– देवप्रकाश त्रिपाठी
मुलुकमा सहज सामाजिक जीवनका अनेक खतरामध्ये एउटा बेरोजगारीलाई मानिन्छ। बेकारी अर्थात् काम नहुनुलाई बेरोजगारीका रूपमा बुझिन्छ। समाजका कुनै पनि व्यक्ति बेरोजगार भए भने तिनले आफैंलाई बर्बाद गर्ने काम गर्न सक्छन्। कुलतमा फस्नु, आपराधिक क्रियाकलापमा लाग्नु या आत्महत्या गर्नु भनेको आफूलाई बर्बाद गर्नु हो। तर, राजनीतिमा लागेका मानिस बेरोजगारी भए भने आफूलाई होइन अरूलाई दुःख दिन थाल्छन्, अरूहरूलाई बर्बाद गर्न उनीहरू ज्यादा समय खर्च गर्छन्। राजनीतिकर्मीहरू पद, शक्ति र चर्चाका प्रति सधैं 'क्रेजी' हुन्छन्। उनीहरूको क्रियाकलाप पद प्राप्तिमा केन्द्रित किन हुने गर्छ भने पदले शक्ति दिन्छ र शक्तिशाली भएपछि स्वतः चर्चित होइन्छ भन्ने मनोविज्ञान राजनीतिकर्मीहरूको हुन्छ। पद प्राप्त हुन नसक्नुलाई

































