( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110228

Embassy of Nepal Washington D.C, US


Press Release/News about Caucus
- By Ambassador Dr. Shankar P Sharma
US Congress launched the bipartisan Congressional Caucus on Nepal, Co-chaired by Republican Congressman Ander Crenshaw (Florida) and Democratic Congressman Jared Polis (Colorado). This is the first Caucus formed on Nepal in the US Congress, ever. Nepal Embassy was instrumental in mobilizing highest level American politicians to establish the Caucus in the United States Congress. In this regard, the Nepalese Embassy had also held interactions and consultations with the prominent members of the Nepalese community, academia, students, heads of various Nepalese community organizations, media representatives, and other stakeholders based in the United States and sought their views and suggestions for building the Caucus.The Congressional caucus is a group of congress members who share common interests and goals on Nepal. The members of the caucus are supposed to meet as and when necessary to discuss issues of interest and to direct actions which will help strengthen the relations between USA and Nepal. The caucus could

साधुसन्त, जोगी, बाबासमेत गरी करिब एक हजार सन्न्यासी महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपति क्षेत्रमा आइसके !

महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढेको छ। महाशिवरात्रि पर्वका बेलामा हिन्दू धर्मावलम्बीको आराध्यदेव एवम् देवगणका प्रधान देव महादेवको

20110227

" माओवादीलाई केही दिन घुर्की लगायो भने अन्य महत्वपूर्ण मन्त्रालय हामीले पाइन्छ भन्ने लागेको होला, गृहमन्त्रालय हामीलाई दिन्नन् भन्ने माओवादीले पनि बुझेका छन्" : एमाले सचिव युवराज ज्ञवाली

 माओवादीले सरकारमा नजाने निर्णय गरे पनि सत्तारूढ दल नेकपा एमाले भने माओवादी सरकारमा सहभागी हुने विश्वस्त देखिएको छ। माओवादी सरकारमा सहभागी हुन्न भन्नु उसको घुर्किमात्र भएको एमालेका नेताहरूको भनाइ रहेको छ। माओवादीले सरकारमा नजाने भनी गरेको निणर्य केही दिनका लागि भन्दै उनीहरूले माओवादी यथाशीघ्र सरकारमा सहभागी हुने विश्वास व्यक्त गरेका हुन्। "गृहमन्त्रालय हामीलाई दिन्नन् भन्ने माओवादीले पनि बुझेका छन्," एमालेका एक नेताले भने "केही दिन घुर्की लगायो भने अन्य महत्वपूर्ण मन्त्रालय पाइन्छ भन्ने लागेको होला।" एमाले सचिव युवराज ज्ञवालीले पनि माओवादीले सरकारमा सहभागी नहुने निर्णय केही समयका लागि मात्र भएको

पत्याउनुहुन्छ ? एकै चोटि दुई हातबाट ६ वटा कलमले लेखेर बिश्व कृतिमान कायम गर्ने प्रयास मा अर्का नेपाली !!

Exclusive News........
एउटा हातमा तीनवटा मार्करपेन। अर्को हातमा पनि त्यत्ति नै मार्करपेन लिएर मनोजकुमार चन्दले बोर्डमा एकैचोटि पोखरा इज भेरी ब्युटिफुल सिटी -लेख्दा हेर्नेहरु सबै चकित परे। यति मात्र होइन मुख दुवै खुट्टा र दुवै हात अनि कुहिनाले पनि एउटै गतिमा लेखेर आफ्नो कलासमेत प्रस्तुत गरे। शरीरका फरकफरक अंगले लेखेर विश्वकीर्तिमान राख्ने लक्ष्य लिएका बैतडी चौखाम-३ का २३ वर्षीय चन्द आफ्नो प्रतिभा देखाउन यति बेला पोखरामा छन्। चन्दले एकैचोटि एउटै गतिमा दुवै हातमा लिएका छवटा मार्करले लेखेर सबैलाई चकित पारेका हुन्। ९ कक्षासम्म पढ्दा देब्रे हातले लेख्दै आएका चन्दलाई विद्यालयमा सबैले देब्रे भनेर बोलाउँदा मन दुखेको थियो। तर दुखेको मन बलियो बनाएर दाहिने हातले लेख्ने प्रयास

सडकबाटै जनताको संघीय गणतन्त्रसहितको संविधान घोषणा गर्ने माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको उद्घोष


 प्रतिगामी शक्तिहरुले माओवादीलाई एक्ल्याएर संविधानसभा भंग गर्न खोजेको आरोप लगाउँदै पूर्व अर्थमन्त्री एवम् एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले देश प्रतिगमनतिर फर्किए सडकबाटै जनताको संघीय गणतन्त्रसहितको संविधान घोषणा गर्ने उद्घोष गर्नुभएको छ। शनिबार काभ्रेको भकुन्डेबेसीमा स्थापना गरिएको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै उहाँले प्रतिगामीहरुले संविधानसभालाई बन्धक बनाएर जेठ १४ गतेभित्र भंग गर्न खोजेको आरोप पनि लगाउनुभयो। राजतन्त्र गए पनि अझै रहेका राजतन्त्रका ठेकेदारहरुले माओवादीलाई नेतृत्व गर्न नदिने प्रपाच रचेका छन् सरकार मात्र होइन अहिले त मन्त्रीहरुसमेत नदिने भनेर ती प्रतिगामीहरु अघि बढेका छन् उहाँले भन्नुभयो- माओवादीलाई एक्ल्याउने प्रयास भइरहेको
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी सम्पन्न
- कोलोराडो प्रतिनिधी शैलेश पोख्रेल/निर्मल प्याकुरेल
 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा मासिक रुपमा हुँदै आइरहेको कवि गोष्ठी

कुलचन्द्र र लाजमर्दो कूटनीति : नेपाल जुन मुलुकको सरकारले आफ्नै देशमा राजनीतिक शान्ति र स्थायित्व दिन सकेको छैन त्यस्तो मुलुकले अन्तर्राष्ट्रिय पद ताक्नु सरासर गल्ती थियो !

- Girish Pokhrel
नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको ६६ औं महासभाको अध्यक्षका लागि उम्मेदवार बनाइएका कुलचन्द्र गौतम पराजित हुनुमा नेपालको कूटनीतिक असक्षमता पहिलो कारण हो । यसमा नेपालको वा गौतमको महत्वाकांक्षाको ऐना चुरचुर भएर फुटेको छ । किन पराजित हुनुभयो यसको उत्तर सामान्य छ । द्वन्द्वले जकडिएको नेपालमा जुन मुलुकको सरकारले आफ्नै देशमा राजनीतिक शान्ति र स्थायित्व दिन सकेको छैन त्यस्तो मुलुकले अन्तर्राष्ट्रिय पद ताक्नु सरासर गल्ती थियो । आफ्नो मुलुकभित्र राजनीतिक दलहरुले शान्ति र संविधान बनाउने काम नसकेको मुलुकले राजनीतिक तवरबाटै अन्तर्राष्ट्रिय कूटनीतिक राजनीतिमा हात हाल्नुको कुनै अर्थ थिएन । गौतमलाई नेपालका केही आफूलाई बुद्धिजीवी भनाउने सीमित वर्गहरुको बलमा तत्कालिन प्रधानमन्त्री माधव नेपालको सरकारले गौतमको विगतको युनिसेफको जागिरलाई देखाउँदै त्यहाँ जवरजस्ती पठाएको मात्र हो । अनि गौतमको व्यक्तिगत महत्वाकांक्षाले उत्तिकै काम गरेको

20110226

नेपालबाट अमेरिका आउन पाएको छैन हाम्रा नेपालीहरु नेपाली भाषा र 
आफ्नो कल्चर बिर्सेंर अमेरिकी बन्न नक्कल गर्छन् तर यी अमेरिकन ब्राड रोबर्ट्सलाई भने नेपाल, नेपाली, नेपाली सँस्क्रिती धेरै मन पर्छ र नेपालीमै बोल्छन अमेरिकामा ! वहाँ सँगको अन्तर्वार्ता नेपालीमै जस्ताको तस्तै !

गजल :

 जमाना नै उल्टो हो कि !?
- रामप्रसाद खनाल
राम्रो कुरा गर्दा खेरी, उल्टो सुन्छन् मान्छेहरु !
सहयोग पुग्ने कुरा गरे, उल्टो बुझ्छन् मान्छेहरु !
आफ्नै ठानी विश्वास गर्दा, घात गर्छन् मान्छेहरु !
सुल्टो गर्दा सम्झी उल्टो, वात गर्छन् मान्छेहरु !!!

विदेशमा आउँदा पनि, सुध्रिदैनन् मान्छेहरु
राम्रो कुरा सिक्न किन, उघ्रिदैनन् मान्छेहरु ?
आफ्नो  विगत चट्ट भुल्छन्, ठूला बन्न मान्छेहरु
इज्यत सम्मान सट्ट भुल्छन्, ठूला बन्न मान्छेहरु !!!

कौवाले कान लग्यो भन्नुस्, दौडी हाल्छन् मान्छेहरु
नकारात्मक सोंचाईमै, पौडिहाल्छन् मान्छेहरु
किन होला यस्तो भनी सोंच्थे मैले पहिले पहिले !
जमाना नै उल्टो हो कि जस्तो देख्छु मैले अहिले !!!

झलनाथ खनाललाई पार्टी त्यागेर स्वतन्त्र नेता बन्न माओवादी सुझाव


एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हेमन्त प्रकाश वलीले सात बुँदे सम्झौता लागू नगर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाललाई पार्टी त्यागेर स्वतन्त्र नेता बन्न सुझाव दिएका छन्। सात बुँदे सम्झौता अक्षरस पालना नभएसम्म माओवादी सरकारमा सामेल नहुने उनले बताए। एमालेले संझौता तोडेको भन्दै सरकारमा जाने आधार नबनेको उनको भनाई थियो। वलीले सात बुँदामा एमालेको स्ष्ट धारणा अझै आईनसकेको बताउँदै स्पष्ट नहुँदै सरकारमा जानु घातक हुने बताए। जेठ १४ गते भित्र संविधान निर्माण नभए उनले आन्दोलनमा उत्रने बताए। 'संविधान नबन्ने अवस्था आए नयाँ ढंगले सोँच्नु पर्छ। बाध्यतावस आन्दोलनमा उत्रने अवस्था पनि आउन सक्छ।’ उनले भने। उनले नयाँ संविधानका लागि आधारभुत खाका तयार भएको अवस्थामा संविधान सभाको म्याद केहि दिनका लागि मात्रै तलमाथि गर्न सकिने

20110225

माओवादी झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नहुने, एमालेले सातबुँदेलाई कार्यान्वयन नगरी धोका दिएको निष्कर्ष !

एमालेले सातबुँदे सहमतिलाई स्पष्ट नपारेसम्म एकीकृत नेकपा माओवादी झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । शुक्रबार बसेको माओवादी स्थायी समिति बैठकले सातबुँदे सहमतिमा एमालेको धारणाप्रति असहमति जनाउँदै खनाल नतृत्वको सरकारमा सहभागी नहुने

20110224

अमेरिकाका राष्ट्रपति ओबामाले लिबियामा जारी रक्तरञ्जित संघर्षलाई निन्दा गर्दै विश्वले एक भएर लिबियाप्रति प्रतिक्रिया जनाउन आग्रह


 
 अमेरिकाका राष्ट्रपति बाराक ओबामाले लिबियामा जारी रक्तरञ्जित संघर्षलाई निन्दा गर्दै विश्वले एक भएर लिबियाप्रति प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । लिबियाली प्रशासनले सर्वसाधारणका विरुद्ध

एमालेभित्रैबाट सात बुँदेको फरक, फरक व्याख्या भएपछि सशंकित माओवादीलाई कांग्रेसको अडानले थप अप्ठेरोमा !

एमालेले सात बुँदे सहमतिको थप व्याख्या गरेपनि उक्त सहमति खारेज नभएसम्म कम्तीमा सरकारमा सहभागी हुनेबारे राष्ट्रिय सहमति बन्न नसक्ने प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ। नेकपा एमाले र माओवादीबीचको गठबन्धन निर्माण गर्न सहायक भनिएको उक्त सहमतिमाथि एमालेभित्रैबाट पनि फरक व्याख्या भएको थियो। नयाँ सरकार बनेपछि पहिलोपटक विहिबार बसेको तीन मुख्य दलबीचको बैठकमा प्रतिपक्षी कांग्रेसले एमालेले गरेको व्याख्यामात्र पर्याप्त नहुने बताएको छ। उसै त एमालेभित्रैबाट सात बुँदेको फरक, फरक व्याख्या भएपछि सशंकित माओवादीलाई, कांग्रेसको अडानले थप अप्ठेरोमा पारेको ठानिएको छ। बैठकपछि बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, “कांग्रेसको तर्फबाट सात बुँदेलाई पूरै अस्वीकार गर्छौं भनेर भनेका छौं। तर शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा भने हामी प्रतिपक्ष होइनौं भन्यौं।” तीन दलको बैठकमा खासगरी प्रधानमन्त्री झलनाथ खनालले सात बुँदे सहमति स्वीकारेर सरकारमा

20110223

फकाउनका लागि प्रधानमन्त्री झलनाथ खनालद्वारा एमाले केन्द्रीय कमिटीका सदस्य, सभासद र पार्टी सल्लाहकारहरुलाई रात्रिभोज !

 आफुले भनेको नभए झलनाथ सरकार ढाल्ने प्रचन्डको धम्की !
 प्रधानमन्त्री झलनाथ खनालले बुधबार पार्टी नेताहरुका लागि रात्रिभोजको आयोजना गरेका छन् । साँझ  प्रधानमन्त्रीको निवास बालुवाटारमा  रात्रिभोजका लागि एमाले केन्द्रीय कमिटीका सदस्य, सभासद र पार्टी सल्लाहकार कमिटीका सदस्यहरुलाई निम्तो दिइएको थियो ।  झलनाथ खनालले प्रधानमन्त्रीमा आफु निर्वाचित भएको उपलक्ष्यमा पार्टी नेताहरुका लागि रात्रिभोजको आयोजना गरिएको जनाइएको छ । माओवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातबुँदे सम्झौतामा तलमाथि गर्ने प्रयास भइरहेको बताउँदै त्यसमा तलमाथि भए वर्तमान सरकार ढल्ने बताउनुभएको छ। मंगलबार नेपालगन्जका साचारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले सातबुँदे सम्झौता शान्तिप्रक्रिरयाको तार्किक निष्कर्ष जनअपेक्षित संविधान र स्थायित्वका लागि भएकाले यसको कांग्रेसले विरोध गरेकोमा

20110222

तनहुँ दमौलीमा धारिलो खुँडा प्रहार गरी सोमबार तीन जना छिमेकीको हत्या, एक जनालाई गम्भीर घाइते, इटहरीमा एक युवाको हत्या

Breaking News.........
तनहुँ व्यास नगरपालिका-२ मालपोत लाइन दमौली बस्ने २३ वर्षीय युवक दिविङ रानामगरले धारिलो खुँडा प्रहार गरी सोमबार बिहान छिमेकी तीन जनाको हत्या गरेका छन् भने एक जनालाई गम्भीर घाइते बनाएका छन्। हत्या गरिएकामा ६० वर्षीय दिलबहादुर सापकोटा उनकी श्रीमती ५५ वर्षीया यशोदा सापकोटा र ६० वर्षीय टीका श्रेष्ठ रहेका छन्। गम्भीर घाइते हुनेमा श्रेष्ठकी श्रीमती ६० वर्षीया पार्वती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बिहान ६ बजे हातमा खुँडा लिएर निस्केका रानामगरले आफ्नो घरभन्दा पूर्वपट्टि ५० मिटर पर चार घरपछिको घरमा पसेर पूजा गरिरहेको अवस्थामा सापकोटा दम्पतीमाथि जथाभाबी खुँडा प्रहार गरी हत्या गरेका थिए । त्यसलगत्तै दक्षिणपट्टि करिब आधा किलोमिटर पर व्यास नगरपालिका-१० बीसघरे

हात हेराउने र भैँसी पूजागर्ने प्रचन्डले भने "भारतलगायतका देशी विदेशीहरू नेपालको शान्ति प्रक्रिया विथोल्न लागिपरे"

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतलगायतका देशी विदेशी शति्कहरू नेपालको संविधान बन्न नदिई शान्ति प्रक्रिया विथोल्न लागिपरेको बताउनुभएको छ। एकीकृत नेकपा (माओवादी) जिल्ला सङ्गठन समिति बर्दियाद्वारा जनयुद्धको माइतीगाउँ सोरहवा–२ जगतियामा आयोजित भेलालाई सम्बोधन गर्र्दै अध्यक्ष दाहालले भन्नुभयो– जनताको संविधान बन्न नदिन र शान्ति कायम हुन नदिन भारतलगायतका विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरूले षड्यन्त्र गरिरहेका छन्, त्यसले हाम्रो स्वाभिमान र राष्ट्रियता सङ्कटमा परिरहेको छ। उहाँले विदेशी दलाल र चाकडी गरेर बस्न चाहने तत्व देशमा स्थापित हुने खतरा

20110221

३९ श्रीमती, ९४ छोराछोरी, १४ बुहारी , ३३ नातिनातिना सँगै १०० कोठाको घर मा बस्ने एक भारतीय, हेर्नुस् त पत्याउनुहुन्छ ? यो साँचो हो !

The world's biggest family: The man with 39 wives, 94 children and 33 grandchildren
Exclusive News......!
He is head of the world's biggest family - and says he is 'blessed'  to have his 39 wives.
Ziona Chana also has 94 children, 14-daughters-in-law and 33 grandchildren.
They live in a 100-room, four storey house set amidst the hills of Baktwang village in the Indian state of Mizoram, where the wives sleep in giant communal dormitories.
The wives and I: Mr Ziona Chana poses with his 39 wives at their home in Baktawang, Mizoram, India  
 The wives and Mr Ziona Chana poses with his 39 wives at their home in Baktawang, Mizoram, India
एउटा श्रीमती त घाँडो हुन्छ भन्छन केही लोग्ने मान्छे हरु, यि बिचरा ३९ स्वास्नीका पोइलाई कस्तो होला !!!  

माओवादीका अध्यक्ष प्रचण्ड सत्ताभोगी भएको कांग्रेस सभापति सुशील कोइरालाको आरोप, समयमै संविधान नलेखेर दलहरुले राष्ट्रपतिलाई सत्ता सुम्पने खेलमा लागेको माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको आरोप

 "प्रधानमन्त्री झलनाथ १५ दिनमै असफल" : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार
"एमालेकै  नेताहरु अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार असफल पार्न लागि परे" : एमाले उपाध्यक्ष वामदेव गौतम
ध्रुविकरणले शान्तिप्रक्रिया र संविधान लेखन सहज हुँदैन : पौडेल
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताभोगी भएको आरोप लगाउनुभएको छ। पछिल्लो राजनीतिक गठबन्धन र त्यसका लागि गरिएको सातबुँदे सहमतिको तिखो आलोचना गर्दै आउनुभएका सभापति कोइरालाले आइतबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा सत्ताभोग नै सम्झौताको आधार भएको टिप्पणी गर्नुभयो। प्रचण्ड सत्ताबाहिरका कुरा गर्दैगर्नुहुन्न -कोइरालाले कडा शब्दमा भन्नुभयो। सत्ताको भोक लागेकाले प्रचण्डले जहिले पनि सत्ताको कुरा गरिरहेको

भन्नुपर्ने केही छैन, भिडियो आफै यसरी बोल्छ !

- By Our Special Reporter Shailesh Pokharel

बाँकी भिडियो का लागी Read more मा जानुस्....

तामाङ समाज द्वारा अमेरिकाको डिसीमा मनाइएको लोसार

तामाङ सोसाईटी अफ ग्रेटर वाशिंटनले फेबु्रवरी २० तारिकका दिन भर्जिनियाको स्प्रींगफिल्डमा एक भब्य कार्यक्रमको आयोजना गरी २४४८ औं ल्होसार (नयाँ वर्ष) पर्व मनायो । हरेक वर्ष

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको शितकालिन कबि गोस्ठी कार्यक्रम वाशिङटन डिसीमा सम्पन्न

प्रकाश नेपाल कबिता प्रतियोगितामा प्रथम !
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को वासिङगटन डीसी मेट्रो च्याप्टरले हरेक वर्ष आयोजना गर्ने शीतकालीन कविता प्रतियोगिता यस वर्ष यही फेब्रुअरी २० का दिन

20110220

"प्रतिक्रान्तिका खतराविरुद्ध सचेत हुनु अत्यावश्यक छ ।" : प्रधानमन्त्री

" दलहरूमा पार्टीभित्रका एक नेताले अर्को नेतालाई समाप्त पार्ने धुन्धुकारी प्रवृत्ति मौलाउँदै " : माओवादी उपाध्यक्ष भट्टराई
"काँग्रेसलाई पाखा लगाएमा देशले नयाँ द्वन्द्वको सामना गर्नुपर्ने खतरा" : पूर्वप्रधानमन्त्री माधव नेपाल
 निरङ्कुश जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र प्राप्तिको घोषणा भएको दिन फागुन ७ गते ६१औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । यस अवसरमा ६१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह सम्पन्न गरियो ।समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित उच्चपदस्थ राष्ट्रसेवकहरूसमेतको सहभागिता थियो । समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका अध्यक्ष

प्रचन्डका पुत्र प्रकाशले किन पारपाचुके गरे आफ्नै कमरेड पत्नी सँग ? प्रकाश कि पूर्व पत्नी प्रभा बोगटीले यसरी कोट्याइन आफ्नो कथा ब्यथा ! आज एउटा अत्यन्त रोचक प्रसँग तपाईंका लागि !

 
प्रचण्डपुत्र प्रकाश दाहालले किन दोश्रो विवाह गरे भनेको त पहिलो विवाहमा प्रभा बोगटीसंग विवाह हुनासाथै असमझदारी सुरु भएको रहेछ । विवाहको मात्र होइन, विवाह हुनु अगाडिको र पछाडिको सबै नालिबेली बताएकी छिन्, प्रकाशकी पूर्वपत्नी प्रभाले । प्रभाले दिएको बयान नेत्र पन्थीले तपाई पाठकका लागि जस्ताको तस्तै उतारेका

20110219

वर्तमान अवस्थामा पनि राष्ट्रिय शक्तिहरूबीच समन्वयको झन् आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र ( देशवासीको नाममा सन्देश जारी गर्दै )

"प्रजातन्त्रको राजमार्गलाई फराकिलो पार्दै उत्तम प्रतिफलका लागि निषेधकारी राजनीतिक संस्कृतिभन्दा राष्ट्रिय शैलीको आमसमझदारीलाई अवलम्बन गर्नु आवश्यक"
 पूर्वराजा ज्ञानेन्द्रले नेपाल र नेपालीको भाग्य निर्माण गर्ने अभिभारा हामी नेपालीकै हो र राष्ट्रको स्वाधीनता, प्रजातन्त्र जगर्ेना र नेपालीको भविष्य सुनिश्चित गर्नका निमित्त वर्तमान अवस्थामा पनि राष्ट्रिय शक्तिहरूबीच समन्वयको झन् आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। ६१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशवासीको नाममा शुभकामना सन्देश जारी गर्दै उहाँले देशको राजनीतिक परिवेश सुहाउँदो लोकसम्मतिका आधारमा प्रजातन्त्रको राजमार्गलाई फराकिलो पार्दै उत्तम प्रतिफलका लागि निषेधकारी राजनीतिक संस्कृतिभन्दा राष्ट्रिय शैलीको आमसमझदारीलाई अवलम्बन गर्न देशभक्त तथा प्रजातन्त्रनिष्ठ शक्तिहरूबीच सम्मति हुनु उचित हुने जनाउनुभएको छ। शुभकामना सन्देशमा उल्लेख छ- ँराजनीतिक अभ्यास र प्रयोगको शृंखलाबाट अघि र्सर्दै आज हामी इतिहासको नयाँ मोडमा उभिएका छौं। राजनीति एक आदर्श र कला मात्र नभई विज्ञान र व्यवहारको सन्तुलित सम्भार पनि हो। प्रजातान्त्रिक राजनीति एवम् राज्यपद्धति देश र जनताको हितमा सधैं हुनुपर्छ भन्ने विश्वव्यापी
सहमति ! सहमति ! सहमति !     
-निर्मल प्याकुरेल
 जतिसुकै सहमतिको विगुल फुकुंन नेपाली राजनितिज्ञहरुले , तर सहमतिको अनुहार देख्ने भाग्य नेपाली जनताहरुको पर्ुर्पुरोमा कहिले भएन । सहमतिको आबस्यकता , सहमतिको गृहकार्य , सहमतिको लागी आगामी योजना , सहमतिका बु“दाहरु । मानौं सपर्ुण्ा नेपाल सहमतिय धरातलमा घेरिएको छ,  र यो घेरा टुटाउन पनि सहमतिनै चाहिएको छ । अनि बिकास , प्रगति ,जनताको चाहना आदि कुराहरु त नेताहरुको कल्पनाको सिमारेखा भित्र पनि छैन । एउटा प्रधानमंत्रीलाई मंत्रीको नियूक्त गर्न पनि सहमति - सहमति बिना  प्रधानमंत्रिको अस्तित्व छैन भने , प्रधानमंत्रिको लागी किन सक्षम व्यक्ति

20110218

"विद्रोहको नीति सफल पार्नका लागि गृह र रक्षा मन्त्रालय माओवादीले माग गरेको" एमाले नेता केपी ओलीको दावी

"यतिखेर मुलुकमा तानाशाह माओवादी प्रवृति नभई शान्ति र अमनचयन चाहिएको छ"- कङ्ग्रेस सभापति सुशील कोइराला
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने "सरकारलाई पूर्णता दिने काममै अल्झिनु परेको छ"

"आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु,
व्यवस्थापिका संसदबाट म प्रधानमन्त्री निर्वाचित भएपछि १५ दिन बितेकाछन् । प्रधानमन्त्री निर्वाचनले मुलुकमा ठूलो आशा–अपेक्षा उत्पन्न गरेको थियो तर अहिलेसम्म सरकारले पूर्णता पाएको छैन । नयाँ

20110217

राजनीतिक अङ्कगणितका आधारमा ओली पक्षले खनाल पक्षलाई धूलो चटाए !, गृहमन्त्रालय माओवादीलाई दिने भए झलनाथलाई नै कारवाही


माओवादीसित प्रधानमन्त्री झलनाथ खनालले गरेको ७ बुँदे गोप्य सम्झौता र त्यसपछिको सहमतिलाई खनाल पक्षधरविरोधीले चलखेल गर्ने मौकाका रूपमा लिएको छ । आज एमाले मुख्यालय बल्खुमा शीर्ष नेताहरूबीच बसेको बैठकले माओवादीलाई गृहमन्त्रालय दिनेबारेमा प्रधानमन्त्री खनालको तीव्र आलोचना गरेको छ । अधिकांश सदस्यहरूले सहमतिका विरूद्धमा बोल्दै गृहमन्त्रालय माओवादीलाई दिने भए पार्टी अध्यक्षलाई नै कारवाही गर्ने धम्की दिएपछि खनालले बाध्य भएर माओवादीसित वार्ता गर्नका लागि पूर्वप्रम माधवकुमार नेपाल, पूर्व गृहमन्त्री केपी ओली, पूर्व जलश्रोत मन्त्री ईश्वर पोखरेलसहितको नयाँ कार्य दल बनाई छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीले गृहमन्त्रालय माओवादीलाई दिने भएपछि एमालेकै भातृ संगठन युथ फोर्सका अध्यक्ष

20110216

प्रधानमन्त्री खनालले पार्टी निर्णयविपरीत नै माओवादीलाई गृह मन्त्रालय दिन लागेको भन्दै त्यसो नगर्न केपी ओली र माधव नेपालको चेतावनी

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष झलनाथ खनालले पार्टी निर्णयबिना नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग दोस्रो सहमति गरेकोमा नेता केपी ओलीले भेटेर आपत्ति जनाउनुभएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा नेता ओलीले प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुँदे सहमतिलाई सच्याउने पार्टी निर्णय भएको तर कुनकुन बुँदालाई कसरी सच्याउने भन्ने विषयमा कुनै पनि निर्णय नहुँदै अर्को सहमति भएकाले सो सहमतिलाई पार्टी सहमति मान्न नसकिने बताउनुभएको थियो।
दोस्रो सहमतिका बारेमा आफ्ना भनाइ राख्न प्रधानमन्त्रीनिवास बालुवाटार पुग्दा सुरक्षाकर्मीले रोकेको भन्दै फर्कनुभएका नेता ओलीले बुधबार भने प्रधानमन्त्री खनाललाई सरकारी कार्यालय सिंहदरबारमा भेट्नुभएको थियो। नेता ओलीले प्रधानमन्त्रीमा खनाल रहुन्जेल अब बालुवाटार नजाने बताइसक्नुभएको छ। नेता

हाम्रा मित्र राजीब तथा सुनन्दा मैनालीका जेष्ठ सुपुत्र रोहन मैनालीको शुभ उपनयन पार्टीका केही झलकहरु !


अमेरिकामा पनि नेपाली परम्परा र सँस्क्रिती अनुसार शुभ उपनयन (ब्रतबन्ध) सम्पन्न गराइ हिन्दू धर्मको बिडो थाम्ने र आफ्नो सँस्क्रिती लाई माया गर्ने रोहनका सम्पूर्ण परिवार जन धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । यसका लागि राजीब, सुनन्दा संगै आफन्त जन हरु बिनोद एबम साबित्री मैनाली, अशोकनाथ एबम कमला तिवारी, गोबिन्द एबम मन्दिरा मैनाली, डा. रोशन मैनाली एबम डा. सपना खनाल मैनाली, रविन तथा माइली मैनाली, प्रज्ञान एबम सुदेशना मैनाली, प्रमोद एबम बिमला भट्ट, प्रयास एबम श्वेता भट्ट, डा. अनन्त एबम प्राथना तिवारी,  लगायत सम्पूर्ण रोहन का आफन्त जनलाई फेरी पनि हार्दिक धन्यवाद र शुभ उपनयनको उपलक्ष्यमा बधाई पनि राम प्रसाद खनाल परिवार र नेपाल मदर डट कम परिवारका तर्फबाट ।    उपनयन का झलक हरु हामीसँग उपलब्ध नभए पनि पार्टी का केही झलकहरु तल जस्ताको तस्तै :              

शुभ उपनयन पछीको पार्टी पनि एकदम रमाइलो थियो तर त्यहा पनि केबल नेपाली गीत र नेपाली गीत मै डान्स पार्टी भैदिएको भए अझ कती सुनमा सुगन्ध हुँदो हो भन्ने हामी लाई लाग्यो है !






for more picture of upanayan please click this link too

http://www.facebook.com/rpkhanal/posts/1850449934235#!/album.php?fbid=1679290146386&id=1361505688&aid=2086366

http://www.facebook.com/#!/album.php?fbid=1939170197664&id=1194673006&aid=2116370

बाह्रबुँदे, आठबुँदे र कान्छो सातबुँदे सम्झौता !


- Dev Prakash Tripathi

सङ्घर्ष र सम्झौतालाई जीवनको नियमित र स्वाभाविक क्रमका रूपमा स्वीकार गर्ने हो भने पनि सबै प्रकारका सङ्घर्ष या सम्झौता सकारात्मक परिणाममुखी हुँदैनन् भन्ने बुझन आवश्यक छ । २०६३ मा भएको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा र त्यसयता राजनीतिक वृत्तमा सम्पन्न सम्झौताहरू सबै सुखद परिणाममुखी छैनन् । माओवादी सङ्घर्षको पछिल्लो इतिहासमा केही सम्झौता प्रजातन्त्र र प्रजातान्त्रिक आन्दोलनलाई थप रक्षात्मक बनाउन सहायकसिद्ध भएका छन् । ०६२ मङ्सिर ७ गते भारतको राजधानीमा सम्पन्न बाह्रबुँदे सम्झौता, ०६३ असार २ गते प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग गर्नुभएको आठबुँदे सम्झौता र कुनै गुप्त स्थानमा माघ २०, ०६७ राखेर झलनाथ खनालले प्रचण्डसँग गर्नुभएको सम्झौता माओवादी क्रान्तियात्राका कोसेढुङ्गा हुन्, जसले माओवादीलाई नयाँ खुड्किलो उपलब्ध गराएका छन् । यद्यपि बृहत् शान्ति-सम्झौता पनि माओवादी तथा तिनको सेवा सुविधाप्रति उदार हुँदै गरिएको थियो भन्न सकिन्छ । तर, उक्त सम्झौताका कतिपय बुँदाले कम्युनिस्ट पार्टीको अधिनायकवादी शासनसत्ता स्थापनाको चाहनालाई निरुत्साहित गर्ने प्रयास गरेको हुँदा बाह्रबुँदे, आठबुँदे र कान्छो सातबुँदे सम्झौताभन्दा त्यसलाई

20110215

एमाले सरकार एमालेकै कारण ढल्न बेर छैन, झलनाथ द्वारा केपी ओली सहित आफ्नै मन्त्री बिष्णु पौडेल र पार्टी सचिब शंकर पोखरेल लाई बालुवाटार प्रबेश मा रोक, माधव केपी एक, झलनाथ संकटमा

प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले पार्टर्ीी वरिष्ठ नेता केपी शर्मा ओलीलाई बालुवाटार प्रवेशमा रोक लगाएका छन् । एकीकृत नेकपा माओवादीसँग भएको सहमतिको विपक्षमा उभिएको भन्दै प्रधानमन्त्री खनालले आफ्नो निवासमा वरिष्ठ नेता ओलीलाई प्रवेश निषेध गरेका हुन् । स्रोतका अनुसार मंगलबार साँझ खनालसँग भेट गर्न पुगेका ओलीसहितका तीन नेतालाई खनालको आदेशमा तीन नम्बर गेटबाट फिर्ता पठाइएको छ । 'प्रधानमन्त्रीज्यूबाट भित्र प्रवेश नदिनु भन्ने आदेश छ, जान पाइँदैन हजुर,' समय लिएर नै स्कर्टिङसहित खनालसंग भेटन पुगेका बरिष्ठ नेता ओलीलाई सलाम हान्दै गेटमा खटिएका सुरक्षकर्मीले भने । खनाल नेतृत्व सरकारमा पार्टर्ीी गृहमन्त्रीको सिफारिश गरिएका मन्त्री तथा पार्टर्ीीचिव बिष्णु पौडेल र अर्का सचिव शंकर पोखरेलसहित खनालसंग भेट गर्न साँझ साँढे आठ बजे ओली बालुवाटार पुगेका थिए । बिना बिभागीय मन्त्रीको रुपमा सपथ लिएका पौडेल संभवत प्रधानमन्त्री निवासमा प्रवेश नपाउने पहिलो मन्त्री हुन । उनलाई समेत प्रधानमन्त्रीकै आदेश भन्दै प्रवेशमा रोक

20110213

अमेरिकामा पर्यटन बर्ष २०११ प्रबर्धन एबम बिस्वमा बढ्दै गैरहेको तापमान र यसका कारण तथा निबारण सम्बन्धी एक बिशेष कार्यक्रम

डिसी मेट्रो एरिया अमेरिकामा प्रबुद्ध नेपालीको उदाहरण मानिने सिपीए हरि शर्मा को बिशेष सक्रियता र पहलमा, बाना को सहयोगमा बाल्टिमोरमा आयोजित पर्यटन बर्ष २०११ प्रबर्धन एबम बिस्वमा बढ्दै

सातबुँदे सहमति र मन्त्रालय बाँडफाँटको विषयलाई लिएर एमालेभित्र विवाद, एमालेको काँधमा बन्दुक राखेर चलाउने माओवादी चाहना

सातबुँदे सहमति र मन्त्रालय बाँडफाँटको विषयलाई लिएर सत्तारुढ एमालेभित्र चर्काे विवाद सुरु भएको छ । एकीकृत नेकपा माओवादीसँग सातबुँदे गोप्य सहमति गरी प्रधानमन्त्रीमा निर्वाचित भएका अध्यक्ष झलनाथ खनाललाई आत्मालोचना गर्राई सहमति सच्याउने निर्ण्र्ााभएपछि एमालेभित्रको विवाद चर्किएको हो । एमाले स्थायी समितिले सहमति त्रुटिपर्ूण्ा र पार्टर्ीीे संस्थागत मान्यताविपरीत भएको ठहर गर्दै सच्याउने निर्ण्र्ाागरेको थियो । सो निर्ण्र्ाागत्तै माओवादीले सातबुँदे सहमत्रि्रति एमालेको आधिकारिक धारणा नआएसम्म सरकारमा सहभागी नहुने अडान राखेपछि एमालेभित्रको विवाद छताछुल्ल भएको छ । प्रधानमन्त्री खनालनिकट पार्टर्ीींस्थापन पक्ष माओवादीसँगको सहमति कार्यान्वयन गर्नर्ुपर्ने अडानमा उभिएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्षधर नेताहरू स्थायी समितिको

20110212

झलनाथ खनाल र पुष्पकमल दाहालबीचको साँठगाँठ !

-नारायण वाग्ले-
झलनाथ खनाल र पुष्पकमल दाहालबीचको साँठगाँठले एमाले र एकीकृत माओवादीबीच गठबन्धनको रूप लिन सकेन। माओवादीले सरकारमा नजाने निर्णय गरेकाले खनाल सरकार स्वतः कमजोर भइसकेको छ तर संसदमा सत्तापक्ष भएर बस्ने उसको निर्णय कायम रहुञ्जेल सरकारको दिनगन्ती सुरू हुने छैन। अब जरूरी छ खनालको राजनीतिक कौशल। खनाल प्रधानमन्त्री बनेपछिको पहिलो संसद बैठकमा बिहीबार प्रतिपक्षी कांग्रेस नेता रामचन्द्र पौडेलले बरू शुभकामना दिए, माओवादीले भने शुभकामनाभन्दा बढी चेतावनी दियो। माओवादीले पहिलो गल्ती खनाललाई गोप्य र असम्भव सम्झौतामा बाँध्न खोज्यो अनि त्यसलाई पार्टीबाट पारित गराउन सकेनन् भनेर उनको सरकारमा

20110210

"मैलै झापड हानेको १५ दिनमा प्रधानमन्त्री त भए, तर मन्त्रीमण्डल विस्तार गर्न नसकेर फेरि नाटक देखाइरहेकाछन्"- देवीप्रसाद रेग्मी

झापड काण्डबाट चर्चामा आएका सुनसरी भरौल-१ निवासी देवीप्रसाद रेग्मीले प्रधानमन्त्री झलनाथ खनालसित गफ गर्न बालुवाटार नजाने बताएका छन् । उनले गफ गर्ने भए खनाल नै आफूकहाँ आउनुपर्ने बताए । प्रधानमन्त्री खनालले मंगलबार बिबिसी नेपाली सेवालाई अन्तर्वार्ता दिनेक्रममा आफूलाई सार्वजनिक कार्यक्रममा झापट हान्ने रेग्मीसित गफ गर्ने इच्छा व्यक्त गरेका थिए । अन्तरर्वार्ताका क्रममा उनले भनेका थिए, 'ती मान्छेले मलाई झापट हानेर बालुवाटार पुर्‍याइदिए । म उहाँलाई आह्वान गर्छु, आउनुस् सँगै बसेर गफ गरौँ ।' रेग्मीले भने खनालले बोलाउँदैमा जाने मान्छे आफू नभएको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, 'मैलै झापड हानेको १५ दिनमा प्रधानमन्त्री भए, तर मन्त्रीमण्डल विस्तार गर्न नसकेर फेरि नाटक देखाइरहेका छन् । यसरी नै झगडामै अल्भिन्छन्

गृह मन्त्रालय माओवादी लाई नदिने र सात बुँदे सहमतिको औचित्यमाथि एमाले नेताहरुले प्रश्न उठाएपछि माओवादी असन्तुष्ट


झलनाथ प्रधानमन्त्री भएको एक हप्ता नबित्दै गम्भिर संकटमा ! माओवादी पनि सरकारमा नजाने रे, तीन जना मन्त्री त बने तर बिना बिभागीय, हरे शिव यि कुर्सिका भोकाहरुको नौटँकी ! शान्ती, संबिधान, देश र जनता को कसलाई के मतलब हगी !!??

20110209

साबधान ! जब हात्ती मातिन्छ यसरी मान्छे मार्न थाल्दछ !

शेर बहादुरलाई प्रधानमन्त्री हुन नपाएकोमा चिन्ता, झलनाथलाई प्रधानमन्त्री भएर पनि चिन्ता, मन्त्रिका लागि मारामार !

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूलाई पार्टीले प्रधानमन्त्री उमेद्‍वार नबनाएर गल्ती गरेको बताएका छन्। उनले रामचन्द्र पौडेलको जिद्दी र पार्टी सभापतिले नपत्याइदिँदा प्रधानमन्त्री हुने मौका आँफूले गुमाएको बताए ।पाल्पाको तानसेनमा बुधबार विहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देउवाले भने –‘१६-१६ पटकसम्म चुनाव हारेको मान्छेलाई प्रधानमन्त्रीमा नउठाउँ भनेर केन्द्रीय समितिमा भनेपनि संस्थापन पक्षले वेवास्ता गरेको काङ्ग्रेसले नेतृत्व गुमायो । माओवादी र एमालेबाट आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव आएको दावी गर्दै उनले आफू प्रधानमन्त्रीमा उठेको भए जित्न सक्ने दावीसमेत गरे । नेता देउवाले एमाले-माओवादी गठबन्धन सरकारको गुण र दोषको आधारमा समर्थन गर्ने बताए । नेता देउवाले ब्यवस्थापिका संसद र संविधानसभा अलग अलग विषय भएकोले संविधान र शान्ति प्रक्रियासँग सरकारको कूनै भूमिका

20110208

एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार धरै दिन नटिक्ने बताए कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले

लोकतान्त्रिक गठबन्धन भङ्ग, झलनाथलाई प्रधानमन्त्री बनाउनु प्रचण्डको त्याग होइन एउटा बाध्यता मात्र !

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार धरै दिन नटिक्ने बताएका छन् । प्रधानमन्त्री चयन भएको ६ दिन र शपथ लिएको तीन दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा देखिएको ढिलाइले खनाल नेतृत्वको सरकार धेरै दिन नटिक्ने पौडेलको

भारतको मुम्बईमा एक नेपाली युवाको हत्या ! सुनसरीको इटहरीमा एमाले कार्यकर्ताको छातीमा गोली हानी हत्या

भारत मुम्बईमा एक नेपाली युवाको हत्या भएको छ । विराटनगर घर भई मुम्बईमा ट्याम्पो चलाउँदै आएका झण्डै ४० वर्षिय परमेश्वर साह नेपाल फर्कने क्रममा अज्ञात समुहको आक्रमणमा मारिएका हुन् ।  घटनावारे मुम्मई प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी परिवारका सदस्यहरुलाई दिएको छ । एक दशकयता भारतमा ट्याम्पो चलाएर ६/६ महिनामा पूर्व आउने साहलाई हतियार प्रयोग गरी हत्या गरिएको पारिवारीक स्रोतले जनाएको छ । परिवारका सदस्यहरु शब बुझ्न मुम्मई गएकाले हत्या र मृत्युको विस्तृत कारण थाहा हुन सकेको छैन् । साहसित रहेको परिचयपत्रका आधारमा शबको पहिचान गरी प्रहरीले खवर गरेको थियो । भारतीय संचारमाध्यमहरुले पछिल्लो समयमा रेल्वे सेवामा लुटेरा समुहको गतिविधि बढेकाले असुरक्षा

20110207

गरिखानुस् झलनाथ जी..! - निर्मल प्याकुरेल, कोलोराडो , यू.यस.ए
                बधाई छ झलनाथजी...! जीवनमा पहिलो पटक मन्त्रीको अग्रभागमा 'प्रधान' थपिएर तपाईको निधारलाई प्रधानमंत्रीको टिका प्राप्त भो ।  सारै बलियो निधार  लिएर आउनुभएछ !   "कुर्सी"  निकै सानदार  शव्द छ यो । सामान्य जीवनमा आरामको लागी अति आबस्यक बस्तु  "कुर्सी" । केटाकेटीको पुतलीको
   "प्वाक्क मुखमा हानिदेउ" "परेको म बेहोरौंला" !
                                                        -  रामप्रसाद खनाल -
(Updated .....आजकाल हाँस्य टेलिसिरियल हरुले नयाँ नयाँ थेगो र शब्द प्रयोग गर्दै मान्छे हसाइ रहेका बेला तिनै थेगो लाई प्रयोग गरेर एउटा सानो कबिता कोरेको छु यहाँ, ति सिरियल का थेगो र नाम का आधार मा कबिता लेख्दा कबिता यस्तो पो बन्यो ! त्रुटी भए माफ पाउँ है ! )
"प्वाक्क मुखमा हान्दिउ जस्तो" लाग्छ
यी "मुलाका साग"  हरुलाई
देश वर्वाद पार्ने "दुवा तिर्कीहरुलाई"
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल "भोके" हरु
वंगलादेशी "राता मकै" ज्वाईहरु
रुप फेरि रहने "असिनेहरु"
असिनेका मतियार "ठूली" हरु
"पार्टिलाइ  सहयोग गरेका
समानुपातिकमा परेकाहरु"
"नियम कडा बनाउने जुंगे हवल्दार" हरु
देश खोक्रयाउने "खुराफाती" थुप्रै छन् अरु
"हामीलाई लाइराछ" भन्ने हरु देख्दा
महंगी, अशान्ति, असुरक्षा भोग्दा
नबुझ्ने 
हरु छन् "गाला" मा ठोक्दा
त्यसैले होला मलाई पनि भन्न मनलाग्छ
ठोकिदेउ अर्को गालामा पनि
"परेको म बेहोरौंला"
उट्पट्याङ  गर्ने "धर्मुसे" र "सुन्ते" हरु
ग्राहक ठग्ने "माइला साहु" हरु
"वडा अध्यक्ष" "गोप्ते काजी" र "थालमुखे" हरु
विचरा "माग्ने बुढा" हरु संग के नै छ र अरु ?
चल्दैन देश  "हर्के हवल्दार"
हरु वाट
आखिर  देश जान्छ कि जस्तो छ "घाट"

यो "तितो सत्य" हो जनता
बन्नै पर्छ अब "जिरे खुर्सानी"
सधैं "मेरी बास्सै" भनेर मात्र के गर्ने
"हिजो आजका कुरा" "गोलमाल" छन
नेताले जनतालाई सधैं "झ्याइँकुटी झ्याइ"
"तात्तो न छारो"
को  नेता गर्छन् मपाईँ 

Ram Khanal photo

20110206

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले एमाले र माओवादी सहमतिलाई कुनै पनि परिस्थितिमा लागू हुन नदिने निर्णय र घोर भर्त्सना

मानव अधिकारवादी र नागरिक समाजवालाले पनि आपत्ति जनाए, पुष्पकमल दाहाल र झलनाथ खनालबाट धोका भएको एमाले नेताहरुले पनि बताए, झलनाथ को सरकार नबन्दै दलदलमा !
 

काँग्रेसले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को वर्तमान गठबन्धन सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले उक्त

एउटा अचम्मको समाचार भिडियो : ४ जना माछा मार्नेहरु बिरुद्ध माछाहरु सामुहिक रुपमा प्रतिकारमा उत्रे, हेर्नुस् भिडियो जस्ताको तस्तै !

रोचक र आस्चर्यजनक यथार्थ भिडियो !

६०१ जना सभासदहरुको श्राद्ध गर्ने व्यक्ति राकेश शर्मा संगको अन्तर्वार्ता !

"म्याद सिद्धिएको औषधिको कुनै काम हुँदैन त्यस्तै यी ६०१ सभासद्हरूको २०६७ जेठ १४ गते म्याद सिद्धिएको छ, त्यसैले जेठ १४ गते राति १२ बजे कृष्णपक्षको प्रतिपदा मैले ६०१ सभासद्हरूको मृत्यु ठानेको छु, ६०१ जना भूतप्रेत सभासद्हरूलाई ठिक पार्ने काम गरौं" -  राकेश शर्मा

०    तपाईं किन यसरी जिउँदा व्यक्तिहरूको श्रद्धा गरी हिँड्नुभएको छ ?
जनताले नयाँ नेपालको जनमुखी संविधान निर्माण कार्यका लागि आफ्नो अमूल्य मत दिएर ६०१ जनालाई

20110205

Breaking News.........!


आखिर हार्दैछन् नेपाली जनता माओवादी आतंकसँग !

झलनाथलाई गोटी बनाएर आफ्नो र माओवादी स्वार्थ पुरा गर्न प्रचण्ड क्रियासिल, सबैभन्दा बढी मन्त्री र आकर्सक मन्त्रालय माओवादीलाई, मुलुक घुमाइ फिराइ माओवादीकै आतंकमा नाच्ने, प्रचण्ड सेना समायोजनका नाममा आफ्ना लडाकुलाई सेना र प्रहरीमा घुसाएर उपद्रो मच्चाउदै देश कब्जा गर्ने रणनितीमा, आखिर हार्दैछन् नेपाली जनता माओवादी आतंकसँग ! शान्ती र संबिधान नारा मात्र, बास यही हो  भित्री गाँठी कुरा !

"जन्तरे" दाई झलनाथ खनालले प्रधानमन्त्रीको सपथ लिन नपाउँदै बिद्युत प्राधिकरणले लोडसेडिङ बढायो, अब एक दिनमा चौध घण्टा लोडसेडिङ !

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।यसअघि दैनिक १२ घण्टाको दरले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । सुख्खायाममा जलसायमा पानीको सतह घटेकोले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ । alt

20110204

प्रचन्डको पासो, बन्न सक्छ जन्तरेलाई प्रधानमन्त्री बनी फासो

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी नयाँ सरकारमा सामेल नहुने !

संयुक्त मधेसी मोर्चामा आबद्ध तीन मधेसवादी दलहरूले झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी नयाँ सरकारमा सामेल नहुने भएका हुन् । सदभावना पार्टीको कार्यालयमा शुक्रबार बसेको तीन दलको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र फोरम नेपालका प्रतिनिधी उपस्थित थिएनन् । त्यसैगरी बैठकले मतदाता नामावली संकलनकाक्रममा नागरिकता अनिवार्य गराइएकोमा आपत्ति जनाउँदै नागरिकताबिना पनि फोटोसहितको परिचयपत्र वितरण गर्न सरकारलाइ

काँग्रेस झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी नहुने, पार्टीमा विभाजन ल्याउन चाहने केही तत्वले दलका शीर्षनेतालाई भड्काउन खोजेको काँग्रेस सभापति सुशील कोइरालाको आरोप

खनालले योग्य र सक्षम व्यक्तिहरु रहेको सानो मन्त्रिमण्डल बनाउने आफ्नो चाहना रहेको बताए
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट गर्नुभएको छ।नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार भेटमा उहाँले खनाल नेतृत्वको सरकारलाई उसको गुण र दोषका आधारमा समर्थन गर्ने बताउनुभयो। शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन तथा निर्धारित समयमा संविधान जारी गर्न आफ्नो दलले प्रतिपक्षमा बसेर सरकारलाई सघाउने बताउनुभयो। सभापति कोइरालाले नेपाली काँग्रेस लोकतन्त्रका लागि सँधै लडिरहने पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताका लागि कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त

20110203

प्रधानमन्त्री पड्कायौ दाई, बधाई तिम्लाई दिनुपर्छ !

प्रधानमन्त्री पड्कायौ दाई, बधाई तिम्लाई दिनुपर्छ
झापड हान्ने रेग्मीबाट, शिक्षा तिम्ले लिनुपर्छ
बिचमा बस्दै, दुई डुंगामा खुट्टा राख्दै गरेपनी
जनताको विश्वाश र आस्थाबाट झरेपनी
आतंकको नाइकेलाई रोकिदियौ जानबाट
संबिधान र शान्ती भन्दै देश लुटी खानबाट
बिगतमा "झल्लु" भएनी अब झलनाथ बने
संबिधान र शान्ती दिन अहोरात्र बाटो खने
इज्ज्यत राखे नेपालीको, खनालको मात्र होइन
केही गर देशको लागि, हाँडिगाउँको जात्रा होइन
- Ram Prasad Khanal 

प्रचन्डको समर्थनमा झलनाथ बने नयाँ प्रधानमन्त्री !

हेर्दा हेर्दै र झापड खाँदै  झलनाथ खनाल झल्लुबाट प्रधानमन्त्री पो बने बा ! यिनले पनि खप्परमा त लिएरै आएका रहेछन कि कसो ! तर प्रचन्डको बुइ चढेर प्रधानमन्त्री भएकाले कुन दिन नराम्ररी पछारिने हुन यसै भन्न कठिन छ बाबै ! 

Breaking News........
- By Nepalmother.com Team/ Beuro Kathmandu
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा बिजयी भएका छन्। सोही दलबाट मन्त्रीपरिषद्को नेतृत्व गरेका माधव कुमार नेपालले राजिनामा गरेको ७ महिना ५ दिनपछि प्रधानमन्त्री पदमा खनाल बिजयी भएका हुन्। खनालले ५ सय ९८ कूल संविधानसभाका सदस्यमध्ये निर्वाचनमा सहभागी ५ सय ५७ मा ३ सय ६८ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली

20110202

श्रेष्ठ परिवारलाई आर्थिक सहयोग गर्नुभएका सहयोगी संस्था तथा महानुभाबहरुको नाम र रकम विवरण !



हाम्रा परम मित्र दान बहादुर श्रेष्ठको क्यान्सरबाट दु:खद निधन भएको आज फेब्रुअरी 7 मा 13 दिन पुरा  !
हाम्रा परम मित्र दान बहादुर श्रेष्ठको क्यान्सरबाट दु:खद निधन भएको आज फेब्रुअरी 7 मा 13 दिन पुराभयो । नेपाली परम्परा अनुसार नेपाली पन्डित द्वय लक्ष्मण शास्त्री र राजेन्द्र खनाल द्वारा 13 दिन को पुन्य तिथी पुरा गरियो । सो अबसरमा नेपाली समुदाय का बिभिन्न ब्यक्तिहरु स्वर्गिय  श्रेष्ठको घरमा गइ दान श्रेष्ठका परिवारलाई समबेदना दिदै पुन्य तिथी को प्रसाद ग्रहण गर्ने काम सम्पन्न भयो । श्रेष्ठ परिवारलाई  हर प्रकार ले सबैभन्दा बढी पल पलमा सहयोग  गर्ने   बोधराज/बिजया अधिकारी, राम शर्मा तथा सम्झना भट्टराई संगै,  नेपाल मदर डट कम ले दान श्रेष्ठ क्यान्सर बाट मृत्‍यु हुनु अगावै देखी,  मृत्‍यु भए पछी अस्पताल देखी दाहसंस्कार सम्म  पनि लगातार आफ्नो बर्कत ले भ्याए सम्म आफ्नो ठाउँ बाट सहयोगको लागि सक्दो कसर बाँकी राखेन, सुचना पुर्याउने देखी सहयोग आव्हान गर्ने सम्मको काममा नेपाल मदर डट कम लाई सघाउने र सहयोग उठाउन मद्घत गर्ने सागर कंडेल, अमेरिका नेपाल सहयोगी समाज, बिष्णु अधिकारी, उदय घर्ति, चेतन सिटौला लगायतका अन्य साथीहरु,   तल उल्लेखित सबै संस्था तथा ब्यक्ती हरु सबै लाई श्रेष्ठ परिवारको तर्फबाट र हाम्रो तर्फ बाट पनि हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौँ ।

      श्रेष्ठ परिवारलाई आर्थिक सहयोग गर्नुभएका  सहयोगी संस्था तथा महानुभाबहरुको नाम  र   रकम विवरण  !
 
1.Kabin Sitaula                    $150
 2.Bishnu Adhikari                  $151
3.Narayan Kharel         $101
4.Shiva Timilshina         $101
    5.Ghanashyam Bhandari. $101
6.Girish pokhrel           $101
7.Indra Shrestha         $51
8.Madhav Sharma     $101
9.Raj kumar shrestha                    $211
11.Bodha Raj Adhikari                  $151
12.Sakul Koirala           $51
13.Prem sangrola                              $70
14.Hari Bamsa Dulal                          $100
15.Aachut Neupane                             $30
16.Anuj Gyawale                                 $50  
17.Hari Baniya  $41
18.Dal Prashad Shrestha                    $55
19.Abraska                                              $20
20.Narendra Ghimere     $101
21.Rajiv mainali    $100
22.Fantaye  $100
23.Tangir Syed $100
24.Bal Neupane(Santa Didi)                      $151
25.Chandra Prashad Gurung                  $55 
26.Bikash Adhikari                                $51
27.Udaya Magar  $51
28.Hemanta Adhikari                                $51
29.Chetan Sitaula(Ashish) $101
30.Biplop Khadka $51
30.Suraj Bansnet  $51
31.Khem Sangrolla          $30
32.Narayan Gautam                                     $30
33.Dipak K.C $30
34.Surendra Parajuli                                   $20
35.Dipesh Shrestha $20
36.Bhuvan Bhandari $20
37.Roshan Pradhan $20
38.Ramesh Subedi $20
39.Tanka Dahal $20
40.Kabindra Bohora $20
41.Shyam Bista                                               $20
42.Jeevan Sitaula                                           $10
43.Anish Koirala $31
44.Netra Lal Shrestha $20
45.Damar Gurung                                             $20
46.Ram Prasad Sharma Bhattarai                    $30
............................................
1. Bhim/Gopal Regmi                               $251
2.Sagar/Rajendra Kandel                         $101
3.Padam Regmi                                        $101
4.Ishwori Poudel                                       $101
5.Jivan Tiwari                                            $101
6.Mohan Baniya                                        $101
7.Madhu Sudhan Panthi                             $101
8.Medini Adhikari                                      $101
9.America Nepal Society                            $200
10.Pitmber/Laxmi Bharrarai                         $75
11.D.C Nepali Samaj, USA                        $60
12.Deepak Jamarkttel                                  $51
13.Kamal Bhattarai                                       $51
14.Jagan Nath Sharma                                   $51
15.Tilak Kharel                                              $51
16.Raj Gautam                                               $51
17.Thakur Pudasaini                                       $60
18.Ram Humagain                                          $60
19.Mukta Poudel                                            $51
20.Krishna Baidhwar                                       $40
21.Ram/Urmila Dahal                                       $25
22.Gagan Kunwar                                            $25
23.Sanjeeb Bhandari                                        $25
24.Madav Upadhaya                                        $25
25.Shrawan Adhikari                                         $20
26.Laxman Sapkota                                          $25
27.Madhu Sudhan Aryal                                    $15
28.Nir Baral                                                       $15
....................................
1.Winmie Carillo                                                 $20
2. Hom Kumari Tulachan                                    $51
3.Bidhur Gimire                                                  $25
4.Shiba Baniya                                                   $25
5.Bimala Nepal                                                  $51
6. Tek Raj Gyawali                                            $51
7.Hom/Shubha Aale                                          $51
8.Tilak/Arpana Pradhan                                     $25
9.Niraj/Rajani Palikhe                                        $101
10.Madab Bhandari                                           30
11.Hom Subedhi                                                $20
12.Walmart Employees                                      $449

For other related news of Late Mr. Dan Shrestha , please click this link below


सोझा साझा नेपालीजन सधैंभरी रुने हुन की !?


खसी काटे जस्तै गरी मान्छे काट्ने "ठुला" भए
सत्य न्याय हुनुपर्छ भन्नेहरु "लुला" भए
झुन्ड्याइनु पर्नेहरु नेपालका "माली" भए
आफ्नो गरिखाने हरु "फटाहा र जाली" भए
अपराध गर्ने नाइके प्रधानमन्त्री हुने हुन कि
सोझा साझा नेपालीजन सधैंभरी रुने हुन की !?

एमालेका पोलिटव्युरो सदस्य एवम् गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई एमाले पार्टी कार्यालय अगाडि एमालेकै कार्यकर्ताले गालामा दुई थप्पड लगाए

'हाम्रो अध्यक्ष क. प्रधानमन्त्रीको उम्मेदवार बन्न खोज्नुहुन्छ, तर बैठकमा प्रस्ताव पेस गर्न सक्नुहुन्न, त्यसैले म आफैं प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्छु'  :  ओली
 नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई एमाले पार्टी कार्यालय अगाडि एमालेकै पार्टी कार्यकर्ताले दुई थप्पड लगाएका छन् । प्रधानमन्त्री बनाउने विषयलाई लिएर उनलाई सोमबार साँझ एमालेकै कार्यकर्ताले थप्पड लगाएका हुन् । ती एमाले कार्यकर्ताको भने नाम सार्वजनिक गरिएको छैन । प्रशिक्षण समापनपछि पार्टी कार्यालय निरीक्षण गर्न आउने क्रममा नेता अधिकारीलाई गालामा दुई पटक हानेपछि के गरेको भनी अरुले रोकेपछि उनले छोडेका थिए । प्रहरीले कारबाहीका लागि लैजान खोजे पनि घटनाको समाचार बन्न सक्छ भन्दै गोरखा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नमानेका घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सूर्य थापाले जानकारी दिए । अधिकारी एमाले पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा

20110201

संविधान बनाउन नसके सभासद् र नेताहरुको गालामा चड्कन हान्न जनतालाई छुटछ भन्ने कुरा हामीलाई लागिराख्याछ : माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराई

वार्ता असफल भएपछि अब उम्मेदवारी दिएर आफ्नो पक्षमा बहुमत पुर्याउन प्रमुख तीन दल लागि परे
माओवादी का उपाध्यक्ष डा.बाबुराम भट्टराईले जेठ १४ गतेसम्म पनि संविधान बनाउन नसके सभासद् र नेताहरुको गालामा चड्कन हान्न जनतालाई छुट भएको बताउनुभएको छ। बलिदान गरेर ल्याएको गणतन्त्र गुम्न सक्ने अवस्था भइरहेकाले जनताले थप्पड मात्र हान्ने होइन जे पनि गर्न पाउने उहाँले बताउनुभयो। धादिङको मैदीमा रहेको संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भट्टराईले शान्ति र संविधान मुखले मात्र भन्ने तर सरकार र प्रधानमन्त्रीको कुर्सीमा को बस्ने भन्ने खिचातानीका कारण समस्या समाधान हुन नसकेको बताउनुभयो। संविधानसभाको सबैभन्दा ठूलो दललाई सरकारकॊ नेतृत्व दिन हुन्न भन्ने केही दलको अडानका कारण सरकार बन्न नसकेको उहाँले बताउनुभयो। आगामी जेठ १४ मा संविधान नबने देश गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिँदै अब बन्ने सरकारको मुख्य काम भनेको शान्तिप्रक्रियालाई टुंग्याउनु र संविधान लेखनलाई पूरा गर्नु भएकाले त्यसका लागि राष्ट्रिय सरकारको आवश्यकता पर्ने बताउनुभयो। देशका मुख्य
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________