( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110831


मदन पुरस्कार गुठीलाई माथ गर्‍यो हेम सरिता पाठक प्रतिस्ठानले

लोकप्रिय गायक प्रेमराजा महत, जीबन शर्मा, गायिका सपना श्री, बरिस्ठ पत्रकारहरु  तीर्थ कोइराला, राजेश्वर नेपाली र लिला बराललाई हेम सरिता पाठक प्रतिस्ठानद्वारा ठुलो धन राशीको पुरस्कारको घोषणा ! 
कुनै बेला नेपालमा मदन पुरस्कार गुठी ठुलो र महत्वपूर्ण मानिन्थ्यो, अझै पनि त्यसको त्यत्तिकै महत्व छ , तर अहिले मदन पुरस्कारलाई पनि माथ गर्दै हेम सरिता पाठक प्रतिस्ठानले वार्षिक करिब दश लाख रुपैयाका बिभिन्न पुरस्कार दिदै नेपाली समाजमा एउटा अत्यन्त राम्रो काम को शुरुवात गरेको छ । गीत ,संगीत , कला , साहित्य, पत्रकारिताका क्षेत्रमा हेम सरिता पाठक प्रतिस्ठानको यो कदम नेपाली इतिहासमा सधैं स्वर्ण अक्ष्यरले लेखिने छ । टेक्सस अमेरिकामा बसेर एउटा सफल नेपाली ब्यबसायी  गतिलो छबी बनाएका हेम पाठक र वहाँकी धर्म पत्नी सरिता पाठकका नामबाट स्थापित यो प्रतिस्ठानले गत बर्ष देखिनै यो उदाहरणिय काम शुरुगरेको हो । दुई छोरी जेनी र सोनीका आमाबाबु हेम र सरिता बस्तबमै नेपाल र नेपाली लाई माया गर्ने, गीत संगीत कला, साहित्य, पत्रकारिता लाई माया गर्ने मात्र होइनन कि अमेरिकामा बसे पनि नेपाली मन र पन

संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्च को फ्लोरिडा शाखा गठन

अमेरिकाको फ्लोरिडामा अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन भएको छ। संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्च को फ्लोरिडा शाखामा कलाकारहरु,  फ्लोरिडाका गीत संगीत कला साहित्य लाई माया गर्ने देखी समाजसेबी प्रबुद्ध सम्म क्रमस : पूर्व मिस नेपाल पुनम घिमिरे, डा धर्म आचार्य, बिमल नेपाल, कृष्ण श्रेष्ठ र चुडामणी खनाल सल्लाहकार रहनुभएको छ भने अध्यक्ष्य मा धन मान थापा, उपाध्यक्ष्य मा देब राइ, राजेन्द्र सिंह राउत, बिकास देबकोटा, सचिबमा मोनिका प्रधान, कोसाध्यक्ष्य मा नगेन्द्र ढकाल हुनुहुन्छ। मन्चका केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालको उपस्थितीमा ओर्ल्यान्डोमा सम्पन्न भेलाले शाखाको नेत्रित्व चयन गरेको थियो। कार्य समितिका सदस्यहरुमा शान्ता घिमिरे, अशोक खनाल, हरी पौडेल, गोपाल भट्ट, तकत रावल, प्रभात सिंह, साधना शर्मा, दीपेन्द्र अधीकारी, भुवन खनाल, अन्जना डङ्गोल, बिष्णु घिमिरे, सुभाश

अमेरिकाको फ्लोरिडामा देखिएको सानो नेपाल र यसपालिको तीज

* यस पालिको तीजमा अमेरिकाको भर्जिनिया मनाससमा आयोजित अत्यन्त बिशाल र भब्य एतिहासिक तीज महोत्सब हुरिकेन र स्टेट एमेर्जेन्सिका कारण रद्ध गर्नुपरेको पिँडालाई फ्लोरिडाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले निकै हद सम्म कम गराइदिए । फ्लोरिडाको ओर्ल्यान्डोमा आयोजित तीज तथा मेरो साँस्कृतिक साँझ भब्यताका साथ सम्पन्न गर्ने अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा शाखा, कृष्ण

20110829

संबिधान नबनाउने सभासद्को फेरी ३ महिना म्याद थप, १७ हजार को ज्यान लिने दोस्रा नायक पैतिसौं प्रधानमन्त्री

भारतले मधेसी दललाई मनाएर बाबुरामलाई प्रधानमन्त्री बनाइदियो, देश झनै अन्यौलतामा !
   व्यवस्थापिका स‍ंसदको साँझको बैठकले स‍ंविधान सभाको म्याद तीन महिना थप गरेको छ। म्याद थपको व्यवस्था गरिएको अन्तरिम संविधान २०६३ को दसौँ संशोधन विधेयकलाई संसदले दुई तिहाई बहुमतले पारित गरेपछि संविधान सभाको म्याद अब मंसिर १४ सम्म हुन पुगेको छ। संविधान संशोधनका लागि भएको

अमेरिकाको फ्लोरिडा ओर्ल्यान्डोमा तीज महोत्सब एबम "राम प्रसाद खनाल सांस्कृतिक साँझ" भब्यरुपमा सम्पन्न

- By Dhan Man Thapa
अमेरिकाको फ्लोरिडा ओर्ल्यान्डोमा तीज महोत्सब एबम "राम प्रसाद खनाल सांस्कृतिक साँझ" भब्यरुपमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टर र फ्लोरिडा का नेपाली समुदायको आयोजना, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य एबम लोक दोहोरी गायक रामप्रसाद खनालको प्रमुख आतिथ्य एबम प्रस्तुतिमा अत्यन्त रमाइलो ढंग ले सम्पन्न उक्त कार्यक्रममा फ्लोरिडाका बिभिन्न ठाउँबाट उपस्थित नेपाली दिदी बहिनिहरु र दाजुभाइ खनाल सँगै तीज गीत मा शुरु देखी अन्त्य सम्म नाच्दा र कम्मर भाच्दा कार्यक्रम निकै रमाइलो भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथी खनाललाई आयोजक हरुका तर्फबाट अभिनन्दन गरिएको थियो। बिकास देबकोटा, कृष्ण श्रेष्ठ, बिमल नेपाल, चुडामणी खनाल, पुनम घिमिरे, राम प्रसाद खनाल आदिले मन्तब्य राख्नुभएको कार्यक्रमका फोटोहरु आफै यसरी

20110828

USA : Hurricane Irene makes 2nd landfall, heads toward major cities


After knocking out power to more than 3 million people and making a second landfall Sunday morning, Irene hurtled toward some of the biggest cities in the Northeast. Irene slammed into Little Egg Inlet, New Jersey, about 5:30 a.m., the National Hurricane Center said. Earlier Sunday, the hurricane pummeled

20110827

तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल : पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन गरिदै !

संसारभर इन्टरनेट मार्फत नेपालमदर डट कम र अन्य साइट हेर्ने महानुभाबहरु !
आज अमेरिकाको भर्जिनिया मनाससमा १३ संस्थाहरुको सहयोग र साथमा अन्तरराष्ट्रिय कलाकार मन्चद्वारा आयोजित अत्यन्त भब्य र एतिहासिक तीज महोत्सब, अभिनन्दन समारोह हुरिकेन र स्टेट एमेर्जेन्सीका कारण क्यान्सिल गर्नुपरेकोमा फेरी एक पटक हामी क्षमा माग्दै प्रमुख आयोजकका तर्फबाट नेपाली राजदुताबास, राजदुत डा. शंकर शर्मा, सबै कलाकार, आमन्त्रित सबै, सह आयोजक, मिडिया पार्टनर सबैलाई धन्यवाद र आभार प्रकट गर्दै औपचारिक समारोहमा अभिनन्दन गर्न असमर्थ भए पनि आज पहिलो पटक संचार माध्यम मार्फत सार्वजनिक तबरले हामी निम्न बिशिस्ठ महानुभाबहरुलाई यसरी अभिनन्दन गर्दैछौं । यसरी सार्वजनिक रुपमा आम संचार माध्यम बाट अभिनन्दन गरिएको यो नै सम्भबत पहिलो पटक हुनुपर्छ । समारोह प्राकृतिक प्रकोपको कारण स्थगित भएकाले यसरी संचार माध्यम मार्फत अभिनन्दन गरिएकोमा   यसलाई सबैले सहजपूर्वक लिइदिनुहुन बिनम्र अनुरोधछ । अभिनन्दन पत्रहरु आफै यसरी बोल्छन :

ARE YOU PREPARED FOR HURRICANE IRENE?

1. Prepare for Specific Natural Disaster.....different weather emergencies require different preparation.
2. Have a personal Evacuation Plan, which you have discussed as a family.
3. Listen for Evacuation Notices from the National Weather Service.
4. Listen to a NOAA radio for weather specifics. Have enough batteries, in case of electrical outage.
5. Prepare an emergency supply kit, with supplies for at least 5 days.....water, food, medicines, first-aid supplies, etc.
6. Do not evacuate, unless told to do so.  Stay away from windows.
7. Unplug all small appliances, including computer, to prevent electrical surges.
8. Prepare food ahead of time, get some dry ice, to keep it fresh.
9. Fill bath tub and pans with water, in case you need fresh water after the storm.
10. Know you area’s storm history, so you can prepare yourself, and your family for unexpected problems.
11. Bring in all outside furniture, outdoor decorations, or anything that could be picked up by the wind. This would include plants that are in containers.
12. If there is time, caulk any holes on the outside of the house, where water could come in. Get sand bags to be put in from of the doors, where water could come in.

20110826

बाल्टिमोर अमेरिकामा नेपालीमुलका २१ बर्सीय बिक बहादुर गुरुङ को गोलीहानी हत्या,परिवार को यस्तो बिजोग छ !



अमेरिकामा आयोजना गरिएको बिशाल तीज महोत्सब हुरिकेन र स्टेटको एमर्जेन्सीका कारण स्थगित

प्राकृतिक प्रकोप सँग को नै जुध्न सक्छ र ! हजुर, गत २ महिना देखिको तयारी सहित अमेरिकामा आयोजना गरिएको बिशाल तीज महोत्सब हुरिकेन र स्टेट को एमर्जेन्सी का कारण स्थगित गरिएको कुरा दु:खका साथ सुचित गर्दैछौं । अन्तराष्ट्रिय कलाकार मन्चको आयोजना र अन्य १४ संस्थाको सह आयोजना, १३ वटा

मिडियाहरुले मिडिया पार्ट्नर को रुपमा सहयोग गरेको, नेपाली राजदुताबास अमेरिका र राजदुत डा शंकर शर्माको बिशेष सहयोगमा आयोजित यो कार्यक्रम स्थगित भएको सुचना प्रेसित गर्नुपर्दा हामी आयोजक

20110825

देश अझ ठुलो दुर्घटनाको सँघारमा : "एमाले, न पोथी न भाले"

कङ्रेस, एमाले र आफुलाई राष्ट्रबादी भनाउने  अन्य दलहरुको नालायकी पनले नेपाली आतंकबादका दोस्रो ठुला नायक बाबुराम भट्टराई प्रधानमन्त्री बनेर नेपाली सेना पनि ध्वस्त पार्ने सम्भावना ! हार्दैछन प्रजातन्त्रबादीहरु, जित्दैछन आतंकका नायकहरु !  कठै नेपाली जनताको कस्तो दुर्भाग्य, यदी अहिले माओवादीको सरकार बने अब उनीहरु कुनै हालतमा छोड्ने वाला छैनन सत्ता । अनी खेलाउने छन प्रचन्ड र बाबुरामहरुले अरुलाई "बिरालाले मुसो खेलाए जस्तै", डस्ने छन गोमन साँफले जस्तै, अनी सबैले देख्ने छन् आतंकबाद सहितको नयाँ नेपाल !    
कार्यव्यवस्था समितिको आज बसेको बैठकले प्रधानमन्त्री चयनका लागी कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री चयनका लागी व्यवस्थापिका संसदमा आगामी भदौ ११ गते १ बजे निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसदको केही बेरपछी बस्न बैठकले कार्यलातिका सहित निर्वाचन अधिकृत् तोक्ने कार्यक्रम

अमेरिकाको वाशिङ्टन डिसीमा नेपाली राजदुताबास तथा राजदुत धर्मपत्नी कल्पना शर्मा द्वारा आयोजित दर तथा तीज साँझ


20110824

नेपाली जनसंपर्क समिती भर्जिनिया च्याप्टर द्वारा बिपी जयन्तिका अबसरमा आयोजित कार्यक्रम

- Shristi Humagai 
नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर को आयोजना मा यही सेप्टेम्बर १० तारिख का दिन जननायक स्व बि पि कोइराला को  जन्म जयन्ती भब्य रूप मा मनाइयो । सो अवसर मा आयोजित प्रबचन तथा साहित्यिक कार्यक्रम का प्रमुख अतिथी एबम सयुक्त राज्य अमेरिका का लागि नेपाली राजदूत डा शंकर प्रशाद शर्मा ले स्व कोइराला ले परिकल्पना गर्नु भएको राजनीतिक र आर्थिक अबधारणा को बिस्लेषण गर्नुहुँदै उहाँ नेपाल को मात्रै नभएर अन्तरराष्ट्रिय स्तर को ब्यक्तित्व हुनुहुन्थ्यो भन्नु भयो । उक्त अवसर मा महामहिम राजदूत शर्मा ले वाशिङ्टन डि सि यरिया मा पहिलोपटक नेपाली जनसंपर्क समिती द्वारा आयोजित रक्तदान कार्यक्रम मा सहभागि रक्तदाता हरुलाई प्रशंशा-पत्र बितरण पनि गर्नु भएको थियो ।
 उक्त प्रवचन् तथा साहित्यिक कार्यक्रम मा डा सुकदेव शाह ले बि पि कोइराला को राजनीतिक जीवन र साहित्यकार होमनाथ सुबेदी ले स्व कोइराला का साहित्यिक सिर्जना हरु को बिश्लेषण गर्नुभएको थियो ।            
   च्याप्टर का सभापति केशव बराल को सभापतित्व मा सम्पन्न कार्यक्रम मा साहित्यकार सिता पाण्डे,अमेरिका नेपाल समाज का उपाध्यक्ष सागर कंडेल,नेपाली कङ्रेस का विश्व बन्धु प्रसाई,बिनय अर्याल,चौपारी समाज का राम चन्द्र भट्टराई र नेपाली जनसंपर्क समिती मेरिल्यान्ड च्याप्टर का सभापति सुभाष घिमिरे ले आ-आफ्नो मन्तब्य सहित महामानव श्री कोइराला प्रती श्रद्धा सुमन ब्यक्त गर्नु भएको थियो भने साहित्यिकारहरु प्रेम संग्रौला,गोपाल रेग्मी,सुदीप भद्र खनाल,डिग बहादुर तामांग,सृस्‍टि हुमागाई,प्रकाश नेपाल राम प्रसाद खनाल,राम शरण हुमागाई लगायत ले कविता बाचन गर्नु भएको थियो । च्याप्टर का उपसभापती राम शरण हुमागाई ले सन्चालन गर्नुभएको उक्त कार्यक्रम मा सदस्य यम कोइराला ले स्वागत मन्तब्य दिनुभएको थियो ।
सोही दिन बिहान आयोजित रक्तदान कार्यक्रम मा सागर कंडेल,श्रीकृष्ण भट्टराई, टंक दाहाल,मोहन घिमिरे ,आनन्द घिमिरे , सुभाष घिमिरे,मनिन्द्र राज जोशी ,रूप कार्की,ॠषिकेश सिलवाल,यम कोइराला लगायत ले अमेरिकन रेडक्रस लाई रक्तदान गर्नु भएको कार्यक्रम को शुभारम्भ नेपाली दूतावास का उप नियोग प्रमूख अर्जुन कान्त मैनाली ले गर्नु भएको थियो ।
On the special occasion of BP Koirala's birthday (09.08.1914), Nepali Janasamparka Samiti, VA Chapter organized a Kabita Gosthi, hosted by Mr. Ramsharan Humagai, Vice-President of Nepali Janasamparka Samiti, VA Chapter. Chief guests were US-Nepal Ambassador Dr. Shankar Sharma, Dr. Shukdev Shah who personally knew BP, President of Nepali Jana Samparka Samiti, VA Chapter Mr. Keshab Baral and Mr. Hom... Nath Subedi, Chairman of Board of Trustees (International Nepal Literary Society). Poems and speeches were presented by some of the very well known contemporary poets such as Mr. Gopal Regmi, Mr. Prakash Nepal, Mr. Sudeep Bhadra khanal, Mr. Ram Prasad Khanal, Mr. Prem Sangraula. Audience was joined by a highly admired, respected literary figure Mr. Shiv Satyal Peeth. we acknowledge and appreciate a political organization such as Nepali Janasamparka Samiti, taking an initiative to organize a solely literature based event in dedication to one of the greatest personalities in Nepali Literature, Late Mr.Bisheshwor Prasad Koirala.


20110823

अमेरिकामा दुर्घटनामा परी निधन भएका सुभाश दर्नालको श्रध्दान्जली यसरी सम्पन्न भयो डिसीमा !

गत १५ तारिख अमेरिकाको डिसी डुलस एयरपोर्टमा दुर्घटनामा परि दु:खद निधन भएका नेपालको दलित आन्दोलन का अगुवा युबा सुभाश दर्नाललाई डिसी बासी नेपाली ले फल्स्चर्चमा श्रध्दान्जली दिए । दर्नालकी श्रीमती सरिता सहित उपस्थित नेपालीले श्रध्दान्जली चढाएको उक्त कार्यक्रम नासो ले आयोजना गरेको थियो । राजदुत डा. शंकर शर्मा, अबैतनिक बाणिज्यदुत एबम लोक गायक प्रेमराजा महत, नासो अध्यक्ष्य धरम विश्वकर्मा  , महासचिब दीपक जँग विश्वकर्मा  , अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष्य एबम लोक गायक राम प्रसाद खनाल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी का अध्यक्ष्य प्रकाश नेपाल, ANWA अध्यक्ष्य बिष्णु थापा, बिभिन्न संस्था हरुका

राम्रा भजन गायक मुरारी नराल, शुशील श्रेष्ठ, म र तबला बादक एबम भजनमा डुबुल्की मार्ने संगीत प्रेमी राजन अधिकारी ४ जना बसेर करिब ४ घण्टा भजन गाउँदै रमाइलो गर्यौं । मन अली शीतल भयो ।

अमेरिकाको ब्यस्त, जोत्ने गोरुको जस्तो दिनचर्या । कहिले काही त यसो मन बहलाउनु पनि त पर्‍यो नि होइन र ? आज मेरो घरमा मेरा मित्रहरु अत्यन्त राम्रा भजन गायक मुरारी नराल, शुशील श्रेष्ठ, म र तबला बादक एबम भजनमा डुबुल्की मार्ने संगीत प्रेमी राजन अधिकारी ४ जना बसेर करिब ४ घण्टा भजन गाउँदै रमाइलो गर्यौं । मन अली शीतल भयो । आगामी सेप्टेम्बर २५ मा एन इ सी सी पशुपती बुद्ध मन्दिर मा हामी चारै जना ले २ बजे देखी ५ बजे सम्म बिशेष भजन को प्रस्तुती गर्दैछौं तपाईं पनि आउनुस् है सँगै मिलेर रमाइलो गरौँ । जानकारी का लागि तलको सुचना पढ्नुहोला । तपाईंका लागि दुई वटा छोटा भजनका भिडियोहरु यहाँ प्रस्तुत छन ।





Dear community members, friends and families:

Nepal Education and Cultural Center (NECC) cordially invites you to celebrate the 11th anniversary of its initiation at Pashupati-Buddha Mandir in Lanham, MD on Sunday Sept 25, 2011 between 2:00 pm and 7:00 pm.The celebrations program will include:
Prabachan
Bhajan by
Mr Murari Naral, Mr Ram Prasad Khanal, Shushil Shrestha, Rajan Adhikari & Mr Khem Sangraula 
Highlights on NECC and its future Current financial status of NECC
Aarati
Prasad/Lunch

NEEC management team sincerely thanks Mr. Narayan Thapa & Mrs. Rabina Thapa of Lumbini restaurant, Baltimore, MD for sponsoring Prasad/Lunch during the
occasion.


It takes a lot of time and dedications in volunteering, we urge every community member to help, whatever way you can, in fulfilling the dream of completing the NECC project.

Wish you all a very Happy Dashain and Tihar 2068.

Mahendra Karki
and
NECC Management Team
9114 Margo Rd, Lanham
MD 20706

नौटंकी जारीछ शान्ति र संबिधानका बहानामा : फेरी नेपाली जनताले तिरेको करबाट तलब भत्ता खानेगरी ६०१ भेडा बाख्रा रुपी सभासद को म्याद थप गर्न अन्तरिम संबिधान सँसोधन गरिदै

सरकारले संविधानसभाको म्याद थपका लागी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ । सरकारका  उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको नेतृत्वमा गएको टोलीले अन्तरिम संविधानको १० औ संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको हो । यसअघि बसेको मन्त्रीपरिषद् बैठकले संविधानसभाको म्याद तीन महिना थप्ने निर्णय गरेको थियो । माओवादीका मन्त्रीहरूले बैठक बहिस्कार गरेका थिए । सत्तारूढ दलको बैठकमा छ महिना म्याद थप्ने प्रस्ताव ल्याउने निर्णय विपरित प्रधानमन्त्रीले तीन महिना म्याद थप्ने प्रस्ताव ल्याएपछी माओवादीले सर्वदलीय तथा मन्त्रीपरिषद् बैठक बहिस्कार गरेको हो । संविधानसभाको म्याद तीन वर्ष तीन महिना हुनेछ भन्ने संवैधानिक व्यवस्थाको ठाउँमा संशोधन गरी संविधानसभाको अवधि तीन वर्ष छ महिना हुनेछ भन्ने उल्लेख गर्न सरकारले प्रस्ताव गरेको छ । हरेको विषयलाई विवादमा ल्याएर विवाद बिच नै विवाद समाधान गर्ने रोग फेरी आज एकपटक प्रस्तुत भएको छ दलहरूबिच । कुरा हो संविधआनसभाको म्याद थप्ने । प्रधानमन्त्री बिहान सत्तारूढ दलहरुको बैठक बस्दा सम्म ६ महिना म्याद थप्न सहमत भएका थिए तर सर्वदलीय बैठकमा एक्कासी कुरा फेरी पछी विवाद सुरु भएको हो । प्रधानमन्त्री खनालले सर्वदलिय बैठकमा सत्तारूढ दलबिच भएको सहमति विपरित ३ महिना म्याद थप गर्ने

म्याद थप गरे ४७ सालको संविधानले निरन्तरता पाउने दावी

"सविधान सभाको म्याद थप्ने षड्यन्त्र गरे जनताले नमान्ने र यसको परिणाम भयङ्कर हुने" : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभाको म्याद थप गरे ४७ सालको संविधानले निरन्तरता पाउने दावी गरेका छन्। पार्टीले भक्तपुरमा आयोजना गरेको आमसभामा उनले सकिएको म्याद थप गरी जनताको अधिकारमाथि खेलवाड गर्ने दुस्साहस गरे २०४७ सालको संविधानलाई निरन्तरता दिन जनता एक हुने बताए। नेताहरुले सविधान सभाको म्याद थप्ने षड्यन्त्र गरे जनताले नमान्ने र यसको परिणाम भयङ्कर हुने बताए। थापाले कामचलाउ सरकारले दीर्घकालीन असर पुग्ने गरि निर्णय गर्न समेत अधिकार नभएको अवस्थामा संविधन सभाको म्याद थप गर्न नमिल्ने बताए। उनले सविधान र सर्वोच्च अदालतलाइ ठाडो चुनौती दिँदै ठूला दलका नेताहरु पुन संविधान सभाको म्याद थप गरी संगठित र योजनाबद रुपमा ब्रम्हलुट गर्न खोजेको आरोप लगाए। प्रमुख दलहरु संविधान र शान्ति प्रकृया भन्दा सत्तामा केन्द्रित भई सरकार गिराउने र बनाउने फोहरी खेलमा अल्झिएकाले संविधान

20110822

फोहोरी नेपाली राजनीति : घुमी फिरी फेरी कुर्सी मै छ सब कुरा !

सहमति कसरी होस् सबैलाई चाहियाछ प्रधानमन्त्री र मन्त्री !, अब फेरी प्रधानमन्त्रीको निर्वाचन हुने । 
माओवादी, नेपाली कांग्रेस, एमाले र मधेशी मोर्चालगायत ठूला दलबीच सहमति भए पनि संसदमा प्रधानमन्त्रीको चुनाव बहुमतीय प्रक्रियाबाट हुने भएको छ। अन्तरिम संविधानको धारा ३८(१) अनुसार, संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलबीच नै सहमति हुन नसक्ने भएकाले ३८(२) बमोजिम बहुमतीय प्रक्रियाबाट चुनाव गरिने भएको हो। सभामुख सुवासचन्द्र नेम्वाङले संसद्मा हुने प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम घोषणा गर्न बिहीबार साढे ११ बजे संसद्को बैठक बोलाएका छन्। उक्त बैठकमा प्रधानमन्त्रीको उम्मेद्वारको प्रस्ताव दर्ता गर्ने, फिर्ता लिने र भदौ १४ गते संविधानसभाको आयु सकिने हुनाले त्यसअघि नै ३ पटक चुनाव गर्ने गरी कार्यक्रम घोषणा गर्नेछन्। सोही बैठकमा सभामुख नेम्वाङले संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रधानमन्त्री निर्वाचनको प्रमुख निर्वाचन अधिकृत

20110821

अमेरिकाको म्यारिल्यान्ड स्थित पशुपती बुद्ध मन्दिरमा कृष्ण जन्मास्टमी का अबसरमा पूजा आरधना सम्पन्न


चार दशक अघिको नेपालको टप साँगितिक लेकाली समुहका नायक , प्रशिद्ध लोक गायक हिरण्य भोजपुरेको " मितेरी सांझ "

कोलोराडो / अन्तराष्ट्रिय कलाकार मँचका सल्लाहकार, चार दशक अघिको नेपालको टप साँगितिक लेकाली समुहका नायक , प्रशिद्ध लोक गायक हिरण्य भोजपुरेको प्रमुख आतित्थ्यमा कोलोराडोमा " मितेरी सांझ " संागीतीक कार्यक्रम शनीवार सम्मन्न भयो । "रातो भाले क्वाए“ क्वाए“  सुत्केरीलाई ख्वाएं," "ट्यासी गुडाउंदै वाईरोडको बाटोमा धुलो उडाउंदै " जस्ता गीत गाएर ज्यादै प्रशिद्ध भएका भोजपुरेले  ६९ बर्से उमेरमा पनि यूवा जोस र जांगरका साथ आफ्ना कला दर्शक सामु पस्किएका थिए । आफु मात्र होईन जिवन संगिनी पनि गायक पाएका भोजपुरेले २०२४ सालमा जिवन संगीनी उर्मिला श्रेष्ट, साली निर्मला श्रेष्ट र गणेश रसिक  संगै गाएका भोजपुर  बाट ट्याम्के डांडा भन्ने गीत आज गणेश रसिक  बाहेक तिन जनाको उपस्थितीमा कोलोेराडोमा गाउंदा दर्शकको  गडगडा ताली पाएका थिए ।   कोलोराडो स्थित  ब्रुमफिलमा सम्पन्न कार्यक्रममा स्थानिय गायक तथा संगितकारहरुको बाक्लो उपस्थिती रहेको थियो । काफल पाक्यो काफल पाक्यो भन्छ चरिले भन्ने गीतबाट श्रोता माझ चिनीएकी निर्मला श्रेष्ट र उर्मिला श्रेष्टले पनि स्टेजमा संगै गित गाएर श्रोतालाई तताएका थिए । त्यसै गरी सुरेस चन्द्र प्रधान, उषा किरण अधिकारी, निलम श्रेष्ट, राम श्रेष्ट, सिमा कार्की, मनोज तुलाधर लगाएतका गायकहरुले आफ्नो कला र गला  दर्शक सामु प्रस्तुत गरेका थिए । नेपालमा तत्कालिन समयमा पध्य संगित प्रसस्त भएपनि गध्य संगीतको  खडेरीको समयमा हिरण्य भोजपुरे उर्मिला श्रेष्ट,  निर्मला श्रेष्ट र गणेश रसिकले लेकाली संागितीक समुह मार्फ गध्य संगित बजारमा ल्याई श्रोताको मनजित्न सफल भएका थिए ।   गध्य संगितका श्रोताले अधिकांश हिन्दी गित सुन्नु पर्ने समयमा २०२२ साल तिर संगितीक क्षेत्रमा उदाएका हिरण्य भोजपुरी  तत्कालीन समयमा श्रोताका ज्यादै प्यारा थिए ।  स्टेजमा उभिएर गीत गाएको  ४५ बर्षपछि कोलोराडो स्थित रकिमाउन्टे फ्रेन्स अफ नेपालको संयोजनमा  नेपाली दाजु भाई दिदी बहिनी माझ आफ्नो कला प्रस्तुत गर्न पाउंदा जिवनमा  आफु फेरी तन्नेरी भएको  उनको अनुभब थियो । मँच का केन्द्रिय कोसाध्यक्ष्य कृष्ण मुरारी ढुँगेलको प्रतिकृया थियो "हिरण्य दाई र उर्मिला भाउजुको जोडीले अझै पनि मँच तताउन बाँकी नराख्दोरहेछ बा मत तीन छक परें, उस्तै जोश उस्तै बेजोड प्रस्तुती "
मँचका अध्यक्ष रामप्रसाद खनाल भन्नुहुन्छ "कार्यक्रमका लागि हल तर्फ जाँदै गर्दा हिरण्य दाईले मलाई फोन गरी भन्नु भएको थियो "भाई म हल तिर जाँदै छु श्वास प्रश्वास बढीरहेको छ, अब अली बुढो पनि भैएछकि क्याहो, भाउजु र साली त छन तर तपाईं यहाँ कोलोराडोमा भैदिएको भए दुई भाईले रन्काउनहुन्थ्यो गीत ।" कार्यक्रम पछी हिरण्य दाई, उर्मिला भाउजु, निर्मला दिदीको जोडदार प्रस्तुती सुनेर म अत्ती प्रशन्न छु । आखिर लेकाइ समुह न पर्‍यो, हिरण्य दाई,उर्मिला भाउजु, निर्मला दिदीलाई बधाई छ" 




- Natibabu Bhatt / Colorado

ट्याक्सी गुडाउदै, वाईरोडको बाटोमा धुलो उडाउदै.....


-निर्मल प्याकुरेल

Nirmal Pyakurel गत शनिवार कोलोराडोको एउटा रंगमञ्चमा यि शब्दहरू दाई हिरण्य भोजपुरेको ओठबाट यसरी निस्कियो कि, दर्शकहरू खुसिले गदगद् भए । आफ्नो मातृभुमिबाट पर प्रवासको पिडा भोगिरहेका नेपालीहरू एकैछिन भएपनि प्रवासलाई बिर्सिएर हिरण्य दाईको स्वरमा रहेको नेपाली माटोको सुगन्धलाई भरपूर अनुभव गर्नपुगे ।

मान्छे बुढो हुन्छ, उसको शरीरले साथ दिँदैन । तर मानिसभित्र रहेको कला कहिले पनि कमजोर र बृध्द हुँदैन । कला त जहिले पनि जवान हुन्छ र बाँचिरहन्छ । वास्तवमै भन्ने हो भने प्रकृतीको अन्त्य भएपनि कला मर्दैन । यस अर्थमा मानिशमा भएको कलालाई पक्कै पनि भगवान मान्न सकिन्छ ।

मितेरी साँझ नाम दिईएको यस कार्यक्रममा अरु धेरै कलाकारहरूले साथ दिनुभएको थियो र त्यस मध्देको म पनि एउटा थिए । अरु कलाकार साथीहरूलाई कस्तो अनुभव भयो त्यो त मलाई थाहा छैन । तर व्यक्तिगत रुपमा मैले भन्नुपर्दा हामी सबैजनालाई हिरण्यदाई सगै एउटै मञ्चमा प्रस्तुत हुनपाउदा निकै गर्व महसुस भएको थियो ।

Hiranya Bhojpure यहाँ नेर म एउटा कुरा के थप्न चाहन्छु भने, मैले आफ्नो जीवनमा रंगमञ्चमा हुने निकै नेपाली कार्यक्रमहरू नजिकबाट हेरेको छु । मेरो आफ्नो अनुभवमा दुई–चार उत्कृष्ट कार्यक्रमहरू मध्ये मितेरी साँझलाई पनि लिन चाहन्छु र कार्यक्रमको सफलताको श्रीपेच पनि म हिरण्य दाईको शिरमा पहिराउन चाहन्छु । वास्तवमै विदेशमा प्रस्तुत गरिने कार्यक्रमहरू यस्तै स्तरीय हुनपर्छ । मुख्यतः नेपाली पन र नेपाली भाव चाहिन्छ ।

हुनत दर्शकहरूको बाक्लो उपस्थिती थिएन। तर जति पनि दर्शकहरू उपस्थित हुनुभयो, वहाँहरू सबैले भरपुर मनोरञ्जन प्राप्त गर्नुभएको थियो ।

“झण्डै नआएको, छुटाउनै नहुने कार्यक्रम रहेछ।” निकै दर्शकहरूबाट यो भाव ब्यक्त गरिएको थियो ।

कार्यक्रमको अन्त्य त झन् यति रमाईलो भयो कि हिरण्य दाई आफै गएर रंगमञ्चमा नृत्य गर्न थाल्नु भो । के बुढाबुढी, के जवान, के बालख–सबैजना हिरण्य दाईको साथमा कम्मर भाँच्नपुगेका थिए । मानौ कोलोराडोका नेपालीहरू माझ दसै आएको थियो र खुसिले झुमेका थिए उनिहरू ।

मैले आफुले भन्नुपर्दा, पक्कै पनि त्यो क्षण मेरो जीवनको स्मरणीय क्षण बन्नपुगेको थियो ।

छुट्टिने बेलामा हिरण्यदाईले मेरो काधमा हात राख्दै, तपाईहरूको साथ पाएर नै कार्यक्रम सफल भयो भनेर मलाई भन्नु भएको थियो ।

यति सिद्दहस्त ब्यक्तिले यो वाक्य बोल्दा म किन हो निकै भावुक बन्न पुगेको थिए।

“हैन दाई, दाईको सामुन्ने त हामी धूलोको कण मात्रै हौ ।” मेरो गला अवरुध्द भयो र मैले यति मात्रै बोल्न सके ।

जे होस्, कोलोराडोको त्यो शनिवारको साँझ नेपालीहरूका लागि अविस्मरणीय बन्नपुग्यो । हिरण्य दाईले दर्शकहरू माझ यति मिठो जादु छरिदिनु भयो कि, प्रत्येक दर्शक खुसिले झुम्न बाध्य भए ।

धेरै–धेरै बधाई हिरण्य दाई, तपाई दर्शकहरू माझ नेपाली साङ्गीतिक क्षेत्रलाई अंकमाल गर्दै अझ हजारौ बर्ष बाइरोडको बाटोमा धूलो उडाइराख्नुस् । तपाईको साथ हामीलाई चाहिन्छ । तपाई प्रत्येक नेपालीहरूको हृदय माझ सधैँ हुनुहुन्छ र रहिरहनु हुनेछ ।

हार्दिक बधाई तथा शुभकामना हिरण्य दाई ! 

20110819

रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली, श्रृंगारसहित तीजको गीतमा दिदी बहिनीहरु छमछमी नाच्दा अनि बारुले कम्मर भाँच्दा कस्तो होला अमेरिकामा ?

अगस्त २७ तारिख अमेरिकाको मनाससमा भव्य ‘तीज महोत्सव’ हुँदै
बरिस्ठ कलाकारहरु प्रेमराजा महत, सारँगा श्रेष्ठ, अनुपमा प्रसाईं, पत्रकार एबम समाजसेबी हेम पाठक बरिस्ठ साहित्यकार होमनाथ सुबेदी    र अमेरिकी सँसदमा ककस निर्माण गरी नेपाललाई प्रबेश गराउने राजदुत डा. शंकर शर्माको भब्य अभिनन्दन गरिदै । प्रेमराजाले गीत गाउँदा, सारँगा, अनुपमा, श्याम खड्की, यज्ञमान शाक्य, किशोर छेत्री, नबिन केसी, लुना श्रेष्ठ  सहितका थुप्रै सुप्रसिद्ध कलाकारहरु  र अमेरिकामा बस्ने नेपाली महिला दिदी बहिनीले बारुले कम्मर भाँच्दा तपाईं बेहोस् नहुनु होला है ! विद्वान अर्थशास्त्री राजदुत डा. शर्मा र श्रीमती कल्पना शर्माले पनि त्यो दिन तीज गीतमा कम्मर मर्काएर तपाईंहरु सँग नाच्दै नेपाली सन्स्क्रितीप्रतीको  सम्मान देखाउँदै हुनुहुन्छ मिस गर्नुहोलानी !             
- ॠषिराम खनाल -
अमेरिका/ कल्पना गर्नुस त गोरा, काला, गहुँ गोरा अमेरिकनदेखि सँसारभरबाट बसाई सराइ आएका करोडौं मानिस बस्ने, हरेक दिन पचासौं हजार मानिस घुम्न आउने, सवैको सपनाको संसार भनिने अमेरिकामा बस्ने नेपाली महिलाहरुले रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली,

मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा ४० जनाको मृत्यु

पाकिस्तानको खयाबरमा एक मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा ४० जनाको मृत्यु भएको छ । शुक्रबार प्रार्थना इरहेको बेला आत्मघातीले बम विस्फोट गराएका थिए । समाचार एजेन्सीहरुका अनुसार शुक्रबारे प्रार्थनाको समयमा मस्जिदमा विस्फोट भएको थियो । विस्फोटमा ८५ जनाभन्दा बढी घाइते भएका छन् । अफगानी सिमा नजिकै रहेको उक्त गाउँमा तालिवानी आक्रमण भएको हुनसक्ने समाचारमा जनाइएको छ । यसैगरी अफगानिस्ताको काबुलका अलग-अलग ठाउँमा भएको विस्फोटमा पनि कम्तिमा १० जना मारिएको समाचारहरुमा जनाइएको छ ।
हजारेको अनसन अब केन्द्रीय दिल्लीस्थित रामलीला मैदानमा, प्रहरीले अन्नाका एक हजार दुई सय समर्थकलाई पक्राउ

भ्रष्टाचारविरोधी गान्धीवादी नेता अन्ना हाजरे तिहाड जेलबाट बाहिर निस्किएका छन्। हजारेको अनसन अब केन्द्रीय दिल्लीस्थित रामलीला मैदानमा हुनेछ। मध्यान्ह जेलबाट बाहिरिएका उनले भने- 'म नरहे पनि भ्रष्टाचारविरोधी आन्दोलनको मसला जलिरहनु पर्छ।' उनी आमरण अनसनमा छन्। अरविन्द केजरीवाल र मनीषा सिसदियाले गेटसँगै बनाएको मञ्चमा पुर्‍याएका थिए। त्यहाँ उनले दुवै हात उचालेर समर्थकलाई

20110818

खबरदार मोबाइल फोन प्रयोग गर्नेहरु, तपाईं के निम्त्याउदै हुनुहुन्छ थाहा छ तपाईंलाई ? !

- सम्झना शाक्य-
आजको मानवसभ्यताको विकासमा सञ्चारमाध्यमले एकदमै ठूलो प्रभाव पारेको छ । टेलिफोन, मोबाइल फोन, इन्टरनेटजस्ता सेवा आजभोलि हरेक क्षेत्र र वर्गका मानिसका लागि अत्यावश्यक भइसकेको छ । मोबाइल फोन नबोक्ने युवा तथा वयस्कहरू एकदमै कम भेटिन्छन् । कहीँ कतै जाँदा मोबाइल फोन छुट्यो भने फर्केर गएरसमेत लिन जान्ो गरिन्छ । यसबाट के बुझिन्छ भने हामी मोबाइल फोनप्रति अति निर्भर हुन थालिसकेका छौँ । हुन पनि आजको व्यस्त जीवनशैलीमा सामाजिक सञ्जालको रूपमा पनि यसले काम गरेको छ । साथीभाइ, इष्टमित्रहरूलाई मोबाइलबाट नै तुरुन्तै कुराकानी गर्न सकिन्छ । आज आएर मोबाइल देखासिकीमा मात्र सीमित छैन । मानिसको दैनिक जीवनसँग यसले प्रत्यक्ष सम्बन्ध राख्दछ । कामकुरोलाई छिटो-छरितो

20110817

कङ्रेसको आन्तरिक बिबादले बाबुरामको चान्स बढी तर अब देशको प्रधानमन्त्री को हुन्छ भन्ने अनुमान लगाउन सहज भने छैन्

अन्तत प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएका छन् । पार्टीका नेता तथा प्रमुख विपक्षि दलका नेताले भन्दै आएको राष्ट्रिय सहमतिको ढोका खनालले खोलिदिएका छन् । निरन्तरको दवाव र

एक करोड फिरौती नदिए छोरालाई मार्ने धम्कीआएपछि छोरो अपहरणमा परेको थाहा पाए बाबुले !

हत्याको अभियोगमा पक्राउ परे माओवादीका केन्द्रीय सल्लाहकार जालिम मियाँ
पाल्पाको तानसेन नगरपालिका वडा न ३, बारुदखानका १६ वर्षीय किशोर न्यौपाने अपहरणमा परेका छन् । न्यौपानेको कसले अपहरण गरेको भन्ने ११ दिन वितिसक्दा समेत थाहा भएको छैन । किशोर साउन २२ गते आइतबारदेखि अज्ञात समूहद्वारा अपहरणमा परेको परिवारले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । बेपत्ता भएको दुई दिनपछि साउन २४ गते एक करोड फिरौती नदिए छोरालाई मार्ने धम्कीआएपछि छोरो अपहरणमा परेको थाहा पाएको बाबु रामप्रसाद न्यौपानेलेबताए । अपहरणकारीले छोरा किशोरको मोवाइल प्रयोग गरेर धम्कीको भाषामा फिरौती माग गरेका थिए । अपहरणकारीले प्रहरी र पत्रकारलाई सूचना दिए छोरालाई मारिदिने धम्की दिएकाले गुपचुप बसेको उनले बताए । त्यती धेरै रकम फिरौती वुझाउन नसक्ने भनेपनि अपहरणकारीले १५ लाख

20110816

कार्टर सेन्टरको सर्भे ; गाउँ अझै माओवादी 'कब्जा'मा छ ?




–के वर्तमान अवस्थामा नेपाली राजनीतिक दलहरू संगठित हुन र देशभरि गतिविधि सञ्चालन गर्न स्वतन्त्र छन् ? यदि छैनन् भने राजनीतिक खुलापनलाई कसरी, कोद्वारा र कहाँ सीमित

नेपाली दलित अभियन्ता सुभाष दर्नालको अमेरिकाको वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयरर्पोर्टमा कार दुर्घटनामा मृत्यु

नेपाली दलित अभियन्ता   सुभाष दर्नालको सोमवार अमेरिकाको वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयरर्पोर्टमा कार दुर्घटनामा मृत्यु  भएको छ । पश्चिम पाल्पाको मुझुङ्ग गाविस-१ घर भई काठमाण्डौ बस्दै आएका दर्नाल वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयरर्पोर्टमा कार दुर्घटनामा मृत्यु भएको परिवारले बताएका छन् । उनी केहिदिन अघि मात्रै अमेरिका गएका हुन् । मृतक दर्नालका आफन्त कृष्ण दर्नालले क्यालिफोर्नियाबाट डलस एयपोर्टमा ओर्लेर बाहिर जादै गर्दा एपोर्ट सटल ट्याक्सी दुर्घटनामा पर्दा घटनास्थलमै मृत्यु हुन पुगेको जानकारी आएको बताए । दुर्घटनापछि त्यहाको पुलिसले दर्नालको शवलाई वेष्ट भर्जिनियास्थित रेस्टोन अस्पतालमा पुर्याएको थियो । उनको शव अस्पतालमै रहेको जानकारी पाएको दर्नालले बताए । नेपालबाट क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व बिद्यालयमा समर रिसर्च फेलोको रुपमा अध्ययन गर्न अमेरिका पुगेको दुई दिनमै उनको निधन भएको हो । दर्नालको श्रीमती र दुइवर्षकी छोरी छन् । उनको शव सम्भवतः मंगलवार नै काठमाण्डौ पुग्ने परिवारले बताएका छन् ।

20110815

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्ष र उपाध्यक्ष बाबुराम भट्टराई पक्षका कार्यकर्ताबीच झडप, वाइसियल केन्द्रीय सदस्य घाइते

गोरखा, नेपाल खाद्य संस्थानको चामल ढुवानी गर्नका लागि माछा खोला र सिर्दीवास डिपोमा टेन्डर बुझाउने सोमबार अन्तिम दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्ष र उपाध्यक्ष बाबुराम भट्टराई पक्षका कार्यकर्ताबीच झडप भएको छ। झड्पमा वाइसियल नेपालका केन्द्रीय सदस्य हरिबहादुर पाण्डे घाइते भएका छन्। भट्टराई पक्षका कार्यकर्ताले हानेको ढुङ्गा लागेर टेण्डरका लागि काठमाडौँदेखि आएका अशोक लामिछाने पनि घाइते भएका छन्। यसरी घाइते हुनेहरूमा अकुर तिमिल्सिना, दिपक तिमिल्सिना, अमृत केसी, विनोद पाण्डेलगायतका दाहाल पक्षका कार्यकर्ताहरू रहेका छन् भने भट्टराई पक्षका कार्यकर्ताले लिएका खुकुरी र रड प्रहरीले नियन्त्रणमा लिएको छ। खाद्य संस्थानमा आक्रमण भएपछि होटल हिमालयनमा रोकिराखिएका तीनवटा मोटरसाइकलमा पनि तोडफोड भएको छ। सुरक्षाका लागि सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। युवाहरूको आतङ्कका कारण बिहान देअि नै बजार क्षेत्र तनावग्रस्त भई बन्द भएको हो।

डा. बाबुराम भट्टराई र केपी ओली बिचको गाइजात्रे कुराकानी

प्रधानमन्त्रीबाट हट्नुपरे पछी "झल्लु" साबित झलनाथ खनालले सँसदलाई सम्बोधन गर्दै यसो भने, हेर्नुस् पुरा विवरण !

सम्माननीय सभामुख महोदय,
मुलुकको संक्रमणकालीन अवस्थामा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माणका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यका साथ २०६७ माघ २० गते यसै सम्मानीत सदनबाट म प्रधानमन्त्रीको पदमा निर्वाचित भएको थिएँ। अन्तिमसम्मका निरन्तर प्रयत्नहरुले समेत म आफैले निर्धारण गरेको समय–सीमाभित्र खासगरी शान्ति प्रक्रियाका सम्बन्धमा अपेक्षित उपलब्धि प्राप्त हुन नसकेपछि हिजो प्रधानमन्त्री पदबाट मैले राजीनामा गरेको छु। करिब तीन वर्षदेखि मैले उठाउँदै आएको राष्ट्रिय सहमतिको आवश्यकता, त्यसमा योगदान गर्ने उद्देश्यका साथ मेरो नेतृत्वमा गठित सरकार र यस व्यवस्थापिका–संसदले समेत गत जेठ १४ गते राष्ट्रिय सहमतिको सरकारको अपरिहार्यतालाई अनुमोदन गरेको सन्दर्भमा यसै सदनलाई स्पष्ट पारेर राजिनामा दिने मेरो विचार थियो। तर आफैले बनाएको समय सीमाका कारणले गर्दा हिजो राजिनामा गरेर आज यस सदनमा राजीनामाको औचित्य, आफ्ना अनुभव र विचारहरु राख्न यहाँ उपस्थित भएको छु।
एकिकृत नेकपा (माओवादी) शान्तिप्रक्रियाको एउटा प्रमुख पक्ष भएको, उसले आफूलाई अन्य दलहरुले

हिन्दूलाई भन्दा गोरेहरुलाई हिन्दू धर्मको माया ?! : हरे कृष्ण मन्दिर, पोटोम्याक म्यारिल्यान्ड जहाँ भारतीय र नेपाली हिन्दू मात्र होइन अमेरिकन र अन्य बिदेसी पनि यसरी मनमुग्ध देखिन्छन !

20110814

आखिर प्रचन्डले लोप्पा ख्वाइदिएपछी "झल्लु"ले राजिनामा दिए

"झल्लु" बाट झलनाथ हुन्छन कि भन्दाभन्दै प्रधानमन्त्री बनेपछि पनि बारम्बार आफुलाइ "झल्लु" नै साबित गरेका प्रधानमन्त्री झलनाथ खनाललाई आखिर प्रचन्डले पनि लोप्पा ख्वाइदिएपछी अहिले राजिनामा दिएका  छन राष्ट्रपती समक्ष्य । भोली फेरी "५९४ भेडा बाख्राको सँसद्" भनी जनताले ब्यंग गर्ने "नयाँ नेपाल"को संबिधान नबनाउने तर "संबिधान सभा" भन्ने सिंहदरबार भित्रको ठुलो सभा बैठक हलमा सम्बोधन गरेर फेरी राष्ट्रिय सहमति खोक्ने रे ! "नेपाली आतंकबादका नायक प्रचन्डको मतियार बनेर झल्लुले आफ्नो मात्र होइन एमालेलाई पनि तेस्रो लिंगी बनाइ छाडे" यसै भन्दैछन नेपाली जनताहरु। "अब फेरी कुन झल्लु प्रधानमन्त्री भएर नाटक देखाउने हुन २/३ दिन भित्रमा नेपाली जनताले नचाहेर पनि देख्नुपर्ने छ त्यो नाटक ।"

20110813

डिसीमा आयोजित कार्यक्रममा अमेरिकी कङ्रेसमा उमेदवारी दिएका नेपाली अमेरिकन दर्शन रौनियारको सम्बोधन यस्तो थियो


अमेरिकामा पहिलो पटक डिसी नेपाली समाजले आयोजना गरेको जनै पुजन् तथा रक्षा बन्धन कार्यक्रम यस्तो रह्यो हेर्नुस् !

यो सुन्दा सानो लाग्ला तर नेपाली सँस्कृति र परम्परालाई माया गर्ने हरुका लागि ठुलो र सुखद समाचार हो, यसका लागि डिसी नेपाली समाज धन्यवाद र बधाई को पात्र छ । समाज र यसका सबै पदाधिकारी र सदस्यहरुलाई नेपाल मदर डट कम हार्दिक धन्यवाद दिन चाहन्छ । हेर्नुस् फोटो र भिडियो आँफै समाचार बोलिरहेका छन ।  
हेर्नुस् फोटो एल्बम भित्र आएर ......

नेपाली सभासदलाई सुहाउँदो काम : काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गगन थापाले काठमाडौँको गोल्फुटारमा मासु पसल सुरु गरे

संबिधान बनाउन नसके पनि मासु पसल खोल्न सक्नुभएछ सभासद ज्यू, ल बधाई छ यहाँलाई !

यसै गरी अरु सभासदहरु पनि कोही भैंसी चराउन, कोही बाख्रा चराउन, घांस काट्न गए हुन्छ, नेपाल र नेपालीको संबिधान बनाउन यी ५९४ सभासद मध्ये अधिकांस नालायक छन यसो भने कसो होला कुन्नी !
काम गरेर खानु आफैमा सकारात्मक कुरा हो । हामी काम गरेर खाने जो कसैलाई पनि सम्मान गर्दछौं । कसले के गर्नु उपयुक्त हो भन्ने मात्र हाम्रो चासो हो ।  काम जे गरे पनि हुन्छ, काम लाई सम्मान गर्नुपर्छ, तर नयाँ नेपाल बनाउँछौं, देश र जनताको भाग्य फेर्छौं भन्ने,  चर्का चर्का भासण गर्दै, शान्ति र संबिधान दिन्छौ भन्दै ताली खाने र नेपाली कङ्रेस भित्रका सबैभन्दा लोकप्रिय भनेर चाहिने भन्दा बढी प्रचार गरिने  काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गगन थापाले काठमाडौँको गोल्फुटारमा नयाँ मासु पसल सुरु गरेका छन् । पसलको शनिबार बिहान औपचारिक रुपमा उद्घाटन गरिएको हो । सभासद् थापासहित चारजनाले करिब चार आनाको

20110812

यस्ता होस् नभएका कसाइ बन्नुपर्ने उल्लुहरु डाक्टर भए पछी !

एउटालाई गर्ने अप्रेसन अर्कैलाई, घाँटीमा गर्नुपर्ने अप्रेसन पाठेघरमा !!!    
Updated ....भरतपुर क्यान्सर अस्पतालको लापरबाहीका कारण घाँटीको साटो पाठेघरको शल्यक्रिया गरिएकी छमकुमारी बोहोराको अहिलेसम्मको उपचार तथा थप शल्यक्रिया निःशुल्क हुने भएको छ। बिरामीका आफन्तको मागअनुसार अस्पताल प्रशासन यो कामका लागि तयार भएको हो। बिरामीका आफन्त तथा अस्पताल प्रशासनबीच शुक्रबार वार्ता भएको थियो। गलत शल्यक्रिया गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले माफी माग्नुपर्ने वार्ताका क्रममा बिरामीका आफन्तले जोड दिएका थिए। अस्पतालले यस विषयमा बिहीबार नै गल्ती स्वीकार गर्दै छानबिनको लागि समितिसमेत गठन गरेको छ। वार्तामा सहभागी नागरिक समाजका श्याम लामिछानेका अनुसार बिरामीका आफन्तले सम्भव भए भरतपुरमै नभए थप उपचारका लागि विदेश लानु परे पनि त्यसको खर्च अस्पतालले व्यहोर्नुपर्ने माग गरेका थिए। अस्पतालले भने थाइराइडको शल्यक्रिया चितवनमै सम्भव भएको भनी बिरामीका आफन्तलाई आश्‍वस्थ पारेका थिए। रुपन्देही शंकरनगर-३ सीता मिल टोलकी छमकुमारीको बिहीबार घाँटीको थाइराइडको शल्यक्रिया गर्नुपर्नेमो पाठेघरको शल्यक्रिया भएको थियो। अस्पतालका स्त्री

आफ्नै बाबुद्वारा दुई छोरीको निर्मम हत्या, उता अर्का आठ बर्सिय बालकको पनि घाँटी रेटी हत्या हेर्नुस् समाचार र भिडियो !

पर्वतको पिपलटारी गाविसमा दुई साता पहिले अपहरणमा परेका भनिएका दुई बालिकालाई आफ्नै बाबुले ज्युँदै खोलामा फ्याकेको खुलासा भएको छ । पर्वतको पिपलटारी गाविसको वडा नं ९ सिल्मीफाँटका कृष्णप्रसाद तिवारीले दुई छोरी ९ वर्षीया नमुना र ७ वर्षीया नविनालाई उनकै बाबु कृष्णप्रसाद तिवारीले ज्युँदै मोदी खोलामा फ्याकेको खुलासा भएको हो । बाबु कृष्ण प्रसादले साउन १५ गते राति सांढे ११ बजे छोरीहरुलाई डोराउंदै मोदी खोलामा लगेर बगाइदिएका खुलासा भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले जनाएको छ । अनुसन्धानमा खटिएको सीआइबी सामु कृष्णप्रसादले छोरीहरुलाई जिउंदै खोलामा फालिदिएको स्वीकार

20110811

सबैलाई खेलाउने प्रचन्डले शेर बहादुरलाई मुसो खेलाए झै खेलाउदै, शेर बहादुर दँग, कङ्रेस भित्रै नेताहरुको सम्बन्ध भँग !

शेरबहादुर देउवा झलनाथ खनालझैं प्रचण्डको विशेष समर्थन र सहयोगमा प्रधानमन्त्री बन्न अग्रसर हुनुभएको छ। गिरिजाप्रसाद कोइरालाको देहावसानपश्चात् माओवादी अध्यक्ष प्रचण्डले सभापति सुशील कोइराला र उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेललाई पनि आफ्नो पक्षमा उपयोग गर्न सकिने या नसकिने भन्दै नाडी छाम्ने प्रयास गर्नुभएको, तर कोइराला र पौडेललाई भन्दा देउवालाई उपयोग गर्न सकिने देखिएपछि विगत करिब डेढ वर्षदेखि प्रचण्डले देउवासँगको 'मित्रता'लाई विशेष महत्त्व दिँदै आउनुभएको महसुस गरिएको छ। एक नवउदीयमान 'व्यापारी'लाई मध्यस्थ बनाएर दुई नेताबीच सुरु भएको सम्पर्क र संवादले उहाँहरूलाई डेढ वर्षभित्र निकै नजिक तुल्याएको छ। प्रचण्डसँगको निकटतापश्चात् देउवा काङ्गे्रस र काङ्गे्रसीहरूलाई पराया ठान्ने तहमा पुग्नुभएको छ। जसरी केही कालयता झलनाथ खनालका निम्ति आफ्नो पार्टी एमालेभन्दा पनि प्रचण्ड

20110810

अन्तराष्ट्रिय कलाकार मँच कोलोराडो च्याप्टर अध्यक्ष्य निर्मल प्याकुरेल र सदस्य शैलेश पोखरेलले दर्शन रौनियार सँग लिनुभएको अन्तर्वार्ता भिडियो तल हेर्नुस् सुन्नुस्

Darshan Rauniyar's Family
आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनिहरु !

अमेरिकी सँसदमा उठेका पहिलो नेपाली अमेरिकन उमेदवार दर्शन रौनियारलाई तलको यो लिंक http://pol.moveon.org/2012/e/wa01survey.html?id=29694-4200339-dNI69Ex&t=1 क्लिक गरी त्यहा आफ्नो विवरण भरी भोट गर्नुस् । यो भोटले पनि दर्शन जी लाई निकै सहयोग पुग्ने छ । यसकै आधारमा वहाँको भाग्य निर्धारणको बाटो खुल्ने छ !
* अनुरोधक - रामप्रसाद खनाल - अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच तथा नेपाल मदर डट कम 


प्रधानमन्त्री झलनाथ खनालले यही साउन २८ गतेसम्म राजीनामा दिने प्रतिवद्दता जनाएपछी संसदको बैठक सुचारू, सूचना तथा सञ्चारमन्त्री बोगटीले प्रधानमन्त्रीले साउन २८ गते राजीनामा नदिने बताए !

विगत ९ गतेदेखी अवरूद्द हुँदै आजको संसद आजदेखी सुचारू भएको छ । प्रधानमन्त्री झलनाथ खनालले यही साउन २८ गतेसम्म शान्ति प्रक्रियाबारे केही प्रगती हुन नसके राजीनामा दिने प्रतिवद्दता जनाएपछी संसदको बैठक सुचारू भएको हो । प्रमुख प्रतिपक्षि दल कांग्रेसले लगातार आठौ पटकसम्म संसद अवरुद्द गरेका थिए । प्रधानमन्त्रीले राजिनामाको माग गर्दै उनीहरूले संसद अवरूद्द गर्दै आएका थिए । प्रधानमन्त्री बिरामी भएका कारण प्रधानमन्त्री अनुपस्थीत हुँदा प्रधानमन्त्रीको वक्तव्य उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले पढेर सुनाएका थिए । उक्त वक्तव्यमा २८ गतेभित्र शान्ति प्रक्रियामा प्रगती हुन नसके राजीनामा दिने प्रतिवद्दता दोहोर्याएका थिए । यसअघि नै प्रधानमन्त्री खनालले सार्वजनिक रुपमै राजिनामा दिने कुरा बताएपनि काँग्रेसले भने गत जेठ १४ गते माओवादी, काँग्रेस र एमालेबीच भएको सहमति अनुसार तत्काल राजिनामाको माग गरी संसदको नियमित बैठक अबरुद्ध पार्दै आएका थिए । बुधबार बैठक सुचारु भएपछि बजेट चुहावट सम्बन्धी छानविन गर्न बनेको उच्चस्तरिय समिति र तीन दलबीचको सहमति कार्यन्वयन

20110809

कृष्णबहादुर महराले समेत प्रचण्डको साथ छोडेपछि !

 'समय सधैं आफ्नो काबुमा रहँदैन।' यो सत्य यतिखेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का हकमा लागू भएको छ। पार्टीभित्र कुनै समयका प्राधिकार प्रचण्ड शान्ति प्रक्रियामा आएको लामो समय नबित्दै पार्टीभित्र झन्पछि झन् एक्ला बन्दै गएका छन्। मोहन वैद्य पक्षधरको असहमतिका बाबजुद पनि आफ्नो पहलमा उपप्रधान तथा गृहमन्त्री बनाएर अढाइ महिना पनि त्यो कुर्सीमा टिक्न नदिई  लज्जाजनक ढंगले फिर्ता बोलाईएका कृष्णबहादुर महराले समेत प्रचण्डको साथ छोडेपछि उनको हालत पार्टीभित्र दयनीय बन्दै गएको छ। स्रोतका अनुसार महरालाई गृहमन्त्री बनाए पनि 'कमिसन'को खेल नमिलेपछि प्रचण्डले उनको राजनीतिक जीवन नै धरापमा पारिदिएर फिर्ता बोलाएका थिए। 
प्रचण्डले आफूलाई बदनाम गराएको थापा पाएपछि महराले उनको खरो विरोध गर्न थालेका छन्। तर, विरोधै गरे पनि वैद्य पक्षले तत्कालै विश्वास नगर्नाले महरा प्राविधिक रूपमा प्रचण्ड खेमामै रहेका छन्। स्रोतका अनुसार ५५ लाख रूपैया147को थैली बुझाएर केन्द्रीय समिति बैठकको मुखैमा प्रचण्डले पार्टी प्रवक्ता समेत

सभासदको संख्या ५ सय ९४ मात्र, केशव मैनाली र राजकुमार लिम्बु नाल्वोको सभासद पद खारेज !

संविधानसभाले केशव मैनाली र राजकुमार लिम्बु नाल्वोको सभासद पद खारेज गरेको छ । अब संविधानसभामा सभासदको संख्या ५ सय ९४ मात्र भएको छ । संविधानसभा सचिवालयले मंगलबार सूचना निकालेर सभासदद्धय मैनाली र लिम्बुको पद खारेज भएको जानकारी दिएको हो । कार्यव्यवस्थाको परामर्श समिति र समितिको सिफारिसका आधारमा निर्णय गरिएको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए । चुरेभावर राष्ट्रिय एकता पार्टीबाट समानुपातिक सभासद मैनालीलाई पार्टीको बहुमत सदस्यले निस्कासन गरेपछि चुरेभावर राष्ट्रिय गठन गरेका थिए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिक सभासद नाल्वोले नयाँ दल संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टी गठन गरेका थिए । संस्थापन पक्षले मैनाली र नाल्वोको सभासद पद खारेजका लागि निवेदनपछि सविधानसभाले सभासद प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो । समितिले यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार संविधानसभाका अध्यक्षलाई दिएको थियो । उनीहरुको स्थानमा अव मान्यता प्राप्त सम्बन्धित दलले

20110807

यस्ता पो हुनु नेपाली छोरा : अमेरिकामा अध्ययनरत नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको शोधका आधारमा अन्तरिक्ष अनुसन्धान संस्था नासाले 'मंगल ग्रहमा पानी भएको' तथ्य सार्वजनिक


अमेरिकामा अध्ययनरत नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको शोधका आधारमा अन्तरिक्ष अनुसन्धान संस्था नासाले 'मंगल ग्रहमा पानी भएको' तथ्य सार्वजनिक गरेको छ। नासा (राष्ट्रिय हवाई उड्डयन तथा अन्तरिक्ष प्रशासन) ले उनकै शोधमा टेकेर मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी पाइने घोषणा बिहीबार गरेको छ। अमेरिकाको टुसान सहरस्थित एरिजोना विश्वविद्यालयमा जिओफिजिक्स अध्ययनरत २१ वर्षीय गत अप्रिलमा मंगल ग्रहमा पानी रहेको शोध नासालाई बुझाएका थिए। बिहीबार सिएनएनसँग कुरा गर्दै ओझाले मंगल ग्रहमा पानी रहेको पत्ता लागे पनि त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको बताए। अर्को वर्ष स्नातक तहको अध्ययन पूरा गर्ने ओझाको यो खोजपछि मंगल ग्रहमा जीवको सम्भावनाबारे जारी अध्ययनलाई बल पुगेको छ। 'मंगल ग्रहको प्रारम्भिक तस्बिर हेरेर मैले यो शोध गरेको थिएँ,' उनले सिएनएनसँग भनेका छन्, 'त्यो अनुसन्धानमा सहभागी हुन पाउनु मेरो अहोभाग्य हो।' उनले मंगल ग्रहको एउटा सतहमा रहेको खोँचलाई आधार मानेर अध्ययन गरेका थिए। उनले त्यो खोँचमा मौसमअनुसार आउने परिवर्तनबारे अध्ययन गरेका थिए। उनी अध्ययनरत

20110806

मान्छेको जीबन : हेर्नुस् त यस्तो पनि देखियो आज !

जीबन भन्नु नै संघर्स हो र हरेक संघर्समा डटेर अगाडी बढ्नु पर्छ भन्ने कुरा यी महान ब्यक्तिबाट हामीले सिक्नु जरुरी छ ।       
An incredible story about a man's will, persistence and courage to live on to be productive!!!
Half Man - Half Price Store ~ The Story of Peng Shuilin
  In life we keep complaining about what is or why we don't have. Half the time we seem dissatisfied, though full-bodied and free to choose. Fat people say, “I want to be slim." Skinny people say,” I want to be fatter." Poor people want to be rich and rich are never satisfied with what they have.


PENG Shuilin is 78cms high. He was born in Hunan Province , China . In 1995, in Shenzhen, a freight truck sliced his body in half. His lower body and legs were beyond

झलनाथ लाई राजिनामा गराएर आफु प्रधानमन्त्री हुन प्रचन्डको खेल जारी, बिचरा बाबुराम हेरेको हेरै हुन बेर छैन फेरी पनि !

माओवादी अध्यक्ष पुष्पकमल दाहालले साउन २८ गते प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने निश्चित भएको बताएका छन् । दाहालले त्यसपछि राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताए। प्रमुख तीन दलबीच शुक्रबार शान्ति मन्त्रालयमा भएको वार्तामा दाहालले साउन २८ मा प्रधानमन्त्री खनालले राजीनामा दिने बताएका हुन् । अध्यक्ष दाहालले भने– प्रधानमन्त्रीले समय तोकेरै शान्ति प्रक्रिया अघि नबढे राजीनामा दिन्छु भन्नुभएको छ । शान्ति प्रक्रिया अघि बढे पनि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि उहाँले राजीनामा दिनैपर्छ,'। कांग्रेस नेताहरूले भने शान्ति प्रक्रिया नटुंग्याईकन माओवादी नेतृत्वमा सरकार निर्माण गर्न नसकिने बताएका थिए। 'पहिले शान्ति प्रक्रिया टुंग्याउनुस्, त्यसपछि छलफल गर्न सकिन्छ। तर, शान्ति प्रक्रिया नटुंग्याई माओवादी नेतृत्वमा

20110805

बैद्यलाई अझै मान्छे मार्ने रहर : उनी भन्दैछन अर्को जनयुद्ध लड्छौं

शान्ति प्रक्रिया नटुंगिई संविधान जारी भए पनि ‘कागजको खोस्टा'मात्रै हुने : कोइराला, सरकारको नीति कमजोर रहेका कारण देश सङ्कटमा : पूर्व युवराज पारस शाह, प्रधानमन्त्रीले राजीनामा दिन नहुने : देव गुरुङ
माओवादीका उपाध्यक्ष मोहन वैद्यले माओवादी कसैसँग पनि नझुक्ने र आवश्यक परे फेरि अर्को जनयुद्व लड्ने धम्की दिएका छन्। जनमुक्तिका लागि लडेका लडाकुको सम्मानजनक व्यवस्थापन नभए फेरि अर्को जनयुद्व लड्नुपर्ने उनको भनाई थियो। पूर्णबहादुर रोका मगरद्वारा लिखित 'थवाङ्' पुस्तकको शुक्रबार सार्वजनिक गर्दै उपाध्यक्ष वैद्यले जनयुद्वको केन्द्रीय आधार रोल्पाको थवाङ् गाविसबाट सुरु भयो, त्यो महान जनयुद्धको सपना अहिले पनि पूरा भएको छैन, लडाकु सम्मानजनक समायोजन भएन भने फेरि अर्को थवाङ् बनाउनुपर्ने बताए। माओवादीका प्रमुख सचेतक देव गुरुङले विकल्प नहुन्जेल प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका छन्। मिडिया भिजन नेपालद्वारा आयोजित अन्तर्क्रियामा सचेतक गुरुङले विकल्पबिना राजीनामा दिँदा राजनीतिक अन्योल अझ बढ्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका हुन्। विगतका कमीकमजोरीलाई सच्याएर वर्तमान संविधान सभाबाटै संविधान बनाउनुको विकल्प नभएको भन्दै सरकार र शान्ति प्रक्रियालाई सेना समायोजनसँग जोड्न नहुने उनको भनाइ थियो। कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शान्ति प्रक्रिया नटुंगिई लोकतान्त्रिक संविधान जारी भए पनि ‘कागजको खोस्टा'मात्रै हुने बताएका छन्। एकीकृत माओवादीको लडाकु र हतियारको व्यवस्थापन तथा समायोजन, वाइसीएलको अर्धसैनिक संरचना भंग एवं

ए एन ए को बिबाद अदालत सम्म पुगेर अदालतले अन्तरिम आदेश जारी गरी ए एन ए का नाममा कुनै निर्वाचन नगराउन, काम कार्वाही नगर्न आदेश, यसबारेमा छेवाङ शेर्पा सँगको बार्ता सुन्नुस्

अन्तत अमेरिकामा रहेका नेपालीको संस्था ए एन ए को बिबाद अदालत सम्म पुगेर अदालतले अन्तरिम आदेश जारी गरी ए एन ए का नाममा कुनै निर्वाचन नगराउन, काम कार्वाही नगर्न आदेश दिए पछी ए एन ए को हुनै लागेको निर्वाचन रोकिएको छ । बिधान अनुसार निर्बाचित भनी घोषणा गरिएका प्रल्हाद केसी र वहाँको समुहले म्यारिल्यान्डको एक अदालतमा ए एन ए का निबर्तमान भनिएका अध्यक्ष्य सिमोन ढुंगाना, अन्तरिम अध्यक्ष्य छेवाङ शेर्पा लामा, निर्वाचन समितिका का सुदिप श्रेष्ठ, महासचिब धिरेन गुरुङ सहितको टिमलाई मुद्दा दिएको मा अदालतले यस्तो आदेश दिएको हो। १० दिन का लागि सम्पूर्ण कामकार्वाही बन्द गर्न र दुबै पक्षलाई अदालतमा हाजिर हुन अदालतले आदेश जारी गरेपछी यसबारेमा संपर्क गर्न खोज्दा प्रल्हाद केसी ले अदालती आदेश को आफुले सम्मान गर्दै केही नबोल्ने र अदालत बाटै टुँगो लाग्ने नेपालमदर डट कमलाई बताउनुभयो । उता ए एन ए का अन्तरिम कार्यकारी अध्यक्ष्य छेवाङ शेर्पाले पनि अदालतको आदेश को सम्मान गर्ने भन्दै ब्यक्तिगतरुपमा मात्र कुरा गर्न राजी हुनुभयो वहाँसँगको टेलिफोन बार्ता यहाँ जस्ताको तस्तै प्रस्तुत छ :

भारतको ब्रिन्दाबन धाम संसार कै प्रख्यात तिर्थस्थल मानिन्छ तर अमेरिकामै पनि भारत जान नसक्नेका लागि ब्रिन्दाबन धाम छ, आउनुस वेष्ट भर्जिनियाको ब्रिन्दाबन धाम भिडियो र फोटोमा हेर्नुस्

हरे कृष्ण मन्दिर, प्यालेस अफ गोल्डको भ्रमण गर्नुस् 


20110803

पुरुषले कानमा मुन्द्री लगाउन र लामो कपाल पाल्न, महिलाले समाजलाई उत्तेजित पार्नेखालका कपडा लगाउन थाले पछी !

ताप्लेजुङका पुरुषले कानमा मुन्द्री लगाउन र लामो कपाल पाल्न नपाउने भएका छन्। यसैगरी महिलाले समाजलाई उत्तेजित पार्नेखालका कपडा लगाउन नपाउने व्यवस्था पनि प्रहरीले गर्न लागेको छ। यस्ता कार्यले समाजमा मनोवैज्ञानिक त्रास बढाउने भन्दै ताप्लेजुङका प्रहरी प्रमुखले त्यसविरुद्ध अभियान सुरु गरेका छन्। काठमाडौंबाट सरुवा भएर आएको महिना दिन नपुग्दै जिल्लाका प्रहरी नायव उपरीक्षक केदार ढकालले यस्तो कार्यलाई निरुत्साहित बनाउने अभियान सुरु गरेका हुन्। समाजमा यस्ता कार्यले सर्वसाधारणलाई डर र त्रासमा राख्‍ने तथा लगाउनेलाई मैले जे गर्दा पनि हुन्छ भन्ने सोच बढेर जाने भएकाले यस्तो कार्य आवश्यक भएको ढकालले बताए। उनका अनुसार मुन्द्री लगाउने, लामो कपाल पाल्ने, पेन्ट र सर्टलाई स्वरुप बिगारेर अर्कै बनाउने जस्ता कार्य गरेर समाजमा अस्वाभाविक त्रास फैलाउन थालेपछि सर्वदलीय बैठकमै यो एजेण्डा उठाएर उनले अभियान सुरु गरेका हुन। ढकालले आफूहरुले यस्तारुपमा भेटिएकालाई पहिलो पटक कार्य सुधार्न भन्ने र नमाने अर्को पटक अरु सर्वसाधारणझैं बनाइदिने बताए। ढकालले महिलाले पनि समाजलाई

20110802

अमेरिकामा नेपाली उदाहरण सँसदको चुनाव लड्दै गरेका दर्शन रौनियारको अवस्था राम्रो देखिदै, पहिलो महिना उत्साहजनक !

Darshan Rauniyar Announces Successful First Month of Fund raising
Bothell, WA – August 1, 2011 – First-time political candidate, Darshan Rauniyar, running for Congress in Washington's 1st Congressional District, announced today that his campaign raised over $30,000 in the month of July.  "We have received donations from $5 to $1,000, and from 18 to 84-year-olds", said Rauniyar. "I am proud and humbled that over 200 people are excited about my candidacy and have donated to my campaign, and many more have begun to give their time and energy. We are building a grassroots campaign, and this month has seen us lay the foundation for a successful congressional race."

दिन दहाडै हत्या गरी ३ हजार लुटियो, कठै हाम्रो नयाँ नेपाल !

अज्ञात समूहद्वारा दैलेखमा एक हुलाकीको हत्या भएको छ। कुसापानी गाविस वडा नं.८ मा घर भएका हुलाकी १९ वषर्ीय प्रेमबहादुर कठायतको दैलेख र कालिकोटको सिमानामा पर्ने जडीको उकालोमा आइतबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  दैलेखदेखि कालिकोटतर्फडाक लिएर जाँदै गरेका हुलाकी कठायतको अज्ञात समूहले धारिलो हतियार प्रहार गरेर हत्या गरी उनीसँग रहेको ३ हजार रुपियाँ लुटेर लगेको बुझिएको छ। घटनास्थलमा कठायतले लिएर गएको डाक झोलामा रहेका चिठीपत्र छरपस्ट भेटिएको मृतकका आफन्तले बताएका छन्। हत्याको खबर प्राप्त भएपछि प्रहरी चौकी कुसापानीबाट प्रहरीटोली आइतबार राति नै घटनास्थल पुगी स्थलगत अध्ययन र र्सर्जिमिन मुचुल्का गरेको छ। प्रहरी नायब उपरीक्षक दीपक बस्नेतले घटनाको प्रकृति हर्ेदा उनको हत्या भएको र हत्यामा संलग्न व्यक्तिहरूको बारेमा अनसन्धान भइरहेको बताउनुभयो। हुलाकी कठायतको शवको सोमबार दिउँसो सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याई पोस्टमार्टम गरिएको छ। 
 प्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णय उल्लङ्घन गरी माओवादीको निर्णय कार्यान्वयन गरे : ओली  
 नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले प्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णय उल्लङ्घन गरी माओवादीको निर्णय कार्यान्वयन गरेर पार्टीलाई धोका दिएको बताएका छन्। प्रेस चौतारी नेपाल, भक्तपुर शाखाले मंगलबार ओली निवास बालकोटमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले राष्ट्रिय सहमतिको सरकार गठन गरेर शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बेलामा

20110801

आफ्नै पार्टी एमालेसँग बाझ्दै र माओवादीसँग झुक्दै झलनाथले १० मन्त्री थपेर सपथ पनि गराइ छाडे !

एक महिने कुर्सिका लागि माओवादीले मरिहत्ते हालेको देख्दा थाहा भयो माओवादी एमाले र कङ्रेस भन्दा पनि कती भोका छन कुर्सीका लागि !  
प्रधानमन्त्री खनालले विवादकै बीच दश जना नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराएका छन् । राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको छ । सपथ लिनेमा माओवादीबाट सिफारिस गरिएका ९ र मधेशी जनअधिकार फोरमका १ जना छन् । माओवादीले आफ्ना ३ जना मन्त्रीहरुलाई यथावत तथा केही हेरफेर गर्दै १२ जना मन्त्री र १२ जना राज्यमन्त्रीको नयाँ नाम सिफारिस गरेको थियो । आफ्नो दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को बिरोधका बीच प्रधानमन्त्री खनालले मन्त्रीहरुलाई सपथ ग्रहण गराउने निर्णय लिए । मन्त्रीहरुको सपथ
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________