( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110731

बाल्टिमोर अमेरिका स्थित नेपालीहरुको लोकप्रिय संस्था बाना ( BANA ) द्वारा बिबिध कार्यक्रम सहित बनभोज कार्यक्रम सम्पन्न


बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित बानाले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्मा, अबैतनिक बाणिज्यदुत प्रेमराजा महत, बानाका पूर्व एबम बर्तमान पदाधिकारी तथा सदस्यहरु, बाल्टिमोरे नेपालीहरु मिठामिठा खानेकुरा का स्वाद लिदै भला कुसारी र मनोरन्जनमा

झलनाथ माओवादीका २४ जनालाई सपथ खुवाउदै

मान्नुस् या नमान्नुस् प्रचन्ड प्रधानमन्त्री बन्न असफल भएपनी देश घुमाइ फिराइ प्रचन्ड आतंकमै चलिरहेकोछ !
एमालेका अध्यक्ष्य झलनाथ खनाल एमालेले भनेको मन्दैनन तर माओवादी र प्रचन्डको कुरा कत्तिपनी काट्दैनन् 
प्रधानमन्त्री झलनाथ खनालले माओवादीले प्रस्ताव गरेका मन्त्रीहरुलाई सोमबार बिहान शपथ खुवाउने भएका छन्। माओवादीले आफूले पठाएका मन्त्रीलाई शपथ नखुवाए समर्थन फिर्ता लिने चेतावनी दिएपछि चौतर्फी विरोधका बाबजुद पनि उनले शपथ खुवाउन लागेका हुन। प्रधानमन्त्रीले आइतबार पत्रकार सम्मेलनमार्फत केही मन्त्रीलाई मात्र शपथ खुवाउने बताएका छन्। शपथ नगराउने पार्टीको निर्देशनलाई उनले पार्टीले यस्तो निर्णय नगरेको भन्दै शपथ खुवाउने काम प्रधानमन्त्रीको विशेषाधिकार भएको जिकीर पनि गरे। उनको भनाई थियो- स्थायी समितिले यस्तो निर्णय गरेको छैन। माओवादीले सरकारमा भएका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाएर १२ मन्त्री र १२ राज्य मन्त्री सिफारिस गरेको थियो। प्रधानमन्त्रीले माओवादीले केही सङ्ख्या घटाउने सङ्केत पनि गरे। उनले अहिले भइरहेका मन्त्रीले दिएको

20110730

२४ जना मन्त्री थप गर्न नपाएको झोकमा माओवादीका सबै मन्त्रीले राजीनामा दिए, झलनाथ अप्ठ्यारोमा !

भदौ १४ अघि गम्भिर निर्णयमा पुग्ने बताए झलनाथ खनालले
राजीनामा दिन बाँकी माओवादीका चार मन्त्री र चार राज्यमन्त्रीले पनि शनिबार राति राजीनामा दिएका छन् ।
अपरान्ह स्थायी समितिको निर्णयअनुसार माओवादी मन्त्रीको राजीनामा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री झलनाथ खनाललाई बुझाएका हुन् । पार्टीले पठाएका १२ मन्त्री र सोही संख्याका राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ नखुवाएपछि माओवादीले राजीनामा बुझाउन बाँकी मन्त्रीलाई फिर्ता गराउने निर्णय गरेको थियो । प्रधानमन्त्रीले शनिबार पनि अध्यक्ष दाहाललाई  हतारमा गरिएको  निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । दाहालले भने शपथ खुवाउन नसक्ने अवस्थामा पार्टी निर्णय परिवर्तन नगर्ने अडान लिएको स्रोतले बताएको छ । माओवादीले पार्टी अल्टिमेटम पूरा नगरे आइतबारदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन भए खनाल सरकार आइतबारदेखि नै अल्पमतमा पर्ने छ । प्रधानमन्त्रीले भने सरकारमा रहेका चार मन्त्री र तीन राज्यमन्त्रीको राजीनामासमेत लिएर बालुवाटार पुगेका दाहाललाई मनाउने प्रयास गरेका थिए । प्रधानमन्त्रीले दाहाललाई भेट्नुअघि बालुवाटारमै माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई भेटेका थिए । मन्त्री टोपबहादुर रायमाझीले बाँकी एक महिनाभित्र शान्ति र संविधान

20110729

माओवादीको पदाधिकारी बैठकले आफ्ना मन्त्रीहरुको सपथ नगाएर प्रधानमन्त्री खनालले पुरै माओवादी पार्टीको अपमान गरेको ठहर

   नारायणकाजी श्रेष्ठको घर केहीदिन यता प्रहरीको घेरामा
माओवादीको पदाधिकारी बैठकले आफ्ना मन्त्रीहरुको सपथ नगाएर प्रम खनालले पुरै माओवादी पार्टीको अपमान गरेको ठहर गरेको छ। आज पेरिस डाँडामा भएको बैठकले मन्त्री थप्ने/घटाउने अधिकार सम्बन्धित दलको हुने समेत ठहर गरेको छ। बैठकले शनिवार मन्त्री सपथबारे प्रम खनालबाट अन्तिम धारणा माग्ने भएको छ। आफ्नै दल र प्रतिपक्षी कांग्रेसको दबाबमा प्रधानमन्त्री खनालले माओवादीले सिफारिस गरेका २४ मन्त्री र राज्यमन्त्रीको शपथ गराउन सकेका छैनन् । उनको घरमा टन्नै सुरक्षा दस्ता छन् । दिन,रात र विहान गरेर फरुक फरक अनुहारका सुरक्षाकर्मी उनलाई विन्ति चढाउन आईपुग्छन । उनी अर्थात उधारो गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश । तर जागिर बचाईदिन,सरुवा वा बढुवा गराईदिन आग्रह गर्न भने ति प्रहरीले एकाविहानै त्यहा पुगेका होइनन, नत रातविरात त्यही बसेका हुन । तर सुरक्षाको कारण देखाउदै

20110728

“झलनाथ खनाल र मैले पंचायतकालको कुनै बेला एउटै सर्ट धोएर पालैपालो लगाउन्थ्यौं। तर बहुदल आएपछि काठमाडौंमा वहाँको घर देख्दा मलाई चक्कर नै आयो"

“आफूलाई कम्युनिष्ट भनाउँदाहरूको एउटा ठूलो तप्का भ्रष्टाचार, कमिशनखोरी,  सत्तालिप्सामा रूमल्लीदैं कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गर्न लागि परेको छ।” 
- चित्रबहादुर के.सी
“झलनाथ खनाल र मैले पंचायतकालको कुनै बेला एउटै सर्ट धोएर पालैपालो लगाउन्थ्यौं। तर बहुदल आएपछि काठमाडौंमा वहाँको घर देख्दा मलाई चक्कर नै आयो। यो कसरी संभव भयो? यसप्रकारको प्रश्न राख्दा, वहाँले अली–अली बिग्रको त हो नै भनेर स्वीकार गर्नुभयो।' सो अभिव्यक्ति राजमो अध्यक्ष, चित्रबहादुर के.सी.ले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताउनुभएको हो। अखिल नेपाल बुद्धिजीवी संघ, काठमाडौंले आयोजना गरेको नेपालको कम्युनिष्ट आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष के.सी.ले नेपालको कम्युनिष्ट आन्दोलन गंभीर मोडमा आईपुगेको बताउँदै भन्नुभयो: “आफूलाई कम्युनिष्ट भनाउँदाहरूको एउटा ठूलो तप्का भ्रष्टाचार, कमिशनखोरी,

20110727

कहिले सम्म टिक्ला प्रचन्ड प्रहसन ? बोली फेर्न मात्र होईन राजनीतिक नाटकमा पनि माहिर प्रचन्ड र उनको माओवादी प्रहसन का भिन्ना भिन्नै ३ पहलु फरक एँगलबाट हेर्दा !

प्रचन्ड र माओवादी प्रहसन नम्बर १ : जालझेलपूर्ण राजनीतिक खेलमा माहिर मानिएका माओवादी अध्यक्ष प्रचण्ड कसरी खेल्छन् भन्ने कुराको एउटा अर्को उदाहरण देखिएको छ। आफ्नो इच्छाविपरीत मोहन वैद्यको दबाबमा प्रचण्डले मन्त्रिमण्डलमा नयाँ टोली पठाउन मञ्जुरी त दिएका छन्, तर आफूलाई 'धोखा दिने' नारायणकाजी श्रेष्ठलगायतका नेताहरूलाई 'जोकर' बनाउने सोच भने उनमा जीवित नै रहेको प्रमाणित भएको छ। गत सोमबार माओवादी केन्द्रीय समितिको बैठकपश्चात् प्रचण्ड पार्टीका तर्फबाट मन्त्री बनाउन प्रस्तावित नामहरूको सूची बोकेर प्रधानमन्त्री झलनाथ खनाललाई भेटे । त्यस अवसरमा प्रचण्डले खनाललाई 'आफूले बाध्यात्मक अवस्थामा यसप्रकारको नामावली बोकेर आउनुपरे पनि तपाईं यिनलाई मन्त्रिमण्डलमा सामावेश गर्न बाध्य हुनुपर्ने छैन, उता कांग्रेसले पनि मन्त्रिमण्डल पुनर्गठनको विरोध गरिरहेकै छ, त्यसैले तपाईं पुनर्गठनको विरुद्ध उभिनुपर्योठ, यसबाट वैद्य र नारायणकाजीलाई नराम्रो धक्का लाग्नेछ' भनी सुझाएको बुझिएको छ। खनालनिकटको सूत्रबाट प्राप्त जानकारीअनुसार गृहमन्त्रीबाट महराले दिने राजीनामा तत्काल स्वीकृत गर्ने तर उक्त मन्त्रालय हाललाई तपाईं आफैंले चलाउने भनेर पनि प्रचण्डले प्रधानमन्त्रीलाई सुझाव
दिएको बुझिएको छ। प्रचण्डको सुझावपछि झलनाथ खनाल मोहन वैद्य किरण पक्षबाट मन्त्रिमण्डलमा राख्न सिफारिस भएकाहरूलाई मन्त्री नबनाउन दृढ भएका छन्। यसअघि खनालले निवर्तमान गृहमन्त्री कृष्णबहादुर

20110726

अमेरिका स्थित नेपाली राजदुताबासको अर्को प्रसंसनीय कार्य

डि.सी. मेट्रोको प्रमुख  विभिन्न क्षेत्रहरुमा गुड्ने यात्रु वाहक ठूला वसमा पोष्टर टांसेर नेपालको प्रवर्धन, प्रचार प्रसार गर्ने कार्य सुरु
नेपाली राजदूतावास वाशिंगटन डि.सी. बाट डि.सी. मेट्रोको प्रमुख विभिन्न क्षेत्रहरुमा गुड्ने यात्रु वाहक ठूला वसमा पोष्टर टांसेर नेपालको प्रवर्धन, प्रचार प्रसार गर्ने कार्य सुरु गरियो । यस अवसरमा राजदूत डा. शंकर प्रसाद शर्मा उक्त सेवा प्रदान गर्ने कम्पनीका वसहरु राखिएको 44th Street स्थित वसपार्क गई कार्यक्रमको शुभारम्भ गर्नुभयो । उक्त अवसरमा पत्रकार, स्थानीय स्वयंमसेवी युवाहरु, पोष्टर डिजाइनर सञ्जिप

राजनीतिक सहमतिको उपहास भएको भन्दै ओलीले मुलुक ठग्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्री खनाल र सरकारलाई सुझाव दिए

 काग्रेसले जुनसुकै उपाय अपनाएर भएपनि प्रधानमन्त्रीलाई राजिनामाका लागि दवाव दिने निर्णय
नेकपा एमालेका नेता केपी शर्मा ओलीले मुलुक ठग्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्री झलनाथ खनाल र वर्तमान सरकारलाई सुझाव दिएका छन् । आज काठमाण्डुमा भएको एक कार्यक्रमपछि पत्रकारसित कुराकानी गर्दै ओलीले ठगेर मुलुक नबन्ने बताए । उनले पाँचबुदे सहमति अनुसार प्रधानमन्त्रीले राजिनामा दिनुको साटो यथास्थितिमा बसेर मुलुक ठग्ने काम भइरहेकेा बताए । उनले यथास्थितिमा राख्न मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव ल्याइएको बताएका छन् । उनले यस्तो गतिविधिले मुलुक मात्रै होइन प्रस्ताव ल्याउनेलाई पनि फाइदा नपुर्‍याउने बताए । प्रधानमन्त्रीले राजीनामा नदिएर संसद र राजनीतिक सहमतिको उपहास भएको भन्दै उनले जनतालाई ठग्ने प्रवृति त्याग्नुपर्ने बताए ।
काग्रेसले जुनसुकै उपाय अपनाएर भएपनि प्रधानमन्त्रीलाई राजिनामाका लागि दवाव दिने निर्णय गरेकेा छ । आज बसेकेा केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजिनामा नआएसम्म कुनै

20110724

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी च्याप्टरद्वारा भब्य रुपमा भानु जयन्ती, कबिता बाचन र अभिनन्दन कार्यक्रम सम्पन्न

दर्शन रौनियारको प्रमुख आतिथ्यमा अमेरिका  कोलोराडोमा पिक्निक कार्यक्रम सम्पन्न

उक्त कार्यक्रमका २५० भन्दा बढी फोटोहरु र थुप्रै भिडियो हेर्न भित्र आउनुस् Read More मा

माओवादी बिबाद थामथुम पार्न प्रचण्डको अर्को खेल, १२ मन्त्री र १२ राज्यमन्त्री बनाइदै, महरा हट्ने भए, अरु पार्टीबाट माओवादी जानेहरु बिलाए, अमिक शेरचन र लिलामणिको नोट अफ डिसेन्ट

एमालेको धुलिखेल भेला  छ बुँदे प्रस्ताव पारित गर्दै सकियो
माओवादीले सरकारमा पठाउनका लागि १२ मन्त्री र १२ राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ। केन्द्रीय कमिटी बैठकले मुख्य सचेतकमा देव गुरुङ र सचेतकमा कमला रोका चयन गरेको छ। यसअघि प्रमुख सचेतक रहेका पोष्टबहादुर बोगटीलाई भने सूचना तथा सञ्चार मन्त्रीको जिम्मा दिने भएको छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीले सरकारमा नयाँ टोली पठाउन लागेको हो। श्रेष्ठलाई उप प्रधान मन्त्रीसहित गृह मन्त्रीको जिम्मेवारी दिने भएको छ। उप प्रधान तथा गृह मन्त्रीकारुपमा रहेका कृष्णबहादुर महरालाई भने फिर्ता बोलाउने भएको छ। महरा नेतृत्वमा रहेका टोपबहादुर रायमाझी, प्रभु साह र खड्गबहादुर विश्‍वकर्माको जिम्मेबारी भने यथावत राखिएको छ। रायमाझी भौतिक योजना, साह कानुन र विश्‍वकर्माले

20110723

'झारफुक गर्नु छ' भन्दै बोलाएर सुन्दरलाल थारूको कुटीकुटी हत्या, हत्या आरोपमा प्रहरीले आठजनालाई पक्राउ

बिग्रेको देशको भत्केको चाला भनेको यस्तै त होला हगी ! हेर्नुस् त हामी नेपालीको बुद्धी बिबेक !! 
बोक्सोको आरोपमा महादेवपुरी-३ बाँकेका ६५ वषर्ीय सुन्दरलाल थारूको हत्या गरिएको छ । छिमेकी नयाँ गाउँका बासिन्दाले 'झारफुक गर्नु छ' भन्दै बोलाएर उनलाई कुटीकुटी हत्या गरेका हुन् । हत्या आरोपमा प्रहरीले नयाँ गाउँका आठजनालाई पक्राउ गरेको छ । बाँकेका डिएसपी उदय तामाङका अनुसार स्थानीय अशोक चौधरी, भुपेन्द्र रेग्मी, राजकुमार थारू, चन्द्र थारूलगायतलाई पक्राउ परेका छन् । कुटाइबाट गम्भीर घाइते सुन्दरलालको उपचारकै क्रममा मृत्यु भएको हो । कुट्नुअघि सुन्दरलाललाई 'यो गाउँको बोक्सो मै हुँ' भन्ने कागजमा दुवै हातको औँठा छाप लगाइएको प्रहरीले बताएको छ  ।
 माओवादी अध्यक्ष्य प्रचण्ड स्वर्गीय गिरिजाबाबुलाई सम्झदै !  
गंगा बीसी/ माओवादी अध्यक्ष पुष्पमल दाहालले पार्टीभित्र आफूलाई अप्ठ्यारोमा पारेको स्वीकार गरेका छन् । उनले जतिसुकै समस्यामा पारिए पनि अन्ततः पार्टी भने एक ढिक्का हुने बताए । 'गिरिजाबाबु (पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला)ले मलाई पटक-पटक भन्नुहुन्थ्यो, तँ जसरी बोलिरहेको छस् यस

20110721

यस्तो दु:खद र हृदय बिदारक दुर्घटना कहिलै हेर्नु नपरोस !

Breaking news Video........
एक्कासी बाढी आउँदा  पिक्निक बाट फर्कदै गरेका पाँचजनाको यसरी हेर्दाहेर्दै जिबन लीला समाप्त भयो कस्तो संयोग हेर्नुस त !  
Patalpani Accident, Indore India (Live)
Three members of a family were drowned as flash flood caused a sudden flow of water in the famous Patalpani waterfall near Indore. Patalpani waterfall is a famous picnic spot near Indore, and the Rathi family

प्रहरीका हाकिमहरु भटाभट कारागार को चिसो छिँडिमा !

एआईजी मदनबहादुर खड्कासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । उक्त रकम बुझाउन नसकेपछि उनलाई साँझ नै डिल्लीबजार कारागार चलान गरिएको छ । बिहीबार दिउँसो बबरमहलस्थित विशेष अदालतमा खड्का बयान दिन आएका थिए । सुडान घोटालामा खड्कासहित तीन पूर्व प्रहरी महानिरीक्षकसमेत गरी ३६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।विशेष अदालतमा बयानका लागि उपस्थित हुने उनी सातौं प्रहरी अधिकारी हुन् । यसअघि पूर्व प्रहरी महानिरीक्षकहरु हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्व एआईजी दीपेन्द्रबहादुर विष्ट, निलम्बित एसएसपी श्यामबहादुर खड्का र डएसपी दिनेश केसीले अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । गुरुङले ५, ठकुरीले ७, विष्टले एक करोड, खड्काले ७० लाख र केसीले ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । घोटालाका आरोपी निलम्बित डिएसपी प्रकाश अधिकारी भने बुधबार अदालतले तोकेको १५ लाख धरौटी बुझाउन नसकेपछि थुनामा छन् । सुडान घोटाला प्रकरणमा अख्तियारले तीन पूर्वप्रहरी प्रमुखसहित ३६ जनाविरुद्ध जेठ तेस्रो साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरू सबै मिलेर २८ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको भ्रष्टाचार गरेको आयोगको अभियोग छ । अनुपातका हिसाबले यो हालसम्मकै सबभन्दा ठूलो भ्रष्टाचार अभियोग हो ।  अभियोग लागेकामध्ये इन्स्पेक्टरदेखि पूर्वप्रमुखसम्मका ३४ प्रहरी अधिकारी छन् । सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र यातायात साधन खरिद तथा ढुवानीको ठेक्का उक्त कम्पनीले लिएको थियो ।
 हार्दिक समबेदना
हाम्रा परम मित्र, पत्रकार, समाजसेबि नेता तथा अमेरिकामा नेपाली ब्यबसायी हेम पाठककी श्रध्देय सासु, आदरणिय भाउजु सरिता पाठक कि मामातामयी आमा लक्ष्मीदेबी भेटवालको ७८ बर्षको उमेरमा हृदयगती बन्द भै दु:खद निधन भएको खबरले हामी र हाम्रो परिवार स्तब्ध छ। यस शोकको घडी मा स्वर्गिय आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ ।
         - रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मन्च समस्त परिवार      श्रद्घाञ्जली
-चेतन प्रसाद सिटौला तथा परिवार
श्रद्घाञ्जली स्व.लक्ष्मीदेवी भेटवाललाई शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, गंगाजलार्पण छ कोटी अञ्जुली ।।

20110720

संसारका बिभिन्न ९ वटा देशमा शाखाहरु रहेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुल्यो


संसारका बिभिन्न ९ वटा देशमा शाखाहरु रहेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुलेको छ। मँचका केन्द्रिय अध्यक्ष्य रामप्रसाद खनाल र कोसाध्यक्ष्य कृष्णमुरारी ढुंगेलको उपस्थिती र परामर्शमा नबगठित कोलोराडो च्याप्टरमा अध्यक्ष्य बरिस्ठ कलाकार निर्मल प्याकुरेल रहनुभएको छ । कार्य समितिको उपाध्यक्ष्यमा गायिका निर्मला श्रेष्ठ, सचिब नबराज श्रेष्ठ, कोसाध्यक्ष्य तारा अधिकारी, सदस्यहरुमा भुपेन्द्र महत, बासुदेब खनाल, शुदर्शन अधिकारी, शैलेश पोखरेल, कुमारजंग कार्की, राजु सिटौला रहनु भएको छ । अन्तराष्ट्रिय कलाकार मँचको यो कोलोराडो च्याप्टरलाई ब्यबस्थित र कृयासिल बनाउन कलाकारलाई र कला सँस्कृतिलाई माया गर्ने कोलोराडोका अभिभाबक रोहिणी शर्मा सल्लाहकार नियुक्त हुनुभएको छ । नब गठित कार्य समितिलाई हार्दिक बधाई दिदै केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले यो

अमेरिकाको डेन्भर कोलोराडोमा गरिएका कुराकानीहरु

 अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष्य ज्ञानेन्द्र गदाल, कोलोराडो च्याप्टर अध्यक्ष्य पदम बिस्वकर्मा, बरिस्ठ कलाकार एबम अन्तराष्ट्रिय कलाकार मन्च का कोसाध्यक्ष्य कृष्णमुरारी ढुंगेल, बरिस्ठ साहित्यकारहरु बिस्वबिमोहन श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा सँगका कुराकानी भिडियोमा हेर्नुस् !       

एकै छिन अमेरिकाको कोलोराडो घुम्दै नेपाल सम्झने कि !


20110717

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको अमेरिका बिशेष कार्यक्रम

भानुजयन्ती बिशेष साहित्यिक कार्यक्रम, "राम प्रसाद खनाल साँस्कृतिक साँझ"   सम्पन्न 
  For Photos please click these Links below
 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट प्रकासित एक प्रेस रिलिजमा भनिएको छ " (अनेसास)को २०औं वार्षिकोत्सव तथा १९८औं भानुजयन्ति यसपटक विविध कार्यक्रमसहित कोलोराडोमा भव्यरुपमा सम्पन्न भएको छ । यही २०११ जुलाई १५, १६ र १७ कोलोराडोको डेन्भरमा आयोजित अनेसास केन्द्रको विशेष कार्यक्रममा पहिलो दिन उद्घाटन कार्यक्रम र स्थानीय कलाकारहरुको सहभागिता सहित वरिष्ठ लोक दोहोरी गायक रामप्रसाद

20110715

३ खर्ब ८४ अर्ब ९० करोडको बजेट, रोकिएको बजेट बल्ल तल्ल पेश त भयो, तर बिबाद बढ्यो, अर्थमन्त्रीको राजिनामा माग्न शुरु

आर्थिक वृद्धिदर ५ प्रतिशत हासिल गर्ने लक्ष्यका साथ सरकारले शुक्रबार आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६८/६९ मा चालूतर्फ २ खर्ब ६६ अर्ब ६१ करोडसहित कुल ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको आय-व्यय विवरण उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले सार्वजनिक गरेका हुन् । मन्त्रालयले ७२ अर्ब ६१ करोड पुँजीगत र वित्तीय व्यवस्थाअन्तर्गत २५ अर्ब ७२ करोड विनियोजन गरेको छ । प्रस्तावित खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तलुनामा २५.६७ प्रतिशतले बढी छ । कूल विनियोजन मध्ये विकास कार्यक्रमका लागि रु. २०२ अर्व ५६ करोड अर्थात, ५२.६२ प्रतिशत र साधारण प्रशासन तर्फ रु. १८२ अर्व ३४ करोड अर्थात ४७.३८ प्रतिशत प्रस्ताव गरिएको छ । खर्च जुटाउने स्रोतका रूपमा राजस्वबाट २ खर्ब ४१ अर्ब, वैदेशिक अनुदानबाट ७० अर्ब १३ करोड र वैदेशिक ऋणबाट २९ अर्ब ६५ करोड रुपैयाँ उठाउने योजना सरकारको छ । त्यो सबै गर्दा पनि न्यून हुने ३७ अर्ब ४१ करोड

20110714

संसद स्थगित, रोकियो बजेट, अर्थमन्त्रीले बजेटको ब्रिफकेससमेत संसदमा पुर्‍याइसकेका बेला बजेट पेश गर्न नसकेकामा क्षमायाचना

Exclusive News from Nepal
कांग्रेस, माओवादी र एमाले तीन दलले मात्र सहमति गरेर ल्याउने बजेट आफूहरुलाई मान्य नहुने : मधेसवादी दल
अर्थ मन्त्री भरतमोहन अधिकारीले बजेटको ब्रिफकेससमेत संसदमा पुर्‍याइसकेका बेला बजेट पेश गर्न नसकेकामा देशबासीसँग क्षमायाचना गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत् भने- मैले सहमतिमै बजेट ल्याउँछु भनिसकेकाले लाचार भएर राष्ट्रिय हितका लागि पनि बजेट रोकेको हुँ। बजेट पेश गर्न

20110713

Official Launching of the US Congressional caucus on Nepal, Washington DC, US, Jul 13, 2011

Congratulations Ambassador Dr. Shankar Sharma for this Historic Great Job, as a Nepali we are proud of you !

अमेरिकाको सँसद भित्र नेपाल ककस समुह निर्माण गरी यसको औपचारिक शुरुवात गरिए पछी नेपाल र नेपालीका लागि थप केही आशा हरु पलाएका छन । डा शंकर शर्मा राजदुत भएर आएपछी वहाँको प्रयासमा यो जुन काम शुरुवात भयो यसले तत्काल केही नदेखिएला तर दिर्घकालिन रुपमा ठुलो र मह्त्वपूर्ण भूमिका खेल्ने छ नेपाल र अमेरिका को दुई पक्ष्यीय सम्बन्धमा । यो एतिहासिक कार्यका लागि राजदुत शर्मा धन्यवाद र बधाई का पात्र हुनुहुन्छ।- Nepalmother.com

भारतमा आतंकवादी आक्रमण : तीन बम विस्फोट, कम्तिमा 31 जनाको मृत्यु, 300 जनाभन्दा बढी घाइते !

Breaking News !


मुम्बईका विभिन्न ठाउँमा आज साँझ केही मिनेटको अन्तरालमा तीन बम विस्फोट भएको छ। विस्फोटबाट कम्तिमा 31 जनाको मृत्यु, 300 जनाभन्दा बढी घाइते भएको मुख्यमन्त्रीले पुष्टि गरेको टेलिभिजन

20110712

बोस्टन दोहोरिएनछ यसपटक, ए एन ए डिसी सम्मेलन नाफामा गएको घोषणा, ९५ हजार आम्दानी, ८४ हजार डलर खर्च भयो

फाईदा भए बाउन्स भएका चेक भुक्तान गर्छौँ भन्नुहुन्थ्यो आयोजकहरु, अब ANA बाट केही हुन्छ कि त !
ए एन ए डिसी सम्मेलन आयोजक समितिका तर्फ बाट संचार संयोजक गुणराज लुइटेलले हालै एउटा प्रेस रिलिज जारी गर्नु भएको छ, उक्त प्रेस रिलिज जस्ताको तस्तै तल प्रस्तुत छ :
  "उत्तर अमेरिका स्थित नेपालीहरुको छाता संस्था एसोसिएसन अफ नेपलिज् इन अमेरिकाज् (एएनए)को २९ औं सम्मेलन विविध प्रतिकूलताहरुको बावजूद पनि नाफमा सञ्चालन हुन सफल भएको छ । एएनएको इतिहासमै धेरै नयां र अविस्मरणीय कार्यक्रमहरु सम्पन्न गरेर वेग्लै पहिचान कायम गर्न सफल यो सम्मेलनले अमेरिका र क्यानडा स्थित सवै नेपालीहरुलाई एक भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश पनि दिएको छ । सम्मेलन तयारी समितिका आर्थिक संयोजक लक्ष्मण प्रधानले तयार पार्नु भएको घाटा नाफाको पछिल्लो रिपोर्ट अनुसार सम्मेलन आयोजक समितिको पूर्व अनुमानकै हाराहारीमा आर्थिक गतिविधि भएको छ । जसअनुसार  आय तर्फ ९५ हजार एक सय १२ देखिएको छ भने व्यय ८४ हजार ८ सय ३० भएको छ । अघिल्ला सम्मेलनहरुको तुलनामा दर्ता गर्नेहरुको संख्या कम भएता पनि यस पटक कडा आर्थिक अनुशासन र खर्च कटौतिमा जोड दिइएकोले

20110711

बाबुरामलाई चुना लगाउदै प्रचन्डको अर्कै भित्री खेल !

आफू प्रधानमन्त्री नबन्ने भनेर आफू निकट नेताहरूबाट प्रचार गराइरहेका बेला एनेकपा माओवादीका अध्यक्ष पुष्कपमल दाहालले पार्टी बाहिर भने प्रधानमन्त्री बन्ने माहौल सिर्जना गर्न खोजेको पुष्टि भएको छ। जुन बेला बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना थियो, त्यो बेला आफैं प्रधानमन्त्री बन्ने निर्णय गराएर बाबुरामको बाटो छेकेका प्रचण्डले यसपटक भने बाबुराम नबन्ने वातावरण बन्दै जाँदा भावी प्रधानमन्त्रीमा बाबुरामको नाम चर्चामा ल्याइदिएका छन्। वास्तविकता भने प्रचण्ड आफैं प्रधानमन्त्री बन्नेतर्फ खेल शुरु भएको छ। यस खेलमा कांग्रेस र एमालेका माधव नेपाल तथा तथा केपी ओलीहरूसमेत
सामेल भएको चर्चा चलेको छ। अमरेशकुमार सिंहदेखि राष्ट्रपति रामवरण यादवसम्मको सकारात्मक संकेत आएपछि प्रचण्डको प्रधानमन्त्री बन्ने चर्चा एकाएक चलेको छ। गएको सातामात्र (भारतीय संस्थापनले समेत

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै !

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा 


अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता ,  *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता        
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु

आखिर नारायण गुरुका सच्चा सपुत न परे दीनबन्धु पोखरेल !

अमेरिकामा पनि देखियो दीनबन्धुको राम्रो प्रभाब !
अमेरिकाको प्रमुख व्यापारिक सहर लसएजल्समा पशुपति मन्दिर, बौद्ध स्तुपा र वहुउद्देश्यीय सामुदायिक भबन बनाउन पैसा संकलन गर्ने उद्देश्यले आयोजित सप्ताहमा करिब १० लाख अमेरिकी डलर (७ करोड रुपैयाँ) चन्दा उठेको छ। यहाँ बस्ने नेपाली युवाहरुले २ वर्षअघि स्थापना गरेको पशुपति फाउण्डेसनले

20110710

डाँकाचोरी मुद्धामा फरार रहेका माओवादी जिल्ला सेक्रेटरी अदालतमा

डाँकाचोरी मुद्धामा फरार रहेका माओवादी जिल्ला सेक्रेटरी लालु किसान पूर्जी बुझेको ८० दिनपछि आइतवार जिल्ला अदालतमा हाजिर भएका छन् । अदालतले थुनछेक आदेश पछि नेता किसानलाई आगामी साउन २९ गते उपस्थित हुन तारेख दिइएको छ । डाँकाचोरी मुद्धाका आरोपी लालु किसानसँग बयान पछि जिल्ला न्यायाधिस काशिनाथ अधिकारीले नेता किसानलाई साधारण तारेखमा राखी अनुसन्धान गर्न थुनछेक आदेश गरेका हुन् । प्रहरीले नेता किसान समेत ९ जना माओवादी कर्ताकर्ता विरुद्ध ०६७ चैत ६ गते अदालतमा डाँकाचोरी मुद्दामा अभियोग दर्ता गरेको थियो । अदालतले असार ९ गते सेक्रेटरी किसानलाई ७० दिने म्यादी पूर्जी बुझाएको थियो । अदालतको म्यादी पूर्जीको भाका नाघेको १६ दिनपछि नेता किसान अदालतमा उपस्थित भएका हुन् । 'मलाई अव साउन २९ गते उपस्थित हुनेगरी तारेख थमाईएको छ' अदालतबाट बाहिरिने क्रममा तारेख पत्र देखाउँदै नेता किसानले भने । किसान विहान १०.३० बजे सभासद गमबहादुर श्रीष, जिल्ला इन्चार्ज मित्रशरण शर्मासमेत दर्जन नेता कार्यकर्ताहरु सहित अदालतमा प्रवेश गरेका थिए । प्रतिवादीका तर्फबाट बाग्लुङ्गबाट ल्याईएका अधिवक्ता केशव पराजुलीले बहस गरेका थिए । ०६७ फागुन ३ गते राती बाबियाचौर गाविस-४ र्‍यालेखोरका नरबहादुर गुरुङ्गको घरमा नकाव लगाएका हतियारधारी समुहले १० तोला सुन ४ लाख नगद रुपैया लुटपाट घट्नामा संलग्नता दावि गर्दै प्रहरीले भकिम्ली गाविस-६ घर भएका माओवादीका जिल्ला सेक्रेटरी लालु किसान, उनका पूर्व अङ्गरक्षक कुहुं गाविस-५ का कमल किसान, दरवाङ्ग गाविस-५ का बसन्त रोका र नोकबहादुर रोका, विम गाविस-७ का नरबहादुर जुग्जाली र कलबहादुर जुग्जाली, बाबियाचौर

20110708

हेम सरिता पाठक प्रतिस्ठानका संस्थापक द्वय हेम पाठक र सरिता पाठकबाट केही सिक्ने कि अरु हामी नेपालीहरुले पनि !

"मेरी छोरीहरुले पढाई सकेपछि कमाईको सबै रकम नेपालको विकासमा लगाउने योजना छ"
तपाईं अमेरिका बस्नुस् वा नेपाल वा संसारको जुन सुकै कुनामा, आजको युगमा जहाँ बसे पनि प्रबिधिको बिकास सँगै तपाईं आफुलाइ नजिक पाउनुहुन्छ । तर तपाईंमा नेपाली भावना, राष्ट्रियता मर्नु हुँदैन । आफ्नो देशको माया, गीत संगीत, साहित्य, कला, सन्स्क्रिती प्रतिको माया मर्नु हुँदैन, यि सबै कुरा को साथ मा नेपालमा भ्रस्टाचार तस्करी को उन्मुलनका लागि एक जोडी हेम सरिता पाठकको प्रसँसनिय काम सबैका लागि प्रेरणा हुन सक्छन, तपाईंले पनि यो जोडीबाट केही सिक्ने कि !               
नेपालमा बसेर गरिबी, अशिक्षा र भ्रष्टाचार विरुद्ध कलम चलाउन पत्रकार तथा कविहरुलाई ठूलो राशीको पुरस्कार प्रायोजन गर्दै आएका पाठकले २०६९ बैशाखमा १ हजार अमेरिकी डलर (७२ हजार रुपैयाँ) को प्रथम तथा ५ सय डलर (३६ हजार रुपैया) राशीको दोस्रो पुरस्कार दिइने भएको छ । वासिंङटन डिसी, अषाढ २४ - 'कमाईको दशाङ्स दान गर्नुपर्छ' भन्ने परम्परागत मान्यताभन्दा अझ अघि बढ्दै अमेरिका बस्दै आएका  हेम पाठक र सरिता पाठकले यहाँ बसेर नेपाली गित संगीतको क्षेत्रमा योगदान दिने स्रस्टाहरुलाई बर्षेनी पुरस्कृत गर्ने घोषणा गरेका छन् । अमेरिकामा बसोबास गर्दै आएका नेपालीको पुरानो

20110707

राति सुतिरहेका एकै परिवारका चार जनालाई काटेर हत्या !

अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको बिहीबार साँझ सदरमुकाम गौरमा गोली हानी हत्या गरिएको छ ।
Breaking News.......
 उदयपुर / अज्ञात समूहले बुधबार राति सुतिरहेको अवस्थामा उदयपुरको ठानागाउँ गाविस- ५ थुम्कीका एकै परिवारका चार जनालाई काटेर हत्या गरेका छन् भने एक बालकको अवस्था गम्भीर  रहेको छ । हतियारसहित आएको समूहले ५० वर्षीय खेसबहादुर मगर, उनकी पत्नी ४० वर्षीया हर्कमाया मगर, दुई छोरीको  हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मृतक खेस बहादुरका ९ वर्षीय छोरा नेत्रकुमार मगरको टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको र उनको अत्यधिक रक्तस्र्राव भएका कारण अवस्था गम्भीर बन्दै गएको ठानागाँउका स्थानीय बासिन्दा महेन्द्र मगरले बताएका छन् , चार छोरी, दुई छोरा र पत्नीसहित आठ जनाको परिवार रहेका खेसबहादुरकी दुई छोरी र एक नाबालक छोरा भने सकुल रहेको दलबहादुरले बताए । एउटी छोरी जिल्लाको कटारी बजारमा ज्याला मजदुरी गरेर उतै बस्ने गरेको र अर्की कान्छी छोरी ११ महिनाको मात्रै भएकोले उनलाई हत्याराले केही नगरेको आफन्त महेन्द्र मगरले टेलिफोनमार्फत बताएको प्रहरीले जनाएको छ । हत्याको कारण र समूहको पहिचान हुन नसकेको स्थानीयवासीले बताएका छन् । मृतकका

'जुन अवस्थामा मैले छाडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन, तर प्रार्थना गरुँ नेपाली जनताको सुख शान्ति होस् ।' : पूर्व राजा

पूर्व राजाको प्रेस रिलिज तल जस्ताको तस्तै छ हेर्नुस्
कान्तिपुर दैनिक लेख्छ : "पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले गद्दी छाडेपछि मुलुक झन् संकटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ६५ औं जन्मदिनका अवसरमा निर्मल निवासमा भएको जन्मोत्सव

20110705

हिन्दू धर्मका धरोहर जगदगुरु नेपाली बाबासँगको बिशेष अन्तर्वार्ता !

नेपाली बाबाद्वारा नेपाल सरकार, नेताहरुबाट धार्मिक कार्यमा असहयोग भएको गुनासो, नेपाल हिन्दू राष्ट्र नै भएको दाबी, विश्व भरका नेपालीलाई बाबाको यस्तो अपिल छ, हेरौं ताजा अन्तर्वार्ता भिडियो जस्ताको तस्तै :

अन्तर्वार्ता छायाँकन : प्रज्ञान मैनाली / Nepalmother.com

"कतै मेरो मातृभूमी पनि त्यस्तै त हुँदैन ...!?"

- रामप्रसाद खनाल, भर्जिनिया
 आदरणीय आमा, 
उताको किचलो बाध्यताले
विदेशमा "पराया" हुन पुगें
सोचें, उताभन्दा यता राहत पाउँछु कि !
उता, हात हतियार अशान्तिको लडाइँ
जीउ ज्यानको बाजी सधै
यता, हात हतियार बिनाको लडाइँ
एकले अर्कोलाई सिध्याउने खेल

पहिलो दिनमै महायज्ञमा उठ्यो त्रिचालिस हजार डलर !

अपराधीहरुद्वारा हत्या गरिएका नेपालका अत्यन्त लोकप्रिय पण्डित नारायण पोखरेलका सच्चा सुपुत्र प्रख्यात पण्डित दीनबन्धु पोखरेल  जसको लोकप्रियता र जादुमय प्रतिभाले लस एन्जेलेस बासी नेपाली लट्ठ !

20110704

ए एन ए डिसी सम्मेलन यसरी सम्पन्न भएको घोषणा गरियो !

डिसी सम्मेलन सँयोजक हेमन्त श्रेष्ठ सम्मेलन पछी भन्नुहुन्छ "ए.एन .ए का दुबै पक्षको लडाईंले हामी र हाम्रो टिमलाई निकै चित्त दुखायो, अब देखी ए .एन .ए को बारेमा हामीले सोच्नै पर्छ !" सुन्नुस् अन्तर्वार्ता !



डिसी सम्मेलन भित्र देखिएका यथार्थता र तुजुकहरुको चिरफार हेर्न भित्र आउनुस् !

20110703

अमेरिका र बिदेशमा बस्ने नेपालीहरुले हेर्नै पर्ने र सोच्नुपर्ने कुरा !

 जब डा. चिन्तामणी योगीले तपाईंलाई यसरी च्यालेन्ज गर्नुभो !

ए एन ए सम्मेलनमा दोस्रो दिन मान्छे बढे !

रजिस्ट्रेसन गर्नेको सँख्या १६०० पुग्यो, नेपाली भेसाभुसा सहितको झाँकी कार्यक्रम आकर्सक र राम्रो भएको सहभागीको प्रतिकृया, हेर्नुस् फोटो र भिडियो !

20110701

Exclusive Interview with first Nepali American Darshan Rauniyar, Candidate of US Congress from Washigton state !

नेपाली आमाका सच्चा सपुत दर्शन रौनियार सँगको पहिलो नेपाली बिशेष भिडियो अन्तर्वार्ता !
दर्शन रौनियार पनि सन्तुस्ट रहेनछन नेपालको गन्धा राजनीति देखि ! यसरी खोले उनले नेपालका आफ्ना असन्तुस्तिहरु पनि !

ए एन ए सम्मेलन शुरु, यस्तो रह्यो उद्घाटन समारोह, हेर्नुस् भिडियो र फोटोहरु ! पूर्व अध्यक्ष्यहरु सम्मेलनमा अनुपस्थित !


ए एन ए भित्रको गुटबन्दी र बिबादको असर यसरी देखियो, बिबाद र गुटबन्दी नगरी दुबै पक्ष मिलीदिएका भए कती राम्रो हुँदो हो, यसमा दुबै पक्षले ध्यान दिउन, हाम्रो जस्तै उपस्थित सबैको एउटै भनाइ थियो "हामीलाई फुटेको होइन जुटेको ए एन ए चाहिन्छ, जुँगाको लडाईं लड्नेहरु होइन निस्वार्थी नेत्रित्व चाहिन्छ ।"  उदघाटन समारोहका फोटोहरु र भिडियोहरु आफै यसरी बोल्छन हेर्नुस् भित्र .....!
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________