(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

दशैंको गीत " बडादशैं आएकोछ " | रामप्रसाद खनालको दशैंको गीत | Dashain song of Ram Prasad Khanal

20120201

साउदी अरब तिर नेपाली माथि यस्तो पनि हुन्छ ल हेर्नुस् : साउदीमा नेपाली महिला चन्द्रकला लिम्बुको मालिक्नीले कुटेर दाँतै झारिदिइन

साउदी अरब र कुवेतमा नेपाली महिलाहरूलाई कसरी शोषण गरिन्छ, के कस्ता दुःख, पीडाहरू खेप्नुपर्छ, यी घरेलु महिलाहरूले के पाउँछन र के गुमाउँछन् भन्ने जिवन्त कथा बोकेकी छिन चन्द्रकला लिम्बुले । अरू धेरै नेपाली महिलाहरूले यी मुलुकहरूमा आई भोग्नु परेको जस्तो यौन अपराधको शिकार बन्नु नपरे पनि यिनको पछिल्लो रोजगारीमा जुन घरेलु हिंसा खपिन त्यो कम्ति पीडादायी छैन । लाउँलाउँ -खाउँखाउँ भन्ने उमेरमा दुई पटक साउदी र एक पटक कुवेत आएर ६ बर्षभन्दा बढी अरबीहरूको ‘दासी’ बनि मनभरी शारीरिक र मानसिक पीडा संगालेकी चन्द्रकलाले अब भने बिदेश कहिल्यै नआउने निधो गरेकी छिन् । एनआरएनए साउदी अरबका महासचिव पुरूषोत्तम श्रेष्ठले गतः २९ डिसेम्बर २०११ बिहानै ५ बजे दमामको
दानास्थित साउदीको घरबाट उद्धार गरी नेपाली दूतावास रियाद पुर्‍याउने क्रममा यिनीसंग भएको भेटवार्तामा उक्त कुराहरू बताएकी हुन् । प्रस्तुत छ यिनै चन्द्रकलासंग भएका अन्य कुराकानीका प्रमुख अंशहरू :
–तपाई कहिले आउनुभएको हो साउदी ?
­ २७ महिना भयो ।
–पहिलो पटक हो कि ?
­ होइन, पहिला पनि आकि थिएं, हायलमा २ बर्ष काम गरेर फर्केकी हुँ ।
–किन आउनुभयो पटक पटक साउदी ?
­ के गर्नु, घरमा समस्या थियो ।
–कस्तो समस्या ?
श्रीमानले संधै जाँड रक्सी खाएर कुटपिट गर्थे, छोडपत्र गर्न खोज्दा पनि पुलिसले मिलाइदिए, घरमा बसिसक्नु थिएन ।
-अहिले कस्तो छ नि श्रीमानसंग तपाईको सम्बन्ध ?
दुई–तिन बर्ष भयो, कुनै सम्पर्क नै छैन । पहिलाकी श्रीमतिसंगै बसेको छ भन्ने सुनेकी छु ।
-छोरा छोरी पनि छन् कि ?
दुई छोराहरू छन्, ८ र ५ बर्षका, जेठोले कक्षा ३ र कान्छोले २ कक्षमा पढ्छन फुपुसंग बसेर ।
- घर कहाँ हो नि तपाईको ?
मोरङ- १, पथरी (बजार)
-घर जग्गा त होला नि ?
घर छैन, १ कट्ठा जग्गा छ पथरी बजारमा, त्यो पनि सरकारी -ऐलानी)
-यहाँ कसले पठाएको ?
पहिलो चोटी साउदी आउंदा र पछि कुवेत जाँदा चै पथरी शनिश्चरेकै तेजु राईले पठाको हो, अहिले दोस्रो पटक साउदी आउंदा चैं बेलबारीकी सम्झना लिम्बुले ।
-ए कुवेत पनि पो जानुभो ?
हो त, मलाई पहिला नै दलालले कुवेत भनेर साउदीको हायलमा पठाको हो । पछि त्यँही दलालले कुवेत पठायो र डेढ बर्ष कामगरी कुवेतबाट फर्केकी हुँ ।
-कुवेतमा कस्तो थियो तपाईको रोजगारी ?
कमाई चित्त बुझ्दो नभए पनि त्यहाँ मैले खासै दुख भने पाइन, शायद म बुढा बुढीमात्र बस्ने घरमा परेकोले पनि होला । तर धेरैको बेहाल थियो त्यहाँ पनि । राम्रो कुरा एउटा के थियो भने आपद बिपद पर्दा संरक्षण दिने नेपाली पनि थिए त्यहाँ । लुलु सुपरमार्केटमा राम्रो पदमा रहेका मान बहादुर गुरूङले दुःख पाएका नेपाली महिलाहरूलाई सुपरमार्केटभित्रै सानोतिनो काम दिएर आश्रय दिने गर्नुहुन्थ्यो ।
­–दलाल तेजु राईलाई कति रकम दिनुपर्यो ?
३५ हजार रुपैयाँ ।
­–तेजुलाई अहिले भेट्न सकिन्छ होला ?
सकिन्न, उ त अहिले बेपत्ता छ । मजस्तै कति महिलाहरूलाई बिदेश पठाउने भनेर पैसा लिएछ, पछि उडाउन नसकेपछि तिनीहरूका आफन्तहरूले घरमै आएर बेस्सरी कुटेर हातै भाँचिदिए, त्यसपछि भागेको अहिलेसम्म घर फर्केको छैन ।
­–सम्झना लिम्बु (दोस्रो पटक साउदी पठाउने दलाल) चैं अहिले कहाँ छिन नि ?
उ त टन्न पैसा कमाएर अहिले बेलबारीमा सुन चाँदीको गहना पसलको मालिक्नी छिन् ।
­–अनि अहिले पनि गर्छिन सम्झनाले महिला दलाली ?
गर्छेहोली नि, उसको काम त्यो क्षेत्रका महिलाहरूलाई भारतको सिलिगुडीसम्म पुर्‍याउने हो । सिलिगुडीबाट अर्का दलाल बद्री क्षेत्रीले मुम्बई पुर्‍र्याउँछन् ।
­–मुम्बईमा पनि छन नेपाली दलाल ?
छन, त्यहाँ त अफिसनै छ नि उनीहरुको -ब्यागबाट कार्ड निकाल्दै) यी यो हो त्यो अफिसको कार्ड ।
-यो कार्ड त कुनै ब्यापारिक प्रतिष्ठानको जस्तो लाग्दछ ?
नाम जे भए पनि त्यँही हो मुख्य दलाल (भारतीय) को अफिस, नेपाली दलालहरुले पनि त्यहीँ काम गर्छन ।
-सम्झनाले कति रुपैयाँ लिइन नि तपाईसंग ?
­ १० हजार रुपैयाँ ।
-पछिल्लो पटक साउदीको कुन ठाउँमा आउनुभो ?
अलहासामा ।
­–कस्तो थियो त्यहाँ ?
एकदमै दुख पाएं नि, साहुनिले संधै कुटिरहने, कुटदा कुटदा मेरो एउटा दांतै झारिदिइन, अरू धेरै दाँतहरू पनि हल्लिने भएका छन, बिहानपख सुतेर उठ्दा संधै मुखमा रगत जम्दछ, खान पनि दिनमा १ छाक मात्र पाइने त्यो पनि बचेको बासी भात । एकदिन त -फ्रोजन) चिकनको डल्लोले मेरो टाउकोमै हानिन, गहिरो चोट लाग्यो, रन्थनिएर धेरै दिनसम्म दुखी रहृयो ।
-किन हानेको होला नि चिकनको डल्लोले ?
फ्रिजमा ऊंटको, बाख्राको, कुखुराको मासु थियो, पाहुना आएका थिए, मैले कुन मासु पकाउने होला भनी के सोधेकी थिए, साहुनी रिसाएर यत्ती पनि बुझ्दैनेस?” भनी चिकेनको डल्लोले हानिनी ।
­–अरू…?
तलब पनि नदिने, साहुनीलाई भन्दा साहुसंग माग भन्ने अनि साहुसंग माग्दा फेरी त्यहीँ साहुनीले नै ‘मेरो बुढासंग किन बोलिस?’ हराम” भन्दै फेरी पिट्ने । मुश्किलले १७ महिना गुजारे त्यहाँ, तलब चै ७ महिनाको मात्र पाएं । त्यसपछि त्यहीँ साहुले नै अर्कोकोमा पठायो ।
-त्यहाँ कस्तो रहृयो नि ?
त्यहाँ पनि उस्तै, ४ दिनमा १ छाक मात्र भात खान पाइने, अरू दिन बिहान एउटा खबुस -रोटी), बेलुका एउटा खबुस -सुख्खा) खाएर गुजारें । पहिला जे गर्दा पनि गाली गर्ने, पिट्ने, चोरीको आरोप लगाइरहन्थ्ये, पछि मुश्लिम बने पछि भने अलि राम्रो ब्यवहार गर्न थाले ।
­–ए तपाई मुश्लिम बनिसक्नुभो ?
बनाए नि, अहिले त मलाई ‘जमिला’ भन्छन् । मुश्लिम बनेपछि घडी, क्यासेट प्लेयर र ३ सय रियाल उपहार पनि दिए । नेपालमा प्रौढकक्षा मात्र पढेकी मलाई यहाँ कुरान पढ्ने बनाए, अहिले अरबिक सबै बुझ्दछु र राम्रो बोल्न पनि सक्दछु ।
­–त्यसो भए दोस्रो घरमा त सबै राम्रो भयो होला नि तपाईलाई है ?
राम्रो त के हुनुनी, तलब नै नदिनी, त्यो घरमा झन् ७ महिना काम गरेर १ महिनाको मात्र तलब पाएं । त्यसैले त्यसपछि अलहासा शहर नै छोडी दमाम आएकी हुँ ।
­–अनि दमाममा कति बस्नुभो र कस्तो भयो यहाँ चैं ?
यहाँ त झन् जम्मा ३ महिनामा ५ घर फेर्नुपर्यो । कसैले हप्ताको २० रियाल, कसैले ३० रियाल दिए ।
­–अहिले कति छ त तपाईसंग साथमा ?
२०० रियाल ।
­–अनि अब घर कसरी फर्किनुहुन्छ त, यतिले त नेपाल फर्किने टिकट आउंदैन त ?
हुनत मेरो आफ्नै दाजु राज कुमार लिम्बु नै जुबैलमा हुनुहुन्छ तर उहाँको पनि तलब ५०० रियाल मात्रै हो क्यारे, त्यो पनि कम्पनीमा कहिले काम हुन्छ कहिले हुंदैन रे । अब अरू पनि केही दाईहरू हुनुहुन्छ, उहाँहरुले सहयोग गर्नुहुन्छकी भन्ने आसामा छु ।
­–अन्तमा तपाईको यो उद्धार कसरी सम्भव भयो, यस बारेमा केही बताइदिनुस न ?
काभ्रेका एक जना मित दाईले सरस्वति -मजस्तै काम गर्ने) लाई चिन्नु भएको रहेछ, सरस्वतिसंग -नेपाली जनप्रगतिशिल मञ्च)का सानु तामाङको नम्बर रहेछ, सानु तामाङले नेपाली दूतावासका सागर सरसंग कुरा गरिदिनुभयो अनि सागर सरले उहाँ (पुरूषोत्तम श्रेष्ठ, दूतावासका अबैतनिक दमाम प्रतिनिधीलाई देखाउंदै)लाई भन्नुभएछ, उहां आज बिहानै -साउदी मालिक मालिक्नी सुतिरहेकै बेला) आउनुभयो, म भागेर उहाँसंगै आएं ।
गत ३० डिसेम्बरमा नै चन्द्रकला लिम्बुलाई एनआरएनए साउदी अरबका महासचिव तथा दूतावासका पुर्बी क्षेत्र प्रतिनिधि पुरूषोत्तम श्रेष्ठले आफ्नो परिवारसंगै गाडीमा राखी नेपाली दूतावास रियाद पुर्‍याउनु भएको हो । गत १५ जनवरीमा उनी स्वदेश फर्किसकेको दूतावासले जनाएको छ । सोही दिन (३० डिसेम्बरमा) मा नै बसेको एनआरएनए साउदी अरबको सातौ बैठकको निर्णय बमोजिम चन्द्रकलाको दाँतको उपचारका लागि भनी ५ हजार रुपैयाँ दिएको छ । - धरम केसी /अनलाइन खबर


बिशेष प्रतिनिधि (रिपोर्टर) को आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि बिशेष प्रतिनिधि (रिपोर्टर) हरुको आवश्यकता आफ्नो बायोडाटा एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता हाललाई बिशेष प्रतिनिधि (रिपोर्टर) हरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान इज्यत अबस्य दिन्छौं, हामी पनि नेपाल नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक