20120118

प्रचण्डका नातेदार र माओवादीको भरिया भनेर चिनिने कङ्रेस महामन्त्री सिटौला भन्छन " माओबादीलाई तह लगाएरै संविधान लेखिन्छ " माओवादीले यिनिहरुलाईनै तह लगाइसकेको के थाहा !

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले माओबादीलाई तह लगाएरै संविधान लेख्ने चेतावनी दिनुभएको छ । प्रेस युनियनले बागलुङमा गरेको कार्यक्रममा सिटौलाले शान्ति र संविधानको सुनिश्चितताका लागि माओबादीलाई शान्तिपुर्ण रुपमा ठेगान लगाउनुको विकल्प नभएको बताउनुभयो । माओबादी सरकारमा बसेरै शान्ति प्रक्रियाबाट भाग्न खोजेको आरोप लगाउँदै सिटौलाले लोकतन्त्रबादी शक्ति मिलेर माओवादीलाई ठेगान लगाएर छोड्ने दावी गर्नुभयो । सिटौलाले तीन बर्षसम्म बाटो बिराएको माओबादीलाई कात्तिक १५ गते सात बुँदे सहमति गरी शान्तिको मार्गमा ल्याएको भन्र्दै द्वन्द्वका बेला माओवादी जनसत्ताले गरेको घरजग्गा सम्बन्धी निर्णयलाई बैधानिकता दिने सरकारको निर्णय फिर्ता गराएरै छाड्ने बताउनुभयो । सरकारले पछिल्लो निर्णय तत्काल फिर्ता नागरिकका बीचमा जाने बताउनुभयो ।

1 comment:

  1. sab ka janata jhukkune khel ho NETA vanauda haru FATAHA sabit vaisakyo LAAJ SARAM NAVEPACHHI jasari bhuke pani hune bhukai sunne kohipani nahune .

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक