९ पुस । नेपाली रजतपटका चर्चित नायक तथा गायक भुवन केसी आजदेखि सत्तारुढ दल नेकपा एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय सांस्कृतिक महासंघको २४ औ स्थापना दिवसको अवसरमा राजधानीमा गरिएको कार्यक्रममा नायक केसीलाई प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबीर लगाएर एमालेमा प्रवेश गराएका हुन् । पछिल्लो समयमा कलाकारहरु राजनीतिक दलमा प्रवेश गर्ने क्रम चलिरहेका समयमा नायक केसी एमालेमा प्रवेश गरेका हुन् । त्यसै गरेर यस बर्षको राष्ट्रिय जनसंस्कृतिक पुरस्कारबाट साहित्यकार सलीम समदर्शी पुरस्कृत भएका छन् । भोजपुरी साहित्यमा उल्लेखनीय योगदान पुर् याएबापत बाराका ७७ बर्षीय रमदर्शीलाई २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार दिइएको हो । यसैगरी जनसांस्कृतिक...

प्रधानमन्त्री नेपालले सचिवहरूलाई 'राजनीति' नगर्न चेतावनी

* निर्देशन दिएको महिनौं बितिसक्दा पनि पृथ्वी राजमार्गको  मुग्लिफ् पुल पुनर्निर्माण किन हुन सकेन ?  *   अवैध ढंगले खाडी मुलुकमा महिला बालबालिका लैजाने मेनपावरहरु कसरी सम्मानित भए ?  *   वन फ“डानीले हाम्रो प्रतिष्ठामै आ“च आएको छ । ती ठाउ“का जिल्ला वन अधिकृतलाई अहिलेसम्म किन कारबाही भएन ?   *   ट्रक र बस व्यवसायीहरुको जथाभावी सिन्डिकेट किन नियन्त्रण हुन सकेन ? *    काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कसको स्वार्थ जोडिएको छ ?  कसले अवरोध गरिरहेको छ ?    * राष्ट्रपति र प्रधानमन्त्रीले दिएका निर्देशनसमेत कार्यान्वयन हु“दैनन् भने तपाईंहरुले जनताको सेवा कसरी गर्नुहुन्छ ? यी प्रश्नहरू प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै मातहतमा रहेका नेपाल सरकारका सचिवहरूसँग राखेका हुन् । अर्थ मन्त्रालयका राजस्व-सचिव कृष्णहरि बाँस्कोटाद्वारा लिखित 'समसामयिक प्रशासन' नामक पुस्तकको आइतबार विमोचन गर्दै उनले सचिवहरूसमक्ष यस्ता दर्जनौं प्रश्न राखी चर्काे असन्तुष्टि पोखे । ...
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________