20120202

प्रचन्ड सहमतिको सरकार का नाममा फेरी प्रधानमन्त्री बन्ने खेलमा, बाबुराम लाई पद फुस्किने डर !

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउने काममा लाग्न सबै दलसित प्रस्ताव गर्नुभएको छ । संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलबीचको छलफलमा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार नभई शान्ति र संविधान नटुंगिने भन्दै सहमतिको सरकार बनाउन सबै लाग्नु पर्ने प्रस्ताव गर्नुभएको हो । शान्ति र संविधान पूरा गर्न सहमतिको सरकार अनिवार्य भएको प्रचण्डको भनाई छ । प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको सरकार बनाउनु अहिलेको आवश्यकता भएपनि सरकार बनाउने र गिराउने खेलमा मात्रै लागे मुल काम हुन नसक्ने भन्दै शान्ति र संविधानमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री भट्टराईले स्वेच्छिक अवकाश रोजेका लडाकूको विदाई भोलिदेखि शुरु हुने र संविधान निर्माण प्रक्रियापनि अघि बढ्ने बताएको संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । बैठकपछि नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले काँग्रेसका लागि अहिले सरकार प्राथमिक कुरा नभएको भन्दै शान्ति र संविधान पुरा हुनुपर्ने बताउनुभयो । सरकारका कारण शान्ति र संविधानमा अवरोध आएको भन्दै पौडेलले प्रधानमन्त्रीले भने जस्तै भोलि लडाकुको विदाई हुन्छ कि कुनै पक्षले बखेडा झिक्छ त्यो आफ्नो लागि महत्वपूर्ण भन्दै हेरेर बसेको बताउनुभयो ।बैठकमा साना दलले ठूला
दल शान्ति र संविधान प्रति गैर जिम्मेवार भन्दै आलोचना गरेका छन् । आज शान्ति र संविधानका विषयमा सबैका विचार सुनिएको भन्दै निष्कर्षका लागि फेरि पर्सि छलफल तय गरिएको छ । एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादी जनसत्ताका निर्णयलाई सरकारले जबरजस्ती लागू गराउन खोजेमा सरकार ढाल्ने चेतावनी दिनुभएको छ । जनसत्ताले गरेको कामलाई मान्यता दिने अभियानमा माओवादी लागेको दावी ओलीले गर्नुभयो ।
नेपालगञ्जका कार्यकर्तासँगको भेटघाटमा ओलीले द्वन्द्वकालमा माओवादीको जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिने निर्णय फिर्ता लिनु नै अहिलेको सरकारको हितमा हुने बताउनुभयो । ओलीले शान्ति प्रकृया र संविधान निर्माण कार्यको बाधक माओवादी भएको आरोप लगाउनुभयो । यस्तै अखिल नेपाल महिला संघले नेपालगञ्जमा गरेको कार्यक्रममा संघकी अध्यक्ष विद्या भण्डारीले वर्तमान सरकारलाई राजिनामा दिएर बाटो खुल्ला गर्न आग्रह गर्नुभयो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक