20120124

नाइजेरियामा दुई नेपाली सहित १ सय ८० जनाकोको गोली हानी हत्या, आक्रमणमा सयौं घाइते, मुस्लिम अतिवादी समूह बोको हरामले श्रृखलाबद्ध आक्रमण !

नाइजेरियामा शुक्रबार भएको श्रृखलाबद्ध आक्रमणमा दुई नेपालीको गोली हानी हत्या भएको छ।  हत्या हुने नेपाली हरिप्रसाद भुसाल र राज सिंह भएको नाइजेरियाको अबुजास्थित भारतीय काउन्सिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  दुवैको नेपाली ठेगाना खुलेको छैन। मुस्लिम अतिवादी
समूह बोको हरामले शुक्रबार दोस्रो ठूलो सहर कानोमा श्रृंखलाबद्ध आक्रमण गर्दा कम्तीमा १ सय ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आक्रमणमा सयौं घाइते भएका छन्। आक्रमणपछि कानोमा राति कर्फ्यु लगाइन थालिएको छ।  भारतीय काउन्सिलरले भुसाल र सिंह नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने कानोस्थित एमएस रेल्चेम नामको कम्पनीमा काम गर्दै आएको उल्लेख गरेका छन्।  गैरआवासीय नेपालीको वेबसाइटमा रोजगारीका सिलसिलमा करिब सय नेपाली नाइजेरियामा रहेको उल्लेख छ।  नाइजेरिया हेर्दै आएको इजिप्टस्थित
नेपाली दूतावासले घटनामा नेपालीको मृत्यु भएकोबारे कुनै जानकारी नभएको जनाएको छ।  परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता तीर्थ वाग्लेले घटनाबारे बु‰न इजिप्ट र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमा पत्राचार गरेको बताए।  बोको हरामका लडाकुले शुक्रबार स्थानीय र सुरक्षाकर्मीमाथि लक्षित गर्दै बम र गोली प्रहार गरेका थिए। नाइजेरियालाई इस्लामिक राष्ट्र बनाउन र इस्लामिक कानुन ...सरिया' लागू गराउन बोको हरामले हिंसात्मक गतिविधि गर्दै आएको छ। राष्ट्रसंघका महासचिव बान कि मुनले कानोमा भएको आक्रमणको भर्त्सना गरेका छन्।
********************************
click this link too

माओवादी नेताहरुले बारम्बार सत्य बोलेका छन्। तर नागरिक समाजकै कमजोरी हो उनीहरु 'माओवादी आफ्नो पार्टीभन्दा बाहिरका जनताको पनि विचार सुन्ने लोकतन्त्रवादी बनिसके’ भनेर विश्वास गर्न थाले !

यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो ।
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ । Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक