( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20111031

झलनाथ गुट र माधव-ओली गुटको, देउवा गुट र सुशील गुटको, वैद्य गुट र प्रचण्ड गुटको लोकतन्त्रका मापन स्केल !

झलनाथ गुट र माधव-ओली गुटको, देउवा गुट र सुशील गुटको, वैद्य गुट र प्रचण्ड गुटको लोकतन्त्रका मापन स्केल आ-आफ्नै कम्पनी तथा ँब्रान्डेड’ छाप चलाएर जनता झुक्याएका छन् । यतिवेला नेपालको लोकतन्त्र उन्नाइसौँ शताब्दीको पूर्वार्द्धमा युरोपभरिको साहित्यिक साम्राज्यमा अड्डा जमाएका उपन्यासकार मारी सेलीको साइन्स फिक्सन जस्तै भइसकेको छ, जहाँ सिर्जितले सिर्जनाकारको ध्वंस गर्ने प्रयास हुन्छ । जरोसमेत उखेलेर निमिट्यान्नै पार्ने प्रयास हुन्छ । सिर्जितले सिर्जनाकारको घर, परिवार, नातागोता, साखा-सन्तान र छरछिमेक समाज पनि भंग गरिदिने प्रयास हुन्छ । लोकतन्त्रले त्यही विरोधाभास मार्ग अवलम्बन गर्दै गएको देखिन्छ । बाटो बिराएको बटुवाजस्तो र जलेरीको जालमा परेको माछाजस्तो मेसोमेलो हराएको अवस्थामा छ लोकतन्त्र । जसले लोकतन्त्रका बीउ रोप्न एकाधिकारवादी, सामन्ती र अत्याचारी राज्य व्यवस्थाले जमेको पहरा फोरेर कठिन राजनीतिक परिक्षम गर्‍यो उनै माथि प्रहार भइरहेको छ । लोकतन्त्रले उनै सिर्जनाकारहरूलाई खिसी गरिरहेको छ । चामलमा बिँया मिसिएझैँ सराबरी छ अलोकतान्त्रिक

20111030

अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा अमेरिकाको डिसीमा १०२ औँ लक्ष्मी जयन्ती तथा पुरस्कार बितरण समारोह

कोलोराडो च्याप्टरद्वारा महाकबि लक्ष्मी प्रसाद देवकोटाको १०२ औँ जन्म जयन्ति तथा बरिष्ठसाहित्यकार , कबि शैलेन्द्र साकार र बरिष्ठ गायक, संगीतकार, लेखक हिरण्य भोजपुरे सम्मान कार्यक्रम

लक्ष्मीप्रसाद देवकोटाको १०२ औं जयन्तीका अवसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाजले यस वर्ष विभिन्न तीन विधाका सर्जकहरुलाई पुरष्कार प्रदान गरेको छ | आइतवार यहाँ आयोजित

नेपालका सुप्रसिद्ध नाट्य अग्रणी सुनिल पोखरेलले जब कुराकानीकै दौरानमा अन्य नाट्य एबम कला अग्रणीहरु सुर्यमाला खनाल र सरोज खनाललाई पनि रुवाउनुभयो, भिडियो आफै यसरी बोल्छ !

20111029

अमेरिका भर्जिनियामा ३१ बर्ष पछी अक्टुबर महिनामै हिउँ पर्‍यो

माओवादीको ज्यादति विरुद्ध भिड्न कार्यकर्तालाई निर्देशन

"सभापति पदमा पनि हार्नु भएतापनि शेरबहादुरलाई हामीले वरिष्ठ नेता मान्दिएका छौँ, तर अझै उहाँ बढ्ता भाउ किन खोजिरहनुभएकोछ, मैले बुझ्न सकिनँ,  उहाँभन्दा म नै वरिष्ठ हुँ" - नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल
 गोरखा/ नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले शेरबहादुर देउवाभन्दा आफू वरिष्ठ नेता भएको दाबी गर्नुभएको छ। गत साता गोरखामा आयोजित काङ्ग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'म २०१८ सालमा भरतपुरकाण्डमा जेल परेको

20111028

तिहारको दिन अर्को दु:खद समाचार : रोजगारीको लागि मलेसिया आएका तीन नेपाली महिला कामदारको मृत्यु अन्य १६ जना घाइते

Breaking News
रोजगारीको लागि मलेसिया आएका तीन नेपाली महिला कामदारको सडक दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक घर भइ सो कम्पनीमा कामका लागि आएकी डिल कुमारी श्रेष्ठ (राहदानी नं ०५५५६१२८), झापाकी कमलादेवी गुरागाईं (राहदानी नं. ०५४७२२७१)  र सोही जिल्लाकी गुम्दाकी दिल माया गुरुङ (राहदानी नं. २५८१९३५) को घटनास्थलमै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ । मलेसिया आएको केही घण्टा नबित्दै बिहीबार बिहान यहाँस्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट केलाङस्थित टप ग्लोब

20111027

लिबियामा गद्दाफीले गरेका एतिहासिक कार्य उनी मारिए पछी सार्वजनिक हुँदै, यस्तो संसारमा कसले गरेको होला र हेर्नुस् त !

लिबियाका शासक गद्दाफी मारिए, उनका बारेमा निकै नकारात्मक मात्र समाचार पाश्चिमा संचार मध्यमले उछाले तर वास्तविकता ठीक उल्टो र गद्दाफी त्यहा निकै लोकप्रिय रहेको एउटा तथ्य बाहिर आएको छ । यी उनले गरेका सुधारहरु हेर्नुस् त ! अनी पो मुल्याङ्कन गर्नुपर्ने होकी ! तर अब संसार मा निरँकुसता होइन प्रजातन्त्रको युग छ अब शासक हरुले आफुलाइ बिस्तारै रुपान्तरण गर्न सक्नुपर्छ होइन भने टिक्न गार्हो छ किनकी प्रजातन्त्र र गणतन्त्रको हावा बेस्सरी लागेको छ नेपाल मा जस्तै । देश तहस नहस जे सुकै भए पनि अर्थात नेपाल जस्तै र अन्य असफल राष्ट्र जस्तै भए पनि प्रजातन्त्र र गणतन्त्र भन्नै पर्ने दिन आए जस्तो देखिन्छ के हो कुन्नी यो राजनीति बुझ्नै गार्हो !!! उनले नराम्रा पनि काम गरे होलान तर यि राम्रा कामको पनि लेखा जोखा हुनुपर्छ कि जस्तो लाग्छ हामीलाई पनि। नराम्रा र राम्रा दुबै पक्ष लाई हेरेर मात्र  मुल्याङ्कन गर्नु न्याय सँगत हुन्छ । 
उनले गरेका सुधार हरु:
१. लिबियामा कसैले विद्युत् महसुल तिर्दैनन्, किनकि त्यहाँका नागरिकका लागि यो निःशुल्क छ ।
२. लिबियामा ऋण लिँदा ब्याज तिर्नु पर्दैन । सबै बैंकहरु राज्यको स्वामित्वमा छन् । कानुनमै शून्य प्रतिशत ब्याजमा ऋण दिइने उल्लेख छ ।
३. नवविवाहित जोडीले घर किन्न राज्यबाट ६० हजार दिनार -५० हजार अमेरिकी डलर) सहयोग पाउँछन् ।
४. लिबियामा शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क छन् । गद्दाफी सत्तामा आउनुअघि त्यहाँ साक्षरता प्रतिशत

20111025

माओवादी सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टी छोडेर जान चेतावनी

एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकमा चर्काचर्की
माओवादीका महासचिव रामबहादुर थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालले जस्तोसुकै चुनौती दिए पनि आफू सामना गर्न तयार रहेको बताए
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षका सचिव सीपी गजुरेलले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टी छोडेर जान चेतावनी दिएका छन् । सिन्धुली सदरमुकाममा मंगलबार आयोजित एक कार्यक्रममा सचिव जगुरेलले प्रचण्ड र बाबुरामले नेपाली क्रान्तिमाथि धोका र गद्धारी गरेकाले उनीहरुलाई पार्टीमा बसिरहने नैतिक अधिकार नभएको दाबी गरे । प्रचण्ड र बाबुरामलाई कारबाही गरेर आफूहरुले पार्टीबाट बिदाई गरिदिने उनले घोषणा गरे । सचिव गजुरेलले भारतसँग प्रधानमन्त्री भट्टराईले गरेको बिपा सम्झौता राष्ट्रघाती भएको आरोप दोहोर्‍याए । प्रचण्ड बाुबरामले भारतको दलाली गर्नका लागि बिपा गरेको उनको आरोप छ । सम्झौताले भारतमा डुबेका उद्योग नेपाल भित्रने बाटो खुला गरेको उनको आरोप छ । बिपा सम्झौतामा भारतीय उद्योगले कमाएको नाफा आफ्नै देश लैजाने र घाटा भए नेपाल

स्वदेशमा कुकुरले पनि तिहार मान्न पाए !

- रामप्रसाद खनाल 
स्वदेशमा कुकुरले पनि तिहार मान्न पाए
हाम्रो भागका फुलका माला भएजत्ती यिन्ले लाए
आमा दिदी बहिनीले पकाएका सेल खाए
बिदेशबाट टुलु टुलु यस्तो हेर्दा आसुँ आए
उता रुन्छन दिदी बहिनी यता आफु रुँदा ठीक्क
तिहार मान्न नपाउँदा लाग्छ हजुर साह्रै दिक्क
कुकुर र कागले पनि तिहार मान्न पाए हजुर
मेरो भागका सेल रोटी नि तिनैले नै खाए हजुर
मुटु थाम्न गार्हो भयो आँखा छोप्न लाँए हजुर !
 भन्छन सबै फेरी तिहार आयो आयो
न त दिदी बहिनी सँग टिका लायो
न झवाइँय पारेका सेल रोटी खायो
न हजारी र मखमलिका माला लायो
खै म कसरी भनु फेरी तिहार आयो
स्वदेश मा दिदी बहिनी बिदेश मा भाई रोयो
तिहार को टिका होइन आँशुले मन धोयो
खै म कसरी भनु फेरी तिहार आयो
सेलरोटी होइन भाईले नुनिलो आसुँ खायो !
http://www.nepalmother.com/2011/10/blog-post_4364.html

20111024

भट्टराईले पूर्ववर्ती प्रधानमन्त्रीहरूको भन्दा तीन गुणा बढी खर्च गरे

गोल्छा समूहले भारतबाट पाटपुर्जा ल्याएर नेपालमा फिटिङ गरेको 'स्वदेश निर्मित' गाडी चढेर मितव्ययिताको सन्देश दिएका डा.बाबुराम भट्टराई व्यवहारमा भने मुलुकका अहिलेसम्मकै सबैभन्दा खर्चालु प्रधानमन्त्री प्रमाणित भएका छन्। 
उनका सचिवालय सदस्यहरूले गोल्छा अर्गनाइजेसनबाट ७० लाखभन्दा बढी आर्थिक लाभ लिएर उक्त योजना बनाएको दाबी एकजना मजदुर नेताको छ। कर्ण थरका मजदुर नेताको अग्रसरतामा भट्टराईका सहयोगी
गंगानारायण श्रेष्ठ र अर्गनाइजेसनका सदस्यबीच पालुङटार बैठकपछि पटक–पटक कुराकानी भएको माओवादी स्रोतले बताएको छ। 'तपाई प्रधानमन्त्री भएपछि मुस्ताङ गाडी चढ्नुपर्छ' पहिलोपटक प्रस्तावकले

हेम सरिता पाठक प्रतिस्ठानले हालै एक बिशेष समारोह का बिच नेपालमा पुरस्कार बितरण सम्पन्न

नेपालको मदन पुरस्कार गुठी पछीको दोस्रो ठुलो पुरस्कार गुठी को रुपमा स्थापना भएको तर मदन पुरस्कार गुठीलाई समेत माथ गरिसकेको हेम सरिता पाठक प्रतिस्ठानले हालै एक बिशेष समारोह का बिच नेपालमा पुरस्कार बितरण सम्पन्न गरेको छ । हेम सरिता फाउन्डेसन

अमेरिकाको बाल्टिमोरमा यसरी कुर्लिए कमल थापा

गजुरेलले उपप्रधान तथा परराष्ट्र र गुरुङले अर्थमन्त्री बन्न नपाएर विरोध गरेको माओवादी अध्यक्ष प्रचण्डले तथ्य सार्वजनिक गरे

पार्टीमा आफ्नो वर्चश्व कायमै राख्न डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री
माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा आफ्नो वर्चश्व कायमै राख्न डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको रहस्य खोलेका छन्। गत साउनमा पार्टीका तीनै उपाध्यक्ष र महासचिवले धोबीघाटमा बैठक गरी पार्टीभित्र अध्यक्ष प्रचण्डको प्राधिकार अन्त्य गर्ने सहमति गरेका थिए। तर, भट्टराईलाई प्रधानमन्त्री बनाएर त्यो प्राधिकार जोगाउन सफल भएकोमा आफू आनन्दित भएको प्रचण्डले खुलासा गरेका छन्। उनको यो खुलासाले भट्टराईको नेतृत्वमा शान्ति प्रक्रिया टुंगिने र संविधान लेखिने उनको दाबी 'देखाउने दाँत' सावित भएको छ। पार्टीनिकट एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा धोबीघाट गठबन्धन तोड्न भट्टराईलाई प्रधानमन्त्री बनाएको प्रचण्डले घुमाउरो पाराले

20111023

पुष्पकमल दाहालको भारतीय गुप्तचर संस्था 'रअ'सित सम्बन्ध रहेको माओवादीका महासचिव रामबहादुर थापाको खुलासा

बाबुरामलाई माओवादीलेनै एयरपोर्टमै कालो झण्डा !
यो सम्झौताले मुलुकको अर्थतन्त्र भारतको चंगुलमा : बैद्य 
 प्रधानमन्त्री बावुरामले भारतसँग गरेको बिपा सम्झौता राष्ट्र हित विरोधी : माधवकुमार नेपाल
माओवादीका महासचिव रामबहादुर थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारतीय गुप्तचर संस्था 'रअ'सित सम्बन्ध रहेको खुलासा गरेका छन् । उसकै निर्देशन बमोजिम सेनामा समायोजन हुने लडाकुको संख्या घटाएको आरोप उनले लगाए । भरपतुरस्थित पार्टी कार्यालयमा आइतबार बिहान सञ्चारकर्मीसित कुरा गर्दै महासचिव थापाले २/३ महिना अघि पारिवारिक कामले भन्दै बिराटनगर हुँदै सिलिगुडी पुगेर अध्यक्ष दाहालले भारतीय गुप्तचर संस्था 'रअ'का मान्छेसँग भेटघाट गरेको र उनीहरुकै निर्देशनमा १० हजारको साटो ५ हजार लडाुक समायोजनमा सहमति जनाएको आरोप लगाए । प्रधानमन्त्री

20111022

नयाँ नेपालका नाममा कग्रेस, एमाले र माओवादीले उल्टो बाटो हिडिरहेको रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाको दाबी

अमेरिकाको भर्जिनिया फेयरफ्याक्स अबस्थित दुर्गा मन्दिरको हलमा अमेरिका नेपाल सोसाइटीको मात्र ब्यानर तर समाजसेबी गोबिन्द गिरी, भुपनारायण घर्तिमगर र केही अन्य उत्साही नागरिक को सक्रियतामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा करीब ४२ मिनेट लामो भासण गर्दै रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले नेपालको बर्तमान राजनीति र नयाँ नेपालका नाममा कग्रेस, एमाले र माओवादीले उल्टो बाटो हिडिरहेको, देशमा संबैधानिक राजतन्त्र र नेपाल हिन्दू राष्ट्र नभए सम्म देश अझ अधोगती तर्फ लम्किरहने र बिदेसिको क्रिडा स्थल हुने दाबी गरे । भासण गर्न खप्पिस नेता कमल थापा को भासण तल भिडियोमा हेर्नुस् जस्ताको तस्तै ।

बाबुराम भन्छन राष्ट्रघात होइन राष्ट्र हित गरेको छु, माओवादीकै केन्द्रिय सचिब सीपी गजुरेल र काङ्रेस नेता रामचन्द्र पौडेलले पनि बाबुरामले राष्ट्रघाती सम्झौता गरेको आरोप !

प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी माओवादीका सचिव सीपी गजुरेलले भारतसँग गरेको नेपालमा भारतीय लगानीको प्रवर्द्धन र संरक्षण सम्झौता (बिपा)  राष्ट्रघाती भएको आरोप लगाए !
काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा गरेको नेपालमा भारतीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) प्रति आपत्ति प्रकट गरे !
 प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी माओवादीका सचिव सीपी गजुरेलले भारतसँग गरेको नेपालमा भारतीय लगानीको प्रवर्द्धन र संरक्षण सम्झौता (बिपा)  राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रधानमन्त्री भट्टराईको भारत भ्रमणका क्रममा शुक्रबार उक्त सम्झौता भएको थियो । मधेसी मोर्चासंग भएको चार बुँदे सहमति राष्ट्रघाती भन्दै आएको माओवादीका उपाध्यक्ष बैद्य समुहले विपालाई पनि राष्ट्रघाती भनेको हो । मिडिया भिजन नेपालद्वारा शनिबार आयोजित

20111021

कथित "राम्रो" भनी प्रचारित प्रधानमन्त्रीद्वारा भारतसँग अर्को राष्ट्रघाती सम्झौता, "भारतीय दलाल नै हुन बाबुराम भट्टराई" भन्ने पुस्टी, नेपालले जोड दिएको सम्झौतामा हस्ताक्षर हुन सकेन !

भारतले आखिर बाबुरामलाई पनि किनी छाड्यो !
नेपाल र भारतबीच लगानी प्रवद्र्धन एवं सुरक्षा सम्बन्धी (बीपा) राष्ट्रघाती सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै भारतीय उद्योग बन्द भए नेपालले क्षतिपूर्ति दिनुपर्नेछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच शुक्रबार बेलुका भएको भेटवार्ता पछि बीपा सम्झौतामा हस्ताक्षर भएको हो । बिपा सम्झौता अनुसार गैर व्यवसायिक कारणले नेपालमा भारतीय लगानीका कुनै पनि उद्योग बन्द भएमा नेपाल सरकारले क्षति पूर्ति दिनुपर्नेछ तर गैर व्यवसायिक बन्दको स्पष्ट परिभाषा उल्लेख छैन । यस्तै राष्ट्रपतिको भारत भ्रमणका क्रममा घोषणा गरिएको २५ करोड डलर (

20111020

लिबियामा गद्दाफी र रक्षामन्त्री अबु बक्र युनिस समेत मारिए ! यसरी कुटी कुटी मारियो हेर्नुस् भिडियो !


Breaking News....
(मुआम्मार गद्दाफी विद्रोहीको नियन्त्रणमा हुँदा सेलुलर फोन क्यामेराबाट खिचिएको तस्बिर। )
लिबियाका सत्ताच्युत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा मारिएका छन्। उनी भीडन्तमा मारिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 'उनी समातिए, उनको दुबै खुट्टा चल्ने अवस्थामा

20111019

मुलुक टुक्र्याउने धम्की दिने राष्ट्रघाती रक्षा मन्त्रीले बर्खास्त भए पछी भन्दैछन 'मैले राजीनामा दिएको छैन, दिन्न पनि'

निवर्तमान रक्षामन्त्री शरतसिंह भण्डारीले आफूमाथि अन्याय भएको भन्दै राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बन्धित दलको सिफारिसमा भण्डारीलाई पदमुक्त गरेको केही घण्टापछि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले राजीनामा नदिएको बताए । 'मैले राजीनामा दिएको पनि छैन,' उनले भने, 'र दिन्न पनि ।' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता भण्डारी भदौ २८ गते रक्षामन्त्री नियुक्त भएका थिए । उनले आफ्नो राजीनाका विषयमा पार्टी पनि विचलित भएको आरोप लगाए । उनले भने, 'पार्टीभित्र लोकतन्त्र कायम गर्न नै

20111018

"प्वाक्क मुखमा हान्नु जस्ता" नेपाल शाखाको अध्यक्षमा निर्बाचित

जिरे खुर्सानी, तीतो सत्य, मेरी बास्सैका कलाकार देखि नेपालका सुप्रसिद्ध अन्य कलाकारहरु समेट्दै अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा बिस्तार !
      अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा भर्खरै बिस्तार गरिएको कुरा नेपाल शाखा अध्यक्ष एबम बरिस्ठ हाँस्य कलाकार शिवहरी पौड्यालले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । केन्द्रिय समितिले दिएको अख्तियारी अनुसार काठमाडौंमा सम्पन्न कलाकार हरुको एक भेलाले नेपाल शाखा बिस्तार गरिएको र जसमा निम्न कलाकारहरु रहनुभएको नेपाल शाखाले जनाएको छ।

20111017

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा न्युयोर्कमा आई पुग्नु भएको बेलामा "हिमाली स्वरहरु" ले गरेको कुराकानी

नेपालको राष्ट्रिय अस्तित्व र स्वाभिमान संकटमा पर्दै


संसार भरी फैलिदैछ अन्तराष्ट्रिय कलाकार मंच, पोर्तुगलमा पनि स्थापना भयो मंचको पोर्तुगल शाखा !

                                         नेपालबाट पोर्तुगल आइ बसोबास गरिरहेका कला प्रेमीहरुको बैठकले अन्तराष्ट्रिय कलाकार मंच पोर्तुगल शाखाको गठन गरेको छ । कमल बिष्टको संयोजकत्वमा बोलाईएको बैठकले आइतबार लिस्बनमा मंचको शाखा गठन गरेको हो। बैठकले कुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्सीय कार्य समितीको चयन गरेको छ। समितीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा गोपाल रिजाल ,महा-सचिबमा कमल बिष्ट, सचिबमा रामहरि लामिछाने , सह -सचिबमा शिब कुँवर ,कोषध्यक्षमा कृष्ण शर्मा रहनु भएको छ। यसै गरि सदस्यहरुमा शान्ति क्षेत्री ,राधिका सापकोटा ,बिनोद खड्का , अमित गान्धारी ,इश्वरी प्रसाद कंडेल ,हरि

20111016

नेपाली बाबा

नेपाली बाबा  काठमाडौंमा 9851088150, 9841757372 मा उपलब्ध हुनुहुन्छ । भारतमा जाँदा वहाँलाई 9818152208, 9935166844 मा संपर्क गर्न सक्नुहुन्छ ।  

ALL DEVOTEES
HIS HOLINESS SHREE NEPALI BABA IS TRAVELLING TO INDIA FOR VISITING MA KAMAKHYA AND OTHER TEMPLES- GWAHATI, MA KALI TEMPLE - KOLKATA, MA YOGMAYA TEMPLE-DELHI, MA KALIKA TEMPLE- DELHI, BANKE BIHARI TEMPLE- VRINDABAN, MA VINDYAVASINI TEMPLE- VINDYACHAL, BADA GANESH- VARANASI AND OTHER TEMPLES IN VARANASI.
HE SHALL BE REACHING GWAHATI ON JAN. 23RD AND WILL GO TO KOLKATA ON 24TH JAN. THEREAFTER, HE SHALL BE GOING TO VRINDAVAN, DELHI AND VINDYACHAL.
HIS HOLINESS SHALL BE PRAYING FOR ALL HIS DEVOTEES AT ALL TEMPLES FOR THEIR WELL BEINGS, WORLD PEACE AND PEACE IN NEPAL. HE DESIRES THAT ALL OF THE DEVOTEES PRAY DURING THIS PERIOD AS MUCH AS THEY CAN AND LIGHT AT LEASE ONE DIYA AT HOME EVERYDAY UNTIL 5TH FEB. THERE WILL BE A BIG BHANDARA ON FEB. 4TH EVENING AT VINDYACHAL.
HIS INDIA NO. ARE ;

 

"नेपाली बाबा" सँगको सनसनीपूर्ण अन्तर्वार्ता हेर्नुस् भिडियोमा

 बाबा भन्नुहुन्छ "नेपालका नेताहरुले बुझेनन,  मलाई साथ मात्र दिएर त हेर, म नेपालको बर्तमान समस्या सजिलै समाधान गर्न सक्छु"    

विश्वभरी रहेका हिन्दूहरुका महान धार्मिक नेता, जगदाचार्य नेपाली बाबा ( पण्डित तेजनाथ शर्मा ) ले नेपाल मदर डट कमका लागि प्रधान सम्पादक रामप्रसाद खनाललाई दिनु भएको ४२ मिनेट लामो बिशेष अन्तर्वार्तामा नेपालका बर्तमान नेताहरुमा धर्म र सँस्क्रिती प्रती कत्ती पनि माया नरहेको र अधर्मकै कारण देशको त्यो अधोगती देख्नु परेको बताउदै नेपाल अहिले पनि हिन्दू राष्ट्र नै रहेको, हिन्दू राष्ट्र होइन भन्ने हरुले मुर्खता गरिरहेको बताउनुभएको छ । वहाँको यो सनसनीपूर्ण भिडियो अन्तर्वार्ता तपाईंहरुका लागि यहाँ प्रस्तुत गरिएको छ ।           



हिन्दू धर्मका नायक नेपाली बाबाद्वारा धार्मिक अभियानमा सहयोग पुर्याउने सबैलाई बिशेष धन्यबाद
हाल अमेरिकामा धार्मिक यात्रा र अभियान मा लागिरहनुभएका हिन्दू धर्मका नायक नेपाली बाबाले आफ्नो यस पटकको नेपाल देखी क्यानाडा हुँदै अमेरिकाको धार्मिक अभियानमा सहयोग पुर्याउने सबैलाई बिशेष धन्यबाद प्रकट गर्नुभएको छ । नेपाली बाबाले नेपाल मदर डट कम सँग कुरा गर्दै भन्नुभयो "मेरो यस अभियान मा सधैं मलाई साथ दिने नेपाल मदर दट कम, राम प्रसाद खनाल जी लगायत मेरा सम्पूर्ण भक्तजनमा म हार्दिक धन्यवाद प्रकट गर्दछु । मेरो अभियान निरन्तर अगाडि बढीरहेको छ र मेरो अभियान मा साथ दिने सबै प्रती म आभारी छु" नेपाली बाबाले आफु अझै केही दिन अमेरिका मा र त्यस लगत्तै युरोप का स्वीजरल्याण्ड, फ्रान्स, ब्रसेल्स लागायत देश मा जाने कार्यक्रम तय भएको बताउदै इच्छुक भक्तहरुलाई अमेरिकाको यो फोन नम्बर 703-386-6146 मा संपर्क गर्न समेत आग्रह गर्नुभएको छ ।




For Nepali baba’s related other news click this link below 




***********************

          अमेरिकाबाट नेपाल सस्तोमा फोन गर्न !

अमेरिकाबाट नेपाल फोन गर्दा हामीले कसैले दिन नसकेको सस्तो रेट, धेरै मिनेट, कल गर्ना साथ तुरुन्त फोन लाग्ने, स्पस्ट सुनिने, जहाबाट पनि तुरुन्त कल गर्न, मिनेट थप्न मिल्ने सुबिधा दिन्छौ । नेपाल मात्र होइन भारत वा कुनै पनि देशमा फोन गर्दा सस्तो र भर पर्दो सेवाको लागि सम्झनुहोस्
- प्रदीपनाथ पौडेल 703-944-6586 
                   फेयरफ्याक्स भर्जिनिया
 >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>


A campaign for peace, Justice and Reconciliation...

20111015

सत्र हजार मान्छे मार्ने माओवादीका दोस्रा ठुला नायक बाबुरामले हत्यारा मन्त्री प्रभु शाहलाई काखी च्यापेको भन्दै जताततै आन्दोलन

हत्यामा संलग्न भूमिसुधार मन्त्री प्रभु साह र राष्ट्र टुक्र्याउने अभिव्यक्ति दिएका रक्षा मन्त्री शरदसिंह भण्डारीलाई नहटाएसम्म प्रतिपक्षहरुले सदन चल्न नदिने !
वीरगन्जका काशीनाथ तिवारीको हत्यामा संलग्न भएको आरोप लागेका भूमिसुधार मन्त्री प्रभु साह र राष्ट्र टुक्र्याउने अभिव्यक्ति दिएका रक्षा मन्त्री शरदसिंह भण्डारीलाई नहटाएसम्म प्रतिपक्षहरुले सदन चल्न नदिने भएका छन्। अपराधको आरोप लागेका भूमिसुधार तथा व्यवस्थामन्त्री साह एवम् मुलुक टुक्र्याउने

20111014

नेपाली लोक बाजा (सांस्कृतिक पक्ष) को जानकारी दिन नेपाली राजदूतावास वाशिंटन डीसीले एक सांगीतिक कार्यक्रम सम्पन्न

Kutimba in Congress 086वाशिंटन डीसी,अक्टुवर १३, नेपाली राजदूतावास वाशिंटन डीसीले एक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ l नेपाली जाती-जनजातीका बाजालाइ समावेशी रुपमा संयोजन गरि धुन प्रस्तुत गर्ने नेपालको सांगीतिक समुह ‘ कुटुम्व’ कला प्रस्तुतिका लागि अमेरिकामा रहेको बेला नेपालप्रति सरोकार राख्ने अमेरिकी नीति

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आफ्नो विगतको परम्परालाई कायम राख्दै फेरि सर्वसम्मत ढंगले अध्यक्ष चुन्न सफल

अन्तराष्ट्रिय कलाकार मंचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै एन आर एन को अध्यक्षमा निर्बिरोध निर्बाचित जीबा लामिछानेलाई बधाई दिदै एन आर एनहरुको हक र हितकालागी सक्रिय भै काम गर्न शुभकामना दिनुभएको छ। आफ्नो परम मित्र लामिछाने यस्तो गरिमामय पदमा निर्बाचित भएकोमा खनालले अत्यन्त खुशी ब्यक्त गर्दै लामिछानेको सफल कार्यकालका लागि कामना पनि गर्नुभएको छ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आफ्नो विगतको परम्परालाई कायम राख्दै फेरि सर्वसम्मत ढंगले अध्यक्ष चुन्न सफल भएको छ । जीवा लामिछाने निर्विरोध ढंगले अध्यक्ष चुनिएका छन् । अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष देवमान हिराचनले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मतिको वातावरण बनेको हो । यसअघि दुई जना उम्मेदवार रहेका कारण पहिलोपटक अध्यक्ष पदमा चुनाव हुने सम्भावना बढेको थियो । सबैको दवाब र आग्रहपछि हिराचनले दोस्रो कार्यकालका लागि अध्यक्षमा गरेको दावीबाट पछि हटेका छन् । एनआरएनएको विषयमा बिहीबार भएको घटना अतिरञ्जित तरिकाले बाहिर आएपछि त्यसले आफूलाई दुःखी बनाएको र संघको एकताका लागि आफूले आफ्नो दावी छाडेको हिराचनले प्रतिक्रिया दिएका छन् । उनले एनआरएनएले गरेको सहमतिले नेपाली राजनीतिक दललाई पनि सन्देश दिने बताए । त्यस्तै,निर्विरोध भएपछि लामिछानेले स्थापनाकालदेखि आफूहरुसंगै रहेको र फेरि पनि एकताको सन्देश गएको बताए । उनले एनआरएनएको

20111013

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २८ जना पुरुष र १४ जना महिलाको मृत्यु !

Breaking News.......!
सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ४२  जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ जना पुरुष र १४ जना महिला छन्। बीपी यातायातको ना३ख ९४१२ नम्बरको उक्त बस बिहीबार बिहान साढे १० बजे झाँगाझोली-४ मूलकोट सडकखण्डमा करिब ५ सय मिटर तल सुनकोशी नदी किनारमा खसेको थियो। मृत्यु हुनेमा सिन्धुली भद्रकाली बस्ने बस चालक प्रेम थापा, सिन्धुली भिमेश्वर-७ बस्ने युवराज श्रेष्ठ, सिन्धुली

20111012

हत्या प्रकरणमा प्रमाण हुँदाहुँदै पनि प्रमाण अपुग भएको भन्दै सरकारी वकिलले बाबुराम भट्टराई सरकारका भुमिसुधार मन्त्री प्रभु साहको विपक्षमा मुद्दा दायर गरेनन्

काशी तिवारी हत्या प्रकरणमा प्रमाण हुँदाहुँदै पनि प्रमाण अपुग भएको भन्दै सरकारी वकिलले बाबुराम भट्टराई सरकारका भुमिसुधार मन्त्री प्रभु साहको विपक्षमा मुद्दा दायर गरेनन् । तर मन्त्रीका स्वकिय सचिवसहित अन्य ४ माथि बुधबार अभियोग पत्र दायर गरिएको छ। विभिन्न बहाना बनाएर पटक पटक मुद्दा दायर गर्ने प्रहरी कोसिसलाई नाकाम बनाउँदै आएको सरकारी वकिलको कार्यलयले अनुसन्धानको क्रममा मन्त्री साह संलग्न रहेका प्रष्ट प्रमाण देखा नपरेको भन्दै उनलाई उन्मुक्ति दिएको हो । माओवादी दबाबका कारण मुद्दा दायर नगरे पनि जिल्ला सह-न्यायधिवक्ता सत्यनारायण यादवले भने-'प्रमाण भेटिए उनी माथी पुन मुद्दा दर्ता हुन सक्छ।पर्सा प्रहरीले साहलाई तिवारी हत्याको योजनाकार भएको दावीगर्दे ज्यान महलको १६ नंबर दफा अनुसरा १५ वर्षको जेल सजायको माग गरेको छ। मन्त्री साहका स्वकिय सचिव सियाराम कुशवाहलाई तिवारी माथी गोली चलाएको आरोपमा मुलुकी ऐन अनुसार ज्यान महलको १३-१ अर्न्तगत सर्वस्वसहित जन्मकैदको माग गरेको छ। माओवादी भोजपुरा सचिवालय सदस्य समेत रहेका २८ वर्षीय कुशवाह रौतहट हथियायी-५ जमुनिया टोलका हुन्। अमन कुशवालाई १० वर्ष कैद माग गरिएको छ। अमनलाई भदौ २१ गते प्रहरीले

रविन सायमिको यो कार्टुन कस्तो लाग्छ कुन्नी तपाईंलाई ? तर हामीलाई लाग्यो यसले आफै नेपाल बोलिरहेको छ !

20111011

माओवादी लडाकूहरुको पुर्नवर्गिकरण प्रक्रिया सुरु भएपछि हतियार बुझाउने प्रतिवद्धता माओवादीले कांग्रेससँग गरेको छ : सिटौला

शान्ति प्रक्रिया पुरा भएर संविधान जारी नभएसम्म कन्टेनरमा रहेका हतियार नबुझाउने अडान राख्दै आएको माओवादीले लडाकूहरुको समायोजन प्रक्रियासँगै हतियार सरकारलाई बुझाउन तयार भएको छ। सोमबार माओवादी र कांग्रेसका शीर्ष नेताहरुको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समायोजन प्रक्रियासँगै कन्टेनरका हतियार सरकारलाई बुझाउने प्रतिवद्धता जनाएका हुन्। बैठकमा सहभागि कांग्रेस महामन्त्री सिटौलाका अनुसार माओवादी लडाकूहरुको पुर्नवर्गिकरण प्रक्रिया सुरु भएपछि हतियार बुझाउने प्रतिवद्धता माओवादीले कांग्रेससँग गरेको छ। 'यसअघि हतियार बुझाउने कुरै गर्न नचाहने माओवादीले समायोजन प्रक्रियासँगै हतियार बुझाई हाल्छौ नी भनेका छन्' सिटौलाले भने, 'माओवादीको यो प्रतिवद्धताले शान्ति प्रक्रिया पुरा हुने आशा पलाएको छ।' शान्ति प्रक्रिया र संविधान लेखनको प्याकेजमा सहमति गर्ने विषयमा पनि माओवादी सहमत भएको सिटौलाको दावी छ। यसअघि माओवादीले शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणलाई एकै ठाउँमा राखेर छलफल गर्न नसकिने अडान राख्दै आएको थियो। 'माओवादी शान्ति प्रक्रिया र संविधान लेखनको प्याकेजमा छलफल गर्न तयार भएको छ' सिटौलाले भने, 'सोमबार माओवादी नेताहरुमा

20111010

अलबिदा श्रद्धेय गजल गायक जगजित सिंह ! अन्तराष्ट्रिय कलाकार मँच परिवार स्तन्ध र दुखित, स्वर्गीय सिंह प्रती श्रद्धान्जली प्रकट

अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिका बाट एक शोक बक्तब्य जारी गर्दै भारतका गजल सम्राट जगजित सिंह को दु:खद निधनले मँच परिवार स्तन्ध र दुखित भएको जनाउनुभएको छ। समबेदनामा यस दु:खद घडीमा शोक सन्तप्त परिवार जन, श्रोता तथा दर्शक प्रती समबेदना र स्वर्गीय सिंह प्रती श्रद्धान्जली प्रकट गर्दछौं भनिएको छ ।

20111009

बाबुरामको एउटा मधेसी रक्षा मन्त्रीले बाइस जिल्ला टुक्र्याउने भनेको केहीदिन नबित्दै अर्को भारतीय दलाल भनी चिनिने मन्त्री राजेन्द्र महतोले पहाडीया र मधेसी यसरी लडाउन भिडाउन खोज्दै छन !

"मधेशी माथि पहाडियाहरुले औंला उठाए मधेशमा तिनको औंला काटिने" स्वास्थ्य मन्त्रीको चेतावनी
rajendra mahatoस्वास्थ्य मन्त्री एंव सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रियताका सम्बन्धमा मधेशी माथि कसैले (पहाडियाहरुले) औंला उठाए मधेशमा तिनको औंला काटिने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लव नेपालले आइतबार राजधानीमा आयोजना गरेको साक्षत्कारमा मन्त्री महतोले पहाडियाहरुले कहिले पनि राष्ट्रिय एकताको कुरा नगरेको भन्दै राष्ट्रियता  बलियो पार्न मधेशी जनताहरु लागेको दावी गरे । उनले भने, 'राष्ट्रियताको सवालमा मधेश माथि कसैले सवाल उठाउँछ भने मधेशमा उस्को औंला काटिन्छ ।' उनले मधेशलाई अधिकारदिन माओवादी र मधेशी मोर्चाबीच भएको चार बुँदे सहमतिलाई राष्ट्रियतासंग जोड्ने कुरा मधेश र मधेशका जनता बिरोधी रहेको बताए  । उनले भने, 'राष्ट्रियताको सवालमा पहाडका भन्दा मधेशी जनता सर्तक छन्, उनीहरुले राष्ट्रियताका पक्ष

माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोटपाइन्ट पहिरिएर, कपाल नकाटी दागबत्ती दिए पिता मुक्तिराम दाहाललाई !

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पिता मुक्तिराम दाहालको आइतबार मध्यान्ह चितवनको देवघाटमा  अन्तिम संस्कार गरिएको छ। उनलाई छोरा दाहालले दागबत्ती दिएका थिए। उनले कोटपाइन्ट पहिरिएर कपाल नकाटी दागबत्ती दिएका हुन्।

चितवनस्थित देवघाटमा कोटपाइन्ट पहिरिएर कपाल नकाटी दागबत्ती दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : चाँदनी हमाल
लामो समयदेखि विभिन्न रोगबाट ग्रसित ८५ वर्षीय दाहालको चितवनस्थित भरतपुर-६ बैदिकनगरको

20111008

सुजाता मैया लाई फेरी मन्त्री बन्न मन लागेपछी !

सुजाता कोइरालाले कङ्ग्रेस वर्तमान सरकारमा सामेल हुनुपर्ने धारणा राखेकै भोलिपल्ट कङ्ग्रेस सभापति सुशील कोइरालाले अहिलेकै अवस्थामा आफनो दल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सामेल नहुने बताए
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले शान्ति प्रक्रियाका बाधकलाई पाठ सिकाउन कांग्रेस बिना सर्त सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपालले शनिवार गरेको साक्षत्कारमा नेतृ कोइरालाले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बलियो बनाउन सरकारमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'माओवादीभित्रको शान्ति बिरोधीमोहन बैद्य समूहलाई ठेगान लगाउन पनि कांग्रेस सरकारमा सहभागी हुनपर्छ, माओवादी, कांग्रेस र एमालेमाशान्ति बिरोधी तत्व छन्, उनिहरुलाई तहलगाउन पनि बाबुराम भट्टराई सरकारको स्थायीत्व आवश्यक छ ।' 'कांग्रेस यहि बेला सरकारमा सहभागीभयो भने मुलुकमा स्थायीशान्ति आउछ',कांग्रेस नेतृ कोइरालाले भन्नुभयो, 'दलिय र व्यक्तिगत स्वार्थ त्यागेर बाबुराम भट्टराई नेतृत्वको सरकारमा जानुपर्छ, एमाले पनि आउनुपर्छ ।' कांग्रेस सभापति गिरिजा प्रसादकोइरलाले शान्तिका लागि बार्ता गर्न नर्कमा पनि जान तयार छु भन्ने गरेको स्मरण गर्दै नेतृ कोइरालाले भन्नुभयो, 'मुलुकमा दिगो शान्ति आउछ भने कांग्रेस माओवादी नेतृत्वमा किन सरकारमा नजाने? सरकारमा

कमल थापालाई तपाईं के भन्नुहुन्छ कुन्नी !

एक थरी मान्छे भन्छन "कमल थापा जन आन्दोलन दबाउने नाइके हुन, ज्ञानेन्द्रका मतियार हुन, यिनलाई त जेल पो हाल्नु पर्छ ।" अर्का थरी मान्छे भन्छन "कमल थापा एउटा नेपालको जिउँदो, हक्की र बहादुर नेता हो !" तपाईं के भन्नुहुन्छ कुन्नी ! यदी कमल थापा सँग सीधा भेटेर उनलाई सम्मान गर्न वा उनलाई बेस्सरी प्रश्न उत्तर गरेर सातो काढ्ने बिचार  छ भने तपाईंले अमेरिकामा मौका पाउनेहुनुभएको छ है ! 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारले शान्ति र संविधान निर्माणमा कुनै ठोस उपलब्धि हासिल गर्न नसक्ने ठोकुवा गरेका छन् । न्यूयोर्कमा हुने दक्षिण एसियाको सुरक्षा सम्बन्धी गोष्ठीमा भाग अमेरिका जाने क्रममा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् । अध्यक्ष थापाले र्तमान सरकार प्रति जनताले केही आशा लिएको भएपनि आफ्नै

तिहारको देउसी भैलो हेर्ने कि ! Tihar ko Deusi Bhailo of Ram Prasad Khanal

एक्ली सन्तानको कमाइमा बाँचेका सुनखानी–२ का तामाङ दम्पतीको दसैं खर्चका लागि छिमेकी युवाबाटै हत्या !

सिन्धपाल्चोक/ वैदेशिक रोजगारीमा कुवेत रहेकी एक्ली सन्तानको कमाइमा बाँचेका सुनखानी–२ का तामाङ दम्पतीको दसैं खर्चका लागि छिमेकी युवाबाटै हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको शङ्कामा प्रहरीले पक्राउ गरेका दुई युवाले आफूहरुले हत्या गरेको स्वीकारेका हुन्। घटस्थापनाका दिन हत्या गरिएका ६५ वर्षीय मरिचमान तामाङ र उनकी पत्‍नी ठूलीमायाको शब फूलपातीका दिन घरैमा सडेको अवस्थामा फेला परेको थियो। गाउँबाट ३० मिनेटको दुरीमा एकान्तमा तामाङ दम्पतीको घर रहेकाले घटनाबारे गाउँलले समयमै थाहा पाउन सकेनन्। ठूलीमायाको भान्छामा र मरिचमानको शव पिंढीमा भेटिएपछि प्रहरीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान थालेको थियो। प्रहरीले पक्राउ गरेका स्थानीय कार्शाङ लामा र हिरालाल लामाले हत्या स्वीकारेका हुन्। 'दसैं खर्चका लागि मारिदिएका हौं,' युवकद्वयको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले बतायो। टीकाको दिन बिहीबार घरैबाट पक्राउ परेका उनीहरु इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा छन्। प्रहरीले भने पक्राउ र उनीहरुको स्वीकारोक्तिबारे केही बताउन चाहेन। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर

20111007

लामो समयसम्म दसैँ मान्न छाडेका खोटाङका किरात, राई समुदायले यस वर्ष फेरि दसैँ मनाउन थाले

लामो समयसम्म दसैँ मान्न छाडेका खोटाङका किरात, राई समुदायले यस वर्ष फेरि दसैँ मनाउन थालेका छन्। परम्परालाई मेट्न नहुने भन्दै उनीहरुले पुनः दसैँ मनाउन थालेका हुन्। जिल्लाका धेरैजसो गाविसमा दसैँ मनाउन छाडेको लामो समयपछि पुनः मनाउन थालिएको छ। खार्मी–५ का भीमबहादुर राईले संस्कृति भन्दा पनि परम्परा महत्वपूर्ण हुने भएकाले दसैँ मनाउन थालेको बताउनुभयो। त्यस्तै जिल्लाका पाथेका, जालपा, बाक्सिला, सप्तेश्वर, च्यास्मिटार, दुर्छिम, मङ्गलटारलगायतका गाविसका किरात राईले पनि दसैँं मनाउन थालेका छन्। वैदेशिक रोजगारमा विदेश

तितो सत्य र जिरे खुर्सानी हेरेर दशैंको आनन्द लिनुस्


20111006

पूर्व राजा ज्ञानेन्द्र शाह र राष्ट्रपती रामबरण दशैंमा सर्ब साधारणलाई टिका लगाइदिदै, पोहोर साल जस्तै यसपाली पनि राष्ट्रपतीको भन्दा पूर्व राजाकोमा टिका लगाउनेको भीड बढी देखियो रे !

पूर्व राजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामवरण, प्रधानमन्त्री बाबुराम, काँग्रेसका सभापति सुशील कोइराला, शेरबहादुर देउवा लगायतले दशैंको अवसरमा शुभकामना सन्देश दिदै के के भने हेर्नुस्

पूर्व राजा ज्ञानेन्द्र शाहले सनातनदेखि मनाउँदै आएको वडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेबसेका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिएका छन् । विजया दशमीको अवसरमा सुभकामना सन्देश दिंदै पूर्व राजा शाहले मर्यादाको प्रतिपालना, मूल्य मान्यताको जगेर्ना, समुदायमा आपसी सद्भावना तथा असतमाथि सत्को विजय नै दसैँ पर्वको सौम्य आदर्श हो भनेको छ । सन्देशमा उहाँले नेपाल मौलिक संस्कृति, धर्म र स्वाभिमानयुक्त अखण्ड राष्ट्रिय सम्प्रभुतासहितको स्वतन्त्र, सुन्दर राष्ट्र भएकाले हामीबीचको सद्भाव र विविधताको एकता कायमै रहनुपर्दछ भन्ने आफ्नो मान्यता रहिआएको उल्लेख गर्दै प्रजातन्त्रलाई सुदृढ

20111004

विजया दशमी तथा शुभ दिपावली २०६८ को अवसरमा
* रामप्रसाद खनाल - अध्यक्ष एबम
- अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती सम्पूर्ण परिवार
www.iafusa.blogspot.com

20111003

Political Newcomer Raises Impressive $110,000 on First Quarterly Report


Dear Friends,
I wanted you to be the first to hear the good news! Our campaign raised $110,000 for our first FEC report. We have momentum on our side. See the press release below, and please make sure you share the good news with your friends.  Without your help and support, we would

प्रचण्डले बाध्यतामा परी बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाए

माओवादी र मोर्चाबीच भएको चार बुँदे सहमतिलाई राष्ट्रघाती भनेर आधा माओवादी दल र प्रतिपक्षीहरुले लगाएको आरोपको जस्तो रुपमा पनि प्रतिकार गर्नका लागि कार्यकर्ता र नपुगे सुरक्षा अंग समेत परिचालन गर्ने सहमति गरे !!!

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बाध्यतामा परी बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको बताएका छन् । डिल्लीबजारमा माओवादीनिकट बुद्धिजीवीहरुले हिजो आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भट्टराईको नेतृत्वमा सरकार नबनाउदा दोष सबै आफ्नो टाउकोमा आउने भएकाले बाध्यतावश सरकार बनाएको बताए । माओवादी अध्यक्ष प्रचण्डले रक्षामन्त्री शरदसिँह भण्डारीबाट सार्वजनिक भएको अभिव्यक्ति त्रुटिपूर्ण भएको पार्टीको ठहर रहेको बताए । उनले रक्षामन्त्री भण्डारीको अभिव्यक्तिले नेपालको राष्ट्रियतामाथि आँच आएको भन्दै सरकारले पनि रक्षामन्त्रीको भनाईप्रति प्रष्ट धारणा राख्नुपर्ने बताए । माओवादीमा अहिले विचित्र रहेको भन्दै सरकारमा पनि र सडकमा पनि माओवादी नै रहेको

20111001

कती सम्म बोल्न सकेका है लाजै पचाएर हेर्नुस् त ! "ज्ञानेन्द्रको निर्देशनमा वैद्य पक्षले पार्टी फुटाउन खोज्योः मन्त्री"

नालायक माओवादीहरु आफु आफु बिच लड्छन अनी बिच मा तान्छन चुप लागेर बसेको, ओरालो लागेको हरिण पूर्व राजा ज्ञानेन्द्र शाहलाई, कती सम्म बोल्न सकेका है लाजै पचाएर हेर्नुस् त ! हुन त यिनिहरुलाई के को लाज के को शरम ! समाचार आँफै हेर्नुस् र मुल्याङ्कन गर्नुस् यहाँ भन्दा बढी भन्न मन लागेन हामीलाई !   
काठमाडौं, असोज १४ — संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य गोपाल किराँतीले पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा मोहन वैद्य पक्षले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ । ज्ञानेन्द्रको निर्देशनमा वैद्य पक्षले पार्टी फुटाउन खोज्योः संस्कृति मन्त्री किराँती 
सुनसरीको इटहरीमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले पूर्व राजा ज्ञानेन्द्र शाहको सम्बन्ध र साँठगाँठ पार्टीका केही नेतासँग बढ्न थालेको बताउनुभयो । ज्ञानेन्द्रको इशारा र निर्देशनमा पार्टी फुटाउने कोशिसमा वैद्य पक्ष लागेको किराँतीको  आरोप छ । किराँती प्रचण्ड निकट नेता हुनुहुन्छ । मन्त्री किराँतीले हिन्दी फिल्ममा जस्तो २४ घण्टाभित्रमै नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जादूमय परिवर्तन गर्न नसक्ने बताउनुभयो । मन्त्री किराँतीले रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्तिलाई राजनीतिको गलत खेती गर्नेहरुले बंग्याएको दाबी गर्नुभयो ।
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________