( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110331

"खनालजीलाई हात जोडेर भन्छु आउनुहोस मिलेर काम गरौं, कुनै विषयमा हर्ट भएको छ भने म माफी माग्छु"

- अर्थमन्त्री भरतमोहन अधिकारी
 https://lh6.googleusercontent.com/-SLgoeToyAIo/TY4wn9W8mII/AAAAAAAAKH0/yFljTo2_clU/s1600/images.jpgनेपालको ईतिहासमा उपप्रधान तथा अर्थ मन्त्रिले सचिब सँग माफि मागेको यो नै पहिलो घटना हो !  
  अर्थसचिव रामेश्वर खनालले राजिनामा दिएको भन्ने खबर मिडियाहरुमा आएपछि अर्थमन्त्री भरतमोहन अधिकारीले अर्थ सचिवलाई फर्केर आउन अनुरोध गरेका छन् ।खनालको सरुवाको चर्चा हुँदा समेत आफूले बाँकी डेढ वर्षको कार्यकाल अर्थमा नै बिताउन अनुरोध गरेको स्मरण गर्दै अधिकारीले भने – 'काम गर्दा केही गल्ती भएको छ भने मलाई माफ गर्दिनुस्, खनालजीलाई हात जोडेर भन्छु आउनुहोस मिलेर काम गरौं, कुनै विषयमा हर्ट भएको छ भने म माफी माग्छु' । अर्थतन्त्रका चुनौती सामना गर्न, नयाँ बजेट निर्माण गर्न मन्त्रालयमा खनालको आवश्यकता रहेको अधिकारीले बताए। खनालसँग कुनै पनि विषयमा विवाद नरहेको दावी गर्दै बुधबार पत्रकारसँग उनले भने –मेरो दवावमा राजीनामा दिएको होइन, १५ दिन बिदा बसेको थाहा पाएको छु। मंगलबारदेखि नै लगातार प्रयास गर्दा पनि खनालसँग फोन सम्पर्क हुन नसकेको जनाउँदै अधिकारीले मूल्य अभिवृद्वि कर (भ्याट) को नक्कली बिल छानविनमा कुनै विवाद नभएको दावी गरे। नक्कली बिल नक्कली नोट सरहको अपराध भएको उनले बताए। यसलाई अगाडि बढाउने

20110330

ओरालो लागेको हरिणलाई खेद्नु बहादुरी कदापि हुन सक्दैन, यस्तै अवाञ्छित बहादुरीको प्रदर्शन भइरहेकोछ अहिले !

-देवप्रकाश त्रिपाठी
https://lh6.googleusercontent.com/-jCQI63GD0Cc/TYpNR5_M9rI/AAAAAAAAKHE/_NMK-y4iMnI/s1600/dev-prakash-tripathi.jpgसम्मानित सर्वोच्च अदालतले काङ्ग्रेस नेता चिरञ्जीवी वाग्लेविरुद्धको मुद्दामा निकै फूर्तिसाथ फैसला सुनायो र त्यसको कार्यान्वयन पनि गर्‍यो । भ्रष्टाचार गरेको अभियोग प्रमाणित गर्दै वाग्लेलाई काराबास पठाउन सक्नुलाई अदालतसम्बद्ध पक्षले निकै साहसिक कदमका रूपमा आफ्नो कार्यको प्रचारप्रसार गरिरहेको छ । यसरी मन्त्री भइसकेका कुनै नेतालाई भ्रष्टाचार गरेको ‘प्रमाणसहित’ दण्डित गरिनुलाई जनस्तरमा पनि सकारात्मक नै मानिएको छ, अदालतको निर्णयको सराहना गर्नेहरूको पङ्क्ति सानो छैन । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मीको पृष्ठभूमि र महत्त्वाकाङ्क्षाबारे जानकारी नराख्नेहरूले उहाँहरूको निर्णयको प्रशंसा गरेका पनि छन् । तर, वाग्लेलाई काराबास पठाउने सर्वोच्च अदालतको निर्णयलाई सूक्ष्म अध्ययन-विश्लेषण गर्ने हो भने तस्बिर बेग्लै देखिन्छ, यहाँ सङ्क्षिप्तमा त्यसको चर्चा गर्न खोजिएको छ ।
राणाकाल कानुनी राजको काल थिएन, त्यसैले उक्त कालखण्डमा भएका भ्रष्टाचारको

A Trip to Austin Texas and some information + A Interview with Hem Sarita Pathak






Sai baba's Bhajan in Austin, Texas !











20110329

'मेरो नेम प्लेट र वेभ साइटबाट मेरो नाम हटाइदिनु' : उच्च क्षमता र स्वच्छ छवि भएका मानिने अर्थ सचिव रामेश्वर खनाल

शतिले श्राप गरेको देश मा राम्रो मान्छेको यस्तै हबिगत !
अर्थ सचिव रामेश्वर खनाल मंगलबार मन्त्रालयबाट रिसाउँदै बाहिरिएका छन् । उनले राजीनामा दिएको चर्चा चलेपनि त्यसको आधिकारिक पुष्टी भने हुन सकेको छैन । खनालले मंगलबार आफ्नो कार्यकक्षमा मन्त्रालयका अन्य अधिकारीहरुसंको छलफलमा आफू १५ दिनका लागि ट्रेकिङमा जान लागेको र अव उपरान्त मन्त्रालय नआउने बताएका थिए। 'मेरो नेम प्लेट र वेभ साइटबाट मेरो नाम हटाइदिनु',भन्दै खनाल बहिरिएका मन्त्रालयका एक अधिकारीले जानकारी दिए । खनाल मन्त्रालयबाट पैदल नै बाहिरिएका थिए । केही समय अगाडि मन्त्रालयमा भएको सरुवामा पनि खनालको असहमति रहेको बुझिएको छ । सचिव खनाल त्यसरी मन्त्रालयबाट बाहिरिएपछि मन्त्रालयका सह सचिवहरु मुख्य सचिवलाई भेट्न गएका छन् । खनालले अर्थमन्त्री भरतमोहन अधिकारीको कार्यशैलीप्रति

कुटाकुटमा उत्रिएका माओवादी पार्टीनिकट मजदुर संगठन विघटन

आन्तरिक विवाद साम्य पार्न बसेको माओवादीको स्थायी समितिको बैठक सकिएको छ । आजको स्थायी समितिको बैठकले आपसमा कुटाकुटमा उत्रिएका पार्टीनिकट मजदुर संगठन विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले दाहाल, वैद्य र भट्टराई पक्षका तीनवटै समानान्तर मजदुर संगठन विघटन गर्ने निर्णय गरेको हो । अध्यक्ष दाहाल समर्थित शालिकराम जमकटेल, वैद्य पक्षका बद्री बजगाई तथा भट्टराई पक्षका लालध्वज नेम्वाङ नेतृत्वमा समानान्तर मजदुर संगठन चलेपछि कतिपय स्थानमा कुटाकुटसमेत भएको थियो । स्थायी समितिको आजको बैठकले राष्ट्रिय सम्मलेन आयोजक समिति गठनका लागि ३ वटै मजदुर नेतासँग छलफल गरिने पनि जनाएको छ । बैठकले सुनियोजित

दिपकद्धारा तीन मिनेटमा सानो प्लाष्टिकको चियाचम्चाद्धारा सबैभन्दा बढी अंगुरहरु खाने तथा तीस सेकेण्डमा सबैभन्दा बढी खामहरु आधा टुक्रा पार्ने विधामा थप दुई बिश्व किर्तिमान !

विश्व कृतिमान राम्रा कुरामा भए हुन्थ्यो, अङ्गुर खाने त्यो पनि चम्चाले, कागज च्यात्ने यो कस्तो कृतिमान हो कुन्नी ! हामीले अली बुझ्न सकेनौ, के यस्ता कृतिमान ले नेपाल र नेपालीको विश्व सामु इज्जत रहन्छ र ! केही समय अगाडि न्यू योर्क मा दुई भाई ले चौँतिस घण्टा हात मिलाएर कृतिमान कायम गरे, कृतिमान पनि सम्झ लायक, गर्व गर्न लायक भ राम्रो हुन्थ्यो कि महासयहरु !
कोलोराडो, अमेरिका / नेपाल पर्यटन वर्ष–२०११ लाई सफल बनाउन अन्र्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने अभियान अन्तर्गत संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा रहनु भएका नेपाल

20110328

नयाँ नेपालमा सभासदको यस्तो चर्तिकला : सभासद को एस् एल सी छोरीले दिदै, पक्राउ परेपछी सभासदलाई होइन केन्द्राध्यक्ष्यलाई पो कार्वाही ! यस्ता सभासदले कस्तो शान्ति र संबिधान बनाउलान !!!

यस्ता औठा छापहरु लेख्दैछन नेपाल र नेपालीको भबिस्य, कस्तो बिडम्बना ?
Exclusive news......
image
सर्लाही / नेकपा एमालेबाट सभासद् बनेकी ४२ वर्षीया किरणदेवी यादवले आफ्नो नामबाट छोरीलाई एसएलसी परीक्षा दिन लगाएको रहस्य खुलेको छ । उनकी छोरी ममता स्नातक तहकी विद्यार्थी हुन् । सर्लाहीको मानपुर घर भएकी सभासद् किरणदेवीले स्थानीय मानपुर माविबाट एसएलसी परीक्षाका लागि फारम भरेकी थिइन् । सो विद्यालयको परीक्षा केन्द्र बरहथवास्थित चक्र जनता सहिद गंगा उमाविमा परेको छ । केन्द्रमा नक्कली परीक्षार्थी बनेर ममतादेवीले आमाको परीक्षा दिइरहेको रहस्य एसएलसीको तेस्रो दिन आइतबार मात्र खुलेको हो । सभासद् यादवलाई नक्कली परीक्षार्थी राखेर एसएलसी परीक्षा दिलाएको आरोपमा आइतबार केन्द्राध्यक्षलाई कारबाही गरिएको छ । चक्र जनता सहिद गंगा उमाविका केन्द्राध्यक्ष राजकुमार ठाकुरलाई हटाई उनको स्थानमा सहायक केन्द्राध्यक्ष विनयकुमार साहलाई नियुक्त गरिएको छ । केन्द्राध्यक्ष ठाकुरले आफ्नो केन्द्रबाट परीक्षा दिने विद्यार्थीको सूचीमा सभासद्को नाम रहेको आजै थाहा पाएको दाबी गरे । 'सभासद् यादवको नाम मानपुर माविबाट एसएलसी दिने विद्यार्थीको सूचीमा रहेको मैले पनि आज थाहा पाएँ,' उनले भने, 'आज उहाँको

बाल्टिमोर अमेरिकामा विजय श्रेष्ठको नेतृत्वमा एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) नयाँ कार्यसमिति चयन !


बाल्टिमोर अमेरिका / हिजो सम्पन्न निर्बाचनमा विजय श्रेष्ठको नेतृत्वमा एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना)  नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिकामा उपाध्यक्षमा ओमवहादुर तुलाचन, महासचिवमा पारुराम थापा (प्रभु थापा) सदस्यहरुमा रुद्र गुरुङ, मोहन पन्त, विशालमान श्रेष्ठ र संदिप कोईराला निर्वाचित हुनु भएको छ । बानाको सचिवमा दिवाकर ज्ञवाली, कोषाध्यक्षमा राजन केसी, मिडिया डाईरेक्टरमा महेश केसी र मेम्वरसिप डाईरेक्टरमा दीपब्रत शर्मा यस अघि नै निर्विरोध निर्वाचीत भैसक्नु भएको थियो । १४४९ कुल सदस्य संख्या रहेको बानाको यस निर्वाचनमा कुल १००८ मत खसेमा १२ मत बदर भएको थियो । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाण पत्र निर्वाचन कमिटिका संयोजक आनन्दकृष्ण घिमिरेले हस्तान्तरण गर्नुभयो ।

20110327

बुटवलमा बम विस्फोट हुदा एक को मृत्‍यु , १९ जना घाईते !

Breaking News.......
बुटवलको मिलनचोकमा आज बेलुका बम विस्फोट हुदा कम्तीमा एक को मृत्‍यु, १९ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार रुपन्देहीको भैरहवाबाट बुटवलतर्फ आईरहेको लु १ ख ३६६६ नं को माईक्रोबसमा राखिएको बम बेलुका ६ बजेतिर विस्फोट भएको हो । बुटवलको मिलनचोकस्थित मिलन चलचित्र मन्दिर अगाडि राजमार्गमा भएको बम विस्फोटका घाईतेहरुलाई लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । घाईतेमध्ये कतिपय अंगभंग भएका छन् । अहिले मिलनचोक र आसपासमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले थप दुर्घटना हुन नदिन सुरक्षा सर्तकता अपनाएको छ ।  बसमा लागेृको आगो दमकलले नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीका अनुसार भैरहवाबाट बुटवलका लागि हिडेको माईक्रोबसको पछाडिको भागमा रहेको बम बुटवल मिलनचोकमा यात्रुलाई ओराल्ने क्रममा सामान निकाल्दै गर्दा विस्फोट भएको हो । सो माईक्रोबसमा कति यात्रु सवार थिए भन्नेबारेमा केही खुल्न सकेको छैन । सुरक्षा मजबुत पार्न र घाईतेको उद्धार गर्न व्यस्त रहेकाले प्रहरीले आधिकारिक

खुमवहादुरलाई पनि सर्वोच्च अदालतले १५ दिनभित्र झिकाउने आदेश

सर्वोच्च अदालतले कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई १५ दिनभित्र झिकाउने आदेश दिएको छ। प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले यसरी 'झिकाउने' आदेश दिएको हो। खड्काविरुद्ध २०६३ चैत १५ गते सम्पत्तिको स्रोत नखुलेकोबारे सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। अख्तियारले पूर्व मन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी, जयप्रसाद गुप्ता तथा रवीन्द्रनाथ शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको थियो । विशेष अदालतले मन्त्री खड्का र गुप्तालाई सफाइ दिएको थियो। शर्मा र जोशीविरुद्धको मुद्दा भने हदम्याद नाघेको भन्दै खारेज गरिदिएको थियो । विशेष अदालतको यस्तो फैसलाप्रति सरकारले उनीहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन हालेको थियो । जसमध्ये सर्वोच्च

20110326

सात बुँदे सहमति भन्दापनि ठूलो सहमति एमाले पार्टीभित्र, झलनाथ खनाल र केपी ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको सनसनीपूर्ण खुलासा !

 उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले खनाल नेतृत्वको वर्तमान सरकार ढले केपी ओलीको नेतृत्वमा अर्को सरकार बन्ने दाबी गर्नुभएको छ। भक्तपुरको खरिपाटीमा हिजोबाट शुरु भएको पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै उहाँले माओवादी र एमालेबीच भएको सहमतिलाई पनि आफ्नै परिभाषा दिनुभएको छ। वर्तमान सरकार ढल्छ कि भन्ने चिन्ता लिएका कार्यकर्तालाई आश्वास्त पार्दै उहाँले भन्नुभयो 'यो सरकार ढल्छ कि भन्ने चिन्ता किन लिनुपर्यो ? यो सरकार ढले केपी कमरेडको नेतृत्वमा सरकार बन्छ ।' कार्यक्रममा ओलीको गुनगान गाउनुभएका एमालेका स्थायी समिति सदस्य रहेका अधिकारीले खनाल नेतृत्वको सरकारलाई ढाल्ने षड्यन्त्र भएपनि आत्तिनु नपर्ने बताएको स्रोतले बताएको छ। सात बुँदे सहमति भन्दापनि ठूलो सहमति आफ्नो पार्टीभित्र भएको भन्दै

20110324

आज ठुला माछा (Dolphin) को नाच र चर्तिकला हेर्नुस्

For Document Notarize call Notary Public Ram Prasad Khanal, Virginia Manassas 703-419-0924

For Document Notarize call Notary Public Ram Prasad Khanal, Virginia Manassas 703-419-0924


अमेरिका/भर्जिनियामा रियल्टरको रुपमा घर जग्गा किन बेच गर्दै आइरहेकोमा अब देखी यसका साथ साथै नेपाली समुदाय र सबैलाई केही हदसम्म भए पनि कागजातहरु प्रमाणित गराउन सहयोग पुर्याउन सकियोस भन्ने हेतुले अमेरिकी मापदन्ड, नियम कानुन पुरा गरी अब लाइसेन्स प्राप्त नोटरी पब्लिक ( Notary Public ) को रुपमा पनि मैले काम शुरु गरेको सहस्र जानकारी दिलाउँछु । अब उप्रान्त तपाईंका कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ ।


- Ram Prasad Khanal, Notary Public/Realtor
 office  Address: 10748 Sudley Manor Dr.
Manassas Virginia, US, 703-419-0924 
Email : rampdkhanal@gmail.com
Visit : www.Nepalmother.com

यो त अली बढी नै भयो बा ! थापा निवासमा 'गोप्य' भेला, भारतलाई नाकाबन्दी लगाउन लगाएर भए पनि खनाल नेतृत्वको सरकार ढाल्नुपर्ने प्रस्ताव ! खबरदार जे गर्नुछ आफै गर भारत नगुहार !

एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार असफल पार्न बृहत् लोकतान्त्रिक मोर्चा गठनको गृहकार्य सुरु भएको छ । एकीकृत नेकपा माओवादीको योजनामा बनेको खनाल नेतृत्वको सरकार लोकतान्त्रिक शक्तिलाई समाप्त पार्ने षडयन्त्रतर्फउन्मुख भएको भन्दै मोर्चा गठनको कसरत गरिएको हो । राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापाको मालीगाउँस्थित निवासमा बुधबार बृहत् लोकतान्त्रिक मोर्चाको गठनबारे छलफलसमेत भएको छ । पर्ूवप्रधानमन्त्रीसमेत रहेका थापा कम्युनिस्ट तानाशाह लाद्नबाट रोक्न विगतदेखि नै लोकतान्त्रिक मोर्चा गठनको पक्षमा रहेका छन् । उनले तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालासमक्ष समेत सो प्रस्ताव राखेका थिए । माओवादीको र्समर्थनमा खनाल प्रधानमन्त्री निर्वाचित भएपछि थापाले बृहत् लोकतान्त्रिक मोर्चा गठनको अवधारणा पुनः अगाडि सारेका हुन् । थापा निवासमा भएको सो 'गोप्य' भेलामा भारतलाई नाकाबन्दी लगाउन लगाएर भए पनि खनाल नेतृत्वको सरकार ढाल्नुपर्ने प्रस्ताव गरिएको छ । स्रोतका अनुसार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा पर्ूवउपप्रधानमन्त्री विजयकुमार गच्छदारले सो प्रस्ताव गरेका हुन् । 'झलनाथ खनालको

20110323

अब त अत्ती नै भयो : ए एन ए बोस्टनमा भुक्तानी दिएर पैसा नभएका कारण बाउन्स भएका यि र यस्ता चेक बाट ठगी गर्ने ए एन ए नेत्रित्व लाई ठगी को मुद्दा दिने तयारीमा कलाकारहरु !

पैसा नभएका चेक काटेर कलाकारलाई चुना लगाउनु, आज सम्म भुक्तानी नहुनु लाई ए एन ए को नेत्रित्वको नालायकी पन र भ्रस्टाचार नभनेर के भन्ने ? कलाकारहरुको यो प्रश्नको उत्तर छ ए एन ए का नेता हौँ भन्ने हरुसँग ??        
 "यसरी नै पैसा नभएका चेक दिएर ए एन ए को नेत्रित्वले कलाकार र अन्य थुप्रैलाई बोस्टन मा ठगी गरेको छ,  यती हिसाब मिलाउन नसक्ने नालायकहरु अझ फुर्ती गर्दै भन्दैछन  हामी हौँ ए एन ए का अगुवा आधिकारिक आदी आदी  ! अगुवा होइन बरु नालायक भगुवा भन्या भए मिल्थ्यो कि, आची गर्ने लाई भन्दा देख्ने लाई लाज भनेको यही होइन र ??? हामी ठगिएका सबैका विवरण सहित मुद्दा दायर गर्ने तयारीमा छौं कलाकार हरु, मुद्दा दायर गर्ना साथ प्रेस सम्मेलन मार्फत ए एन ए का भगुवा हरुको भन्डाफोर गर्न सिंगो कलाकार टिम सहित उपस्थित हुनेछौं प्रतिक्ष्या गर्नुस् !" - यि भनाइ हुन न्यू योर्क का ए एन ए बाट ठगिएका एक कलाकारका !
अब हाम्रो भनाइ - ए एन ए का नाम मा बिभाजित भएर नौटँकी गर्दै गर्नुभएका दुबै गुटका सबै संलग्न महासय हरु ! ए एन ए बोस्टन सम्मेलनको गाइजात्रा का बिषयमा हामी आजसम्म मौन छौं सबै देखेर भोगेर र जानेर पनि ! किनकी नेपाली नेपाली बिच को कुरा मिलोस बाहिर न आओश भन्ने हाम्रो चाहना थियो , आर्थिक घोटालाको पराकास्ठ, नालायक नेत्रित्व का बिषयमा हामी बोली खर्च गर्न आबस्यक ठान्दैनौँ । अहिले बिभाजित भएर प्रेस रिलिज जारी गर्दै एक आपस मा हिलो छ्यापाछ्याप् गर्नुको सट्टा मिलेर बिगत

स्वर्गीय (कामरेड!?) गिरिजाप्रसादको सम्झनामा ! -देवप्रकाश त्रिपाठी

"गिरिजाप्रसाद कोइराला जसका कारण आज काङ्ग्रेस, प्रजातन्त्र, जनता र देशले इतिहासकै सर्वाधिक सङ्कटपूर्ण अवस्थाबाट गुज्रनुपरेको छ"
(लेखक नेपाली काङ्रेस का युबा नेता र सम्पन्न काङ्रेस महाधिबेसनमा केन्द्रिय सदस्यका उमेदवार पनि हुनुहुन्थ्यो, यो लेखकको बिचार  हो नेपाल मदर डट कमको होइन ! हामी हरेक बिचार लाई स्वतन्त्र ढंगले राख्न दिन्छौँ,  बरिस्ठ पत्रकार समेत रहेका काङ्रेस युबा नेता को यो लेख हामीले पठनिय ठानेर जस्ताको तस्तै प्रकाशन गरेका छौं - सम्पादक ) 
    त्याग र निष्ठाका प्रतिमूर्ति सन्तनेता कृष्णप्रसाद भट्टराईले देहत्याग गर्नुभएको तेस्रो साता हुँदै गर्दा काङ्ग्रेसका तात्कालिक सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको पनि वर्ष दिन पूरा भएको छ । आदरणीय किशुनजीको देहावसानमा उत्पन्न शोकको पीडा नओभाउँदै गिरिजाप्रसादको वारि्षक पुण्यतिथि आइपुगेको यस घडीमा किशुनजीसँगै कोइरालाको पनि स्मरण गर्नु सान्दरि्भक ठानिएको छ । नातामा जननायक बीपी कोइरालाका सहोदर भाइ गिरिजाप्रसाद कोइराला एक राजनीतिक संस्कारयुक्त क्रियाशील व्यक्ति हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइराला वृद्ध शरीर लिएर प्रजातान्त्रिक आन्दोलनको मैदानमा उत्रिनुलाई चाहिँ कसैले पनि सामान्य रूपमा लिएका छैनन् । राजाको निरङ्कुशताविरुद्धको आन्दोलनलाई नेतृत्व प्रदान गरेर कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो गुन लगाउनुभएको छ, नेपाली जनताले उहाँको यस्तो योगदानको शायद सदा स्मरण गरिरहने छन् । सफा कपडा, 

Please help to Mr. Tej Bahadur Karki !

Dear Community Leaders, members and friends,
Embassy of Nepal has asked Nepali community organizations, members and friends to help Mr. Tej Bahadur Karki, who has been suffering from some psychological problems. Mr. Karki, a citizen of Nepal, came to the United States under Diversity Visa Lottery few years ago.  Since then he started experiencing health problems that led him to mental distress, which is getting worse these days. With the level of depression and mental problems he needs urgent help. He wants to go to Nepal. He is asking day and night with Nepali community and Nepal Embassy for financial assistance to cover the cost of his one way ticket from US to Nepal as he is struggling with his living these days. As per Embassy’s request, and as “Prevention is better than Cure”, we must act before it is too late as this kind of situation can be life threatening. Regarding our 

20110322

पूर्वी तराई र पहाडी जिल्लामा सशस्त्र संघर्षरत समूहको बारम्बारको धम्की र चन्दा आतंकले असुरक्षित भएको भन्दै सबै गाविसका कर्मचारीले मूहिक राजीनामा बुझाए !

असुरक्षा बढ्दै गएपछि सुनसरीका सबै गाविसका कर्मचारीले सोमबार सामूहिक राजीनामा दिएका छन्। शान्तिसुरक्षाको माग राख्दै ४९ वटै गाविसका २ सयभन्दा बढी कर्मचारीले सुनसरीका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईलाई सोमबार सामूहिक राजीनामा बुझाएका हुन्। जिल्लाभरिबाट सदरमुकाम इनरुवामा भेला भएका गाविस कर्मचारीहरुले नाराबाजीसहित बजारपरिक्रमा गर्दै जिल्ला विकास समितिको कार्यालय पुगेर सामूहिक राजीनामापत्र बुझाएका थिए। पूर्वी तराई र पहाडी जिल्लामा सशस्त्र संघर्षरत समूहको बारम्बारको धम्की र चन्दा आतंकले असुरक्षित भएको भन्दै राजीनामा बुझाएको कर्मचारी संघ सुनसरी जिल्ला अध्यक्ष साजीव खड्काले बताउनुभयो। राजीनामापत्र बुझ्दै स्थानीय विकास अधिकारी भट्टराईले कर्मचारीहरुले माग गरेको शान्तिसुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने

20110321

सभासद् डिबी कार्कीलाई जेल हाल्ने विशेष अदालतले गरेको फैसलाप्रति वामदेवको असन्तुष्टि, माओवादीलाई गृह मन्त्रालय नदिने एमाले स्थायी समितिको निर्णय गलत : एमाले उपाध्यक्ष वामदेव गौतम

Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda (R) gestures as he talks to journalists while Deputy Prime Minister Bamdev Gautam looks on in Kathmandu on September 18, 2008 after arriving from a five-day official visit to India. Newly-republican Nepal's prime minister is trying to redefine the landlocked nation's traditional foreign policy pulling closer to China and standing up to India.
एमाले उपाध्यक्ष वामदेव गौतमले एकीकृत माओवादीलाई गृह मन्त्रालय नदिए शान्ति प्रकि्रया र संविधान लेखन अनिश्चित हुने बताएका छन्। हिजो लमजुङ सदरमुकाम बेशी सहरमा आयोजित

प्रचण्ड अर्थात् पुष्पकमल दाहाल यो वर्षको महामूर्ख सम्मेलनबाट महामूर्खको उपाधि हासिल गर्न सफल !

(कम रेट !) प्रचण्ड अर्थात् पुष्पकमल दाहाल यो वर्षको महामूर्ख सम्मेलनबाट महामूर्खको उपाधि हासिल गर्न सफल भएका छन् । उनकै भनाइमा शक्तिशाली विस्तारवादी भारतलाई राजनैतिक रूपमा पछार्न सफल भएकाले उनले यो उपाधि हासिल गरेका हुन्, तर कम रेटले ढाँटेका रहेछन्, एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री झलनाथ खनालले राजनैतिक रूपमा उनलाई महान् मूर्ख सावित गरेकाले उनी महामूर्ख बनेका हुन् । ढाडमा टेकेर टाउकोमा हान्ने सूत्रका विकासकर्ता कम रेटलाई उनकै सूत्र प्रयोग गरेर खनालले टाउकामा हानेका कारण उनी महामूर्ख चुनिएको बताइन्छ । पार्टीमा पनि वैद्य र डाक्टरको राजनैतिक समीकरणका कारण चेपुवामा परेका कम रेटले पार्टीभित्रका विद्वान्लाई प्रधानमुन्तरीमा जान नदिई आफूलाई पछि सार्दै झलनाथलाई बोकेर त्यागको राजनीति गरेको देखाउन खोजेकाले पनि उनी महामूर्ख

20110320

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी म्याट्रो च्याप्टरका नबनिर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न !


वाशिङ्गटन डि.सी. । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज -अनेसास) वाशिङ्गटन डि.सी.मेट्रो च्याप्टरको पदस्थापन तथा शपथ ग्रहण एक कार्यक्रमका वीच आइतबार स्थानीय

जगदाचार्य नेपाली बाबा -(पं. श्री तेजनाथ शर्मा) ०२अप्रैल २०११

सभी भक्तों को आशिर्वाद
जय गजानन जय गजानन om गणपतये नमः का जाप करना और घीका दीप जलाकर प्रातः ६ बजे से सायं ६ बजे तक ता. २४ अप्रैल २०११ -११ वैशाख २०६८)रविसप्तमी के दिन यथासक्य अर्चना आराधना करना है ।
श्री सिद्धिविनायक स्वयंभु गणेश, गणपतपुरा गुजरात भारत जिनका हमने २० वीस साल पर्ूव जव कन्याकुमारी भारत से वद्रिनाथधाम की १६८ दिवस लम्वी पदयात्रा मे श्रंृगार अर्चना करके गजानन की पर््रार्थना की थी और उनकी अती असिम कृपासे उसीक्षण कहाथा की इस स्थानका पर्ूण्ा जाग्रत हुआ अव यहाँ हजारौ की संख्यामे गणेश भक्त दर्शनार्थ उभड्पड्ेगे. जो सत्य ही नहीं अति सत्य र्सार्थक हुआ उसस्थान की दिन प्रति दिन भव्य विकाश और मनोरम भारत वर्षा अद्वितिय गणेश महातर्ीथ वनरहा है । लाखौं लाख भक्त धर्मर्,अर्थ,काम मोक्ष रुपी चारांे सम्पदा अपनी इच्छित मनेकामना पर्ूण्ा रुपेण प्राप्त कर रहे है । उस पदयात्रा के पश्चात जितनी बार द्वारकाधिश द्वारका या सोमनाथ को जाता हुँ अवश्य भगवानकी कृपा से गणपतपुरा जाग्रत सिद्घ िभक्ति प्रदाता गणेश जी का दर्शन करता हँु देखते देखते ही गणेश लोक जो वर्ण्र्ााहैं उसी रुपमें परिवर्तित निर्माण वढताजारहा है । दर्शनार्थी बढ्ते जारहे हैं । हमारा संकल्प था २१ वर्षपर्ूण्ा होने से पर्ूव कमसेकम और १ बार भगवानको अपने हातो से पुनः श्रृंगार अर्चना करुंगा जो शायद उनकी विशेष कृपा हुइ है जो २४ वीं. अप्रैल २०११ को यह महानकार्य रुप गजानन की पर्ूण्ा श्रद्घा मनसे आप सभी भक्तों का सहयोग साथ लेकर गणेश महोत्सव सम्पादन करने का अपर्ूव अवसर हमे और आप सभी को प्राप्त हो रहा है । हो सके गणपतपुरा -अहमदाबाद से करिव ५० किलोमिटर दक्षिण मे अहमदावाद राजकोट- द्वारका हाइवे मे बगोदरा आता है । यहाँ से तारापुर बडोदरा मार्ग पर १० कि.मि .मे भगवान गजानन का स्थान गणपतपुरा ग्राम है । जो दिव्य ही नहि समूचे विश्वका सर्वोत्कृष्ट अतिदिव्य गणेश लोक के रुपमे यहस्थान की प्रतिष्ठा हो रही है । अवश्य आप पहुँचे दिव्य गणेश महोत्सवका सहभागी दर्शनार्थी के रुपमे भगवान गणेश जो सभी भक्तों को प्रत्यक्ष दर्शन देनेवाले है दर्शन प्राप्तकर अपने जीवन को धन्य धन्य वनावे । अपने पर्ूव और वाद के अपने कुलकी उद्धार करें ।
इस महान संयोगको संयोजित करने वाले भक्त जिन्होंने पर्ूण्ा जीवन समाज राष्ट्र धर्म संस्कृती के उत्थान मे लगादिया आपके द्वारा हम सभी के द्वारा स्तुत्य व्यक्तित्व जिनसे हमारा सम्बन्ध २० साल से आत्मिय रहा है जो गुजरात के विशेष व्यक्तित्व है श्रीमान् इन्दुभाई ,चतुरभाई पटेल ग्राम बाधणी । आज जो भी इस स्तुत्य कार्यका श्रेय प्रेरणा श्रोत इन्दु भाई जी हंै । इस कार्यका फिर संयोग संकल्प उन्हींकी प्रेरणा और गणेश जी के परम भक्त दशरथ भाई पटेल जो इस महानकार्य के संयोजक वने है तो सभी अहमदावाद तथा गुजरात के विशिष्ट भक्तों के पर्ूण्ा सहयोग साथ से सम्पन्न होने जा रहा है । आप सभी आमन्त्रित हंै । इस कार्यक्रम का प्रत्यक्ष दृश्य प्रसारण भीकिया जायगा ।
२१ अलग अलग भेराइटी के लड्डु -मोदक) जो २१-२१ हजार । २१ अलग प्रकार के फल २१-२१ हजार । पञ्चमेवा २१ प्रकार के २१-२१ किलो । २१ प्रकार के व्याञ्जन । महास्नानध के लिए दुध ,दहि,घी,शहद,चिनि २१-२१ किलो २१ प्रकार के अलग अलग पुष्प-माला-बस्त्र के द्वारा गजानन का श्रृंगार होगा । दिनभर गणपति हवन- गणेश अथर्व पाठ १२ विद्वान व्राहृमणों द्वारा होगा । दिल्ली,वर्म्बई ,कलकत्ता,गुजरात के सभी क्षेत्रों से लाखांे की संख्या मे भक्तोकी उपस्थिती होगी सभीको भोजन प्रसाद की दिव्य व्यवस्था कि जारही है हमारा प्रयत्न रहेगा इस युगकी अत्युत्तम उत्सव के रुपमे भगवान गजानन की सेवा श्रंृगार अर्चना से विश्व शान्ति विश्व कल्याण -विश्व वातावरण-पर्यावरण की शुद्धता के साथ हम सभीको सद्वुद्धी सद्भक्ती ,समृद्धि सहित सभी की इच्छित मनोकामना की पर्ूण्ाता प्राप्त हो ऐसा वरदान गजानन सभी पर निश्चित कृपा करेंगे ।
श्री विन्ध्यवासिनी माताका श्री यन्त्रमय नौ तला का मन्दिर के साथ विविध परिसर निर्माण स्थल काठमाण्डौ नेपालका संकल्पित कार्य मे गजानन विशेष कृपा दृष्टी प्रदान करेंगे और सभि भक्तांेका विशेष सहयोग रहेगा इसी विश्वास के साथ सभीको धन्यवाद- आशिर्वाद देते हुए कहना चाहुँगा इस पूण्यशाली सेवा अर्चना मे जैसे वने जितना वने अपनी श्रद्धा भक्ति अव्ाश्य अर्पित करें । दर्शन करें । २४ अप्रैल सवेरे ६ वजे से सायं ६ वजे महाआरती जो २ लाख २१ हजार वाती से आरती किया जायेगा । तब तक जाप करते रहे ः-जयगजानन ,जय गजानन ç गं गणपतये नम ः । घी का दीप जलाकर पर्ूण्ा आराधनामय रहे । ध्यानस्य मनको सिद्धिके दाता मंगलकारी गजानन गणपतपुरा गुजरात पहुँचावे प्रत्यक्ष प्रसारण द्वारा दर्शन का लाभ प्राप्त करंे किसक्षण किस भक्तको किस रुपमे भगवान गजानन निश्चित दर्शन देंगे तन्मय होकर हमारे साथ रहंे ।
इस महान कार्य मे जो जिस प्रकार भी सेवा सहयोग प्रत्यक्ष अप्रत्यक्ष करेंगे उन सभी परम स्तुत्य भक्तंांे को मेरा अनन्त नमन । इस माताकी संस्था श्री विन्धवासिसनी आध्यात्मिक संघ के विश्वभर रहने वाले सभी पदाधिकारी सदस्य भक्त परिवार के तरफ से समस्त गुजरात वासी को श्री द्वारकाधिश के रुपमे नमन फिर आप सभी गजानन के परम पूण्यशाली भक्तों को नमन,नमन,नमन । किसी भी प्रकार सेवा अर्चना सहभागिता के वारे मे जानना चाहे आप हमारेसे नेपालका मोवाइल नम्वर ००९७७-९८५१०८८१५०, ००९७७-९८४१७५७३७२ से प्रत्यक्ष जानकारी ले सकेंगे या Emबष्-किजचभभलभउबष्दिबदब२थबजयय।अom सेभी सर्म्पर्क कर सकते है कार्यक्रम-आवागमन आदी के लिए श्री दशरथ भाइ पटेल अहमदावाद गुजरात फोन मोवाइल नम्वर००९१-९८२०४४७८४७-९४२६०१४२४० तथा श्री हरि भाइ इन्दु भाइ पटेल ००९१-९८२५२३३९४७ द्वारा भी जानकारी वा अन्य सहभागिता नोट करासकते हैं ।
माता श्री विन्धवासिसनी श्री पशुपतीनाथ तथा श्री द्वारकाधिश सहित श्री गजाननकी सदा कृपा आप सभीपर वना रहे इसी प्रार्थानाके साथ आज अभी से तन्मय हो जाये भगवान गजानन की चरण पर । जयगजानन -जय गजानन ç गं गणपतये नमः।

for nepali baba's hand writting appeal, please click on these this page link below:






अमेरिकी तथा युरोपका फौजले लिवियाका विभिन्न स्थानमा लडाकु विमान र युद्धपोतबाट बमबारी !

सबै हतियार भण्डार खुला गरिने गद्याफीको चेतावनी !

लिवियामा उडान निषेधित क्षेत्र लागु गर्ने प्रयासस्वरुप अमेरिकी तथा युरोपका फौजले लिवियाका विभिन्न स्थानमा लडाकु विमान र युद्धपोतबाट बमबारी गरेका छन्। मोहम्मर गद्याफीको शासन विरुद्ध भएको आन्दोलन दवाउन सरकारले लडाकु विमान समेत प्रयोग गरेपछि केही दिन अघि मात्र राष्ट्रसंघ सुरक्षा परिषदले सैनिक कारवाहीको विकल्प सहितको उडान निषेधित क्षेत्रको प्रस्ताव पारित गरेको थियो। सन् दुई हजार तीनमा भएको इराक आक्रमण पछि अरव विश्वमा शुरुभएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फौजी कारवाही अन्तर्गत शनिबार पहिलो पटक फ्रान्सका लडाकु जेटहरुले बेनघाजी शहर नजिकैको क्षेत्रमा बम आक्रमण

20110319

अमेरिकाको भर्जिनिया मनाससमा कबि गोस्ठी सम्पन्न !

स्वर्गीय उपन्यासकार डायमन्ड शम्शेर राणा र साहित्यकार शशी भण्डारीलाई सम्झिदै अमेरिकाको भर्जिनिया मनाससमा कबि तथा साहित्यकार गोबिन्द गिरी प्रेरणा को निवासमा एक कबि गोस्ठी सम्पन्न भयो, कार्यक्रममा उपस्थित सबै साहित्य अनुरागिहरु, कबि तथा साहित्यकारहरु ले कबिता र गजल बाचन गर्नुभएको थियो ।  दिवंगत साहित्यकार द्वय राणा र भण्डारीको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको कार्यक्रममा उपस्थित सवैले दिवंगत साहित्यकार द्वयको तस्वीरमा पुष्पार्पण गर्दै श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।।उक्त कार्यक्रममा कवहिरु हरि घिमिरे, होमनाथ सुवेदी, गोपाल रेग्मी, भारती गौतम, वासु श्रेष्ठ, विमला निरौला, कविन्द्र सिटौला, रामप्रसाद खनाल, प्रेम संग्रौला, कपिल सिटौला,गिरिश पोखरेल, सुदीपभद्र खनाल, शरद निरौला, वसन्त श्रेष्ठ, प्रकाश नेपाल, आनन्द शर्मा, मन्जु निरौला,  गोविन्द गिरी प्रेरणाले कविता वाचन गर्नुभएको थियो। कार्यक्रमका केही भिडियो र फोटोहरु यसरी बोल्छन !

20110318

आफ्नो प्रयासलाई कमजोरीका रुपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको आफ्नो प्रयासलाई कमजोरीका रुपमा नलिन पुनः आग्रह गर्नुभएको छ। काठमाडौंमा आयोजित प्रेस काउन्सिल नेपालको पैतिसांै वार्षिक प्रतिवेदन सार्जवनिक कार्यक्रममा प्रधानमन्त्री खनालले  शान्ति र संविधानको उद्देश्य पुरा गर्न वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयास भइरहेको दोहोर्‍याउनुभयो। शान्ति र संविधानका लागि जस्तोसुकै बाधा र अवरोध आए पनि त्यसलाई छिचोल्दै अघि बढ्ने खनालको भनाइ थियो।  प्रधानमन्त्री खनालले विश्वसनीय र तथ्यपरक सामग्री संप्रेसण गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयो। कार्यक्रममा सुचना तथा संचारमन्त्री कृष्णबहादुर महराले मुलूक संक्रमणकालिन अवस्थाबाट गुजि्ररहेको भन्दै त्यसको अन्त्यका लागि संचारक्षेत्रको भूमिका महत्वपुर्ण हुने वताउनुभयो। कार्यक्रममा पे्रस काउन्सिल नेपालले पत्रकारिताका बिभिन्न विधामा उत्कृष्ट

Happy Holi to every one ! Enjoy with color in ur colorful life !

- Ram Prasad Khanal and Nepalmother.com family

20110317

भारतीय आशिर्बाद र निर्देशन ग्रहण गर्न मधेसिनेताहरु भारतमा !

चाइनाका अधिकारी सँग बिशेष भेटघाट र छलफल गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार सिङ्गापुर !
कसैलाई चाइना को मोह छ त कसैलाई भारतको, नेपाल र नेपालीको मोह कसलाई छ र खोइ ?? 
एसिया प्यासेफिक फाउन्डेसनको बैठकमा सहभागी हुन उहाँ बुधबार दिउँसो १ बजे सिङ्गापुर जानुभएको उहाँका निजी सहायक समीर दाहालले जानकारी दिनुभयो । सिल्क एयरको विमानबाट

पटक-पटक वार्ता समिति बनाउने र बैठक टुङ्गयाउने प्रक्रिया एमालेमा दोहोरिदैं, मन्त्री छनोट गर्न नेकपा एमाले विहीबार पनि असफल

सरकारमा सहभागी हुने मन्त्री छनोट गर्न प्रमुख सत्तारुढ नेकपा एमाले विहीबार पनि असफल भएको छ । बिहीबार बसेको पार्टी स्थायी समितिको बैठकले मन्त्री हुन बांकी ५ जनाको नाम तय गर्ने भनिएपनि गर्न नसकेको हो । यसअघि बुधबार बसेको बैठकले समावेशी र समानुपातिक ढंगको मापदण्ड बनाई मन्त्री चयन गर्ने निष्कर्ष निकालेको थियो । एमालेका अनुसार मन्त्री छनौटका विषयमा बैठकमा गम्भीर ढंगले छलफल नै भएन । गृह मन्त्रालय एमालेलै नै राख्नुपर्ने नेपाल र ओली पक्षधरको भनाई थियो । केही समयपछि गृह माओवादीलाई दिने प्रधानमन्त्री झलनाथ खनालले सहमति जनाएको चर्चा चलेको बेला नेपाल-ओली पक्षधरले त्यस्तो अडान राखेका हुन् । शान्ती र संविधानलाई पूर्णता दिन कांग्रेस लगायत अन्य दललाई पनि सरकारमा सहभागी गराउनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । यही सरकारलाई राष्ट्रिय स्वरुप दिन पहल गर्ने

20110316

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएपछि राजाका तस्विर अंकित सबै नोट चल्ने राष्ट्र बैंकको निर्णय

Exclusive News........
यसअघिको आफ्नो निर्णय बदल्दै राष्ट्र बैंकले राजाका तस्विर अंकित सबै नोट चल्ने निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजाको फोटो अंकित नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै रोक्न निर्देशन दिएपछि बुधबार राष्ट्र बैंकले नोट चल्ने निर्णय गरेको हो। नोट फिर्ता गर्न लगाएर नयाँ छाप्दा कमिसन खान लागेको भन्दै नारायण दाहाल दिएको उजुरी आधारमा बुधबार अख्तियारले बुधबार राष्ट्र बैंकका अधिकारीलाई स्पष्टिकरण लिएको थियो। स्पष्टीकरण दिन राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी, प्रवक्त भास्करमणी ज्ञवाली र नोट विभागका कर्मचारी गएका थिए। स्पष्टीकरण दिने क्रममा राष्ट्र बैंकका अधिकारीले निर्णय सञ्चाउने बताएका थिए। उनीहरु फर्किएर गएको केही समयपछि गभर्नर युवराज खतिवडाले फोन गरेर पुर्ववत नोट चल्ने व्यवस्था गर्ने

हेर्दै जानुस् अब कुनै पनि दिन नोठमा हाम्रा महान राजनेताहरु प्रचन्ड, झलनाथ, शुशिल, रामबरण, माकुनेको फोटो आउनसक्छ सगौरब !!!

पूर्व राजाका फोटो अँकित ६९ अर्बका नोठहरु भटाभट जलाईंदै, राष्ट्र बैँकको तर्क हेर्नुस् भिडियोमा, हेर्दै जानुस् अब कुनै पनि दिन नोठमा हाम्रा महान राजनेताहरु प्रचन्ड, झलनाथ, शुशिल, रामबरण, माकुनेको फोटो आउनसक्छ सगौरब, किनकी नेपाल नयाँ नेपाल भएको छ, शान्ति र संबिधान नबनेर के भो र ! नेताहरुलाई पालै पालो कुर्सी मिलेकै छ, यस्तै त हुन्छ नि जनगणतान्त्रिक, सँघीय लोकतान्त्रिक नयाँ नेपालमा कि कसो हजुर !? !!!
राष्ट्र बैंकले सरकारको निर्देशनमा ठीक गर्दैछ, ति नाथे पूर्वराजा वाला नोठ जलाउनै पर्छ, नयाँ

जापानमा फेरी बिकिरण आतंक, सरकारद्वारा चेतावनी !

महाभूकम्प र सुनामीका कारण क्षतिग्रस्त जापानको फुकुसिमा दाइची आणविक ऊर्जाकेन्द्रबाट निस्केको विकिरणको मात्रा मानवस्वास्थ्यका लागि हानिकारक हुने स्तरमा पुगेको जापान सरकारले जनाएको छ। उक्त ऊर्जाकेन्द्रमा भएको तेस्रो विस्फोटले भट्टीको नियन्त्रण प्रणालीलाई पहिलो पटक क्षति पुर्याएपछि जापान सरकारबाट त्यस्तो चेतावनी आएको हो। क्षतिग्रस्त ऊर्जाकेन्द्रबाट निस्कने विकिरण वायुमण्डलको बहावसँगै प्रशान्तक्षेत्रका मुलुकमा फैलिन सक्ने खतरा रहेको जनाइएको छ। यदि यो भत्केमा यसबाट अझ गम्भीर रेडियोधर्मी विकिरण चुहावटको खतरा हुनेछ। गत शुक्रबार उत्तरपूर्वी जापानमा ८ दशमलव ९ रिक्टरस्केलको भूकम्प र सुनामी आएपछि मानवीय संकट उत्पन्न भएको हो। फुकुसिमा दाइची ऊर्जाकेन्द्रको रियाक्टर २ मा मंगलबारको विस्फोट विगत चार दिनमा भएका विस्फोटमध्ये तेस्रो हो। त्यसै गरी ऊर्जाकेन्द्रको

20110315

रक्सी खान हुन्न भन्ने बाहुनहरु टिकी झोल हुन थालेका बेला रक्सी नखाए भगवान रिसाउँछन भन्दै रक्सी खाने तामाङ् हरुले गरे रक्सी निसेधको घोषणा ! अरुले पनि सिक्ने कि !

तामाङ समुदायका बासिन्दाहरुले धर्म र नियम हामी आफैंले बनाएको हुँदा नराम्रो पक्षलाई परिमार्जन गर्न पनि सक्छौं भन्दै गतिलो उदाहरणस्वरुप धर्मको नियमभित्र जाँडरक्सीको प्रयोगलाई तोड्ने अभियानमा लागेका छन्। तामाङ जातिका समुदायभित्र विषेश गरी देवतालाई खुसी पार्न पूजाआजामा चढाउन र पाहुनाको सत्कारका लागि जाँडरक्सीको प्रयोग हुने गर्दछ। धर्मको नाममा जाँडरक्सीले विकृति जन्माएकोले जिल्लाको ककनीका बुढापाका युवासहित समाजसेवीहरुले जाँडरक्सीसँगै जुवातासलाई पनि प्रतिबन्ध लगाएका छन्। जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा चिनिएको ककनीलाई तामाङ समुदाय र स्थानीय समाजसेवीहरुको

प्रमुख राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरुले चैत १२ गतेदेखि उद्योग कलकारखाना तथा यातायात अनिश्चितकालीन बन्दको घोषणा

प्रमुख राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरुले चैत १२ गतेदेखि उद्योग कलकारखाना तथा यातायात अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र तीनवटा ट्रेड युनियनबीच भएको वार्ता असफल हुँदा मजदुरहरुले आकस्मिक निर्णय गर्दै राष्ट्रव्यापी कडा आन्दोलनमा जाने निर्णय गरेका हुन्। सोमबार साँझ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट को मनमोहन मजदुर भवन पुतलीसडकमा भएको वार्ता निष्कर्षमा नपुग्दा तीनवटै ट्रेड युनियनले उद्योग प्रतिष्ठानमा चैत १ बाट ११ गतेसम्म सांकेतिक विरोध गर्ने र आफ्ना माग पूरा नभए संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन्। जिफन्ट अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांगे्रस स्वतन्त्रको केन्द्रीय नेतृत्वले सोमबार साँझ सो निर्णय गरेका हुन्। उद्योग मजदुरको न्यूनतम तलबमान मासिक १० हजार रुपियाँ पुर् याउनुपर्ने माग गर्दै मकवानपुर जिल्लाका मजदुरले गरेको आन्दोलनले चर्को रुप लिएपछि सोमबार साँझ जिफन्टमा महासंघ र तीनवटै

20110313

शुक्रबार जापानमा आएको भूकम्प र सुनामीका कारण अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु भएको छैन :जापान स्थित नेपाली राजदूतावास

शुक्रबार जापानमा आएको भूकम्प र सुनामीका कारण अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु नभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘नेपाली राजदूतावास जापान सरकारको परराष्ट्र मन्त्रालयमा स्थापित आकस्मिक शाखासंग निरन्तर सम्पर्कमा रहेको र त्यहांबाट प्राप्त सूचनाको आधारमा हालसम्म कोही नेपाली हताहत भएको बुझिएको छैन ।’- दूतावासले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । दूतावासले सम्पर्कबिहीन भएका नेपालीहरु पनि धमाधम सम्पर्कमा आइरहेको बताएको छ । राजदूतावासका उपनियोग प्रमुख डा. दुर्गाबहादुर सुबेदीले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा बिद्युत आपूर्ति बन्द भई संचारसम्पर्क टुटेका कारण सम्पर्कमा नआएका नेपालीहरु क्रमशः सम्पर्कमा आइरहेको जानकारी दिनुभएको छ । नेपाली संघसंस्था समेतको संलग्नतामा गठित भूकम्प तथा सुनामी प्रभावित/पीडित सहयोग समितिका संयोजकसमेत रहनुभएका सुबेदीले जारी गर्नुभएको बिज्ञप्तीमा मियागी प्रान्तको सेन्दाइ

नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर (पशुपती बुद्ध मन्दिर) वाशिँगटन डिसिको टाउनहल मिटिङ सम्पन्न !

नेपाल एजुकेश एण्ड कल्चरल सेन्टर ( NECC ) ले यहि मार्च १३ तारीखका दिन भर्जिनियाको आर्लिङ्टनमा रहेको एक पुस्तकालयमा नगर वैठक सम्पन्न गरेको छ । एएनएमा देखिएको रडाकोलाई

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज को डिसी म्याट्रो च्याप्टर को अध्यक्ष्यमा नेपाल मदर डट कमका सल्लाहकार प्रकाश नेपाल !

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज को डिसी म्याट्रो च्याप्टर को सम्पन्न निर्बाचनमा कबी, गीतकार एबम यस नेपाल मदर डट कमका सल्लाहकार प्रकाश नेपाल को अध्यक्ष्यमा निर्बिरोध निर्बाचित हुनु भएको छ । नब निर्बाचित नेपाल र वहांको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । यसबारेमा तल पढ्नुस् विवरण : 

20110312

सुनामीको प्रभाव अमेरिका, क्यानडा, अलास्कासम्म, जापानमा अहिलेसम्मकै शक्तिशाली भूकम्प गएको र त्यसले ल्याएको डरलाग्दो सुनामीले पूर्वी तटीय क्षेत्रलाई तहसनहस पारेको छ

अहिलेसम्मकै शक्तिशाली भूकम्प जापानमा गएको र त्यसले ल्याएको डरलाग्दो सुनामीले पूर्वी तटीय क्षेत्रलाई तहसनहस पारेको छ। विनाशकारी महाभूकम्प र सुनामीका कारण हालसम्म मर्नेको संख्या

20110311

Exclusive Videos of Japan : यी भिडियोहरु हेरेर अनुमान लगाउनुस् जापानमा के कस्तो बिपत्ती भएको होला ?!

हजारौँ मानिस बेपत्ता, मर्ने र घाइते हुनेको सँख्या भन्न कठिन !


भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी, जापान अस्तब्यस्त, शहरनै समुन्द्री छालले बगाउँदै, कती मरे ? कती के के भयो ? हिसाब किताब नै छैन, साबधान यो कतै २०१२ को भनिए जस्तै महा बिपत्ती को संकेत त होइन ??!!

Breaking News...
Exclusive Live Videos, Photos From Japan        
रुस, ताइवान, इन्डोनेसिया, लगायत न्युजिल्यान्ड, हवाई, दक्षिणी तथा मध्य अमेरिकी देश चिली, होन्डुरस, एल साल्भाडोर, निकारागुआ, पनामा, पेरु, कोलम्बिया देशमासमेत चेतावनी

८ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पका कारण आएको सुनामी (विनाशक समुद्री छाल)ले उत्तरी जापानको सेन्दाइ सहरका सिङ्गै नगरहरु बगाएको छ। जापानका अरु प्रान्तहरुमा पनि भूकम्पका कारण क्षति भएको तर विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। सुनामी (विनाशक समुद्री छाल) आउन

20110310

कठै नेपालको सुरक्षा ! जेलभित्रै भारतीय अपराधीद्वारा गोली प्रहार, युनुश अस्पताल भर्ना, नेपाल प्रहरी सम्भवत संसार कै नालायक प्रहरी होला भनेर कसरी नभन्ने यसै भन्दैछन घटना सुन्ने र भोग्नेहरु ! ??

Breaking News..............
नक्कली भारु कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परी केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीमाथि आज बिहान गोली प्रहार भएको छ। कडा सुरक्षा व्यवस्था रहने त्रिपुरेश्वरको केन्द्रीय कारागरमा बिहान १० बजेपछि कैदीहरुलाई भेटघाट गर्ने कक्षमा भेट्न भनी आएका एक व्यक्तिले गोली हानेका हुन्। काठमाडौं प्रहरी प्रमुख पुष्कर कार्कीले गोली प्रहार भएको पुष्टि गर्दै घटनामा संलग्न एकजनालाई हतियार सहित पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका व्यक्ति अहमद खान भारतीय नागरिक रहेको र उनले आफूलाई १५ लाख रुपैयाँ दिएर मार्न पठाएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। युनिसका बाबु सलिम मिया अन्सारीले प्रहरीको मिलेमतोमा गोली प्रहार भएको आरोप लगाएका छन्। बायाँ हातमा गोली लागेर घाइते भएका

20110309

राष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गरे !


बुटवल, राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माण र शान्ति प्रक्रियामा भइरहेको ढिलाइ कसैका लागि हितकर नहुने भन्दै गम्भीर बन्न मुख्य दललाई सुझाव दिएका छन् । उनले दलहरूबीच सहमतिको

संसारमा यस्ता मान्छे पनि हुँदा रहेछन बा ! पत्याउनै गार्हो, तर यो भिडियो हेरे पछी नपत्याएर सुख पाइएला र हेर्नुस् त !


केपी ओली र प्रचन्डलाई रातो लगाएका र नाक कान छेडेका देखे हात समाएर नाच्दै ठीक्क, संबिधान र शान्ती चाहने जनता यस्तो नाटक देख्दा दिक्क ! लाज सरम छैन हाम्रा नेता महोदयहरुलाई !

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले विगतको सहमति उल्लंघन गरेको आरोप लगाए

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले विगतको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै उनले औपचारिकरूपमा माओवादी लडाकू र शिविरहरू विशेष समितिको मातहतमा आएको भनिए पनि वास्तविकरूपमा उनीहरू अझै विशेष समितिको मातहत नआएका कारण सहमति उल्लङ्घन भएको बताए । शान्तिप्रक्रिया अगाडि बढाउने विषयमा विगतमा भएका सहमति र सम्झौताको पूर्णरूपमा पालना हुनुपर्ने उनको भनाइ थियो । पौडेलले संविधान लेखन र शान्तिप्रक्रियालाई टुङ्ग्याउने विषयमा नेपाली काङ्ग्रेस सक्रियपूर्वक कटिबद्ध रहने पनि बताए । शान्तिप्रक्रिया संविधान निर्माणको महत्वपूर्ण पाटो भए पनि शान्तिप्रक्रिया र राज्य पुनरसंरचनाका विषयमा गम्भीर गृहकार्य नभएको

20110308

शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले नयाँ संविधान जारी गर्नु अगावै लडाकुको समायोजन कार्य सम्पन्न गर्ने बताए

शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले नयाँ संविधान जारी गर्नु अगावै लडाकुको समायोजन कार्य सम्पन्न गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षत्कारमा मन्त्री पुनले समायोजन र संविधान निर्माणको कार्य सँगसँगै अगाडि बढे पनि संविधान जारी हुनु अगावै सेना समायोजनको कार्य सम्पन्न गर्ने दृढता ब्यक्त गरेका हुन् । शान्ति प्रक्रिया अर्न्तगत पहिले समायोजनको कार्य सम्पन्न गरेर पुन:स्थापना कार्य सम्पन्न गरिने र त्यसपछि मात्रै संविधान जारी हुने उनले बताए। उनले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन तत्कालै सरकारले सोही अनुसारको समायोजनको कार्ययोजना ल्याउने पनि बताएका छन् । जेठ १४ गते अगावै सेना समायोजको कार्य सम्पन्न भए पनि पुन:स्थापनाको कार्य सम्पन्न गर्न भने दुई देखि पाँच वर्षसम्म लाग्न सक्ने भन्दै मन्त्री पुनलेसमायोजन भने समुहमै हुने स्पष्ट पारे । उनले यसअघि नै

20110307

वाईसीएल भंग गर्ने चर्को दबाब खेपिरहेको माओवादीले पुनः जनस्वयंसेवक परिचालन ब्युरोका नाममा त्यस्तै प्रकृतिको अर्को संगठन !

भातृ संगठन वाईसीएलको अर्धसैन्य संरचना भंग गर्ने मुद्दामा अन्य राजनीतिक दलहरूबाट चर्को दबाब खेपिरहेको माओवादीले पुनः जनस्वयंसेवक परिचालन ब्युरोका नाममा त्यस्तै प्रकृतिको अर्को संगठन गठनको तयारी गरेको छ । माओवादीको पालुङटार विस्तारित बैठकबाटै स्थापना गर्न तय गरिएको ब्युरो गठनको मुख्य उद्देश्य जनव्रि्रोहको कार्यदिशा सफल बनाउने भनिएको छ । माओवादीभित्रै जनव्रि्रोहको तात्कालिक कार्यदिशा विवादमा रहेको अवस्थामा त्यसैका लागि नयाँ संगठन खोल्ने प्रयास पनि र्सवसम्मत नरहेको र्सार्वजनिक भएको छ । जनसेना विशेष समितिको मातहतमा ल्याएर 'नागरिक पार्टर्ीीबन्ने दिशामा अगाडि बढेको माओवादीलाई ब्युरो गठन प्रयासले पुनः विवादको घेरामा धकेलिएको छ । यसले अन्ततः उसको मूलधारको राजनीतितर्फो यात्रालाई असहज बनाइदिनेछ । नेपालको अन्तरिम संविधानले संघ/संगठन खोल्न पाउने अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । तर, संविधानले कहीँ कतै पनि राजनीतिक दल विशेषले भातृ संगठनको नाममा अर्धसैन्य प्रकृतिको बल गठन गर्ने छुट दिएको

प्रधानमन्त्री झलनाथ खनाल सँग अमेरिकाबाट प्रसारणहुने सगरमाथा टिभीका संचालक/प्रमुख राम खरेलले लिनुभएको एउटा अन्तर्वार्ता !

हेर्नुस् यो भिडियो, रुनुस् एकै छिन अनी सिक्नोस पाठ यी दुबै हात र खुट्टा नभएका तर अदम्य साहस बोकेका बहादुर सँग !

पौडेललाई रक्षा मन्त्रालय र तुलाधरलाई शिक्षा मन्त्रालय !

माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले झलनाथ खनाल नेतृत्वको सरकारको आयु जेठ १४ गतेसम्म मात्रै भएको बताए !
प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र ४० बमोजिम नियुक्त भई कार्यभार तोकिन बाँकी रहेका दुई मन्त्रीको आज कार्यविभाजन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएअनुसार विष्णुप्रसाद पौडेललाई रक्षा मन्त्रालय र गङ्गालाल तुलाधरलाई शिक्षा मन्त्रालयको कार्यभार तोकिएको हो। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले झलनाथ खनाल नेतृत्वको सरकारको आयु जेठ १४ गतेसम्म मात्रै भएको बताएका छन्। रिपोर्टर्स क्लबले सोलुखुम्बुमा गरेको कार्यक्रममा जेठ १४ गतेभित्रमा राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान जारी गर्ने जिम्मेवारीका साथ खनाल नेतृत्वको सरकार बनेकाले त्यसभित्र जिम्मेवारी पूरा नगरे सरकार नरहने स्पष्ट पारे। उनले जेठ १४ भित्र संविधान बनाउन नसके मुलुक अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी पनि दिए। उनले नेपाली कांग्रेसलाई पनि साथै लैजाने सहमतिका साथ सरकार निर्माण गरिएको भन्दै शान्ति र संविधानका लागि कांग्रेस पनि सरकारमा आउनुपर्ने धारणा राखे। एमालेभित्र सातबुँदे सहमति कार्यान्वयनलाई लिएर उत्पन्न

20110306

हजारौँको उपस्थितिमा प्यारा नेता किशुन जी को राजकीय सम्मानका साथ दाहसंस्कार सम्पन्न ! नराम्ररी गाली खाए किशुन जी लाइ भुल्ने कङ्रेसीहरुले लक्ष्मणसिंह खड्काको मुखबाट, सबैको मुख रातो पिरो !

सन्त नेता कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भट्टराईको पार्थिव शरीरमा गोपालप्रसाद भट्टराईका छोरा प्रमोदले दागबत्ती दिए। उनीसँगै अमिता
https://lh3.googleusercontent.com/-Xtu-QAhmADA/TXQROwAbIRI/AAAAAAAAKDY/U8TBG6wAbdI/s1600/advr.JPG

20110305

किशुन जी संगै डायमनशमशेर राणा पनि स्वर्ग तर्फ प्रस्थान !

बाचुन्जेल अपमान, मरे पछी सम्मान पाइने देश नेपाल, गोहीका आसुँ झार्ने र मरेपछी गुणगान गाउने काम जारीछ किशुन जी र डायमण्ड समशेरलाई पनि !   
हिजो निधन हुनुभएका बरिष्ठ साहित्यकार डायमण्ड समशेर राणाको आज अन्त्येष्टि गरिएको छ। उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि अघि राणाको शव श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेता एवम् साहित्यकारहरुले श्रद्धान्जली अर्पण गरेका थिए।
वरिष्ठ उपन्यासकार डायमनशमशेर राणाको ९४ वर्षो उमेरमा शुक्रबार साँझ निधन भएको छ। मंगलबार एक्कासि बेहोस भएपछि नर्भिक अस्पताल लगिएका राणाको उपचारका क्रममा शुक्रबार साँझ

20110304

अल बिदा किशुन जि ! तपाईं प्रती हाम्रो हार्दिक श्रद्धान्जली ! स्वार्थी नेताहरु बाँचेर किशुन जि जस्ता निस्वार्थि र देशलाई माया गर्ने सच्चा नेता मर्नु पर्ने बिधिको बिडम्बना पनि कस्तो कस्तो हगी !!!

Updated News....
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई सरकारले राजकीय सम्मान दिने भएको छ। नेता भट्टराईको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरिएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।  यसैगरी तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय समेत आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।

Breaking News.......!
स्वर्गिय गिरिजा प्रसाद कोइरालाको घातको बारम्बार शिकार बने पनि, दुनियाँले कुरा काट्दै कपाली सँग भने पनि ! न तिमी ले कहिलै प्रजातन्त्र को आदर्शमय लडाईं छोडेउ नत माओवादीका माग संगै गिरिजा बाबु जस्तै शती गयौ, तिमी भौतिक रुपमा हामी बिच नरहे पनि किशुन जि तिम्रो आदर्श लाई हामी सधैं पच्छाइ रहनेछौँ, सम्झिरहने छौं सधैंभरी ! कङ्रेसले तपाईंलाई भुले पनि देश र जनताले तपाईंलाई कहिलै भुल्ने छैनन, तपाईं र तपाईंको इतिहाँस हामी सबैका लागि अनुकरणिय हुनेछ, हामी भन्न चाहन्छौँ तपाईं नेपालको माहात्मा गान्धिनै हो र रहिरहनुहुने छ सदा सदा इतिहाँसमा पनि !
कांग्रेस संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शुक्रबार मध्यरातमा निधन भएको छ । उनको उपचारमा स‌लग्न चिकित्सहरुले राती ११ बजेर २६ मिनेट जाँदा निधन

कृष्णबहादुर महरा बरिष्ठ उपप्रधानमन्त्रीसहित सूचना तथा सञ्चार, टोपबहादुर रायमाझी भौतिक योजना तथा निर्माण, खड्गबहादुर विश्वकर्मा पर्यटन तथा वर्षमान पुनलाई शान्ति मन्त्री !

कुर्सिका भोकाहरु बाहिर के बस्न सक्थे र ! धम्क्याउदै अन्तत सरकारमा गए, माओवादी भित्र अझै मारामार मन्त्रिका लागि ! 
प्रधानमन्त्री झलनाथ खनालको मन्त्रीपरिषद्‌मा माओवादीका चार मन्त्री थपिएका छन् । माओवादीका चार मन्त्रीले राष्ट्रपति भवनमा शुक्रबार दिउँसो पद तथा गोपनियताको सपथ लिए पछि मन्त्री संख्या सात पुगेको छ । राष्ट्रपति डा. रामवरण यादवको उपस्थितमा प्रधानमन्त्री खनालले कृष्णबहादुर महरालाई बरिष्ठ उपप्रधानमन्त्रीसहित सूचना तथा सञ्चार, टोपबहादुर रायमाझीलाई भौतिक योजना तथा निर्माण, खड्गबहादुर विश्वकर्मा पर्यटन तथा वर्षमान पुनलाई शान्ति मन्त्रीमा सपथ गराएका हुन् । शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले पहिलो चरणमा चार जनालाई मात्र सरकारमा पठाउने निर्णय गरेको थियो । सत्तासाझेदारीमा ११ वटा मन्त्रालय पाएपनि मन्त्रीहरुको छनौटमा पार्टी भित्र आन्तरिक विवाद बढेपछि स्थायी समिति

20110303

माओवादीमा मन्त्री छान्ने बिबाद तिब्र भएपछी बैठक स्थगित गरेर प्रचन्ड गुल्मी पुगेर नाच्दै ! यस् पाली रेखा थापा सँग होइन अर्कै महिला संगै नाचे प्रचन्ड ! बोली फेर्न, नाटक गर्न, भित्री बाहिरी सबै जानेका छन उनिले !

संबिधान र शान्तिको मतलब नगरी लाजै पचाएर नाच्दै छन अझै हाम्रा नेतारुपी नौटँकी बाजहरु !
मन्त्री बन्न चाहनेको लर्को धेरै लामो भएपछि माओवादीले मन्त्रीपरिषदमा पठाउने व्यक्तिहरु छान्न सकेन। माओवादीभित्रै गृहमन्त्रीका दावेदार पनि दुइजना भएपछि बिहिबार बसेको माओवादी स्थायी समितिको बैठक कुनै निर्णय बिना टुंगियो। सरकारमा सामेल हुने निर्णय गरेको भोलीपल्ट

सुजाताका ज्वाँई तारेखमा गएनन, पारस गए ! पंचेबाजा बजाएर स्वागत, पूर्व युवराज पारस शाहले समर्थक माझ केही बोलेनन् !

   अधिवक्ता भट्टराईले चर्को भाषण गर्दा पारस मुस्कुराउँथे !
नागरिक लेख्छ : आफू विरुद्ध चितवन जिल्ला प्रशासन कार्यालयमा परेको मुद्दाको तारेख खेप्न भरतपुर आएका पूर्व युवराज पारस शाहले समर्थक माझ केही बोलेनन्। उनको स्वागतमा आयोजित

नेपालका नब "राजा" को सवारीले सर्बसाधारणको रुवाबासी !

राष्ट्रपति डा. रामवरण यादव पशुपतिको दर्शनपछि फर्किने क्रममा सुरक्षाकर्मीले बाटो खुलाउने प्रयास गर्दा बुधबार साँझ गौशाला चोकमा दर्शनार्थीहरुमा रुवाबासी चल्यो। ट्राफिक प्रहरी तथा प्रहरीले एकाएक हुल नियन्त्रण गरी बाटो खुलाउने प्रयास गर्ने क्रममा हुलमा घोडा छिराएपछि हुल बिच्कन पुग्यो। सडकपेटीबाट फर्किरहेको हुल एकाएक बिच्किँदा महिला केटाकेटी र वृद्धवृद्धा च्यापिएर रुन कराउन थाले। धन्न बाँचियो कीर्तिपुरकी ६५ वर्षीया गीता गौतमले शान्तिको स्वाव फेर्दै भनिन्- भगवान्ले बचाए आज। हुलले च्याप्दा बाँचिँदैन होला भन्ठानेको थिएँ। हुल किन बिच्केको भन्ने कुरा कतिलाई थाहै थिएन। एकाएक ठेलाम्ठेल भयो दर्शनार्थी सावित्री न्यौपानेले भनिन्- मेरो जुत्ता खुस्कियो जुत्ता टिप्न खॊजेको झन्डै ज्यान गयो। राष्ट्रपति मात्र मान्छे हो हामी मान्छे होइनौं भक्तपुरका राम महर्जनले आक्रोश पोखे- राष्ट्रपतिको सवारी भन्दैमा सोझासाझा जनतामाथि मनपरी गर्न पाइन्छ -हुलमा धेरै रुनेमा केटाकेटी देखिन्थे। हुलले च्यापेर सासै फेर्न गाह्रो भयो -१२ वर्षीया सबी लामाले रुँदै भनिन्- ममी पनि रोएको

अब कुनै पनि बेला दु:खद समाचार घोषणा गर्न सक्छन किसुन जी को उपचारमा संलग्न डाक्टरहरुले, घोषणा गर्न मात्र बाँकी !

नेपाल र नेपालीका लागि अर्को दु:खद समाचार : सन्त नेता, प्रजातन्त्रका लागि पुरा जीबन समर्पण गरेका, आफ्नो लागि होइन देश का लागि जीबन सपर्पण गरेका, तर जीउंदो छऊन्जेल आफ्नै कङ्रेस पार्टिद्वारा समेत अपहेलित, आदर्णीय, सम्माननिय र जननेता किसुनजी जीबनको अन्तिम घडीमा मृत्‍यु सँग मुकाबला गर्दै र हार्दै हुनुहुन्छ, हामी किशुन जि लाई कहिलै बिर्सिने छैनौं ।

20110302

भारतीय विस्तारवाद प्रमुख शत्रु भएकाले चीन वा अमेरिकासँग मिलेर भारतविरुद्ध आन्दोलन : माओवादी उपाध्यक्ष बाबुराम भट्टराई

भारतीय विस्तारवाद प्रमुख शत्रु भएकाले चीन वा अमेरिकासँग मिलेरमात्रै भारतविरुद्ध आन्दोलन गर्ने माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। आन्तरिकरुपमा बलियो नबनी तथा चिनियाँ पुँजीवाद र अमेरीकी साम्राज्यवादमध्ये एकसँग नमिली थालिएको आन्दोलन सफल नहुने भएकाले अहिल्यै भारतीय विस्तारवादविरोधी आन्दोलन थाल्न नहुने उनले बताए। राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र पश्चिमाञ्चल क्षेत्रीय समन्वय समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एक्लै अघि बढ्दा प्राप्त उपलब्धी रक्षा गर्न नसकिने भएकाले संसदवादी-सुधारवादी दलसित संघर्ष भएपनि सहकार्य कायम राखेर अघि बढ्नु परेको बताए । उनीहरुकै सहकार्यमा शान्ति स्थापना, संविधान निर्माण गर्नुपर्ने तथा विदेशी चलखेल, प्रतिगमन र सामन्तवादका अवशेषसित लड्नुपर्ने भएकाले पनि माओवादीले तत्काल संसदवादी-सुधारवादीदलसित निर्णायक आन्दोलन नगर्ने स्पष्ट पारे। माओवादीभित्र भारतप्रति नरम मानिएका भट्टराईले 'भारतीय विस्तारवाद प्रमुख शत्रु' भएको दाबी गरे । उनले भने, 'हाम्रो देश आन्तरिकसँगै भारतीय विस्तारवाद, चिनियाँ पुँजीवाद र अमेरीकी साम्राज्यवाद जस्ता बाह्य ३ साम्राज्यवादको टकरावका कारण पनि जोखिममा परेको छ,' भट्टराईले भने, 'यसबाट बचाउन दलहरुबीच राष्ट्रिय स्वाधीनताका विषयमा साझा सहमति हुन आवश्यक छ ।

नेता कृष्णप्रसाद भट्टराईको शरीरले रगत समेत लिन छोडेकोछ !

Updated News....
पूर्व प्रधानमन्त्री नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नर्भिक अस्पतालमा उपचार गरिरहेका भट्टराई मंगलबार रातिदेखि बोल्न छोडेका छन् । भट्टराईको शरीरले रगत समेत लिन छोडेको उपचारमा संलग्न कित्सकहरुले जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईलाई मस्तिष्कमा समेत समस्या देखिएको उपचारमा संलग्न चिकित्सक भरत रावतले जानकारी दिएका छन् ।।
सन्त नेता, नेपाली कङ्रेसका संस्थापक नेता, पूर्व सभापति, पूर्व प्रधानमन्त्री, गिरिजाबाबुबाट नराम्ररी धोका खाएका, बास्तबमै नेपालको राजनीतिक ईतिहास मा बिपी र गणेशमान पछीको स्वच्छ छबिको महान नेता किशुन जि जिबन कै अन्तिम श्वास फेर्दै !
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अचेत (सेमी कोमा) भएका छन्। उनको बिहानैदेखि मृगौलाले काम गर्न छाडेको छ भने चिकित्सकहरु उनलाई कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)राखेर उपचार गर्दा समेत सुधार हुन नसक्ने बताएका छन्। थापाथलीस्थित नर्भिक अस्पताल स्रोतका अनुसार भ्यान्टिलेटरमा राखेर भट्टराईको अवस्थामा सुधार ल्याउन कठिन भएको भन्दै नराख्‍ने निर्णय