20120121

कांग्रेस, एमाले सहित संविधानसभाका १७ प्रतिपक्षी दलले माओवादी र वर्तमान सरकारका कारण शान्ति र संविधान निर्माणकार्य धरापमा परेको निष्कर्ष निकाले

नेपाली कांग्रेस, नेकपा एमाले सहित संविधानसभाका १७ प्रतिपक्षी दलले संविधानसभाको ठूलो दल एकीकृत नेकपा माओवादी र वर्तमान सरकारका कारण शान्तिप्रकि्रया र संविधान निर्माणकार्य धरापमा परेको निष्कर्ष निकालेका छन्।  नेपाली कांग्रेस संसदीय दलको कार्यालय िसंहदरबारमा शुक्रबार बसेको प्रतिपक्षी दलहरुको बैठकले विस्तृत शान्ति सम्झौता र संविधानविपरीत सशस्त्र द्वन्द्वकालमा माओवादीद्वारा गठित जनसत्ताका निर्णयलाई वर्तमान सरकारले मान्यता दिने निर्णय फिर्ता नलिएसम्म संसद्को कारबाही पनि अगाडि बढ्न नसक्ने निर्णय गरेको थियो। सो बैठकलगत्तै संविधानसभा भवनमा बसेको संसद् बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण चल्न सकेन। सभामुख सुवास नेम्वाङले बैठक प्रारम्भ गर्नासाथ सभासद् अग्नि खरेल र पुष्पा भुसालले विधिको शासनविपरीत सरकार अगाडि बढेकाले सो निर्णय फिर्ता लिई संसद्समक्ष प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा बैठक अगाडि बढ्न नसक्ने जानकारी गराउनासाथ सबै प्रतिपक्षका सभासद् उभिएका थिए। सभासद्हरु आ७३टघठद्धघसना स्थानबाट उभिएपछि
सभामुख नेम्वाङले प्रतिपक्षीहरुको मागलाई सम्बोधन गर्न सरकारलाई रुलिङसमेत गरी बैठक स्थगित गर्नुभएको थियो। त्यसअघि िसंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले माओवादी नेताहरु संविधान निर्माण र शान्तिप्रकि्रयाका लागि कि्रयाशील नहुने उल्टै जनविद्रोहका लागि तयार रहन भन्दै प्रशिक्षण दिँदै हिँड्नु प्रधानमन्त्रीले माओवादी लडाकू रेखदेख समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको बैठक नबोलाउनु र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ कै संयोजकत्वमा रहेको संविधानसभा संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिले गरेको सहमतिलाई माओवादीकै तर्फबाट कार्यान्वयन हुन नदिनुले संविधान निर्माण र शान्तिप्रकि्रया धरापमा परेको निष्कर्ष निकालेको थियो। नेताहरुले सरकार र माओवादीको रवैयाले संविधान निर्माण गर्न र शान्तिप्रकि्रया टुंग्याउन नचाहेको स्पष्ट हुन्छ भनेका थिए। पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले त शान्तिप्रकि्रया अड्काउने वर्तमान सरकारकै विकल्प खोज्नुपर्ने धारणा राख्नुभएको थियो भने अन्य नेताले समेत सो धारणाको पक्षमा विचार व्यक्त गरेका थिए। तर बैठकमा सरकार परिवर्तनको एजेन्डा भने बनाइएन।

बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले सरकार र माओवादीका कि्रयाकलापले मुलुक गम्भीर दुर्घटनातर्फ जाने खतरा उत्पन्न हुन थालेको भन्दै सरकार र माओवादीले गम्भीरतापूर्वक सोच्नुपर्ने र संविधानविपरीतका निर्णयहरु फिर्ता लिनुपर्ने निर्णय बैठकले गरेको जानकारी गराउनुभयो। कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी नेताहरु संविधान र शान्तिप्रकि्रयाको बाटोमा नगई जसरी विद्रोहको धम्की दिँदै हिँडेका छन् त्यसले आफैं भीरबाट लड्न खोजेको आभास हुन्छ भन्नुभयो। उहाँको भनाइ थियो- ँभीरबाट लड्न खोज्नेलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।’ राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले सरकारले विधिको शासनविपरीत शान्ति सम्झौता र संविधानविपरीत आ७३टघठद्धघसनो जनसत्तालाई मान्यता दिने गरी जुन खालका निर्णयहरु गरेको छ ती कुनै पनि हालतमा मान्य हुँुदैन भन्नुभयो।  संविधान निर्माण प्रकि्रया शान्ति-प्रकि्रया र अबरुद्ध संसका बारेमा प्रधानमन्त्री डा। बाबुराम भट्टराई र सभामुख सुवास नेम्वाङवीच शुक्रबार साँझ कुराकानी भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेम्वाङले स्थिति जटिल बन्दै गएको भन्दै निकासका लागि विशेष समितिको संयोजकको समेत जिम्मेवारी निर्वाह गर्नुभएका प्रधानमन्त्री भट्टराईको पहल आवश्यक भएको बताउनुभएको थियो।
उहाँले संसद्को गतिरोध हटाउन र संविधान निर्माण कार्यलाई समेत प्रधानमन्त्रीका तर्फबाट आवश्यक पहल जरुरी भएको भन्दै संविधान निर्माण र शान्ति-प्रकि्रयामा देखा परेको अवरोध हटाएर अगाडि बढ्नुपर्ने र समय पनि निकै छोटो भएकाले अब विवाद गरेर होइन सहमतिका साथ निर्णय गर्दै जान ढिलाइ भइसकेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो।

प्रधानमन्त्री भट्टराईस्रग सभामुख नेम्वाङको भनाइ थियो- ँशान्ति र संविधान ठप्प जस्तै छ तपाईंहरुकै बीचमा समेत छलफल छैन यस्तो स्थिति धेरै दिन रहनुले सबै प्रकि्रया अवरुद्ध हुन्छ।’प्रधानमन्त्री भट्टराईले सकारात्मक ढंगले जिम्मेवारीपूर्वक दलहरुसँग कुराकानी गरी संसद्को अवरोधका बारेमा अविलम्ब टुंगोमा पुर् याउने गरी आफूले आवश्यक पहल गर्ने भनी सभामुख नेम्वाङलाई विश्वास दिलाउनुभएको थियो। प्रधानमन्त्री डा। भट्टराईले दलहरुबीच सहमति कायम गरी अबिलम्व अबरुद्ध संसद् खुलाइने र शान्ति तथा संविधान निर्माणका केही दिनभित्रै अगाडि बढाइनेछ भनी सभामुख नेम्वाङलाई विश्वास दिलाउनुभएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक