20120106

माओवादीद्वारा एक पछी अर्को अड्को थाप्दै बखेडा गर्न शुरु, नेपाली सेनामा दोस्रो ठुलो पद माओवादीलाई चाहियो रे ! कार्यकारी राष्ट्रपती नभए शान्ती प्रकृया भँग गर्ने धम्की

पुरै देश माओवादीमय, हात हतियारधारीमय, अधिनायकबादी प्रचण्डपथमय बनाउने तयारी, पछुताउँदैछन एमाले, कङ्रेस र अन्य दलहरु, हेर्दै जानुस यो कास्टिङ् मात्र हो, धेरै कुरा हुनै बाँकी छ ! शान्ती र संबिधान दुई दिनको राम छायाँ मात्र !  शक्तिखोरको भिडियोमा प्रचण्डले जे जे भनेका थिए, अहिले माओवादी त्यही बाटोमा छ र नेपालमा यदी कोही सफल छ भने नेतामा प्रचण्ड र पार्टीमा माओवादी छ, "फुटको तयारी" भन्दै नाटक गर्दै माओवादी प्रचण्ड र बैद्य एबम भट्टराई भर्खरैको केन्द्रिय समिती बैठक पछी मिलिसकेकाछन र देश फेरी अर्को अधिनायकबादको सम्मुखमा पुगेको छ ।
    
 नेकपा माओवादीका पोलिटब्युरो सदस्य हेमन्त प्रकाश ओलीले सेना समायोजनका लागि अन्तिम लडाईं शुरु भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै ओलीले महानिर्देशनालयको नेतृत्व वा दोस्रो नेतृत्व पाउनुपर्ने आफ्नो अडान कायम रहेको स्पष्ट पार्नुभयो । सेनानीसम्म मात्रै खुम्चिनुपरे सेना समायोजन हुन नसक्ने नेता ओलीको भनाई थियो । उहाँले समायोजनमा लचकता अपनाउँदा महानिर्देशनालयमा दोस्रो नेतृत्वमा रहने र अधिकृतको संख्या घटाउन सकिने, तर त्यो भन्दा लचकता अपनाउन नसक्ने बताउनुभयो । कांग्रेसले भनेजस्तो संसदीय शासन प्रणाली पनि कुनै हालतमा स्वीकार नगर्ने उहाँको भनाई थियो । आफ्नो पार्टीले जनविद्रोहलाई अस्वीकार नगरेको दाबी गर्दै ओलीले कुन विन्दुबाट विद्रोह गर्ने भन्नेबारेमा मात्र वैद्य समुहसँग मतान्तर रहेको बताउनुभयो । अध्यक्ष प्रचण्ड निकट रहेका नेता ओलीले पछिल्लो समयमा उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरमा पनि फूट आएको दाबी गर्नुभयो । उहाँले उपाध्यक्ष वैद्य र महासचिव रामवहादुर थापा बादल नरम भएको र पार्टी एक हुनुपर्छ भन्ने पक्षमा देखिएपनि नेत्रविक्रम चन्द विप्लप र देव गुरुङको समुह थप आक्रामक भएको बताउनुभयो । एमालेका नेता एवं सेना समायोजना विशेष समितिका सदस्य भीम रावलले शान्ति प्रक्रिया टुङ्गिने नटुङ्गिनेबारे शनिबार छिनाफानो हुने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लबले शुक्रबार गरेको साक्षात्कारमा रावलले शनिबार माओवादीसँग निर्णायाक वार्ता हुने शान्ति प्रकृयाको भविष्यबारेको अन्यौल हट्ने दावी गर्नुभयो ।

‘शान्ति प्रक्रिया र संविधान निर्माणबारे माओवादीसँग अब निर्णायक वार्ता हुन्छ’, रावलले भन्नुभयो, ‘शान्ति र संविधानमा माओवादीले विगतमा गरेका सहमति पूरा गर्ने प्रतिवद्धता ब्यक्त नगरे विकल्प खोजिन्छ ।’ पहिले सात बुँदे सहमतिका पक्षधर दलबीच र त्यसपछि माओवादीसित छलफल हुने जानकारी दिदै रावलले सहमति हुन नसके माओवादी बाहेकका दलले विकल्प खोज्ने बताउनुभयो ।

‘सात बुँदे सहमति, छ बुँदे सहमति र विशेष समितिमा भएका निर्णय कार्यान्वयनको दिशामा छिनोफानो हुने गरी बार्ता हुन्छ’, रावलले भन्नुभयो, ‘बार्ताबाट पनि केही नभए अरु दलसँग छलफल गरेर विकल्प खोजिन्छ ।’

४५ दिनभित्र शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने प्रतिवद्धता सहित प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन नसके पदमा बस्ने नैतिकता गुमाउने उहाँको भनाई छ । उहाँले सात दिनभित्र स्वेच्छिक अवकासमा जाने लडाकुलाई बिदा दिने गरी विशेष समितिमा भएको सहमतिको पाँच दिन बित्दा समेत कुनै प्रक्रिया अगाडि नबढेको भन्दै आइतबारसम्म शिविर खाली नभए नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने धारणा राख्नुभयो । ‘शान्ति प्रक्रिया अगाडि नबढे प्रधानमन्त्री पदमा बसिरहन मिल्दैन’, रावलले भन्नुभयो, ‘अलिकती पनि नैतिकता छ भने उहाँले पद छाड्नु पर्छ ।’

माओवादी शान्ति प्रक्रिया अवरुद्ध पारेर मुलुकमा पुन द्वन्द्व भित्राउने षडयन्त्रमा रहेको आरोप पनि लगाउनुभयो । सहमति भईसकेको दर्जा मिलानमा विवाद उठाउनु र शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय ब्यवस्था नभए शान्ति प्रक्रिया अगाडि बढ्दैन भन्नु द्वन्द्व भित्र्याउने तयारी भएको उहाँको भनाई छ ।

प्रधानमन्त्रीले तत्काल नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई बोलाएर स्वेच्छिक अवकासमा जानेको खाता खोल्न र प्रधानसेनापतिलाई बोलाएर समायोजन र बृजकोर्षको प्रक्रिया सुरु गर्न निर्देशन दिने सहमति भए पनि अहिलेसम्म प्रधानमन्त्रीले सहमति कार्यान्वयन नगरेर शान्ति प्रक्रियालाई आफै अवरुद्ध पार्ने काम गरेको रावलले आरोप लगाउनुभयो । रावलले बहुदलीय ब्यवस्थामा पार्टीभित्र विवाद हुनु स्वभाविक भएको भन्दै आन्तरिक समस्यालाई ब्यवस्थान गर्न नसकेर सहमति तोड्ने काम जनता प्रति धोका भएको भन्दै माओवादीको आलोचना गर्नुभयो ।

समायोजन हुन चाहनेको संख्या ६ हजार ५ सय भन्दा तलमाथि हुने विषयमा नेताहरु पहिला नै सहमत भईसकेको खुलासा गर्दै अब समायोजन रोज्नेलाई नेपाली सेनाको जिम्मा लगाए सबै समास्या समाधान हुने भएकोले त्यसमा विवाद गर्नुको कुनै औचित्य नभएको उहाँको भनाई छ ।

रावलले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र निर्वाचन मण्डलबाट निर्वाचित राष्ट्रपती र केही अधिकारको बाडफाड गर्ने एमालेको लाईन भए पनि सहमतिको लागि मिश्रित प्रणालीमा आएको जानकारी दिनुभयो । यद्यपि उहाँले मिश्रित प्रणालीमा पनि केन्द्र, प्रदेश, नगर र गाउका पदाधिकारीहरुलाई पनि निर्वाचन मण्डलमा राखे राष्ट्रपति चुन्न आफूहरु तयार रहेको स्पष्ट पार्नुभयो ।
साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संसारमा संसदीय व्यवस्था फेल भएको नभई कम्यूनिष्ट व्यवस्था फेल भएकोले आफूहरुले परम्परागत र बेष्ट मिनिष्टर जस्तो संसदीय व्यवस्थाको पक्ष नलिएको बताउनुभयो । उहाँले संसदीय व्यवस्थामा समावेशिता र जनताको सर्वोच्चता हुने भएकोले यसमा भएका कमजोरीलाई सुधारेर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रपति ब्यवस्था नमाने शान्ति प्रक्रिया अगाडि बढ्दैन भन्नु बन्दुक देखाएर संविधान निर्माण गर्ने चालबाजी भएको बताउनुभयो ।

शान्ति प्रकृया अघि नबढेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा एमालेले सरकारको आलोचना गरेका छन् । शुक्रबारको संसद बैठकमा उनीहरुले शान्ति प्रक्रिया अघि नबढ्नुको कारणबारे सरकारसित जवाफ मागेका छन् ।

संसद बैठकमा काँग्रेस र एमालेले शान्ति प्रक्रिया अघि नबढ्नुको कारण सरकारले पेश गर्नुपर्ने बताएका हुन् । बैठकमा नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मण घिमिरेले शान्ति प्रकृया अघि नबढाइए बन्दुकको छायाँमा कुनै पनि हालतमा संविधान बन्न नसक्ने भन्दै सेना समायोजनको काम अघि नबढेसम्म संविधान बन्न नसक्ने बताउनुभयो । सात बुँदे सहमति अनुसार वाईसीएलको अर्ध सैनिक संरचना भंग, कब्जा सम्पत्ति फिर्ता लगायतका काम हुनुपर्ने भए पनि लागू नभएको भन्दै घिमिरेले आपत्ति जनाउनुभयो ।

यस्तै एमालेका रवीन्द्र अधिकारीले पाँच महिना पनि बाँकी नरहेको अवस्थामा फेरी कार्यतालिका परिवर्तन र शान्ति प्रकृयाको कुरा गर्नु दुखद भएको बताउनुभयो । उहाँले लडाकुको वर्गीकरण सकेर पनि शान्ति प्रकृयाको काम अघि नबढेको बारे सरकारले स्पष्ट पार्नु पर्ने बताउनुभयो ।
एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य जनार्दन शर्मा प्रभाकरले काँग्रेसले राष्ट्रपतीय शासन प्रणाली स्वीकार नगरे शान्ति प्रक्रिया अघि नबढ्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लबले बिहीबार गरेको कार्यक्रममा शर्माले राष्ट्रपति र प्रधानमन्त्रीमा कार्यकारी अधिकार बाँडने मिश्रित शासन प्रणाली अपनाउन कार्यदलमा सहमत भैसकेको काँग्रेस अकस्मात पछि हटेको बताउनुभयो ।

‘काँग्रेसका कारण संविधान निर्माणमा आशंका उब्जिएको छ’, शर्माले भन्नुभयो, ‘काँग्रेस संविधान नबनाउने योजनामा लागेको छ ।’ शासकीय प्रणालीमा काग्रेस सहमतिमा आए शान्ति प्रक्रिया तत्काल अगाडि बढ्ने भन्दै स्वेच्छिक अवकासमा जानेलाई विदाई गर्न माओवादी तयार भएर बसेको उहाँको भनाई छ ।

काङग्रेस नेता मिनेन्द्र रिजालले माओवादी सात बुँदे सहमति अनुसार नहिँडे सहकार्य टुट्ने र शान्ति प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी दिँदै माओवादीको नीति शान्ति र संविधान वा जनविद्रोह के हो स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

एमालेका भरत मोहन अधिकारीले सहमति गरेको विषयमा नयाँ नयाँ बखेडा झिक्दा शान्ति प्रक्रिया र संविधान निर्माण भाँडिने चिन्ता ब्यक्त गर्दै सहमतिलाई ईमान्दारितका साथ कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले दलहरुले पटकपटक सहमति गर्ने तर कार्यान्वयनमा तदारुकता नदेखाउने परिपाटीले शान्ति प्रक्रिया र संविधान लेखन कार्यले गति लिन नसकेको बताएका छन्।


रामचन्द्र जोशी स्मृति सेवा केन्द्रले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानीहरुको सम्मान कार्यक्रममा उनले शान्ति र संविधानका लागि भएको पछिल्लो सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

नेता निधिले सातबुँदे सहमतिको कार्यान्वयनमा एकीकृत माओवादीले उदासिनता देखाएका कारण शान्ति प्रक्रिया अगाडि बढ्न नसकेको आरोप लगाए।

नयाँ संविधानमा शासकीयस्वरुप, सङ्घीय संसदीय प्रणाली हुनुपर्नेमा जोड दिँदै उनले संविधानका विवादित मुद्दामा तत्काल सहमति खोजी संविधान लेखन कार्यलाई गति दिनुपर्ने बताए।

पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ र नेकाँ ललितपुरका कार्यबाहक सभापति नवराज महतले प्रजातन्त्र, लोकतन्त्र र जनताको अधिकारका लागि लड्ने सहिदहरुको भावनालाई दलहरुले सम्मान गरेर अघि बढ्न नसकेको बताए।

यसैबीच रामचन्द्र जोशी स्मृति सेवा केन्द्रले २००७ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्रको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा ललितपुरका राजाराम कर्माचार्य, केशवराज जोशी र गोपीनाथ ओझालाई ताम्रपत्र र दोसल्ला ओढाएर कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले सम्मान गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक