20120125

पूर्व प्रधानसेनापति रुक्मागत कटवालका कुरा कसले सुनिदिने ? उनले फेरी यसो भने ल हेर्नुस्

पूर्व प्रधानसेनापति रुक्मागत कटवालले नेपालको इतिहासमै अहिलेका प्रधानमन्त्री कमजोर देखिएको आरोप लगाउनु भएको छ । राष्ट्रियताको विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिलेसम्मका प्रधानमन्त्री मध्ये सबैभन्दा कमजोर देखिएको कटवालको भनाई छ ।बुधबार पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्व प्रधानसेनापति कटवालले भारत र चीनको सम्बन्ध बलियो बनाएर नेपालले फाइदा लिने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियताको सवालमा निकै कमजोर भएको तर्क गर्नुभयो । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण पछि प्रधानमन्त्री भट्टराईले भारत र चीनको सम्बन्ध बलियो बनाएर नेपालले फाइदा लिनुपर्ने नत्र नेपाल कुनै एकदेशमा मर्ज हुनसक्ने अभिव्यक्ति दिनुएको थियो । कटवालले वार्गेनिङ गरेर माओवादी लडाकु नेपाली सेनामा समायोजन गर्न नहुने बताउनु भयो । ‘सेना कसैको पेवा र दाइजो होइन’, कटवालले भन्नुभयो, ‘लडाकुले माग्दैमा जर्नेल कर्नेलको पद दिन सक्ने व्यवस्था छैन ।’ कटवालले
तत्कालिन राज्यपक्षबाट पीडित भएकालाई मात्रै राहत वितरण गरिएको तर तत्कालिन माओवादी पक्षबाट पीडित भएकाले राहत नपाएको बताउनु भयो ।
राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई राहत वितरण गरेर राज्यकोषको दुरुपयोग गरेको आरोप कटवालले लगाउनु भयो । कटवालले बास्तविक द्वन्द्व पीडितले अझै राहत नपाएको बताउनु भयो । उहाँले संघीयताको नाममा राज्य विखण्डन गर्न नहुनेमा जोड दिनु भयो ।

2 comments:

  1. ekdam thik kuro katual ji sabailai makai bhute sari bhutnuhosna bhatatata rifal le.he bhagwan kaile aaaula tyo din

    ReplyDelete
  2. DESHA LUTA HARU 601 LAI NAI MAKAI BHUTE JASTO GARI GPMG NAI FIT GARI BHUTANA PARNE KASLE SAKLARA

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक