( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110531

सेतो कात्रो ओढाएका ६ सय १ वटा शव बोकेर एकोहोरो शंख बजाउँदै कन्काई माईमा लगि दाहसंस्कार !!!

 मलामीभन्दा मरेका मान्छेको संख्या बढी भएको दाहसंस्कार कार्यक्रम हेदा सुरुंगाबासीले कुनै ठूलो दैवीविपत्तिको स्थिति सम्भिएनन्। न त त्यस्तो दृश्यमा उनीहरू शोकाकुल नै थिए। मलामीका रूपमा सहभागी सबै मजाले हाँसिरहेका थिए। न यो कुनै चलचित्रको पर्दाको दृश्य नै हो न त हाम्रो नियतिभन्दा परको विषय नै हो। आइतबार सुरुंगाका युवाहरूको अगुवाइमा यसरी मलामी जाने काम भयो। ३५ जना क्रियापुत्री बने, केश मुण्डन गरे अनि टाउकामा सेतो कात्रो बाँधे र ६ सय १ सभासद्लाई गाली गरे- अबचाहिँ तिमीहरूले योभन्दा बढी धोका नदेउ भनेर। सुरुंगाको सहकार्य युवा क्लब र सामर्थ्य युवा क्लबको निमन्त्रणामा सुरुङ्गा चोकमा भेला भएका मलामीले आइतबार दिउँसो सेतो कात्रो ओढाएका ६ सय १ वटा शव बोके र एकोहोरो शंख बजाउँदै नजिको प्रसिद्ध दाह संस्कारस्थल कन्काई माईमा लगि दाहसंस्कार गरे। सडकमा हिँड्नेहरू एक छिन अलमल परे। तर, कुरा बुझेपछि मरिमरि हाँसे र भने- ँबल्ल ठीक पारेछन् संविधान नबनाउनेहरूलाई। सुरुङ्गा बजारबाट करिब ३ सयको

राष्ट्रका नाममा प्रधानमन्त्री झलनाथ खनालले दिएको सन्देश !

 देश र प्रवासमा समेत रहनुभएका आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरु, सर्वप्रथम यहाँहरु सबैमा अभिवादन गर्दछु!  मुलुक अहिले २०६२/६३ सालको जनक्रान्तिपछि आरम्भ भएको जटील संक्रमणबाट गुजि्ररहेको छ। हामी राजनीतिक पार्टीहरुले जनतासामु यथाशीघ्र शान्तिप्रक्रियालाई बाञ्छित निष्कर्षमा पुर्‍याउने तथा अग्रगमन र लोकतन्त्रको आधारमा नयाँ संविधान जारी गर्ने पटक-पटक बाचा गरेका थियौँ। तर, बितेका करिब पाँच वर्षमा पनि ती बाचा र अभिभाराहरु पूरा हुन सकेका छैनन्। संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने उद्देश्यका साथ जारी गरिएको नेपालको अन्तरिम संविधान- ०६३ ले तोकेको दुई वर्षको समय र पछि थप गरिएको एक वर्षमा समेत संविधान जारी गर्न नसकिएको तथ्य सबैका सामु छर्लङ्गै छ। यसरी हामी राजनीतिक पार्टी र तिनका नेताहरुले नेपाली जनताको शान्ति र परिवर्तनको आकाङ्क्षालाई जस्ताको त्ास्तै व्यवहारमा अनुवाद गर्न नसकेको कुरा एउटा कटु यथार्थ बनेको छ। संक्रमणको यो तीब्र र उथलपुथलपूर्ण अवस्थामा जनताको अपेक्षा र समयको मागअनुरुप परिणाम दिन नसकेको कुरालाई हामीले स्वीकार गर्नैपर्छ। अतः सबै जिम्मेवार

वरिष्ठ गीतकार डा. राममान तृषितको ७१ वर्षको उमरेमा निधन

trisitअन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै वरिष्ठ गीतकार डा. राममान तृषितको ७१ वर्षको उमरेमा निधन भएकोमा गहिरो दु:ख प्रकट गर्नुभएको छ। वहाँले यस दु:खद घडीमा वरिष्ठ गितकार डा. राममान तृषित प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार मा हार्दिक समबेदना पनि प्रकट गर्नुभएको छ । । तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । लामो समय चिकित्सा पेशामा सक्रिय रहेका तृषितलाई स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित थिए । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । मान्छेको मायाँ यहाँ, मैले पुन्य मन पराएँ या पाप मन पराएँ जस्ता दर्जनौं चर्चित गित लेखेका तृषितको श्रीमती र एक छोरा

20110530

चार सभासदद्वारा संबिधान सभाको थप अबधिको तलब भत्ता नलिने घोषणा, ५९६ सभासदले तलब सुबिधा थाप्न नछोड्ने !

पाँच बुदे सहमति त भयो तर सबैका आ-आफ्नै व्याख्या, स्थिती झन जटिल हुन सक्छ अब !
कुनै पनि हालतमा माओवादीले हतियार बुझाउन नसक्ने रे , प्रचण्डकै नेतृत्व पनि काग्रेसका लागि स्विकार्य रे !!
 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको थप अवधिभर आफ्ना सांसदले सदनमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सांसदभत्ता नलिने निर्णय गरेको बताएका छन्।उनले विवादास्पद ढङ्गबाट थपिएको अवधिमा संविधान लेखन र शान्ति स्थापना गम्भीर आशङ्कामा परेको दावी गरे। अध्यक्ष थापाले 'संविधानको भावना एवम् सर्वोच्च अदालतको फैसला विरुद्ध' संविधानसभाको म्याद थप गर्ने प्रयोजनका निमित्त अन्तरिम संविधानमा हालै गरिएको संशोधन राजनीतिक दृष्टिकोणबाट गलत र नैतिकरुपमा अनुपयुक्त रहेको बताए
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपति शमशेर राणाले तीन दलले गरेको पाँचबँुदे सहमति अमूत र अस्पष्ट भएको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीे २२औं स्थापना दिवसका अवसरमा आइतबार

20110529

नक्कली सभासदद्वारा नेपालको संबिधान २०६८ जारी !

 संविधानसभाको दुई वर्षे कार्यकाल र थपिएको एक बर्षमा पनि राजनीतिक दल तथा सभाषदहरुले संविधान जारी गर्न नसको अवस्थामा तीनै नेता तथा सभाषदहरुलाई व्यंग्य गर्दै नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको हास्य टेलिशृंखला तितो सत्यका कलाकारहरुले भने नेपालको संविधान–२०६८

तीन महिनामात्र किन ? फेरीपनि म्याद थप !


फेरी पनि संबिधान सभाको म्याद थप भयो, जनतालाई लधाइ छ
धेरै खाएर बान्ता र छेर पाटे लागे पनि, सभासदलाई बधाई छ
सुत सुत मुर्कट्टाहरु हो, संबिधान सभा भित्र यसै गरी सुत
चार बर्ष शान्ती र संबिधानका नाममा देश र जनता लुट्यौ
तीन महिनामात्र किन ? फेरीपनि म्याद थप, जत्ती सक्छौ जनता लुट !

20110528

सारा जनतालाई लोप्पा ख्वाउदै मध्यरातिमा माओवादी, एमाले, कङ्रेस मिलेर संबिधान सभाको म्याद ३ महिना थपे !

Breaking News from Nepal !
काले काले मिलेर खाए भाले ! 
सारा जनतालाई लोप्पा ख्वाउदै मध्यरातिमा माओवादी, एमाले, कङ्रेस मिलेर संबिधान सभाको म्याद ३ महिना थपे, घुमिफिरी देश आतंक र हात हतियारधारी माओवादीकै हातमा, एमाले कङ्रेस र अन्य दल समेत माओवादी कै छायाँमा, शान्ती र संबिधान का नाममा फेरी देश र जनता लुट्ने कामलाई निरन्तरता, जनताको धैर्यता पनि कस्तो हो यती हुँदा पनि सहने ? हामी नेपाली जनताको महानता लाई मान्नै पर्छ । लौ जय होस् नयाँ नेपालको, लोकतान्त्रिक गणतन्त्रको, जती हुँदापनी नबोल्ने नेपाली जनताको र ६०१ महान सभासदहरुको !      

कङ्रेस र अन्य दलले समेत प्रचन्डको झुटो आस्वासनमा चुक्ने !

हेर्दै जानुस् अर्को ३/४ घण्टा भित्र ठुला दलका नालायक लोभि पापीहरुले आफ्नो म्याद आफै थप्ने छन, अहिले भैरहेका शर्त, धम्की, बार्ता सब देखाउन र जनतालाई बेकुफ बनाउने खेल मात्र हो । आखिर माओवादी आतंकका अगाडि झलनाथ बामदेब एमाले त पहिलै घुँडा टेकीसकेको थियो अब कङ्रेस र अन्य दलले समेत प्रचन्डको झुटो आस्वासनमा  चुक्ने छन र म्याद थपिने छ संबिधान सभाको। हामीले बुझेको सार यहिनै हो !कठै हामी नेपाली जनताहरु ! फाँसीमा झुन्डाउनुपर्ने अपराधीहरुको लालीपपमा सधै अल्झिन र उनिहरुको धाक धम्की का अगाडि ज्यु हजुर गर्न अनी अन्य भिजन नभएका प्रजातान्त्रिक भनिने दलहरुको लहलहै मा बहकिन मै हाम्रो पुस्ता जाने भो है कस्तो दुभाग्य ??!!   
मासु,कटहर र खाना धेरै खाँदा सभासद् लक्ष्मी परियार र छियामा राई पखालाले ग्रस्त, थप एक दर्जन सभासद्लाई वान्ता !
बिहानैदेखि संविधान सभा भवनमा रहेका सभासद् लक्ष्मी परियार र छियामा राई मासु,कटहर र खाना धेरै खाँदा पखालाले ग्रस्त भएपछि उपचारका लागि वीर अस्पताल लगिएको नागरिकन्युजकर्मी दीपक दाहालले बताएका छन्। लक्ष्मी कङ्ग्रेसकी सभासद् हुन भने छियामा राष्ट्रिय जनमुक्ति पार्टीकी हुन। यसैबीच थप एक दर्जन सभासद्लाई वान्ता भएको छ। बिहानको खानामा कटहर र मासुको तरकारी रहेको र त्यही कारण उनीहरुलाई सञ्चो नभएको अनुमान गरिएको छ। संविधान सभाको आजको बैठक बिहानै ८ बजे बस्ने तय भएको थियो। उक्त बैठकमा भाग लिन त्यसअघि नै संविधान सभा भवन पुगेका सबै सभासद्ले त्यहीँ तयार पारिएको खाना खाएका थिए।
 ७ हजार लडाकुलाई समायोजन गर्ने माओवादी प्रस्ताव सार्वजनिक भएपछि मधेसी मोर्चाका नेताहरुले सेनामा मधेसीलाई पनि समूहगत प्रवेश दिलाइनुपर्ने माग !
संविधान सभाको म्याद थपअघि ७ हजार लडाकुलाई समायोजन गर्ने माओवादी प्रस्ताव सार्वजनिक भएपछि मधेसी मोर्चाका नेताहरुले सेनामा मधेसीलाई पनि समूहगत प्रवेश दिलाइनुपर्ने माग राखेका छन्। उनीहरुले माओवादीसँगको वार्तामा यस्तो माग राखेका हुन। मोर्चाका नेताहरुले संविधान सभाको म्याद थप गर्नका लागि आफूहरुले उठाउँदै आएका मधेसका माग सम्बोधन हुनुपर्ने प्रतिबद्धता पनि खोजेका छन्। माग सम्बोधन भएमात्र म्याद थपका लागि लचिलो हुने उनीहरुले बताएका थिए। 
अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

20110527

हातहतियार, हत्या, आतंक, अपहरण, चन्दा आतंक र वाइसियल गुण्डागर्दीका बलमा टिकेको माओवादी जस्तोसुकै अवस्था आएपनी हतियार नबुझाउने निष्कर्षमा ! माओवादी आतंकसँग नझुक अन्य दलहरु !

सभासदहरुलाई जेठ १४ गतेपछि हिष्कार र निषेध गर्ने एमाले भातृ संगठन यूवा संघको घोषणा, झलनाथ जिल्ल !
एकिकृत माओवादी जस्तोसुकै अवस्था आएपनी हतियार नबुझाउने निष्कर्षमा पुगेको बुझिएको छ । आज माओवादीका दुइ नेताले फरक फरक ठाउँमा बोल्दै हतियार बुझाउनै नसकिने संकेत गरेका छन् । कृष्णसेन ईच्छुक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले लडाकुको हतियार सरकारी सम्पत्ती नभएकाले कसैले माग्दैमा नदिईने बताएका छन् प्रचण्डले रगतसँग साटेको हतियार सजिलै थन्क्याउन लागेको कुरा सत्य नभएको पनी प्रष्टाएका छन् । भने उता माओवादी सचिव सि पि गजुरेलले पनी रिपोर्टस क्लबमा बोल्दै जस्तोसुकै समस्या परेपनी माओवादीले हतियार नबुझाउने प्रष्टाएका

20110526

जेठ १४ पछि देशभर अराजकताको अवस्था सिर्जना हुनसक्ने आँकलन गर्दै सुरक्षा संयन्त्र उच्च सतर्कतामा !

संविधानसभाको म्याद थप भएको वा नभएको जुनसुकै अवस्थामा पनि सुरक्षाको स्थिति आपत्कालीन हुने विश्लेषणसहितको कार्ययोजनाको प्रतिवेदन प्रहरीले सरकारलाई बुझाएको छ। संविधानसभाको म्याद थप नभएको अवस्थामा सिर्जना हुने राजनीतिक रिक्ततामा सुरक्षा चुनौती धेरै हुने र थपिएको अवस्थामा पनि चुनौती भने कायमै रहने प्रहरीको विश्लेषण छ। प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमार्फ सरकारलाई पठाइसकेको प्रतिवेदनमा जेठ १४ पछिको परिस्थितिलाई मध्यनजर गरी बनाइएको सुरक्षा रणनीति तथा कार्ययोजनासमेत समावेश गरिएको छ। र्सवदलीय सहमतिको

20110525

संविधान सभाको म्याद अब ६ महिना भन्दा बढी थप्न नसकिने सर्वोच्च अदालतको फैसला !

Breaking News ....!
प्रचण्डले गृहमन्त्री कृष्णबहादुर महरालाई दिनुभएको गोप्य, गम्भीर र अति संवेदनशील निर्देशन !
सर्वोच्च अदालतले संविधान सभाको म्याद अब ६ महिनाका लागि मात्र थप गर्न सकिने फैसला गरेको छ। संविधानसभाको म्याद थप्न राजनीतिक दलहरुको बैठक चलिरहँदा बुधबार प्रधान न्यायाधीश खिलराज रेग्मी सहित पाँच न्यायाधीशको पूर्ण इजालसले संविधानसभाको म्याद अबको ६ महिना भन्दा बढी थप्न नसकिने निर्णय दिएको हो। 'अन्तरिम संविधान २०६३ को आठौं संशोधन व्यवस्थापिका संसदले गर्नुपर्नेमा संविधानसभाले गरेको भन्दै' संविधानसभाको म्याद थप्ने कार्य बदर गर्न परेको  रिटलाई प्रधानन्यायाधीश रेग्मी, न्यायाधीशहरु दामोदर शर्मा, रामकुमार प्रसाद श्रेष्ठ, कल्याण श्रेष्ठ र ताहिर अलि अन्सारीको इजलासले  खारेज गरेको हो। रिटउपर  आइतबार र सोमबार सुनुवाइ भएको थियो ।गत असार २१ गते निवेदक भरतमणि जंगमले दायर गरेको रिटमा बिहीबार सर्वोच्चले यस विषयलाई तीनजना भन्दा बढी न्यायाधीशको इजलासले हेर्नुपर्ने बताएको थियो। यसभन्दा अघि संविधानको म्याद कहिलेसम्म रहने भन्ने विषयमा सर्वोच्चकै न्यायाधीशत्रय बलराम केसी, गिरीशचन्द्र लाल र प्रकाश वस्तीको विशेष इजलासले संविधानसभाको म्याद

20110523

अमेरिकामा फेरी अर्को टोर्नेडोले सयभन्दा बढीको ज्यान गयो, मिजोरी शहर तहस नहस, मर्नेको संख्या बढ्ने !

"May 21, 2011 पछी संसार ध्वस्त हुने क्रम शुरुहुन्छ" भन्दा विश्वाश गर्ने अमेरिकनहरु यो घटनालाई संगै जोडेर हेर्दै र भन्दैछन "संसारको बर्बादी शुरु भैसक्यो !" तर विश्वाश नगर्ने अमेरिकनहरु भन्दैछन "यो सब बकबास हो"    
Breaking News......
हेर्नुस् थुप्रै भिडियो र सयौं फोटोहरु तल Read More मा क्लिक गरेर !

६०१ नालायकको बपौती मात्र हो र नेपाल ?? सर्बोच्च अदालत देखी सबैतिर यही वाहियात बहस !

यी बाँदर र नेपालका नेता, सभासदमा कुनै भिन्नता देख्नुहुन्छ तपाईं ? हाम्रो देश पनि यसरीनै लुटिदैछ छिया छिया पारिदैछ, यिनै नालायक बाँदरहरुको नाटकमा मस्त छौं हामी नेपाली जनता । दिनमा १८ घण्टा लोडसेडिङ, आकासिदो महँगी, मट्टितेल, डिजेल, पेट्रोलको हाहाँकार, हत्या हिंसा, आतंक, लुटपाट, अपहरण, नेपाल बन्द, भ्रस्टाचार, माओवादी अत्याचार, ६०१ ठगहरुले बारम्बार म्याद थप्दै संबिधान र शान्तिका नाममा देश चिथोरिरहँदा टुलु टुलु हेरेर बस्ने हामी जनतालाई पनि धिक्कार छ ! घोरिएर हेर्नुस् हिडिरहेको कार रोकेर बाँदरका हूलले कारमा गएर र माथि रहेको डिक्की फोडेर, डिक्कीमा रहेका सरसामान लत्ता कपडा जसरी लथालिँग र भताभुँग पारेका छन, हाम्रो देशका नेताहरु सम्झिनुस् , अनी यो कार भित्रबाट दशा हेरिरहेकी महिलाको ठाउँमा आफुलाई र सोझा नेपाली जनतालाई सम्झिनुस् , तपाईं आफूलाई कहाँ पाउनुहुन्छ कुन्नी ?
लथालिंग देशको भताभुँग चाला : संबिधान बनाउने, शान्ती कायम गर्ने होइन कि कसरी तलब भत्ता खाने, कसरी लुट्ने देश ? सबै तिर यस्तै देखिदैछ, हेर्नुस् त यो गाइजात्रा !

20110522

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रोको सिद्धिचरण जयन्ती तथा कबिगोस्ठी सम्पन्न !

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डि.सी. मेट्रो च्याप्टरको आयोजनामा मे २२ आइतबार कविवर सिद्धिचरण जयन्ती तथा कवि गोष्ठी सम्पन्नभ भयो । बाल कविताहरुलाई पनि स्थान दिइएको सो कवि गोष्ठीमा डेढ दर्जन कविहरुले आआफ्ना कविताहरु प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा बाल सर्जकहरु संजय शर्मा, अनिशा दवाडी, आस्था बन्जारा, आशिस सुवेदी, अनुसा सुवेदी र अजय शर्मालाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा कविहरु होमनाथ सुवेदी, दुर्गा अर्याल, आनन्द प्रसाद शर्मा, दुर्गा रिजाल, खिमानन्द आचार्य, कविन्द्र सिटौला, जगदीशनाथ पराजुली, रामप्रसाद खनाल, मञ्जु निरौला, प्रेम संग्रौला, प्रकाश नेपाल, गुणराज लुइटेल, गोपाल रेग्मी, सकुल कोइराला, विजय थापा लगायतले आआफ्ना कविताहरु बाचन गर्नु भएको थियो । ८५ वर्षीय वृद्धा गंगाकुमारी लुइटेलले कृष्ण भजन र ८१ वर्षीय मनमाया सिटौलाले संगीनी गीत प्रस्तुत गर्नु भएको थियो ।

अरु थुप्रै फोटो र भिडियोका लागि यहाँ Read more » मा क्लिक गर्नुस् र भित्र जानुस्

20110521

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ह्वाइट हाउस र सँसद भवन कै नजिक एसिया का २९ देशको सहभागितामा सडक महोत्सव, गीत नाच र झाँकी प्रस्तुत

अमेरिकामा नेपाली गीत घन्किए पछी र नेपाली नाच चम्किए पछी !
- शकुल कोइराला -   
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ह्वाइट हाउस र सँसद  भवन कै नजिक सडक को दुबै पट्टी हजारौं मानिस खचाखच भरिएका थिए । एसिया का २९ देशको सहभागिता, खाना र देश चिनाउने स्टल, बिभिन्न पहिरन मा सिँगारिएका कलाकार, पालैपालो २९ देश का कलाकारले आ आफ्ना देशका गीत नाच र झाँकी प्रस्तुत गरिरहेका थिए, देख्दा लाग्थ्यो अमेरिकामा एसिया का मानिस को बाहुल्यता छ, त्यसैमा मिसिएका थिए अमेरिकन, अफ्रिकन र संसार भर का मानिस । यसैले पो भनिएको रहेछ United State of America जस्तो भान हुन्थ्यो । नेशनल एसियन हेरिटेज फेस्टिवल-फिएस्टा एसिया स्ट्रीट फेयर’ का नामबाट सडक महोत्सव आयोजना गरिएको थियो त्यहाँ ।  अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्मा, प्रथम सचिब आनन्द शर्मा सहित सम्पूर्ण
      अरु थुप्रै फोटो र भिडियोका लागि यहाँ Read more »मा क्लिक गर्नुस् र भित्र जानुस्

अमेरिकाको डिसी नजिक अलेक्जेन्ड्रियामा समाजसेबी एबम हिन्दू धर्मका असल अनुयायिहरु डा सुकदेब शाह तथा बिजया शाहको निवासमा जुन २५ मा भएको सत्यनारायण पूजा !















20110520

माओवादी पहिले बन्दूक बिसाएर शान्ति प्रक्रियामा आएको हो तर अहिले त्यही बन्दूक समाएर जनता तर्साउन थालेको छ - कङ्ग्रेस सभापति

काङ्रेसले काठमाडौंमा जनसागर उतारेर माओवादी र एमालेको उछितो काढ्दै  गर्दा उता एमालेको अर्को आमसभामा  प्रधानमन्त्री खनालले आमसभामा सहभागीहरुलाई प्रश्न सोधे ‘यदि संविधान सभाको म्याद बढाउनुपर्छ भने गडगडाहट ताली बजाउनुस्।’ तर पनि सभा सून्य भयो, दुईचारवटा मात्रै ताली पिटिए, बाँकी चारैतिर हाँसो फैलियो !!!!
माओवादी नेताहरु आफ्नै कार्यकर्ताद्वारा असुरक्षित छन् - रामचन्द्र पौडेल
नेताहरु दलीय भागबण्डामा व्यस्त भएका कारण शान्ति र संविधान ओझेल - विजुक्छें
'सबैको सहमतिमा नगई दुई तिहाई रोजे दुर्घटना निम्तिने छ'- नेपाल
 लडाकु समायोजन सेनाले चाहेअनुसार हुनुपर्ने - शेरबहादुर देउवा
माओवादीलाई जङ्गलबाट सहर पसाए पनि लामो समयसम्म पनि नसुध्रिएको - कृष्ण सिटौला
आफ्नै पार्टीमा सहमति गराउन नसक्ने प्रधानमन्त्री झलनाथ खनालले कसरी राष्ट्रिय सहमति गराउन सक्छन् -चित्रलेखा यादव
पशुपति र सेनापति कब्जा गर्न नसक्नेले देशकब्जा गर्छु भन्ने धम्की नदिन माओवादीलाई चेतावनी

20110519

नेपाली महाभारत अठार दिनमा टुङ्गिन सक्दछ !

-देवप्रकाश त्रिपाठी
"सहमति बनाउन सकिँदैन भने विद्यमान समस्या समाधानको एक मात्र अर्को विकल्प ‘युद्ध’ हो, सबै नेपाली युद्धका लागि तयार हुनुपर्छ । भीष्म पितामहहरू कौरवका पक्षमा नलाग्ने हो भने नेपाली महाभारत अठार दिन पनि नपुग्दै सत्यको विजय भएर टुङ्गिन सक्दछ ।"
दुईवर्षे कार्यकाल तोकेर गठन गरिएको संविधानसभाले निर्धारित समयभित्र संविधान निर्माण नगरी वर्षौपिच्छे म्याद थप गर्दै समयावधि लम्ब्याउने सिलसिला जारी राखेपछि संविधानसभाको औचित्य र उपादेयतालाई लिएर मुलुकमा बहस र विवाद प्रारम्भ भएको छ । संविधानसभा सदस्यको जिम्मेवारीलाई आकर्षक जागिर ठान्नेहरू र अतिवामपन्थीहरू, केवल यी दुईथरी मानिस

माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले युद्धकालमा आफूसहित सचिव सीपी गजुरेललाई अध्यक्ष प्रचण्डले नै भारतमा पक्राउ गर्न लगाएको खुलासा !

"प्रचन्ड यस्ता रक्त पिपासु हुन जसले सत्ता र शक्तिका लागि बाबुराम हुन या बैद्य वा जो सुकै, सबैलाई सिध्याउन तयार हुन्छन जसरी सत्र हजार को हत्या र कैयौँ लाई बेपत्ता बनाए !" ऊनकै अर्का सहकर्मी केन्द्रिय सदस्यले भने र थपे "बाहिर देखिने प्रचण्ड र भित्री प्रचण्ड मा धेरै भिन्नता छ, बहुरुपी, जसो पनि बोल्न सक्ने, रोएर हासेर जसरी पनि नाटक गर्न सक्ने यिनले माओवादी लाई पनि सखाप पार्छन, देश र जनतालाई पनि धोखा दिदैछन"
Breaking News......!
वैद्यले अध्यक्ष दाहाल आफूहरूलाई ‘सिध्याउन’ लागिरहेको भन्दै चनाखो भएर लाग्न पनि आफूनिकट नेता-कार्यकर्तालाई निर्देशन !
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले युद्धकालमा आफूसहित सचिव सीपी गजुरेललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै भारतमा पक्राउ गर्न लगाएको खुलासा गरेका छन् । आफूनिकट नेताहरूको गोप्य भेलामा उपाध्यक्ष वैद्यले सो खुलासा गरेका हुन्। स्रोतका अनुसार गोप्य भेलामा युद्धकालमा भारतमा आफूसहित गजुरेल, मातृकाप्रसाद यादव र कुलप्रसाद केसीको पक्राउ प्रसंग जोड्दै वैद्यले अध्यक्ष दाहालले नै आफूहरूलाई पक्राउ गराएको दर्जनौं दलिल पेस गरेका थिए । माओवादी युद्धकालमा भारतमा पक्राउ परेको वैद्य र गजुरेल शान्ति प्रक्रियापछि रिहा भएका हुन् । सोही कारण उनीहरूले शान्ति प्रक्रियासम्बन्धी चर्चित चुनवाङ बैठकमा भाग लिन पाएका थिएनन्। ‘मलाई र गौरव कमरेडलाई भारतमा पक्राउ गर्राई चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्र पास गराउने काम अध्यक्ष प्रचण्डबाट भयो,’ वैद्यको

20110518

पुरुष आयोग गठन हुनुपर्ने माग सहित स्वास्नी पीडितहरुद्वारा सातदिने आन्दोलनको घोषणा, माग सुनुवाई नभए "जेल भर्ने" कडा आन्दोलनको धम्की !

DOMESTIC VIOLENCE BY WOMEN AGAINST MEN
विश्वमा पीडित महिलाको आवाज सुन्ने विभिन्न समूह, सङ्घसंस्था या फोरमहरू छन्। राज्यस्तरमा महिला आयोगसमेत गठन गरिएका हुन्छन्। संसारमा मूलतः पितृसत्तात्मक सोच हाबी भएकोले महिलाहरू पुरुषबाट विभिन्न हिंसा र प्रताडनाको सिकार हुने गरेका छन् भन्ने स्थापित भएकोले महिलालाई न्याय दिनका लागि यस्तो व्यवस्था गरिएका हो।  पछिल्ला दिनमा कैयन महिलाले यस सुविधाको दुरुपयोग गर्ने गरेका  समाचारहरू पनि बेलाबेलामा प्रकाशमा आउने गरेका छन्। नाजायज लाभ

20110517

अमेरिकामा पनि बुद्ध जयन्ती सम्पन्न !

- फोटो तथा भिडियोहरु : हाम्रा सम्बाददाता शकुल कोइरालाबाट -
अमेरिकामा पनि बुद्ध जयन्ती बिबिध कार्यक्रम का साथ सम्पन्न भयो, भर्जिनिया सेन्टिल्ली स्थित राजधानी हिन्दू मन्दिरमा भएको बुद्ध जयन्ती र त्यस पछीको भजन का केही भिडियो र फोटो हेर्नुस् !

हज्जारौं निर्दोश नेपालीलाई कथित जनयुद्धका नाममा घांटी रेट्न लगाउने प्रचन्ड र बाबुराम बिचराहरु अब आफ्नैबाट असुरक्ष्यित !

Exclusive news.......
हिजो हज्जारौं निर्दोश नेपालीलाई कथित जनयुद्ध का नाम मा घांटी रेट्न लगाउने प्रचन्ड र बाबुरामहरु बिचरा अब आफ्नै पालित पोसित माओवादी नामका सुन्ड मुन्ड गुण्डाहरुबाट असुरक्ष्यित हुन थाल्नुभएछ दु:ख लाग्यो । हत्याहिँसा आतंक कहिलै टिक्दैन, यो ढिलो चाँडो अन्त्यहुन्छ, संसारको ईतिहासले यही भन्छ। अरुलाई अपहरण, हत्या गर्न आदेश दिने बाबुराम भट्टराई आज एउटा आफ्नै माओवादी गुण्डाको धम्किले काप्नु भएको छ, माओवादी पार्टी भित्रै हलचल भएको छ । अहिले आफुलाइ पर्दा यस्तो हुने कमरेड बाबुराम भट्टराई र प्रचन्ड महासयहरु ! तपाईंहरुले कहिलै नेपाली जनताको बारेमा सोँच्नुभएको छ जसले

20110516

नेपाल पर्यटन वर्ष २०११ को अवसरमा नेपाली राजदूतावास वाशिङ्टन डिसीद्वारा संस्कृति, पर्यटन, नेपाली खानेकुरा, व्यापार प्रवर्धन सम्बन्धी कार्यक्रम !

नेपाल पर्यटन वर्ष २०११ को अवसरमा नेपाली राजदूतावास वाशिङ्टन डिसी द्वारा मे १४ मा नेपालको संस्कृति पर्यटन नेपाली खानेकुरा एवं व्यापार प्रवर्धन सम्बन्धी कार्यक्रम आयोजना गरियो । एम्बेसी ओपन हाउस

एउटा फरक किसिमको कुराकानी, नेता सँग होइन जनतासँग : ९० बर्षका नेपाली हजुरबा उदय बस्ताकोटी सँग अमेरिकामा गरिएको कुराकानी हेर्नुस्










अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

20110515

प्रचन्ड फेरी चीन सँग बार्ता र नेपालको ब्रिफ गर्न सुटुक्क थाइलेन्डमा, निहुं अर्कै, सडकमा अर्को नाटक !

मुलुकमा राजनीतिक गतिरोध बढ्दै गएको बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक संसथाको सम्मेलनमा भाग लिने भन्दै  थाइलेण्ड प्रस्थान गरेका छन् ।  उनी चिनियाँ संस्था एशिया प्यासेफिक कोअपरेशनको बैठकमा भाग लिन भन्दै आइतबार थाइलेण्डको बैंकक तर्फ लागेका हुन् । उनका स्वकीय सचिब समीर दाहालले उनी सोमबार स्वदेश फर्कने बताए । 'अध्यक्ष बैठक छोट्टयाएर सोमबार फर्कनु हुन्छ' उनले भने । यसअघि उनी कोअपरेशनको बैठकमा भाग लिन दुई महिना अघि मलेसिया गएका थिए । उक्त संस्था राजनीतिक, आर्थिक र कुटनीतिक बिषयमा छलफल चलाउने फोरम हो । दाहाल थाइल्याण्डमा गैरआवासीय नेपालीको कार्यक्रममा पनि सहभागी हुनेछन् । उता  एकिकृत नेकपा माओवादीले शान्ति, संविधान र  राष्ट्रिय स्वाधीनताका लागि दबाब दिने भन्दै आजदेखि जेष्ठ १० सम्मका लागि जनपरिचालन तथा जनसभाको

फेरी अर्का सभासदको कुकर्म हेर्नुस् त, होइन के भाको यी भत्ता र सुबिधाका "भोके" र भतुवा सभासदहरुलाई !

माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ अघि राष्ट्रिय सहमतिको सरकारको आवस्यक रहेको बताए !
संवैधानिक समिति र व्यवस्थापिका संसद्को बैठकमा नाराबाजी र तोडफोड गर्दै आएका दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले आज पनि आफ्नो कार्यशैलिलाई निरन्तरता दिँदै आफूले नै लगाएको सर्ट च्यातेका छन् । पासवानले सभापति निलाम्बर आचार्यमाथि हातपात प्रयास गरेका छन्। उनले सभापति आचार्यले बैठक सञ्चालनका लागि बनाएको नोट र आफूले लगाएको कमिज र पेटी-गञ्जी पनि बैठकमै च्यातेका छन्। बैठकको निर्णय पुस्तिका च्यात्ने प्रयास गरे पनि त्यो भने भेटेका थिएनन्।आइतबार बिहान सिंहदरवारमा बसेको संवैधानिक समितिको बैठककोनिर्णय सुनाउन लाग्दा सभापति निलाम्बर आचार्यको हातबाट निर्णय पुस्तिका खोसेर च्यात्ने प्रयास गरेपछि पाशवानललई आचार्यले मार्सल लगाउन आदेश दिएपछि पासवानलाई मर्यादा पालकले रोक्न खोजेपछि उनले आक्रोसमा आएर आफूले लगाएको सर्ट च्यातेका हुन् । प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाललगायतका शीर्ष नेता उपस्थित बैठकको एजेन्डा विवाद समाधान उपसमितिको म्याद थप र राज्यपुनर्संरचना समितिको कामबारे छलफल

20110514

२०१२ को अमेरिकी डीभीको प्रथम नतिजा रद्द !



२०१२ को अमेरिकी डीभीको प्रथम नतिजा रद्द भएको छ । कम्युटर प्रोग्रामिङमा आएको समस्याका कारण यस वर्षका लागि पहिलो चरणमा निकालिएको नामको सूचीमा गल्ती भएको र ती सबै रद्द भएको 'यूएस डिपार्टमेन्ट अफ स्टेट'को वेबसाइटमा उल्लेख छ । "नतिजाका परिणामहरु मान्य छैनन् किनभने ती परिणामले स्वच्छ छनोट प्रक्रियाको प्रतिनिधित्व गर्दैनन्," वेबसाइटमा जारी सूचनामा भनिएको छ । २०१० अक्टुबर ५ देखि नोभेम्बर ३ सम्म गरिएका सबै इन्ट्रीहरु आफूसँगै रहेको र फेरि नयाँ छनोट गरी परिणाम सार्वजनिक गरिने पनि सूचनामा जनाइएको छ ।

मेरा निम्ती सबै बराबर, बिन लादेनका अनुयायी बाहेक !

मैले राजनीति बाट सन्यास लिएको ५ बर्ष बितिसक्यो र पनि यदा कदा सुन्छु अझै पनि केहीले मलाई राजनीति सँग जोड्छन रे ! सुन्दा दिक्क लाग्छ, मलाई नेपाली गन्धा र यस्तो फोहोरी राजनीति गर्नु छैन मित्रहरु ! नेपाल र नेपालीको सधैं राम्रो सुन्न पाउँ, नेपाली सँस्क्रिति र नेपालको सधैं जय होस् भन्न पाउँ बास मेरो यत्ती चाहना छ । कृपया मलाई कुनै राजनीतिसँग जोडेर हेर्ने काम नगर्नुहोला । मेरा निम्ती सबै बराबर, बिन लादेनका अनुयायी बाहेक !

20110513

यती हुँदा पनि नेपाली जनता अझै सहेर बस्छन बा !

त्यसैले त नेपाली बिन लादेनहरु नेपालका नेता, मन्त्री, हर्ताकर्ता भएका छन होइन र !!!

यौन काण्ड, घुस लेनदेन तथा भ्रस्टाचार काण्ड, रातोपासपोर्ट काण्ड, बिद्युत चोरी काण्ड, दुर्ब्यबहार काण्ड, जस्ता काण्डै काण्डका नाइके हरु, करोडौं तलब भत्ता र सुबिधा पचाउने तर संबिधान नलेख्ने नालायक ६०१ सभासदलाई फेरी एक बर्ष पाल्नु पर्ने भयो, कठै नेपाली जनता तिमीहरुको धैर्यतालाई के भनेर सम्बोधन गरौं अब ?! यती हुँदा पनि नेपाली जनता अझै सहेर बस्छन बा ! सुत अझै सुत, तिमीहरु लाई न लोडसेडिङले छुन्छ, न त महंगीले केही फरक पर्छ, नत लुटपात, हत्या आतंक, बलात्कार ले केही फरक पर्छ मान्नै पर्छ नेपाली जनताको मौनतालाई, त्यसैले त नेपाली बिन लादेनहरु नेपालका नेता, मन्त्री, हर्ताकर्ता भएका छन होइन र !!!         

झलनाथका सयदिन हात्ती आयो फुस्सा साबित !

झलनाथ र प्रचन्ड बिरुद्ध काङ्रेस, माधव केपी समुह एमाले, मधेसी मोर्चा जाग्दै, ६०१ भतुवाहरुको म्याद थप गर्ने सरकारी निर्णय बिबादमा !
झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएको आज एकसय दिन पूरा भएको छ । कुनै पनि सरकार गठनका सय दिनलाई महत्वका साथ हेरिने भएपनि वर्तमान सरकारले सय दिनमा कुनै महत्वपूर्ण काम गर्न सकेन । गत माघ २० गते संसदबाट प्रधानमन्त्री निर्वाचित भएको सय दिन पुग्दा सरकार असफल भएको भन्दै एमाले भित्रबाटै राजीनामाका आवाज आएको छ । प्रधानमन्त्री निर्वाचित भएलगत्तै शान्ति र संविधानलाई अर्जुन दृष्टि बनाउने बताएपनि वर्तमान सरकारले कुनै महत्वपूर्ण निर्णय गर्न सकेन । कांग्रेसले सरकारले एकलौटी ढंगबाट ल्याएको संविधानसभा म्याद थप्ने प्रस्तावको विषयलाई लिएर सरकारबाहिर रहेका दलहरूसँग छलफल सुरु गरेको छ । शान्ति प्रक्रिया टुंगोमा पुग्ने आधार खडा नहुँदासम्म

20110511

विवादबाट परै बस्न खोजे पूर्वराजा ज्ञानेन्द्र, केहिवेर कालीबाबा र पूर्वराजा ज्ञानेन्द्रबीच भलाकुसारी !

"माओवादी अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथमा विवाद निम्त्याएका कारण उनको रजगज धेरै दिन नटिक्ने" : कालिबाबा  
- कृष्ण न्यौपाने
पशुपतिको बनकालीमा बैसाख एक्काइस गतेदेखि सहस्र रुद्र चण्डी अखण्ड महायज्ञ चलिरहेको छ । चर्चामा रहेका कालिवाबाले महायज्ञ सञ्चालन गरेका छन् । नेपाल हिन्दु राज्य घोषित होस् भन्ने माग गर्दै

राजेश केसी (नागरिक) को यो कार्टुनले सबैकुरा बोलेकोछ !

अष्ट्रेलियामा महावीर साहित्य पुरस्कार स्थापना !

सिड्नि। नेपाली साहित्य समाज अष्ट्रेलियाले प्रवासमा वसेर नेपाली साहित्यको प्रवर्द्दन गर्ने श्रष्टालाई सम्मान गर्र्ने पुनित हेतु राख्दै पहिलो अन्तराष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।आइ एनएल एस् अस्ट्रेलियाका अनुसार विदेशमा वसेर नेपाली कला, साहित्य र संगीतको विकासमा प्रतिवद्ध श्रष्टा तथा ब्यक्तिलाई प्रत्यक वर्ष लक्ष्मी जयन्तीको अवसरमा  सो पुरस्कार र सम्मान पदक दिइने छ । आइएनएल एस्  अष्ट्रेलियाका सल्लाहकार तथा संरक्ष्यक दीपक विष्टले आफना स्वर्गीय पिता महाविर विष्टको नाममा प्रायोजन गर्नुभएको छ ।  १० हजार रुपैयाँ  र सम्मानपत्र दिइने उक्त पुरस्कारको नामाकरण महावीर साहित्य पुरस्कार गरिएको छ । महाविर विष्ट पश्चिम नेपालको प्युठानमा शिक्ष्या तथा समाजको विकासमा परिचित नाम हो । अनेसास अष्ट्रेलियालाई वर्सेनी प्राप्त साहित्यीक कृति, तथा संगीतको मुल्याकनको आधारमा

20110510

भारतले बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ, धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम !

- रामकुमार श्रेष्ठ 
बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमा अबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै

जब नेपाली चेली निशा मिश्र कतार स्थित अस्पतालमा दुई हातले मुख छोपेर भक्कानो छोडेर रोइन्

रवि रोषी / दोहा कतार आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन आईपुगिन् तव उनी छांगोबाट खसेको जस्तो भईन् । उनीलाई विगत सत्र दिन देखि नित्य जाँच पड्ताल गर्दै आएका डक्टरले उनकै अगाडि बाँच्ने सम्भावना न्युन भएको भन्दै नेपाल जान आग्रह गरेपछि अहिले उनको र उनको परिवारमा आँसुको भेल रोकिएको छैन । आज भन्दा ४ बर्ष पहिले लोग्नेले छोडेर अर्को विहे गरेपछि

20110509

नयाँ नेपालका यी सभासदहरुले के मात्रै गरेनन हेर्नुस् त यहाँ ! अनी भन्नुस् हामीले नेपाल कता लैजादै छौं ?


जेठान र बहिनीज्वाई बीच विवाद र कुटाकुट भएपछि

आठ महिनादेखि अढाइ सय पढ्ने स्कूल बन्द भएको देशमा संबिधानका लागि राष्ट्रब्यापी आन्दोलन हुने रे !
राप्रपा नेपालले जेठको पहिलो सातादेखि सरकारविरुद्ध राष्ट्रव्यापी आन्दोलन गर्ने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा थापाले सो जानकारी दिएका छन् । संविधानसभाको म्याद थप नहुने र संविधानसभाको म्याद सकिएपछि निर्वाचनमा जानुपर्ने राप्रपा नेपालको अवधारणाले राष्ट्रिय एजेण्डाको रुप धारणा गरेको थापाले जानकारी दिए ।
थापाले राप्रपा नेपाल पनि एउटा राष्ट्रिय शक्तिको रुपमा उदय भएको र राजासहितको प्रजातन्त्र आवश्यक भएको धारणा व्यक्त गरे । बैठकमा सैद्धान्तिक पक्ष, तयारी, आर्थिक व्यवस्थापन र काठमाडौँ बाहिरबाट राजधानीमा कार्यकर्ता ल्याउने विषयमा छलफल हुने बताइएको छ । बैठकको अन्तिम

20110508

अमेरिका बस्दै आएकी पूजा चन्दका नयाँ श्रीमान् !

उता नेपालमा अहिले कि बिन लादेनको चर्चा छ कि त भुवन केसीको ! २५ वर्षे छोरीकी आमा रहेकी शर्मिला डंगोललाई भुवनले आफ्नो घरमा भित्र्याइसके !

 पहिलो विवाह सफल हुन नसकेपछी सम्बन्धविच्छेद गरेर विगत पाँचवर्षदेखी अमेरिका बस्दै आएकी नेपाली चलचित्र जगतकी सुप्रसिद्ध नायिका, अन्तराष्ट्रिय कलाकार मन्च कि कार्यकारी सदस्य  पूजा चन्दले नयाँ श्रीमान् पाएकी छिन् । चन्दले पतिका रूपमा द एन्जेल्स ब्याण्डका गायक तथा लिडिङ गितारिष्ट राजु लामा लाई भेट्टाएकी छिन् । लामा पनि पाँचवर्षदेखि अमेरिकाको बाल्टिमोरमा नै बस्दै आएका छन् ।
शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच राजु र पूजाको बीच स्वयम्वर गरेका छन्  । गायक लामा र पूजाले औंठी साटासाट गरेपछी स्वयम्वर कार्य सम्पन्न भएको थियो । स्वयम्वर कार्यक्रममा चन्दकी

संस्कृत वेदविद्याश्रामको ९ विगाहामा रहेका ८ वटा भवन र जग्गा सत्तासिन नागरिक पार्टी माओवादीको कब्जामा

नेपालका प्रथम जगतगुरु वालसन्तद्धारा संचालित सुनसरीको वराहक्षेत्र १ मा रहेको राधाकृष्ण संस्कृत वेदविद्याश्रामको भवन एकीकृत माओवादी सहित विभिन्न जातीय संगठनहरुले कव्जामा लिएका छन् । करिव ९ विगाहा क्षेत्रफलमा रहेका नौ वटा भवन मध्ये ८ वटा भवन र जग्गा कब्जामा लिइएको हो । छात्रावास सहितको वेद विद्याश्रम २०५९ सालदेखि संचालन हुँदै आएको थियो । जातिय संगठनका नाममा विद्याश्रमका भवनहरु कब्जामा लिईएका कारण विद्यार्थीहरु खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । दर्ुइ हजार उनानसाट्ठी असोजमा क्षेत्रीय शिक्षा निर्देशनालयमा विद्याश्रम दर्ता भई संचालनमा रहेको तथा मन्त्रिपरिषद्ले सो जग्गा तथा भवन विद्याश्रमलाई दिने निर्ण्र्ाागरेको थियो । सोही निर्ण्र्ााा आधारमा भग्नावेशसका रुपमा रहेका भवनहरुलाई मर्मत गरी संचालन हुँदै आएको विद्याश्रम माओवादीको अगुवाईमा कब्जा गरिएको हो । सो बिद्याश्रममा मुलुकभरबाट ६० जना बटुकहरुले संस्कृति अध्ययन गरिरहेका छन् । विद्याश्रामको विकासका लागि शान्ति मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाले पर्खाल निर्माण गर्न थालेपछि माओवादी लगायत अन्य जातिय संगठनहरुले जग्गा र भवन कब्जामा लिएका हुन् ।  नेपालका प्रमथ जगतगुरु

20110507

१०२ सभासद रातो पासपोर्ट बेच्दै, फिनेल खाएर मर्न खोज्ने सभासद फेरी नेपालगंजमा अर्धहोस् अवस्थामा !

- कृष्ण न्यौपाने
एकपछि अर्को गर्दै सभासद्का हर्कत र तमासाका सृखला र्सार्बजनिक भइरहँदा आज सबेरै नेपालगञ्जको मध्य चोकमा एक सभासद् मादिराले मातेको अवस्थामा भेटिइन् । नेकपा मालेबाट समानुपातिक कोटामा मनोनित सभासद् शारदा नेपाली बेहोसी बरबराउँदै गरेको अवस्थामा फेला परेकी हुन् ।१०० दुइ सभासद्ले रातो पासपोर्ट दुरुपयोग गरेको घटना उत्कर्षै रहेको बेला मालेबाट संविधानसभामा प्रतिनिधित्व गर्ने तर अहिले माले बिभाजित भएपछि गठन भएको माले समाजवादीकी सभासद् शारदा नेपाली नेपालगंजको पुष्पलाल चौकमा अर्धहोस् अवस्थामा भेटिइन् । उनी मदिराले लठ्ठ परेर अवस्थामा झिसमिसेमै चौकमा भेटिइन् । बर्दियाको एक कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ नेपालगञ्ज पुगेकी नेपालीले न्यू नेपाल गेष्ट हाउसमा श्रीमान्का साथमा रात विताइन् । तर राति पिएको मदिराले नछाडेपछि उनी विहान ७ बजे पुष्पलाल चौकमा पुगिन् र एउटा हात गोजीमा र अर्को हात मोवाइल फोनमा राख्दै दुर बार्तामा ब्यस्त रहिन् । तर वरिपरिका स्थानियवासी बताउँछन् उनले फोनमा नम्बर नै डायल गरेकी थिइनन् । उनी मदिरा सेवन गरेको र मातेको विषयलाई यसरी

ए एन ए एक भएकोमा बधाई तर बोस्टन हिसाब किताब मिलाउनु पर्दैन नेत्रित्व महोदय, खोइ उत्तर ??!!

अमेरिका र क्यानाडामा बस्ने नेपालीहरुको संगठन ए एन ए गत बोस्टन सम्मेलन को ८२ हजार डलर घोटाला प्रकरण पछी यती नराम्ररी थलियोकी त्यसकाबारेमा हामीले पहिलै समाचार प्रकाशन गरेका थियौँ र सबै संचार माध्यममा सबै आइसकेको छ हामीले दोहोर्याउन चाहेनौं । एउटा सूखद कुरा दुई गुट मा बिभाजित भएर एउटा गुटले डिसी र अर्को गुटले क्लोराडोमा सम्मेलन गर्ने घोषणा गर्दै लडिरहेकामा ए एन ए का संस्थापक र शुभेच्छुक हरुको अथक प्रयास बाट ए एन ए फेरी एक भएको छ सिमोन ढुंगानाकै नेत्रित्वमा, सिमोन लाई बधाई । एक भएकोमा दुबै पक्षलाई र त्यो भन्दा पनि यसका अभिभाबक

20110506

निर्दोश अर्जुन लामाका हत्यारा नाइके अग्नी सापकोटा लाई संचार मन्त्री ! राष्ट्रसंघले जनायो आपत्ति !

गर्नु गरेउ झलनाथ माओवादी को मतियार बनेर !    
'माओवादीलाई गृहमन्त्रालय दिनु भनेको मानव तस्करी, लुटपाट, कुटपिट, बनमास्न, त्रास कायम गर्न छुट दिनु हो । अहिलेनै कति वाईसीएलहरु एसपीलाई निर्देशन दिन गईसके' : माधवकुमार नेपाल
संयुक्त राष्ट्रसंघले सूचना तथा सञ्चारमन्त्रीमा अग्नि सापकोटालाई गरिएको नियुक्तिबारे नेपालबाट जनाइएको मानवअधिकारप्रतिको प्रतिबद्धता उल्लंघन भएको बिहीबार दाबी गरेको छ। नयाँ मन्त्रीका रूपमा सापकोटा बुधबार नियुक्त हुनुभएको हो। नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले मन्त्री सापकोटाविरुद्ध मानवहत्या गरेको अभियोग लागेको दाबी गरेको छ। सो कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्री सापकोटाले सन् २००५ मा अजर्ुर्ुुलामाको हत्या गरेको आरोप लगाइएको छ। उहाँविरुद्ध सो आरोप सन् २००८ मा दर्ता भएको थियो। लामाको हत्याका सम्बन्धमा सर्वोच्च अदालतद्वारा अनुसन्धान प्रक्रिया जारी राख्न दिएको निर्देशनकोे टुंगो नलाग्दै सापकोटालाई मन्त्री पदमा बहाली गर्नु नेपालले मानवअधिकारप्रति जनाएको प्रतिबद्धताको उल्लंघन हो

20110505

काले काले मिलेर खाम भाले : संविधानसभाको कार्यकाल थप गर्न नेपाली काङ्ग्रेसका पाँच सर्तहरू !

३ उपप्रधानमन्त्री सहित ३५ सदस्यीय मन्त्रिमण्डलले देश लुट्न नपुगेर ६०१ नालायक सभासदको म्याद थपिदै ! बोल्दैनन्  नेपाली जनता !
१५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सञ्चालन गर्ने घोषणा !
काङ्ग्रेसका सर्तहरू ! : राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने ।
· लोकतान्त्रिक संविधान निर्माणका निम्ति माओवादी प्रतिबद्ध हुनुपर्ने ।
· संविधान निर्माणमा उत्पन्न अवरोध (विवादित मुद्दा टुङ्ग्याउन) हटाउन माओवादी मञ्जुर हुनुपर्ने ।
· शान्ति स्थापना प्रक्रियालाई तत्काल टुङ्गोमा पुर्‍याउन लडाकु व्यवस्थापनमा सहमति गरी कार्यान्वयन प्रक्रिया सुरु गरिनुपर्ने ।
· द्वन्द्वकालमा माओवादीद्वारा कब्जा गरिएका सर्वसाधारणका घर, जग्गा तथा अन्य सम्पत्ति फिर्ता गरिनुपर्ने ।
नेपाली काङ्ग्रेसले माओवादीप्रति स्पष्ट दृष्टिकोण र दृढ अडान राख्ने सङ्केतहरू देखिएका छन् । संविधानसभाको कार्यकाल थप गर्न विशेष पहल गर्दै आएको माओवादीले एमालेलाई म्याद थपका निम्ति

20110504

डिसी नेपाली समाज अमेरिकाले दुर्गा मन्दिरमा सम्पन्न गर्‍यो ५ दिने योग शिबिर !

योग  गुरु ललित शंकर योगीले नेपाली, भारतीय र अमेरिकीहरुलाई योगा सिकाउनु भए पछी अन्तिम दिन आयोजित समापन समारोहमा डिसी नेपाली समाजका अध्यक्ष्य अरुण रुपाखेती र महा-सचिब कमल पोखरेलले गुरु योगीलाई सम्मान पत्र सहित सम्मान गर्नुभयो। उपाध्यक्ष्य दधी ढुंगानाले सन्चालन गर्नुभएको कार्यक्रममा अनेसास डिसी च्याप्टर अध्यक्ष्य प्रकाश नेपाल, डिसी नेपाल का तर्फबाट फोटो पत्रकार बिस्व थापाले पनि सम्मान पत्र सहित सम्मान गर्नुभयो। एन्वाले पनि सम्मान पत्र प्रदान गरेपछी गुरु योगी, संस्थाका पदाधिकारी र अन्य केही सहभागिले पनि मन्तब्य राख्नु भएको थियो। फोटो र भिडियो सबै आफै बोल्छन, त्यसैले हामीले

एमाले भित्र केपी र माधव नेपाल लाई लोप्पा ख्वाउदै झलनाथ द्वारा ३५ सदस्यीय मन्त्रिमण्डल गठन !

 गृह माओवादीलाई !, अब केपी र माधव ले के के गर्ने हुन हेर्न बाँकी ! 
प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले देहायबमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन गर्नुभएको छः
क्र.सं.            नाम, थर              पद                  कार्यविभाजन
१. श्री भरतमोहन अधिकारी उपप्रधानमन्त्री अर्थ र वाणिज्य तथा आपूर्ति
२. श्री कृष्णबहादुर महरा उपप्रधानमन्त्री गृह
३. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री परराष्ट्र
४. श्री विष्णुप्रसाद पौडेल मन्त्री रक्षा
५. श्री टोपबहादुर रायमाझी मन्त्री भौतिक योजना तथा निर्माण
६. श्री अग्निप्रसाद सापकोटा मन्त्री सूचना तथा सञ्चार
७. श्री शक्तिबहादुर बस्नेत मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
८. श्री खड्गबहादुर विश्वकर्मा मन्त्री पर्यटन तथा नागरिक उड्डयन
९. श्री उर्मिला अर्याल मन्त्री स्थानीय विकास...
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________