नायक राजेश हमाल बिराटनगर घर भएकी २५ वर्षिया क्षेत्री थरकी एक चलचित्र क्षेत्र बाहिरकी युवती संग विवाह गर्दैछन् । उनि त्रिभुवन विश्वविद्यालयको आमसंचार संकायमा डिग्री पढ्दै गरेकि युवति राजेशकि जिवनसंगिनि बन्दै छिन् । सात वर्षपहिले लाजिम्पाटको होटल र्याडिसनमा एक कार्यक्रममा उनलाई राजेशले देखेका थिए त्यतिबेला राजेश र नाम नखुलेकी ती युवतीले इमेल ठेगाना आदानप्रदान गरेका थिए । त्यसपछि सँधैजसो दुवैबीच इमेलमा च्याट भैरहन्छ जुन अहिले पनि गर्ने गरेका छन । राजेश र ती युवती १ महिना अघि जापान र थाइल्यान्डमा पनि बिदा मनाउन गएका थिए । यसविषयमा हमालसंग कुरा गर्दा उनले 'दूध बल्ल दहीको स्वरुप लिएर जम्न थालेको छ । यसलाई हल्लाइदियो भने नजम्न सक्छ' आफ्नो विवाहलाई दही जम्ने विम्वसँग तुलना गर्छन् । जे भएपनि राजेशले ४८ बर्षको उमेरमा आफूभन्दा लगभग
20110430
20110429
प्रचण्डको भुलभुलैयाबाट जोगिएला काँग्रेस ?
- देवप्रकाश त्रिपाठी
नयाँ लोकतान्त्रिक संविधान प्राप्त गर्न नसके पनि नेपाली जनताले थोत्रो संविधानसभालाई अरू केही समय व्यहोर्नुपर्ने अवस्था सिर्जना गर्न थालिएको छ। संविधानसभाको कार्यकाल थप गराउन माओवादी अध्यक्ष प्रचण्डले रचना गर्नुभएको नौटंकीप्रति काङ्गे्रस पार्टीसमेत मोहित हुनसक्ने देखिएपछि थोत्रो सभालाई पुनः व्यहोर्नुपर्ने सम्भावना बढेको हो। संविधानसभालाई आफ्नो सबैभन्दा ठूलो राजनीतिक उपलब्धि ठान्ने माओवादी नेतृत्व संविधानसभामा सबभन्दा ठूलो दलको धाक जीवित राख्न चाहन्छ, यसको स्वाभाविक मृत्युवरण भएमा त्यसपश्चात् हुने निर्वाचनमा विद्यमान हैसियत सहजै पुनः स्थापित गर्न सकिन्छ भन्नेमा माओवादी विश्वास गर्दैन। उसको भाषामा सबैखाले प्रतिक्रियावादीहरू मिलेर माओवादीलाई 'कर्नर' गरिनेछ, जसका कारण वैधानिक संयन्त्रहरूको उपयोग गर्दै वैधानिक प्रक्रियाबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने माओवादी योजनामा असाध्य अड्चन पैदा गरिने ठहर माओवादी नेतृत्वको छ। त्यति मात्र होइन, माओवादीका निम्ति संविधानसभा सुरक्षा कवच पनि हो, संविधानसभामा उसको हैसियतका कारण कम्युनिस्टको 'क'समेत सुन्न नचाहने मुलुकहरू पनि माओवादीप्रति उदार एवम् सकारात्मक रूपमा प्रस्तुत हुन बाध्य
20110428
अमेरिकाको बिभिन्न राज्यमा टोर्नेडो (भुमरी)ले तीन सय भन्दा बढीको ज्यान लियो !
Breaking News.......!
हेर्नुस् टोर्नेडोको बिनास लीला फोटो र भिडियोहरुमा !
हाल सम्म कुनै नेपाली हताहत भएको पुस्टि नभए पनि केही परेको सम्भावना छ अलाबामा, हामीले समाचार अपडेट गर्दै जानेछौँ नेपाल मदर हेर्दै गर्नुहोला ......अरु थप फोटो र भिडियोका लागि तल Read more »मा क्लिक गर्नुस्
माओवादी नेताद्वारा बाँकेमा गाई काटेर सुकुटी बनाउने दुइवटा ठूला कारखाना सञ्चालन !
ट्रकका ट्रक गाईको सुकुटी ठूला शहर जाने गरेको खुलासा !
नेपालगन्जदेखि १३ किलोमिटर पश्चिमस्थित बर्गदहीमा महिनौंदेखि गाई काटेर सुकुटी बनाई नेपालगन्जलगायत ठूला शहरमा पठाउने गरेको तथ्य फेला परेको हो। गाउँदेखि टाढा बाँझो खेत र नजिकै नालासमेत रहेकाले गाई काटेर छाला र मासु निकालेर अस्थिपञ्जर फाल्नसमेत उनीहरूलाई सजिलो भएको हो। नालामा २ सयभन्दा बढी गाईका अस्थिपञ्चर यत्रतत्र छरिएका छन्। त्यहाँ गन्हाएर जान सकिने अवस्था नै छैन। गाउँ प्रवेशका सबै द्वारमा सेन्ट्री राखी उनीहरूले दिनरात गाई काटेर सुकुटी बनाउने गरेका हुन्। गाई काट्न राखिएका कामदारहरूलाई त्यहीँ बस्ने र खानेसमेत व्यवस्था मिलाइएको थियो। घटनास्थलनजिकै आधा दर्जन जिउँदा गाईसमेत बाँधेर राखेको देखिएबाट पनि त्यहाँ मासु काटेर सुकुटी बनाउने गरेको पुष्टि हुन्छ।
दर्ुइ हप्ता लामो अनुसन्धानपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले बर्गदहीमा गरेको अपरेसनबाट यी सबै कुराको पुष्टि भएको हो। प्रहरी निरीक्षक मुकुन्द रिजालको नेतृत्वमा तीनवटा मोटरसाइकलमा सादा पोसाकमा गएका ६ प्रहरीले गाई काट्ने मानिसलाई भने फेला पार्न सकेनन्। प्रहरीले
नेपालगन्जदेखि १३ किलोमिटर पश्चिमस्थित बर्गदहीमा महिनौंदेखि गाई काटेर सुकुटी बनाई नेपालगन्जलगायत ठूला शहरमा पठाउने गरेको तथ्य फेला परेको हो। गाउँदेखि टाढा बाँझो खेत र नजिकै नालासमेत रहेकाले गाई काटेर छाला र मासु निकालेर अस्थिपञ्जर फाल्नसमेत उनीहरूलाई सजिलो भएको हो। नालामा २ सयभन्दा बढी गाईका अस्थिपञ्चर यत्रतत्र छरिएका छन्। त्यहाँ गन्हाएर जान सकिने अवस्था नै छैन। गाउँ प्रवेशका सबै द्वारमा सेन्ट्री राखी उनीहरूले दिनरात गाई काटेर सुकुटी बनाउने गरेका हुन्। गाई काट्न राखिएका कामदारहरूलाई त्यहीँ बस्ने र खानेसमेत व्यवस्था मिलाइएको थियो। घटनास्थलनजिकै आधा दर्जन जिउँदा गाईसमेत बाँधेर राखेको देखिएबाट पनि त्यहाँ मासु काटेर सुकुटी बनाउने गरेको पुष्टि हुन्छ।
दर्ुइ हप्ता लामो अनुसन्धानपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले बर्गदहीमा गरेको अपरेसनबाट यी सबै कुराको पुष्टि भएको हो। प्रहरी निरीक्षक मुकुन्द रिजालको नेतृत्वमा तीनवटा मोटरसाइकलमा सादा पोसाकमा गएका ६ प्रहरीले गाई काट्ने मानिसलाई भने फेला पार्न सकेनन्। प्रहरीले
20110427
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा बैठकमा !
Exclusive news......!
मन्त्रालयको नयाँ नाम : यार्सागुम्बु तथा रक्तचन्दन मन्त्रालय, ठेक्कापट्टा, भन्सार तथा मालामाल, गुटबन्दी गोदागोद तथा भन्डाफोर, मनोरन्जन तथा शुभलाभ र चाकरी चाप्लुसी तथा कमिसन मन्त्रालय!!!
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा बैठकमा बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्य खगराज भट्टले कविताबाट अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे 'अनुहार उही, आचार उही, विचार उही लड्ने उही, लडाउने उही,' उनले भने, 'पालुङटार भाग दुई ।'मन्त्री विवाद मिलाउन नसकेको र पार्टीमा देखिएको विसंगतिबारे पनि उनले मन्त्रालयको नयाँ नाम यार्सागुम्बु तथा रक्तचन्दन मन्त्रालय, ठेक्कापट्टा, भन्सार तथा मालामाल, गुटबन्दी गोदागोद तथा भन्डाफोर, मनोरन्जन तथा शुलभलाभ र चाकरी चाप्लुसी तथा कमिसन मन्त्रालय बनाउन नेतृत्वलाई व्यंग्य गरे । वैद्य पक्षका केन्द्रीय सदस्यले अध्यक्ष दाहाल जनविद्रोहको नीतिबाट 'बहादुरीपूर्वक पछि हटेको' बताए...
20110426
अपराधीलाई सुधार्न बनेका नेपालका जेलहरू 'व्यावसायिक' अपराधीहरू उत्पादन गर्ने कारखाना
अपराधीलाई सुधार्न बनेका नेपालका जेलहरू 'व्यावसायिक' अपराधीहरू उत्पादन गर्ने कारखाना बन्दै गएका छन्। जेलप्रशासनको मिलेमतो र लापरबाहीका कारण देशभरिका जेलहरू अहिले अपराधमा लागेका व्यक्तिलाई सुधार्नभन्दा सामान्य अपराधीलाई 'व्यावसायिक' अपराधी बनाउँदैछ। प्रहरी अनुसन्धानअनुसार देशभरिका जेलमा कैदीहरूले खुला आपराधिक गतिविधि गर्दै आएका छन्। कतिपय ठूला अपराधका घटना कैदीकै निर्देशनमा हुने गरेको पाइएको छ। जेल सुरक्षाका लागि खटाइने प्रहरीको मिलेमतोमा देशभरिमा जेलमा कैदीहरूले फोन प्रयोग गर्दै आएको छन्। त्यही कारण अहिले जेल अपराधका लागि सुरक्षित अखडा बनेका हुन्। अझ जेलभित्र लागूऔषदेखि युवतीको समेत प्रहरीकै मिलेमतोमा तस्करी भइरहेका प्रमाणहरू भेटिएका छन्। आइतबार बिहान मात्र चक्रे मिलनका सहयोगी र जेलका नाइकेहरूबीच भद्र बन्दीगृहमा भएको ग्याङफाइटको घटनाले पनि जेलभित्रको वातावरण कस्तो छ भन्ने स्पष्ट हुन्छ। चत्रे्कले जेलभित्रैबाट अवैध गतिविधि संचालन गर्दै आएका छन्। तर नाइकेहरूसँग उनीहरूको कुरा नमिलेपछि उक्त झगडा भएको हो। जेलमा पसल राख्न तथा नाइके र सहनाइके बन्न पनि पैसाको चलखेल हुने गरेको छ। दुई महिनाअघि पक्राउ
20110425
20110424
अनुराधा कोइराला र राजदुत डा. शंकर शर्माको सम्बोधन र फोटोहरु पनि, वाशिङटन डिसी मा !
America-Nepal Women’s Association of Greater Washington (ANWA)र साझा मंचको आयोजना, डिसी वर पर रहेका बिभिन्न संस्थाहरुको संलग्नतामा अनुराधा कोइरालालाई यसरी(हेर्नुस् फोटो र भिडियोहरु) अभिनन्दन र सम्मान गरिएको थियो । जसमा अनुराधा कोइरालाले सबैको मन छुने मन्तब्य राखेर सबैनेपाली लाई सोंच्न वाध्य बनाउनुभएको थियो भने अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले कोइरालाको सम्मानका साथै सो क्षेत्र मा भएका कार्यको बारेमा प्रकाश पार्नुभएको थियो । बिष्णु थापाले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा केही अमेरिकनका साथै बिभिन्न संस्थाका प्रमुखहरुले पनि बोल्नु भएको थियो सम्मान मन्तब्यका रुपमा।
अल बिदा साइबाबा ! ९६ वर्षसम्म बाँच्ने आफैले घोषणा गरेका साईबाबाको ८५ वर्षको उमेरमा निधन !
Breaking News....!
कसैले उनलाई भगवान त कसैले उनलाई जादुगर पनि भन्छन । तर उनको योगदान को कदर गर्दै हामी भन्छौं उनी एक मानिस मात्र थिएनन, संसार को ध्यान आफुतिर आकर्सित गर्ने एक प्रकार का भगवान नै हुन साइ बाबा ! यदी उनिमा सक्ती थिएन भने करोडौं मान्छे कसरी भक्त बने त ! कुनै अर्को अबतार लिएर साइ बाबा फेरी जन्मियुन हाम्रो कामना !
भारतीय धर्मगुरु साई बाबाको आज बिहान सात बजेर ४० मिनेटमा ८५ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि उनलाई चैत १४ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो। यो खबरपछि उनका हजारौँ भक्तहरु साई बाबाको निधन भएको अस्पतालतिर ओइरिएका छन्। उनको पार्थिव शरीरलाई कुलवन्त हलमा राखिँदैछ। आज साँझ ६ बजेदेखि दुई दिनसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई राखिने बताइएको छ। ९६ वर्षसम्म बाँच्ने आफैले घोषणा गरेका भनिएका साई बाबाको स्वास्थ्य स्थिति बारे पूर्ण विवरण र उनको फोटो, भिडियो उनलाई अस्पतालमा भर्ना गरिएदेखि नै दिइएको थिएन। चिकित्सकहरुले आइसीयुका बिरामीको त्यस्तो भिडियो र फोटो देखाउनु मानवअधिकारविपरीत हुने बताएका थिए। स्वास्थ्य स्थिति अन्यौलमा राखेको भन्दै उनकै भक्तले उजुरी दर्ता गरेपछि साई बाबाको स्वास्थ्यसम्बन्धी प्रतिवेदन वैशाख १६ गतेसम्म बुझाउन (समाचार का साथै भिडियो हरु पनि हेर्न Read more »मा जानुस् )20110423
प्रहरी कार्यालयमा खम्बुवान आक्रमण, तीन प्रहरी घाइते !
Exclusive News.........
शुक्रबार पक्राउ परेका कार्यकर्तालाई छुटाउनुपर्ने माग गर्दै मोरङको बेलबारी इलाका प्रहरी कार्यालयमा पुगेका खम्बुवान कार्यकर्ताले प्रहरी कार्यालयमा ढुंगामुढा आक्रमण गरेका छन् । उनीहरूको आक्रमणबाट तीन प्रहरी घाइते भएका छन् । घाइते हुनेहरूमा प्रहरी निरीक्षक रुद्र चुँडाल, हवल्दार ज्ञानबहादुर राई र सशस्त्र प्रहरी सुजन राई रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । झण्डै २ सयको संख्यामा आएका खम्बुवान कार्यकर्ताले प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले प्रतिरक्षामा फायरिङ गरेको20110422
माओवादी कमरेडहरुका नाममा करोडौँको सम्पत्ती र बैंक ब्यालेन्स देखिन थालेपछि सबै तिनछक ! जनयुद्ध हो कि धनयुद्ध हो छुट्याउनै गार्हो !
काठमाडौं बाट प्राप्त र माओवादी विद्यार्थी संगठन र मास्टर हरुको संगठनले प्रकाशन गरेको तथ्य अनुसार 'प्रचण्ड'को मात्रै ३० करोड रुपैयाँको सम्पत्ति देखिएको अनुसन्धानले पुष्टि गरेको छ। जुन सम्पत्तिमा छोरा प्रकाश दाहालका नाममा कपन, मातातीर्थ, पोखरा, चितवनलगायतका ठाउँमा रहेको जग्गा समावेश छैन। व्यापारी अजय सुमार्गीका नाममा नयाँबानेश्वर चोकमा अवस्थित निर्माणाधीन १८ तले 'मुक्ति टावर' पनि समावेश छैन। यसैगरी, माओवादी पार्टीभित्र दोस्रो धनी व्यक्तिका रूपमा हिसिला यमी देखिएकी छन्। उनको सम्पत्ति सात करोड रुपैयाँ बराबरको भएको फेला परेको छ। नेपाल वायुसेवा निगमका सुगतरत्न कंसाकार नियुक्ति हुनु अगाडिकै सम्पत्ति
प्रचण्ड आफैले भने जेठ १४ सम्म संबिधान बन्दैन, माओवादी भित्रै प्रचण्ड को घांटी निमोठ्दै छन बैद्य !
सुर्खेतको महेलकुनामा माओवादी लडाकुले शुक्रबार दिउसो स्थानीय बासिन्दा र प्रहरीलाई कुटपिट, ५ स्थानिय र चार प्रहरी घाइते !
माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ गतेभित्र पूर्ण संविधान बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। उनले दलहरु मिले भने यो अवधिमा मस्यौदाचाहिँ बन्न सक्ने सम्भावना पनि व्यक्त गरे। सर्वोच्च अदालत, बार एसोसिएसनद्वारा नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित संविधान निर्माणको गतिरोध अन्त्य र संवैधानिक निकास विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन। उनले सोझै संविधानसभाको म्याद थप्नैपर्छचाहिँ भनेनन्। यता शान्ति प्रक्रिया टुंगोमा पुर्याएर संविधान निर्माण गर्न जनविद्रोहको कार्यदिशा स्थगति गर्ने अध्यक्ष पुष्पकमल दाहालको20110421
साई बाबाका केही अंगहरुले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकहरु चिन्तित, भेन्टिलेटर कै सहायतामा साई बाबा, अमेरिकाबाट विशेष उपकरणसहित विज्ञहरुको टोली भारत आउँदै
साइ बाबा आफैले अझै बाँच्छु भने पनि डाक्टरहरु भन्छन अब बँचाउन गार्हो छ !
Breaking News........
भारतीय आध्यात्मिक नेता साई बाबाका केही अंगहरुले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकहरु चिन्तित भएका छन्। आज बिहान आठ बजे अस्पतालले जारी गरेको बुलेटिनमा उनको कलेजोले काम गर्न छाडेको र रक्तचाप अत्यन्तै कम भएको उल्लेख छ। उनलाई अझै पनि भेन्टिलेटर कै सहायतामा राखिएको छ। अमेरिकाबाट विशेष उपकरणसहित विज्ञहरुको टोली भारत आउँदै गरेको पनि एजेन्सीहरुले जनाएका छन्। ८६ वर्षीय साई बाबालाई गत चैत १४ गते अस्पतालमा भर्ना गरिएको थियो। ९६ वर्षसम्म बाँच्ने आफैले 20110420
नयाँ लोकतान्त्रिक नेपालका १ करोड ६० लाख रुपियाँ लिएर सुविधाको रातो पासपोर्ट बेच्ने दुइ सभासद्लाई प्रहरीले पक्राउ !
Exclusive News.......
मोटो रकम लिएर सुविधाको रातो पासपोर्ट बेच्ने दुइ सभासद्लाई प्रहरीले मंगलबार पक्राउ गरी कारबाही अगाडि बढाएको छ। आफनो नाममा जारी भएको पासपोर्ट जानी-जानी बेच्ने जनता दलकी सभासद् गायत्री साह र मधेसी जनअधिकार फोरमका सभासद् विश्वनाथप्रसाद यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) ले मंगलबार दिउँसो संविधानसभा भवनबाट निस्कँदै गर्दा पक्राउ गरेको थियो। सभासद् यादव र साहको नाममा १२ अगस्ट २००८ र २५ जुलाई २००८ मा जारी भएका ती पासपोर्ट १ करोड ६० लाख रुपियाँमा बेचेको आधार फेलापरेको सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिले अबुधाबी प्रहरीलाई आफूहरूले उक्त पासपोर्ट ठूलो रकम दिएर किनेको जानकारी दिँदै अपराधसमेत स्वीकार गरेको जानकारी अबुधाबी प्रहरीले नेपाल सरकारलाई गराएको हाँस्यकालाकार हरिबँस आचार्यकी धर्म पत्नी एबम कलाकार, उदघोसिका मिरा आचार्यको असामयिक दु:खद निधन, अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट हार्दिक समबेदना !
अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य राम प्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै बरिस्ठ हाँस्यकालाकार हरिबँस आचार्यकी धर्म पत्नी एबम कलाकार, उदघोसिका मिरा आचार्यको असामयिक दु:खद निधन भएको खबरले मन्च एबम सम्पूर्ण कलाकार जगत स्तब्ध भएको भन्दै यस् दु:खद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्नुभएकोछ । हास्य कलाकार आचार्यकी श्रीमती मीरा आचार्यको ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा निधन भएको छ। मुटु रोगका कारण पेसमेकर (कृत्रिम ह्रदय गति उपकरण) जडान गरिएकी आचार्यलाई आइतबार अस्पताल भर्ना
20110419
जेठ १४ भित्र नयाँ संविधानको एकीकृत मस्यौदा नआए नेताहरुलाइ कोठाभित्र थुन्ने चेतावनी
६ सय १ जना सभासदको श्राद्ध गर्दैहिंडेका शर्मा पक्राउ,
रातो पासपोर्ट दुरुपयोगको अभियोगमा २ सभासद गिरफ्तार
६ सय १ जना सभासदको श्राद्ध गर्दैहिंडेका बर्दिया गुलरियाका राकेशकुमार शर्मालाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । बुटवलको मिडियाचोकमा ६ सय १ जना सभासदहरुको कार्टुनसहितको ११ महिने मासिक श्राद्ध गर्नेक्रममा प्रहरीले पक्राउ गरेको हो । पुजारीलाई राखी मासिक श्राद्ध गरेका शर्मालाई श्राद्ध सकिए लगत्तै इलाका प्रहरी कार्यालय बुटवलबाट आएकोप्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले मासिक श्राद्धका लागि शर्माले ल्याएको ६ सय १ जना सभासदहरुको कार्टुनसमेत बरामद गरेको20110417
Exclusive ... के साँच्चै अब संसार खतम हुनै लागेको हो ?
के अबको एक महिना पछी त्यो प्रलय शुरु हुनै लागेको हो ? हेरौँ यो सनसनी पूर्ण भिडियो भारतीय संचार माध्यमबाट !
अमेरिकाको टेक्सास अस्टिनमा जब नेपाली हरु एक भएर यसरी नेपाली नयाँ बर्ष मनाउन जुटे, तब नाच्यो सिंगो अस्टिन !
कस्तो एकता, कस्तो हार्दिकता, कस्तो एक अर्कामा सहयोग गर्ने शैली, माहुरीहरु जसरी काम मा जुट्ने शैली, हरेकले काम को भाग खोजिरहेछ, तर्किन होइन ! यस्तै देखियो टेक्सासमा । हेम सरिता पाठक प्रतिस्ठानको आयोजना, नेपाली नयाँ बर्षको उपलक्ष्य, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य एबम लोक दोहोरी गायक रामप्रसाद खनालको प्रमुख आतिथ्य र बिशेष प्रस्तुती, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्ले सहितका दर्जनौं बिसिस्ठ पाहुना हरु, टेक्सास अस्टिनका माहुरी रुपी नेपाली दाजुभाइ दिदिबहिनीहरुको सहभागिता, हेम सरिता प्रतिस्ठानको सौजन्यतामा नेपालकै स्वादको नेपाली खाना, बास्तबमा उदाहरणिय थियो यो कार्यक्रम । कार्यक्रमको बाँकी फोटो र भिडियोमै हेरौं Read more »:
20110415
ट्राफिक प्रहरीलाई काधमा बोकी नालामा फाल्ने प्रयास गर्दै !
बीरगन्जको जिल्ला प्रहरी कार्यालय अगाडीको सडकमा बुधवार विहान सवारिसाधनको कगजपत्र चेकजाच गर्ने क्रममा बा १६ प ३१६१ नम्बरको मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले अमर्यादित सब्द प्रयोग गरेपछि ट्राफिक प्रहरीलाई काधमा बोकी नालामा फाल्ने प्रयास गर्दै मोटरसाइकल चालक बीरगन्ज १८ निवासी कृष्णकुमार दुवे । छुटाउने प्रयासमा एक प्रहरी ।
तस्बिरः बिजयकुमार महतो/रासस
तस्बिरः बिजयकुमार महतो/रासस
पार्टीको सल्लाह बिना प्रधानमन्त्रीले जथाभावी मन्त्री नियुक्त गर्नुभएछ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री झलनाथ खनालले आयोजना गरेको चियापान बहिष्कार गरेको स्विकारेका छन् । उनले प्रधानमन्त्रीले मनोमानी ढंगले मन्त्रिपरिषद्को विस्तार गरेकाले बिरोध स्वरुप चियापान बहिष्कार गरेको बताए । नयाँ वर्षको अवसरमा प्रधानन्त्री एंव एमाले अध्यक्ष खनालले बिहीबार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा एमालेका वरिष्ठ नेता नेपाल, केपी ओली लगायतको सहभागिता थिएन । सभामुख सुवास नेम्वाङले शुक्रबार बोलाएको तीन दलको बैठकबाट बाहिरिएपछि नेता नेपालले संचारकर्मीसंग कुरा गर्दै आफू चियापानमा नगएकै बताए । प्रधानमन्त्री झलनाथ खनालले – 'पार्टीको सल्लाह बिना प्रधानमन्त्रीले जथाभावी मन्त्री नियुक्त गर्नुभएछ, आफू खुशी,पार्टीको निर्णय विपरीत
20110414
राजधानीमा दिनप्रतिदिन असुरक्षा बढिरहेका बेला पाकिस्तानी दुतावासका एक कर्मचारीमाथि गोली प्रहार !
राजधानीमा दिनप्रतिदिन असुरक्षा बढिरहेका बेला पाकिस्तानी दुतावासका एक कर्मचारीमाथि गोली प्रहार गरेको छ। दुतावासमा कार्यरत मोहम्मद आशिषमाथि बसुन्धरा पुलमा बन्दुकधारीहरुले ४ गोली प्रहार गरेका थिए। गोली लागी गभीर घाईते भएका आशिषको अहिले टिचिङ अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ। बिहान ९ बजे बसुन्धरामा हिँडिरहेको बेला गोली प्रहार भएको प्रहरीको भनाइ छ।
प्रधानमन्त्री खनालले आयोजना गरेको चियापानमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली गएनन् !
झलानाथ खनाल प्रधानमन्त्री निर्वाचित भएलगत्तै गृह मन्त्रालय माओवादीलाई नदिन आग्रहसहितको पत्र बुझाउन बालुवाटार पुगेका केपि ओलीलाई सुरक्षाकर्मीले छिर्न नदिएपछि 'अबदेखि खनाललाई भेट्न बालुवाटार आउँदिन' भन्दै फर्किएका ओलि र पु्वप्रधानमन्त्रि माधव नेपाल नयाँ वर्षको अवसरमा प्रधानमन्त्री झलनाथ खनालले बिहीबार सरकारी निवास बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा गएनन् । चियापान समारोहमा राजनीतिक दलका नेता, सभासदहरु, विदेशी कुटनीतिज्ञहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा एमाले, माओवादीलगायत दलका कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो । तर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले आयोजना गरेको चियापानमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली गएनन् । पछिल्लो मन्त्रिमण्डल विस्तारपछि पनि नेपाल-ओली खनालसँग चिढिएका छन् । दुवै नेताले सिफारिस गरेका नेतालाई मन्त्री नबनाएपछि दुई नेताले सार्वजनिकरुपमै प्रधानमन्त्रीको आलोचना
20110413
तपाईं सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा २०६८
20110412
निको छैन झलनाथ खनालको चाला पनि, माओवादी र मधेसी दुबै रुस्ठ, मन्त्रिको नामावली पठाएनन, एमाले का मन्त्री मात्रै थपे प्रधानमन्त्रीले !
Exclusive News......
ऊर्जा मन्त्री गोकर्ण बिष्टमाथि हतियारधारी समूहले सोमबार साँझ खुकुरी प्रहार !
एकीकृत नेकपा माओवादीले गृह मन्त्रालय आफुले नपाएसम्म मन्त्रीको नाम नपठाउने बताएको छ। सरकार बनेको दुई महिनासम्म गृहबारे प्रधानमन्त्री झलनाथ खनालको निर्णय कुरेर बसेको भन्दै उसले त्यसको निश्चित नभएसम्म थप मन्त्री नपठाउने जनाएको हो । खनालले पार्टीभित्रको अप्ठ्यारोका कारण गृहबारे निर्णय गर्न नसकेको माओवादीलाई बताएका छन् । नेकपा एमालेका युवा नेता तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएका गोकर्ण बिष्टमाथि
20110411
भ्रस्टाचारी केही न्यायाधिशहरु बर्खास्त, केहीलाई सचेतको कार्वाही ! न्यायाधिश होउन प्रधान न्यायाधिश राम प्रसाद श्रेष्ठ जस्ता !
Exclusive News........
जानेबेलामै किन नहोस् प्रधान न्यायाधिश रामप्रसाद श्रेष्ठले अत्यन्त राम्रा आदेश र निर्णय गरेर न्यायालय प्रती जनताको गुम्दै गैरहेको विश्वाश कायम राख्ने प्रयास गरेका छन र अब उनले देखाएको बाटोमा न्यायालय हिड्यो भने भ्रस्टाचारी हरु को मुटु काँप्ने छ र केही हद सम्म भए पनि भ्रस्टाचार कम हुने छ । न्यायपरिसदले उनकै योजना मुताबिक यो कार्वाही गरेको हो !
20110410
१० दिनभित्र हत्यारा पत्ता लगाउने आश्वसन पछि आइतबार गोली हानी हत्या गरिएका व्यापारीको शव वीर अस्पतालबाट उठाइयो !
Updated ......प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले १० दिनभित्र हत्यारा पत्ता लगाउने आश्वसन दिएपछि आइतबार गोली हानी हत्या गरिएका व्यापारीको शव वीर अस्पतालबाट उठाइएको छ। प्रहरी प्रमुखको आश्वसनसँगै वीर अस्पतालमा जारी व्यापारी-उद्योगीको धर्ना समेत अन्त्य भएको छ। ‘शान्ति सुरक्षाको अवस्था १० दिनभित्र देखिने गरी देखाउँछौं', महानिरीक्षक चन्दले आश्वसन दिँदै भने- ‘हत्यारा पत्ता लगाउनेछौं।' धर्नामा सभासद राजेन्द्र खेतान सहितका उद्योगी-व्यापारी सहभागी थिए। हत्याको विषयलाई लिएर केही समय नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बस्नेतले प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेका थिए। प्रधानमन्त्री खनालको आश्वसन समेतलाई ध्यानमा राख्दै व्यापारीले धर्ना अन्त्य गरेका हुन्। भारतीय नागरिक चाचानको खिचापोखरी गणबहालस्थित पसलमा आइतबार सम्साझै गोली हानी हत्या भएको थियो। बन्दुकधारीले पसलमै छिरेर गोली हानेका थिए। नाइटो र बायाँहातको नाडीमा गोली लागेका उनको वीर अस्पतालमा उपचारका क्रममा राति साढे नौ बजे निधन भएको थियो। महानगरीय प्रहरी आयुक्त कार्यालयले बढ्दो अपराध नियन्त्रणका लागि उपत्यकामा तीन तहको सुरक्षा व्यवस्था अपनाएको
20110409
मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाईप्रति राष्ट्रपति डा. रामबरण यादवको चासो. माओवादी र एमालेबीच मनमुटावमा चिन्ता व्यक्त !
राष्ट्रपति डा. रामबरण यादवले मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाईप्रति चासो राखेका छन्। सरकारको कामकारवाही तथा विस्तारको विषयमा सत्तासीन माओवादी र एमालेबीच भएको मनमुटावका विषयमा पनि उनले चिन्ता व्यक्त गरेका छन्। शीतलनिवासमा आज प्रधानमन्त्री झलनाथ खनालसँग भएको भेटमा राष्ट्रपति यादवले सरकारलाई छिटो पूर्णता दिएर संविधान लेखन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सुझाव दिएको बताइएको छ। जवाफमा खनालले सत्ता साझेदार दलहरुसँग छलफल जारी रहेकोले सरकारले छिट्टै पूर्णता पाउने बताएका थिए। सरकारको नियमित काम, शान्ति प्रकृया र संविधान लेखनका
"सिमसिमे पानीमा" भन्ने गीत बिबादमा तानिदै गर्दा उता "पानको पात" पनि बिबादमा : लोक गायन क्षेत्रका हस्तिहरु प्रेमराजा महत, रेखा शाह, बमबहादुर कार्की बिबादमा होइन समझदारीमा आउनोस !
"सिमसिमे पानीमा" भन्ने गीत बिबादमा तानिदै गर्दा उता "पानको पात" पनि बिबादमा तानिएको छ । गायक कृष्णसुधा ढुंगानाले बनाएको "पानको पातमा" भन्ने गीत माथि फेरी अर्का गायक बम बहादुर कार्की ले दाबी गर्दै गायक प्रेम राजा महत बिरुद्ध खनिएको काठमाडौंबाट हाम्रा सम्बाददाता सनत सापकोटाले बताएका छन । बम बहादुरले प्रेम राजाको एकल साँझको नाम नै "पानको पात" राखेकोमा आपत्ति जनाउदै मेरो गीतमा किन प्रेम राजा महतले आँखा गाडेको भनी पत्रकारहरु सँग टिप्पणी गर्दै आफुपनी प्रतिलिपी अधिकार तिर लाग्ने धम्की थाल्नु भएको छ । सबैलाई थाहा भएको कुरा के हो भने "पानको पात, माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल" 20110408
मान्नुस् या नमान्नुस् यथार्थता यही नै हो नेपालको !
20110407
चितवनको रामनगरमा एक व्यवसायीको गोली हानी हत्या !
Exclusive news from Nepal.......
चितवनको रामनगरमा बुधबार बिहान एक व्यवसायीलाई नचिनेका मानिसले गोली हानी हत्या गरेको छ । रामनगरको जगदम्बा पेट्रोलपम्पका व्यवस्थापक पूर्वी चितवनका भरत घिमिरेलाई गोली हानी हत्या गरेका हुन् । बिहान पौने पाँच बजे पाँच/छजनाको सङ्ख्यामा आएका युवाको एक समूहले पैसा लुट्न खोज्दा घिमिरेले प्रतिकार गरेपछि गोली हानेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वी चितवनको भानुचोक घर भएका घिमिरे पम्पमा मेनेजरका रूपमा काम गर्दै आउनुभएको थियो । लुटेराको गोली प्रहारबाट घटनास्थलमा नै घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हानेपछि लुटेराहरू नजिकैको जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ । घटनामा घिमिरेसँगै कार्यरत विश्वराज सुवेदी घाइते हुनुभएको छ । घटनाको विरोधमा निजीस्तरबाट सञ्चालित चितवनका सबै पेट्रोल पम्प बुधबार बन्द भएका छन् । चितवन पेट्रोलियम डिलर्स एसोसिएसन र अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घले एसोसिएसनमा आबद्ध सबै पेट्रोलपम्प एकीकृत नेकपा माओवादीका चेला चपेटा हरुद्वारा बिद्रोह शुरु !
एकीकृत नेकपा माओवादी परित्याग गरेका र अयोग्य लडाकूहरू मिलेर गठन गरेको नेकपा माओवादी जनबिद्रोह का अध्यक्षसहित पाँच जना प्रमुख केन्द्रीय नेतालाई बुधबार प्रहरीले राजधानीबाट पक्राउ गरेको छ। राजधानीका तीन दर्जनभन्दा बढी स्थानमा बम विस्फोट गराउने तयारी गरिरहेको सो समू्हलाई प्रहरीले पक्राउ गरेको हो। वैशाखको पहिलो सातादेखि उपत्यकाबाट हिंस्ाात्मक जनबिद्रोह गर्ने योजना बनाइरहेका बेला महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको थियो। महानगरीय प्रहरी आयुक्त कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख हेमन्त मल्लले सो पार्टी
20110406
अमेरिकामा फेरी अर्का निर्दोश नेपालीको गोली हानी हत्या !
Breaking News......
क्यालिफोर्निया/ अमेरिकामा फेरी अर्का निर्दोश नेपालीको गोली हानी हत्या गरिएको छ। लसएन्जलस पेल्सफ्लावर सहरमा गोली प्रहारबाट २३ वर्षीय रोशन भण्डारीको हत्या भएको छ । मंगलवार विहान ८ बजे उक्त घटना घटेको हो l भण्डारी दुइ वर्षअघि डीभी परेर झापाको दुरागढी ७ बाट अमेरिका आउनु भएको थियो । भण्डारीका हत्यारा हरु फरार रहेको र प्रहरीले खोजतलाश गरिरहेको बताएको छ। हत्या को कारण र विवरण शँकास्पद देखिएको छ । सेभेन एलेभन मा कार्यरत भण्डारीलाई अदालतमा डकैति सम्बन्धी बयान का लागि जानेक्रममा अमेरिकि अपराधीहरुले गोली हानेको भन्ने प्रारम्भिक विवरण र स्टोर का मालिक को विवरण अलिकती बाझिएको स्थानिय नेपालीहरुले नेपाल
20110405
साई बाबाको अवस्था चिन्ताजनक, उनको मुटु पेसमेकरको सहायता र फोक्सो रेस्पिरेटरको सहायताले चलिरहेको छ !
Exclusive News.........
भारतीय धर्मगुरु साई बाबाको अवस्था मंगलबार पनि चिन्ताजनक रहेको उपचारमा जुटेका चिकित्सकहरुले बताएका छन्। ८५ वर्षीय बाबालाई प्रशान्तिग्रामस्थित अस्पतालमा राखिएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत चैत १४ गते उनलाई अस्पताल पुर्याइएको थियो। उनको छाती र फोक्सोमा समस्या देखिएको थियो। मिर्गौलाको सञ्चालनमा सुधारका लागि गरिएको सीआरआरटीबाट कुनै सुधार नभएको चिकित्सकहरुले बताएका छन्। सत्य साइ इन्स्टिचयुट अफ हाइअर मेडिकल साइन्सेजका निर्देशक डा. ए. एन. सफायाद्वारा आज जारी स्वास्थ्य बुलेटिनमा भनिएको छ- उनको मुटु पेसमेकरको सहायता र फोक्सो रेस्पिरेटरको सहायताले चलिरहेको
Breaking News...............! अमेरीकी राष्ट्रपति बाराक ओवामाले दोस्रो कार्यकालका लागि अर्को वर्ष हुने चुनाव लड्ने घोषणा !
अमेरीकी राष्ट्रपति बाराक ओवामाले दोस्रो कार्यकालका लागि अर्को वर्ष हुने चुनाव लड्ने घोषणा गर्नुभएको छ । यसबारेमा उहाँको टीमले राष्ट्रपति ओबामाको आधिकारिक वेबसाइडमा एक भिडियो जारी गर्दै आफ्ना समर्थकहरुलाई इमेल पनि पठाएको छ । १० औ लाख अमेरिकीबीच फैलिएको अनलाइन र वेब-अभियान २००८ को चुनावी प्रचारमा निकै प्रभावकारी देखिएको थियो । राष्ट्रपति ओवामाले सानो रुपमा भएपनि अभियान समयअनुसार बढ्ने बताउनुभएको बिबिसीले जनाएको छ । राष्ट्रपतिको टोलीले चुनावी कागजात यसै साता पेस गर्ने तयारी गरेको छ । राष्ट्रपति ओबामाले सन २००९ को जनवरीमा राष्ट्रपति पदको शपथ लिनुभएको
20110404
मानिसहरु डराएर भागाभाग, सुदूरपश्चिममा शक्तिशाली भुकम्प !
Exclusive News.....
सुदूरपश्चिममा शक्तिशाली भुकम्प गएको छ भुकम्पका कारण यस क्षेत्रका घरहरु केही समय हल्लिएका थिए । बस्तीभर त्रासले भागाभाग भएको छ भने फेरि भूकम्प आउने हल्लाले मानिसहरु डराएर घरबाहिरै बसिरहेका छन्। भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु दार्चुलाको छाप्री गाविस आसपास १० किलोमिटर मुनि रहेको छ। भूकम्पको १० सेकेण्डसम्म अनुभव गरिएको थियो। मापन केन्द्रले यसलाई मझौलाखालको भूकम्प बताएको छ । नेपालमा भूकम्पबाट खासै क्षति नपुगेको पाइए पनि विस्तृत विवरण थाहा हुन सकेको छैन । भुकम्प ५ बजेर १७ मिनेट जाँदा गएको एमाले र माओवादी बैठक मन्त्री चयन गर्न नसकी स्थगित !
नेकपा एमाले र माओवादी स्थायी समितिका बैठक मन्त्री चयन गर्न नसकी स्थगित भएका छन्। झलनाथ खनाल प्रधानमन्त्री भएको दुइ महिना बितिसक्दा पनि आन्तरिक विवादका कारण दुवै पार्टीन्त्री छान्न असफल भएका छन्। आन्तरिक विवाद मिलाउँदै पार्टीई एक बनाउने उद्देश्य राखेर सिन्धुपाल्चोकको सुकुटेमा दुइ दिनसम्म चलेको माओवादी स्थायी समितिको बैठक आइतबार सकिएको छ। पार्टीववाद मिलाउने भने पनि मन्त्री छान्ने उद्देश्य राखेर भएको सो बैठकले सो कार्यको जिम्मा केन्द्रीय कमिटीलाई दिने निर्णय गरेको छ। पार्टी मन्त्रीमा आकांक्ष्ी धेरै भएपछि माओवादीसमेत मन्त्री छान्न असफल भएको हो। स्थायी समिति बैठकले पार्टीई एक ढिक्का 20110403
माओवादी लडाकु संगठन जनस्वयम्सेवक दस्ता सार्बजनिक !
एकीकृत नेकपा माओवादीले लडाकु संगठन जनस्वयम्सेवक दस्ता सार्बजनिक गरेको छ । आज बिहान राजधानीको बसन्तपुरमा भेला भएका जनस्वयम्सेवकहरुले बिभिन्न स्थानमा मार्चपास गर्दै शान्ति बाटिका पुगेका थिए । मार्चपासको नेतृत्व नेवाः राज्य समिति ईन्चार्ज हितमान शाक्यले गर्नुभएको थियो । मार्चपासमा एकै नासको पोसाक लगाएका माओवादी कार्यकर्ताहरु सहभागि थिए । वाईसिएलको समानान्तर सँगठन बनाएर नेता बिशेषलाई राजनीति गर्ने थलो बनाएको भन्दै प्रचण्ड पक्षधर वाईसिएल नेतृत्वले दस्ताप्रति कडा विरोध जनाएको छ । ब्युरोको नेतृत्वबाट नेत्रबिक्रम चन्द विप्लवलाई हटाए मात्र ब्युरोमा आफ्नो सहभागिता रहने भन्दै वाईसिएलले
20110402
डिसी एरियाका कबि, गीतकार, गायक तथा साहित्यकार हरुको एक बिशेष जमघट तथा साहित्यिक कार्यक्रम सम्पन्न !
अमेरिकाको भर्जिनिया मनासस् मा साहित्यकार द्वय गोपाल रेग्मी तथा भिम रेग्मी को निवासमा अत्यन्त न्यानो आतिथ्यमा डिसी एरियाका कबि, गीतकार, गायक तथा साहित्यकार हरुको एक बिशेष जमघट तथा साहित्यिक कार्यक्रम भयो । जसमा कबि तथा साहित्यकारहरु होमनाथ सुबेदी, हरि घिमिरे , हेमन्त श्रेष्ठ, बासु श्रेष्ठ, प्रकाश नेपाल, राम प्रसाद खनाल, गोबिन्द गिरी प्रेरणा, प्रेम सङ्रौला, बसन्त श्रेष्ठ, शरद निरौला, कपिल सिटौला, गोपाल रेग्मी, आनन्द शर्मा, डिबी तामाङ्, खिमानन्द आचार्य, शिव सत्याल, मोहन जोशी, सन्जु बजगाइ, कृष्ण बजगाइ र ज्ञानेन्द्र गदाल आदिले कबिता, गीत, गजल बाचन गर्नुभएको थियो । यस अघी कबि गोबिन्द गिरी प्रेरणाको घर मा, यस् पटक रेग्मी परिवारको घर मा सम्पन्न यो साहित्यिक कार्यक्रमा अब नेपाली राजदुतावास् का प्रथम सचिब एबम कबि आनन्द शर्मा को निवासमा हुने भएको छ । थप फोटोहरु र भिडियो
‘जनता सर्वोच्च न्यायाधीश हुन् , राजतन्त्रबारे जनतालाई नै निर्णय गर्न दिनु पर्छ ’ : पूर्व राजा ज्ञानेन्द्र
Exclusive News.....
पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे राजतन्त्रबारे जनतालाई नै निर्णय गर्न दिनु पर्ने बताएका छन् । शुक्रबार राति काठमाडौंको सोल्टी होटलमा आफ्ना ब्यवसायिक साझेदार प्रभाकर शमशेर राणाका नातीको पास्नी सहभागी पूर्वराजा शाहले उपस्थित केही सञ्चारकर्मीहरुसँग अनौपचारिक कुराकानीमा उनले यस्तो बताएका हुन् । अझै पनि राजाको रुपमा फिर्ता हुने सम्भावना देख्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले राजतन्त्रका बारेमा जनताले निर्णय गर्ने भन्दै त्यस्ता विषयमा आफूले बोल्नु काल्पनिक बताए । ‘जनता सर्वोच्च न्यायाधीश हुन्’ उनले भने-’राष्ट्र र जनताका लागि दीर्घकालिन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाइ नै निष्पक्षर स्वतन्त्र अवसर दिनु पर्छ ।’ आफूले सधै राष्ट्रको हितलाई सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गरेको कुरान जलाएको भन्दै इस्लाम प्रदर्शनकारीले राष्ट्र संघ कार्यालयमा आक्रमण गर्दा पाँच नेपाली सुरक्षागार्डसहित कम्तिमा 20 विदेशी मारिए !
Breaking News...
धार्मिक ग्रन्थ कुरान जलाएको भन्दै विरोधमा उत्रेका इस्लाम प्रदर्शनकारीले राष्ट्र संघ कार्यालयमा आक्रमण गर्दा पाँच नेपाली सुरक्षागार्डसहित कम्तिमा 20 विदेशी मारिएका छन्।
तीन अफगान पनि मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। प्रदर्शनकारीहरू उत्तरी अफगानिस्तानको मजारे-सरिफस्थित राष्ट्र संघ कार्यालयमा छिरेर
20110401
ए एन ए को नाम मा मन्दिर र एन इ सी सी को सम्पत्ती हडप्ने खेल, प्रतिबेदन प्रती डिसी बासि नेपाली आगो !
Exclusive..."ए एन ए को आन्तरिक लडाईं सँग हामीलाई मतलब छैन, हामी कुनै गुट सँग आवद्ध पनि छैनौँ " - सँयोजक हेमन्त श्रेष्ठ
बोस्टनमा ८२ हजार डलर को घाटा सम्मेलन गरी आफ्नो बहादुरी देखाएर ए एन ए को ईतिहास मै कलँक लगाउन सफल ए एन ए नेत्रित्व बर्ग केही समय यता दुई वटा गुट बनाएर आफै आफै लडिरहेको देखेर त नेपाली समुदाय लज्जित थियो थियो अब फेरी अर्को लज्जित काम शुरु भएको छ, एउटा गुट को छानबिन समितिका संयोजक छ्यवाङ शेर्पा लामाले फेरी अर्को लज्जित काम गरेर नेपालीको शिर निहुर्याउने दुस्प्रयास गर्नुभएको छ । वहाँको कथित रिपोर्टमा पशुपती बुद्ध मन्दिर (एन इ सि सि )लाई समेत वहाँले बिबादमा तान्ने र त्यस्को सम्पत्तिमा ए एन ए को एउटा गुटले आँखा गाडेको देखाउँदै पुरानो मन्दिर को सम्पत्ती एन इ सि सि र ए एन ए को आधा आधा हुने कुतर्क गरेर मान्छे हंसाउने काम गरेको देखेर आफ्नो खुन पसिना चुहाएर र चन्दा संकलन गरेर मन्दिर आज यहाँ सम्म ल्याउने समाजसेबिहरु तथा चन्दादाता आक्रोसित बनेका छन । ए एन ए को कुनै पनि गुटलाई यो पवित्र मन्दिर र एन इ सि सि लाई संगै जोड्ने र सम्पत्ती माथि आँखा लगाउने अधिकार छैन भन्दै एन इ सि सि मा संलग्न समाजसेबिहरु एबम चन्दादाताहरुले यो
बोस्टनमा ८२ हजार डलर को घाटा सम्मेलन गरी आफ्नो बहादुरी देखाएर ए एन ए को ईतिहास मै कलँक लगाउन सफल ए एन ए नेत्रित्व बर्ग केही समय यता दुई वटा गुट बनाएर आफै आफै लडिरहेको देखेर त नेपाली समुदाय लज्जित थियो थियो अब फेरी अर्को लज्जित काम शुरु भएको छ, एउटा गुट को छानबिन समितिका संयोजक छ्यवाङ शेर्पा लामाले फेरी अर्को लज्जित काम गरेर नेपालीको शिर निहुर्याउने दुस्प्रयास गर्नुभएको छ । वहाँको कथित रिपोर्टमा पशुपती बुद्ध मन्दिर (एन इ सि सि )लाई समेत वहाँले बिबादमा तान्ने र त्यस्को सम्पत्तिमा ए एन ए को एउटा गुटले आँखा गाडेको देखाउँदै पुरानो मन्दिर को सम्पत्ती एन इ सि सि र ए एन ए को आधा आधा हुने कुतर्क गरेर मान्छे हंसाउने काम गरेको देखेर आफ्नो खुन पसिना चुहाएर र चन्दा संकलन गरेर मन्दिर आज यहाँ सम्म ल्याउने समाजसेबिहरु तथा चन्दादाता आक्रोसित बनेका छन । ए एन ए को कुनै पनि गुटलाई यो पवित्र मन्दिर र एन इ सि सि लाई संगै जोड्ने र सम्पत्ती माथि आँखा लगाउने अधिकार छैन भन्दै एन इ सि सि मा संलग्न समाजसेबिहरु एबम चन्दादाताहरुले यो
माओवादी मानसिकरूपले विभाजित, घोषणाको पर्खाइमा, डा. बाबुराम आफ्नो पार्टीको नाम के राख्ने विषयमा बुद्धिजिवी कार्यकर्ता बीच !
माओवादी भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीका सम्पूर्ण शाक्तिहरू विभाजित भईसकेको सञ्चारमाध्यमहरू आइसकेको छ। माओवादी लडाकु, विद्यार्थी संगठन, बुद्धिजिवी संगठन, मजदुर संगठन, वाइसियल लगायत विभिन्न जनवर्गीय संगठन र जातिय मोर्चाहरू पनि विभाजित भइसकेको छन्।माओवादीका माथिदेखि तलमा स्तरसम्मका कार्यकर्ताहरू माझ पार्टी विभाजन हुन लागेको कुराले चर्चा पाएको छ भने केही नेता र कार्य कर्ताहरू आफ्नो पद मजदुत पार्न जुटी सकेका छन्। काठमाडौंमा अध्यक्ष उपाध्यक्षहरूले आफ्नो निवासमा पार्टी विभाजनको कुरा गर्दै बैठक गरे झैं जिल्ला र गाउँ इकाइ कमिटीहरूमा पनि विभाजनका कुरा चलेको छ। जिल्ला स्तरीय नेताहरूमा केन्द्रका नेताहरूको फोन र एसएमएस पनि निकै आउन थालेको
Subscribe to:
Posts (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________


















